Sunday, November 4, 2012

अनेसास(प्रसार्इं समूह) लार्इ अन्तर्राष्ट्रिय मान्यता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्याप्टरले आज नोभेम्वर ३ मा भव्य रुपमा १०३ औं लक्ष्मी जयन्ती मनायो । वाल र वयष्क कविता प्रतियोगिता, गीत र विचार मन्तव्यको साथ उक्त साहित्य कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्र संघको निमित नेपाल नियोगकी प्रमुख सेवा अधिकारी लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम निकै रोचक थियो । डा. गोविन्द कोइराला, वरिष्ठ साहित्यकार चुडा बसन्त लम्साल र वरिष्ठ साहित्यकार अम्वर नेम्वाङ विशेष अतिथी रहनु भएको कार्यक्रम संचालन न्यू योर्क च्याप्टरका महासचिव बिकास विष्टले गर्नु भएको थियो भने स्वागत मन्तव्य न्यू योर्क च्याप्टरकी उपाध्यक्ष सीता खरेल र सभा विसर्जन अनेसास न्यू योर्क च्याप्टरकी अध्यक्ष पूनम काफ्लेले गर्नु भएको थियो ।

कविता प्रतियोगितामा विजयी हुनेहरुलाई पुरष्कार वितरण नेपाल नियोगकी प्रमुख लम्सालले गर्नु भएको थियो भने प्रतियोगीहरुको मुल्यांकन गर्नेहरुमा समाजसेवी डा. तारा निरौला, साहित्यकार कमला प्रसाई, गीतकार ज्योती पौडेल र साहित्यकार गीता पन्थ हुनु हुन्थ्यो ।

१०३ औं लक्ष्मी जयन्तीलाई सफल पार्न अनेसास न्यू योर्क च्याप्टरकी कोषाध्यक्ष मोहिनी सैंजुको पनि भूमिका रहेको सो कार्यक्रममा अन्लाईन साहित्यिक पत्रिकाको समेत शिलन्यास गरिएको थियो । न्यू योर्कका पत्रकारहरु लगाएत साहित्यमा रुची राख्न्ने व्यक्तिहरुको सामेल लक्ष्मी जयन्ती कार्यक्रममा अनेसास गीता खत्री समुहको उपस्थिती देखिएन ।

गीता खत्री समुहको चोरीको खेती मार्फत गठन भएको अनेसासलाई न्यू योर्कमा मात्र नभएर धेरै ठाउँमा भाउ नदिएको देखिकोले गीता खत्री स्वयमले केही पैसा खर्च गरी राधेश्याम लेकाली लगाएर व्यक्तिगत आफुले सम्मान भिर्न मात्र लागि अनेसासको निमित्त केहि काम गर्न नसकी असक्षमता प्रदर्शन गर्दै हिडेकी मात्र देखिन्छ । वरु सहमतिबाट बनेको अनेसास केन्द्रिय समितिका अध्यक्ष कमला प्रसाईको सकारात्मक मुल्यांकन भएको देखिन्छ । उनलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) ले अन्तर्राष्ट्रिय  सल्लाहकारको रुपमा मनोनयन गरेको छ साथै विशेष अन्तर्राष्ट्रिय गजल प्रतियोगितमा निर्णायकको भूमिकामा समेत राखिएको थियो ।

जलपान सहित आयोजना गरिएको १०३ औं लक्ष्मी जयन्ती न्यू योर्कमा मनन योग्य रुपमा सम्पन्न भएको थियो ।

Saturday, October 20, 2012

अनेसास बिओटी उपाध्यक्ष तथा पुरस्कार समितिका अध्यक्षको राजिनामा, अनेसासको ८ वटा पुरस्कार बन्द


-बलराम डी सी
पुरस्कारकै लागि भएपनि मेरो अनेसास छाड्दैनन् भन्ने होमनाथ सुवेदीका प्रमुख पुरस्कारदाताहरुले अनेसास मार्फत प्रदान गरिने ८ वटा पुरस्कार बन्द गरेका छन् । सुमन तिम्सिना, डा. श्याम कार्की तथा रोहिणी शर्माले प्रदान गर्ने गरेको ठूलो राशीको ५ वटा पुरस्कार यस पटक देखि सदाको लागि बन्द गरेको कुरा होमनाथ सुवेदीलाई इमेल पठाई जानकारी गराएका हुन् । उनीहरुले पुरस्कार बन्द गरेपछि डा. उपेन्द्र महतो र जीवा लामिछानेले प्रदान गर्ने गरेको पुरस्कार पनि बन्द गरेको जानकारी गराएका छन् । हुँदा हुँदा आफ्नै साला गोपाल रेग्मीले पनि अनेसास मार्फत बाँडिने पुरस्कार बन्द गरेको जानकारी साथीभाइ लगायत अनेसासमा गराएका छन् ।
किन यस्तो भयो ?
    गत जुन महिनामा चुनावमा भएको धाँधली, कोषमा भएको भ्रष्टचार र मनोमानी ढंगले संस्था चलाई अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गरेको र जथाभावी आफ्ना आसेपासे र सुवेदी थरका                                          ( http://ramkosansar.blogspot.ca/2012/06/blog-post_03.html ) लागि खोजी खोजी पुरस्कार दिएको भन्दै उनीहरुले पुरस्कार बन्द गरेका हुन । निर्वाचनको सम्बन्धमा उठेका धाँधलीका कुरा, कोषमा भएको भ्रष्टचारका सम्बन्धमा बिओटीमा परेको उजुरीको सम्बोधन गर्न बारम्बार भन्दा पनि सुवेदी चुप बसेपछि समस्याले खतरनाक मोड लिन पुगेको हो । पुरस्कार समितिका अध्यक्ष सुमन तिम्सिनाले त पुरस्कार समितिको अध्यक्ष पद तथा अनेसासको सबै भन्दा पावरफूल निकाय बिओटीको उपाध्यक्ष पदबाटै राजिनामा दिएका छन् । स्थापना कालदेखिका अनेसासका मुख्य दाता डा. कार्की, शर्मा र तिम्सिना जसलाई अनेसासको मुख्य तीन खम्बा भनिन्छ उनीहरुले नै पुरस्कार बन्द गरेपछि होमनाथ सुवेदीको ओठमुख सुकेको छ । नेपालका केही लोभीपापी लेखकहरुलाई लोभ्याउँदै आफ्नो प्रचार प्रसार र फाइदाको ब्यापार गरिरहेका सुवेदीको धन्दा अबदेखि बन्द हुने भएको छ ।
अनेसासको पुरस्कार नबाँड्दै विवादित
     उता बन्द भैसकेपछि पनि हुँदै नभएको पुरस्कार दिलाईदिने भन्दै अनेसास(खत्री समूह)  उपाध्यक्ष राधेश्याम लेकाली नेपालका केही लेखकहरुलाई आश्वासन बाँडेको भन्ने कुरा सुवेदीको कानमा कसैले पारिदिएपछि सुवेदी लेकालीसँग रिशले आगो भएका छन् । उनले इमेल तथा फेसबुकमार्फत उक्त कुरा प्रति असन्तोष ब्यक्त गर्दै लेकालीले पुरस्कार दिने होइन भन्ने कुरा लेखिदिएपछि नेपालमा लेकालीले पुरस्कार दिलाएर अमेरिका जान पाइने सपना देखेकाहरु चित खाएका छन् । अझ मुख्य कुरा, अघिल्लो पटक अनेसासको पुरस्कार वितरण समारोह नेपालमा लेकालीको संयोजकत्वमा बाँडिएको थियो । त्यो कार्यक्रममा ठूलो रकम तत्कालिन कार्यसमितिका निष्काशित अध्यक्ष गदाल र लेकाली मिलेर चप्काई पुरस्कृत स्रष्टालाई अपमानित गर्ने गरि ‘झूर’ कार्यक्रम गरेको कुरा उतै बेला उठेको बेला चूप रहेका सुवेदीले सो इमेलमा यतिबेला आएर उक्त कार्यक्रम र लेकालीको विरोध गर्नुलाई अनेसास भित्रको झगडा र पैसाको भागबण्डा नमिलेको भनेर बुझ्नु पर्दछ  ।
खत्री साहित्यिक दूतबाट फिर्ता ?
कुनै लेखकिय हैसियत, शैक्षिक योग्यता र सांगठानिक क्षमता नभएकि खत्री समूहकी अध्यक्ष गीता खत्रीको पिपलपाते बानीबेहोराले नइलाई अप्ठ्यारोमा पर्ने भएको छ । नइले त्रिमूर्ति निकेतनको ब्यानरमा २०७० मा गर्ने विश्व नारी साहित्य सम्मेलनमा खत्रीलाई अमेरिकाको लागि साहित्यिक दूतमा मनोनित गरेपछि त्रिमूर्ति निकेतनलाई सहयोग गर्नुको साटो उनलाई नाम फिर्ता लिन लगाउन पूर्व निष्कासित अध्यक्ष ज्ञानेन्द्र गदाल र राधेश्याम लेकालीले अमेरिका भरि कुरा फैलाएका छन् । उनीहरुका अनुसार ‘त्रिमूर्ति निकेतन नेपालमा भएको एक स्थानिय संस्था हो । अनेसास संसार भर ८० देशमा फैलिएको अन्र्तराष्ट्रिय संस्था हो । जसका ७०० भन्दा बढी आजीवन सदस्यहरु संसारभर छन । यस्तो गरिमा बोकेको अन्तर्राष्ट्रिय संस्थाको अध्यक्ष जस्तो पदमा बसेको ब्यक्तिले एउटा सानो संस्थाको दूत बन्नु भनेको आफ्नो पदको महत्व नबुझ्नु र कसैको खेतला बनेर अनेसासको शाख गिराउनु हो’ भनेर अमेरिकामा दवाब र जनमत तयार पार्दैछन् । कुनै बेला खत्रीले साहित्यिक दूतबाट नाम फिर्ता लिए आश्चर्य नमाने हुन्छ ।

Tuesday, October 9, 2012

गीता खत्रीको शैक्षिक योग्यता नक्कली


अनेसास (खत्री समूह)का अध्यक्ष गीता खत्रीले निर्वाचन ताका बि. ए. पास भन्ने शैक्षिक योग्यता बायोडाटामा राखेकोमा त्यो झुट भएको कुरा निर्वाचनको समयमा उठेको थियो । उनलाई चिन्ने जान्ने र छिमेकीले भने अनुसार उनी कलेज जाँदै नगएको थाहा लागेको छ ।  उनको यो झुट नै अहिले उनको लागि हानी पुर्याई रहेको छ । कुनै साहित्यिक योगदान नभएकी र आठ कक्षा पास खत्रीलाई अनेसासको कुर्सीमा बसाएपछि अनेसास(खत्री समूह) ओरालो लागेको छ । उनको वास्तविक हैसियत थाहा पाएपछि अनेसास(खत्री समूह)मा मनोनित सदस्य र सल्लाहाकार हुन कोही पनि नमानेपछि होमनाथ सुवेदीलाई पर्नु पीर परेको छ । हुँदै नभएको शैक्षिक योग्यता देखाएर मतदातालाई ढाँटेपछि उनलाई कार्यवाही गर्नु पर्ने कुरा उठेको छ । तुरुन्त उनले बिए पास भनिएको शैक्षिक योग्यताको प्रमाणपत्रको कपी सबै आजीवन सदस्यहरुलाई नपठाए उनले आठ कक्षा मात्र पास गरेको प्रमाणित हुनेछ ।
सुवेदी एक्लिदै
उसो त अघिल्लो पटकको चुनाव र यसपटकको चुनावमा आफ्नै कारणले सुवेदी नांगिएका छन् । यसपटकको निर्वाचनमा सुवेदी र गदालको घटिया हर्कतका कारण अनेसास बदनाम भएर यसको नाम कसैले लिन चाहाँदैनन् । सुवेदीलाई त झन् उनलाई साथ दिने बिओटीका सदस्यहरु र आजीवन सदस्यहरुले सम्पर्कै गर्न छाडेका छन् । उनको इमेलको जवाफ पाउन छाडेपछि आजकाल नयाँ मानिससँग सम्पर्क बढाउन सुवेदी फेसबुकमा दिनहुँ आफ्नो इमेल आइडी स्टाटस्मा पोष्ट गरिरहन्छन् ।
गदालले नयाँ साहित्यिक संस्था खोल्ने
आफ्नो विवादास्पद कार्यकालमा भ्रष्टचारको आरोप लागेर निष्काशित अध्यक्ष ज्ञानेन्द्र गदालले नयाँ साहित्यिक संस्था खोल्न भनि एकदम थोरै नजीकका ब्यक्तिहरुमाझ सम्पर्क बढाएका छन् । आफ्नो कार्यकालमा विधान शंसोधन गरे पावरफूल भै दोस्रो पटक अध्यक्ष हुने दाउ कार्यसमितिले विधान फेल गरिदिएपछि रन्थनिएका गदालले  यस्तो कदम उठाएका हुन् । संस्था त्यो पनि अध्यक्ष नभै बाँच्नै नसक्ने विदेशका नेपालीहरुको यस्तो रोगले कालान्तारमा विदेशमा थुप्रै साहित्यिक संस्था जन्मने निश्चित छ ।

Sunday, September 16, 2012

अनेसासमा पहले आप....पहले आप....!, भ्रष्टहरुको कथा, खत्रीलाई कारवाही गरिने, NRN बाट अनेसास निकालियो ?

अनेसासको सदस्य नभएको र अनेसासमा नलागेको ब्यक्ति डायोस्पोरिक साहित्यकार हुनै सक्तैन भन्ने अनेसास नामको पैसा कमाउ संस्थाका भ्रष्ट संस्थापक होमनाथ सुवेदीलाई मैले नलेखेको, नबोलेको ब्यक्ति डायोस्पोरिक साहित्यकार हुनै सक्दैन भन्नेर हुँकार छाड्ने पैसा कमाउ समालोचक डा. गोविन्दराज भट्टराईले दह्रो झापड दिएका छन् । डा. भट्टराईको डिजाइनमा लन्डनका अनेसास निर्वाचन प्रक्रिया प्रति तिब्र असन्तुष्ट राख्ने अनेसासका आजिवन सदस्यहरुको जमातले नयाँ साहित्यिक संस्था जन्माएर संसार भरको अनेसासको सालनाल काटेर सात समुद्रमा फाल्न संसारभर च्याप्टर खोल्ने भएपछि होमनाथ सुवेदीको निद्रा हराएको छ । अर्ध निद्रा मै अत्तालिएर लन्डनेहरुको नयाँ संस्थालाई लाज शरम पचाएर बधाई दिएका सुवेदीले यो नयाँ संस्थाको जन्म अनेसास स्थापना भएर नै भएको, लन्डनमा अन्य साहित्यिक संस्था नै नभएको र अनेसासको उद्येश्य नै हरेक राष्ट्रमा त्यहीँको साहित्यिक संस्था सक्रिय हुनु पर्दछ भन्ने  आफ्नो गोजीको विधानको बुँदा लेखेर फेसबुकमा राखेपछि सबै छक्क परेका छन । अनेसास भन्दा धेरै वर्ष अघि स्थापना भएका थुप्रै साहित्यिक संस्थाहरु लन्डनमा हुँदा हुँदै यस्तो घटिया तर्क सुवेदीले राखेपछि एक जना लन्डने साहित्यकारले फेसबुकमै बिरोध गरेका थिए ।
भ्रष्टचारी गदाल र धाँधलीको नाइके भण्डारी बेपत्ता !
चुनावमा अर्काको नाममा मत खसाएर, नक्कली मतदाता तयार पारेर चुनावको नाटक सम्पन्न गर्न मरिमेटेर लागेका कथित निर्वाचन आयुक्त एच बी भण्डारी प्रभात कुनै साहित्यिक र सांगाठानिक नेतृत्व क्षमता नभएका विवादास्पद कम्जोर बालक रहेको कुरा  अनेसासका निष्कासित तत्कालिन भ्रष्ट अध्यक्ष ज्ञानेन्द्र गदालसँग मिलेर चुनावी नाटकको परिणाममा लालमोहर लगाएपछि कामीले मलाई फसायो भन्दै हिँड्नुले प्रमाणित गरेको छ । नेपालीहरुको जुलुसमा अघि लाग्नु भन्दा बाराक ओवामाको कोठे भेलामा पछि बसेर स्रोता हुनु ठिक भन्दै दुलो पसेका छन् । उता भ्रष्टचारको आरोपमा अनेसासको अध्यक्ष पदबाट निष्कासित गदाल लाज शरमका कारण दुलो पसेर पर्दा पछाडि सक्रिय रहेका छन् ।
अनेसासको नाम र लेटरप्याडको दुरुपयोग तर कसैले पत्याएनन् !
-अनेसासको लेटरप्याड प्रयोग गरि नेपालको छिन्नलता गीती पुरस्कार पाउँ भनि तत्कालिन अध्यक्ष ज्ञानेन्द्र गदालले भए भरको बल र मान्छे लगाउँदा पनि उनको नाम कसैले सुन्नै नचाहेपछि आफ्नो अनेसास र आफ्नो हविगत उतिखेर थाहा पाएका थिए ।
-मदन पुरस्कार गुठीको जगदम्बा पुरस्कार पाउन होमनाथ सुवेदीले अनेसास कै लेटर प्याडमा धेरै पटक शिफारिश पत्र लेख्न लगाए उनको नाम भन्दा बढी बदनाम नेपालमा चलेको थाहा पाउनेहरु लाजले भुतुक्क हुने गरेका छन् । त्यो पुरस्कार उनको सपना मात्र भै रहेको छ ।
-अनेसासका भूतपूर्व अध्यक्ष दुवसु क्षेत्रीले आफ्नी श्रीमती तत्कालिन अनेसासकी क्षेत्रीय उपाध्यक्ष(एशिया) पुनम क्षेत्रीलाई नेपाल पर्यटन वर्ष २०११ को बेला पर्यटन सदभावना राजदुत बनाउन अनेसासको लेटर प्याडमा लेखाएको चिट्ठिले काम नगरेको थाहा पाउँदा पाउँदै युवा वर्ष मोती पुरस्कार २०६९ को लागि फेरि अनेसासको लेटरप्याड प्रयोग गर्दा पनि केही लछारपाटो लगाउन नसक्दा अनेसास र स्वयं ब्यक्तिको इज्जत कहाँ पुग्यो होला ?
पहले आप...ना ना पहले आप....
अनेसास (प्रसाई समूह) र खत्री समूह पहले आप... भन्दै एक अर्कालाई पर्खि रहेका छन् । कतिखेर खत्री समूहले बाँकि रिक्त पद तथा सल्लाहाकारमा मनोनित गर्लान र त्यसलाई काउन्टर दिने गरि मनोनित गर्न प्रसाईं समूह पर्खि रहेको बुझिएको छ । अनेसास(प्रसाईं समूह) र अनेसास(खत्री समूह) दुइवटा संस्था को भन्दा को कम भन्दै चलिरहेका छन् ।
दुइवटा अनेसास भयो, के हुन्छ अब ???
-अब अनेसासको हरेक दुइवर्षमा हुने साहित्यिक सम्मेल प्रसाईं र खत्री समूहको बेग्ला बेग्लै हुनेछ त्यो पनि एउटै सहरमा केही दिनको अघिपछि पारेर ।
-अनेसासले बाँडने पुरस्कार प्रसाई समूह र खत्री समूहको बेग्ला बेग्लै हुनेछ । एउटै पुरस्कार बिजेता दुइ समूहबाट दुइ जना अलग अलग ब्यक्ति हुने छन् । पुरस्कारको रकम निकाशाका लागि कोष चलाई राखेका ससुरा ज्वाइ होमनाथ सुवेदी तथा बासु सत्याललाई निवेदन हाल्ने छन् । त्यसपछिको भद्रगोलको कल्पना यो लेख पढेपछि सुवेदीले गर्ने छन् ।
-संस्थाको मुखपत्र अन्र्तदृष्टि दुइवटा हुने छ । दुवै समूहले उही वर्ष र अंक राख्दै आफू आधिकारिक भएको कुरा अनि एक अर्कालाई कार्यवाही गरेको गाली गलौजले भरिपूर्ण  साहित्यिक पत्रिका अन्तर्दृष्टी प्रकाशित हुनेछ ।
-अनेसासको वेबसाईट पनि दुइवटा हुनेछ । त्यहाँ आआफ्नो समूहले गरेको कार्यक्रमको समाचार र फोटाहरु हुनेछन् । एक समूहले अर्को समूहलाई कार्यवाही गरेको, निष्काशन गरेको समाचार र प्रेश विज्ञप्ती पढ्न पाइने छ ।
-प्रसाईं समूह र खत्री समूहले भए भरको बल लगाएर नयाँ आजिवन सदस्य र ट्रष्टी बनाउने छन् । अनेसासको नाममा पैसा तिरेर सदस्य र ट्रष्टी भएकालाई एक समूहकाले अर्का समूहकालाई मान्यता दिने छैनन् ।
गीता खत्री लगायतकालाई कार्यवाही गरिने !
तत्कालिन कार्यसमितिले कोषको रकम १५हजार डलरको भ्रष्टचार गरेपछि तत्कालिन अध्यक्ष गदाल र महासचिव गीता खत्रीलाई कार्यसमितिबाट निष्काशन गरेको थियो । कार्यसमितिमा हिसाबै नबुझाई उक्त रकम चप्काउने खत्रीले आफ्नो कर्तुत ढाकछोप गर्न कमला प्रसाईंलाई कारवाही गरेको सुचना संस्थाको वेब पेज कब्जा जमाई त्यहाँ राखेपछि प्रसाई समूहले पनि गीता खत्री लगायतका संलग्नलाई कारवाही गर्ने र सो को समाचार प्रसाई समूहको वेव साइटमा राखिने भएको छ ।
एन आर एन बाट अनेसास निकालियो !?
एनआरएनको नाम जोडेर हरेक दुइ वर्षमा एनआरएनको निर्वाचनको बेला काठमाण्डौंमा गरिने साहित्यिक उत्सव(INLS-NRN Literary Festival) यस पटकदेखि अनेसासलाई हटाएर एनआरएनले एक्लै गर्ने भएको छ । अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन नाम दिइएको सो सम्मेलन सम्पन्न गर्न क्यानडाका साहित्यकार डा. गोविन्दसिंह रावतलाई संयोजक नियुक्त गरिएको छ । उनले तिव्ररुपमा कार्य गरिरहेको थाहा हुन आएको छ ।
किन हटाइयो अनेसास एनआरएनबाट ?
अनेसास एनआरएन साहित्यिक उत्सव(INLS-NRN Literary Festival)को नाममा गाइजात्रे कार्यक्रम  सन्  २००९ मा तत्कालिन संयोजक ज्ञानेन्द्र गदाल र होमनाथ सुवेदीले मिलेर १ हजार २ सय डलर चप्काएको कुरा एनआरएन बृत्तमा उतिखेरै चर्चामा थियो । एनआरएनको नाम बेचेर पैसा खाने, संस्था अत्यन्त विवादास्पद, बदनाम भएको र संस्थामा गैर साहित्यिक ब्यक्ति र भ्रष्टहरुको कब्जामा भएपछि एनआरएनले अनेसासलाई बाहिर निकालेको हो । उता जीवा लामिछानेले पनि आफ्ना बुबा आमाको नाममा खोलेको पुरस्कार अनेसाससँग मिलेर बाँडिरहेकोमा यसपटक देखि बन्द गरि अर्कै तरिकाले बाँड्ने भएका छन् ।

Saturday, August 18, 2012

होमनाथ सुवेदीले घर डढाएर खरानी तापे, लेकालीले राजिनामा दिने


 गीता खत्रीलाई नक्कली जीतको टिका लगाइ दिएर आफू कलंकको टिका लगाई बर्हिगमन भएका निष्कासित अध्यक्ष ज्ञानेन्द्र गदाल पनि खत्रीको चालामाला देखेर खुशी छैनन् । गत हप्ता न्यूयोर्क आएका उद्योगपति तथा कवि बसन्त चौधरीको अनेसास (खत्री समूह)ले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा गदाललाई खासै महत्व नदिएपछि कार्यक्रम पश्चात गदालले गुनासो गर्दै हिँडेका छन् । उता अमेरिकामा खुब ठूलो साहित्यिक कार्यक्रम गर्ने, आफू अभिनन्दन हुने र पुस्तक विमोचन हुने लोभमा चौधरीले अनेसासको ब्यानरमा क्रुज यात्रा कार्यक्रम गरेका थिए । उक्त कार्यक्र भब्य गर्नू, प्रचार प्रसार गर्नू भनेर नेपालबाट चौधरी गु्रपका कर्मचारी कवि राजेन्द्र शलभ र अनेसास खत्री समूहका लेकालीले जति बल गरे पनि कार्यक्रम त्यस्तो नभएपछि चौधरी बित्थामा पैसा खर्च गर्नु परेकोमा खुशी देखिएनन् । अझ अनेसास दुइवटा भएको, साहित्य जस्तो पवित्र संस्थामा भ्रष्टहरु नेतृत्वमा भएको, संस्थामा झगडा र मारामार भएको र बदनामी कमाएको कुरा चौधरीको कानमा न्यूयोर्क केही ब्यक्तिहरुले हालेपछि  १००० डलर तिरेर अनेसासको ट्रष्टि बन्ने सोचाई राखेका चौधरीले त्यसपछि अनेसासको नाम सुन्नै चाहेनन् । बरु न्यूयोर्ककै सिर्जनाका यात्रा नामक कार्यक्रममा चौधरीलाई बोलाएपछि अति राम्रो र स्तरिय कार्यक्रमको उनले मुक्त कण्ठले प्रशंशा गरे ।
लेकालीले राजिनामा दिने ?
अनेसासको चुनावमा नक्कली मतदाता बनाएर सक्कली मतदाताहरुलाई भोट हाल्न बन्चित गराई अध्यक्ष पदमा जर्बजस्ती आसिन गराएपछि तत्कालिन कार्यसमितिले बदर गरेको निर्वाचनको स्वघोषित अध्यक्ष गीता खत्रीको चुरीफुरी नबढेको देखेपछि राधेश्याम लेकालीलाई झोँक चलेको छ । कमला प्रसाईंले नेतृत्व गरेको अनेसास कार्यसमितिले लेकाली भिरेको पद पत्रकार तथा साहित्यकार अस्मिता भण्डारी जिम्मा लाएपछि उनलाई मर्नु न बाँच्नु भएको छ । कमलाको अनेसासलाई पूर्ण प्रतिबन्ध लगाउन र उनीहरुलाई कार्यवाही गर्न कार्यसमितिमा लेकालीले कुरा उठाए । बिओटी अध्यक्ष होमनाथ सुवेदीलाई पनि गुहारे । पछि कसैले पनि केही नगरेपछि लेकालीले यस्तो संस्थामा बस्दिन बरु राजिनामा दिन्छु भन्दै हिँडेपछि खत्रीलाई बडो अफ्ठ्यारो परेको छ ।
घर डढाएर खरानी ताप्दैछन् सुवेदी
    अनेसासमा अरुलाई भिडाएर आफू न्यायधिश हुन खोज्ने ट्रष्टी अध्यक्ष होमनाथ सुवेदीको कृयाकलाप देखेर अनेसासका सदस्यहरु रुष्ट छन् । एकै नामको दुइवटा संस्था अस्तित्वमा रहँदा पनि सस्थापक अध्यक्ष र ट्रष्टी अध्यक्षको नाताले केही पनि नगर्नुले उनको नियत माथि शंकाको दृष्टिले हेरिदै छ । भनिन्छ अनेसास नामकै संस्था खोल्नका लागि कमला प्रसाईंलाई भित्रीरुपमा मौन सम्मति दिएका थिए । यसो गर्नुको मुख्य उद्येश्य कथंकदाचित खत्री समूले विधान संशोधन गरि उनको पावर कटौति गर्ने प्रयास गरे प्रसाई समूहलाई अगाडि ल्याउने । प्रसाई समूह अस्तित्व रहुन्जेल खत्री समूहले हामी आधिकारिक हौं भनिदिनु पर्यो, कार्यक्रममा आइदिनु पर्यो भनेर सुवेदीको चाकडी गरी उनलाई खुशी पारिरहने  भएकोले खत्रीलाई तर्साउन सुवेदीले प्रसाई समूहलाई अस्तित्वमा राख्न चाहन्छन् । प्रसाई र खत्रीले जे गरे पनि अनेसास कै नाममा कार्यक्रम गर्ने भएकोले किन मैले बाठो भएर विरोध गर्नू भनेर सुवेदीले धेरै ठाउँमा भनेका पनि छन् । अनेसासमा झगडा भए पनि अनेसासकै राम्रोको लागि हो, मेरो अनेसासमा धेरै प्रजातन्त्र छ,अनेसासको यो त प्रजातान्त्रिक तरिका हो भनेर सुवदीले धेरैलाई भनेका छन्  । झगडा मिलाउनु साटो झगडा र विवादलाई प्रोत्साहन दिँदै हिँडेका सुवेदी घर डढाएर खरानी ताप्दै छन् ।
अनेसास डायोनोसर हुने !!!
उसो त अनेसासको सदस्य भए अमेरिका जान पाईने र पुरस्कार पाईने भन्ने नेपालमा रहेको भ्रम अघिल्लो पटकको चुनाव र यस पटकको चुनावपछिको ‘इमेल वार’बाट टुटेको छ । संस्थाको गुह्य कुरा सार्वजानिक हुनु, संस्था कै जिम्मेवार पदाधिकारीहरु होमनाथ, गदाल, गीता खत्री लगायतका भ्रष्ट ब्यक्तिहरुले कोषको रकम आफ्नो खल्तीमा हाल्नु, हरेक दुइ वर्षमा चुनाव नामको नाटक गर्नु र संस्था फुट्दै फुटाउँदै जानु, अनेसासको ब्यानर त्याग्दै अर्कै संस्था जन्मनुले अनेसास विस्तारै डायोनोसर जस्तै लोप भएर जाने खतरा देखिएको छ ।

Saturday, August 4, 2012

अनेसासका भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको कथा


अनेसास स्थापना गर्दा संस्थापकहरुले पछि होमनाथ सुवेदीले पैसा चप्काउलान भनेर कसैले सोचेको थिएन । म्याग्दीमा आफ्नै पौरखको ढिँडो खाएको सुवेदी बाहुनले अमेरिकामा आएर यसरी चन्दा बटुलेर  खालान र जात फाल्लान् भन्ने थाहा पाएको भए अनेसासमा चन्दा र सदस्यता शुल्कको नाममा कसैले पैसा बुझाउने थिएनन् ।
     साहित्यको नाममा पैसा उठाएर खान सजिलो होस भन्नाका लागि केही वर्षसम्म सुवेदीले अनेसासमा छोरी, छोरा, आफू र छोरी ज्वाई बाहेक अरुलाई मुख्य पद कोषमा ढिम्किन दिएनन् । र कोषमा हिसाब किताव कसैलाई नदेखाई वर्षौ पैसा हजम गरिरहे । अलिक पछि विदेशमा केही साहित्यिक ब्यक्तिको आगमन भएपछि उनिहरुले अनेसासमा प्रवेश चाहेपछि कोष लगायत अन्य मुख्य पद छाड्नु पर्यो । र उक्त पदमा आफ्ना हनुमान र पैसा उठाएर उनलाई बुझाउन सक्ने उनका एजेन्टहरु मात्र नियुक्त गर्दथे । उनलाई पैसा बुझाउन अस्विकार गर्नेहरुलाई अनेसासबाट झिकेर सिधै सडकमै पुर्यादिन्थे । त्यसैको परिणाम हो डा. मधु माधुर्य, भारती गौतम, शागर श्रेष्ठ, कृष्ण बजगाई, कमला प्रसाई, बासु श्रेष्ठ, गोविन्द गिरी प्रेरणा आदि जो अहिले उनको नीजी कम्पनी जस्तो अनेसासबाट बाहिरिएका छन् ।
     कोषको रकम भ्रष्टचार गरेपछि अध्यक्ष पदबाट निष्कासित तत्कालिन अध्यक्ष ज्ञानेन्द्र गदाल सुवेदीको लागि पैसा उठाउने ठूलो एजेन्ट थिए । २००६–०८ मा अन्तर्दृष्टिको प्रधान सम्पादक बनाइएका गदालले उक्त समयमा ५००० डलर रकम हिनामिना गरेका थिए । ०८–१० को कार्यकालका डा. कुमार बस्नेतको पालामा अघिल्लो कार्यकालको  अन्तर्दृष्टिको रकम भन्दै गदाल ८०० डलर भुक्तानी मागेका थिए । अर्को कार्यकालको पैसाको बारेमा कार्यसमितिमा छलफल हुँदा कसैले पनि उक्त रकम तिर्न नमिल्ने भनेपछि होमनाथ सुवेदीले सिधै बिओटीबाट उक्त रकम भुक्तानी दिलाए । त्यसको ठिक एक वर्षपछि काठमाण्डौंमा अनेसास एनआरएन सम्मेलनको लागि भनि सुवेदी कै करकापले गदाललाई संयोजक बनाईयो । जम्मा ४ घण्टाको साहित्यिक कार्यक्रमको १६०० डलर बजेट निकाशा गरियो । पछि पैसा पुगेन भनेपछि थप ६०० डलर थपियो र  २२०० डलर निकाशा दिइयो । कार्यक्रम सकिएपछि जम्मा ३२०० डलर खर्च भो भनेर थप रकम कार्यसमितिमा मागियो । कार्यसमितिले नेपाल जस्तो देशमा नाथे ४ घण्टाको साहित्यिक कार्यक्रम गर्न  तिनलाख नेपाली रुपैयाँ लाग्नै नसक्ने, अघिल्लो पटक आधा रकममा सोही स्तरको कार्यक्रम भएको, कार्यक्रमको खर्चको कुनै पनि बिल भरपाई नभएको र आफू खुशी खर्च देखाएको भनेर उक्त भुक्तानी दिन नमानेपछि होमनाथले फेरि पनि बिओटीबाट थप १००० डलर निकाशा दिलाए ।  यी दुबैपटक होमनाथ र गदालले पैसा आधा आधा बाँडेर खाएको कुरा तत्कालिन अध्यक्ष र बिओटीका केही सदस्यहरुले उतिखेरै भनेका थिए ।
    पैसा मिलाएर खुवाउन सिपालु साहित्यिक योगदान र ब्यक्तित्व नभएका गदाललाई पालो मिचेर सुवेदीले जालझेल गरि अध्यक्षको कुर्सीमा बसाएपछि गदालले आफ्नो असली चरित्र देखाउन थाले । सोही क्रममा सुवेदीलाई भागबण्डा नलगाई एक्लै पैसा चप्काउन बैंक खाता हस्तान्तरणको नाममा केही महिना लडाई गरेपछि हार खाएर सुवेदीले खाता हस्तान्तरण गरेपछि गदाललको मनोवल बढ्यो । विधान संशोधनको नाम गरि कार्यसमितिलाई अधिकार भन्दै ट्रष्टिको ठूलो रकम भएको खाता कार्यसमितिमा सारी सो रकम चप्काउन दुई वर्ष भरि लडाइ गरेपनि त्यसपटक भने गदालले हार खाए । तर ट्रष्टिको ठूलो रकम चप्काउन नसके पनि तत्कालिन महासचिव तथा कोष संचालन गरिरहेकी गीता खत्रीसँग मिलेर कोषबाट सिधै १५ हजार डलर झिकेर खत्री र गदालले हजम गरे । आजीवन सदस्यता बापतको रकम कोषमा बुझाइएन । सो को हिसाव किताव र बैंक स्टेटमेन्ट कार्यसमितिले माग्दा पनि हिसाब नबुझाई सबैलाई निर्वाचनको झमेला र झगडामा फसाई सजिलै अरुको ध्यान त्यता मोडेर आफूले उक्त रकम पचाउन सफल भए । खत्री र उनको समूहलाई चुनावमा जिताउन, आजिजन सदस्य बनाउने, प्रचार प्रसार गर्ने भनेर मात्र कोषको ५ हजार डलर रकम हिनामिना गरिएको थियो ।
   द्रब्यपिशाच गदालले गतसाल भएको लन्डन सम्मेलनको नाममा मान्छे भित्र्याउने र सो को लागि नेपालमा एजेन्टको रुपमा राधेश्याम लेकालीलाई नियुक्त गर्न संयोजक राईलाई मनाए पनि पैसा चाही गदाल, गीता खत्री र लेकाली मात्र चप्काउने भएपछि भाँडिएको सम्मेलन पछि गदाल र लेकालीले बक्तब्य निकालेर अनेसासको लन्डन सम्मेलन बहिष्कार गरेका थिए । गदालले अनेसासको ब्यानरमा कोलोराडोको अध्यक्ष हुँदा पटक पटक नेपालबाटबाट आएका कलाकार बोलाएर कार्यक्रम गरेर हजारौं डलर रकम उठाएर सबै पैसा पचाएका थिए । उनी केन्द्रीय अध्यक्षमा जितेपछि नौ वर्षपछि कोलोराडोको अध्यक्ष पद छाड्दा बैंक खाता समेत नभएको रित्तो कोष मात्र बुझाएका थिए । गदालले कार्यक्रमको नाममा अनेसासको ब्यानर र लेटरप्याड दुरुपयोग गरि नेपालबाट अमेरिका मानिस भित्र्याएको हिसाब कितावको त लेखाजोखा नै छैन ।

Thursday, August 2, 2012

होमनाथ सुवेदीलाई घोक्रेठ्याक लगार्इने ! भ्रष्टचारी गदाल र खत्रीलाई कठघरामा उभ्याइने


अनेसासमा पहिलेदेखि नै भ्रष्टचार गर्दै संस्थालाई पारिवारिक रुपमा नीजी कम्पनी सरह चलाउँदै आएका होमनाथ सुवेदीले संस्थामा हरेक कार्य मनोमानीपूर्ण गरी विवाद निम्त्याएपछि गत जुनमा भएको विवादित निर्वाचन पछि उनलाई अनेसासको बोर्ड अफ ट्रष्टीबाट घोक्रेठ्याक लगाएर निकालिने भएको छ ।   अनेसासको हित चाहाने केही आजीवन सदस्यहरु, सिमित ट्रष्टी सदस्यहरुको पहलमा सुवेदीको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी  बोर्ड अफ ट्रष्टीको अध्यक्षबाट हटाउन लागिएको छ ।  तर केही सदस्यहरुले यस्तो कार्य गर्नु हुन्न भनेर फरक मत राखेका थिए । सुवेदी कै कारण अनेसास विभाजित भएको र यस्तो अवस्थामा बोर्ड अफ ट्रष्टीले कुनै बैठक नराखेको र विभाजनको र सम्भाब्य एकताको बारेमा केही नबोलेकोले आफूले रगत, पसिना, श्रम,समय र पैसा बगाएको अनेसासको बर्वादी टुलुटुलु हेरेर बस्नु भन्दा अनेसास जोगाउन उपयुक्त लागेको र यसका लागि होमनाथ सुवेदीलाई घोक्रेठ्याक नलगाई अनेसासको बर्वादी नरोकिने भएकोले यस्तो गम्भीर कदम चाल्न बाध्य हुनलागेको कुरा छलफलमा चलेको थियो । सोही अनुसार अगष्टको दोस्रो सातासम्ममा सुवेदीलाई ट्रष्टी अध्यक्षबाट घोक्रेठ्याक लगाइने भएको छ ।
      उता चुनावमा धाँधली गरेर पराजित गराइएपछि  केही दिन इमेलमा आगो भएर सेलाएका कृष्ण बजगाईं र अध्यक्ष पद पाएर कमला प्रसाई चुपचाप लागेपछि गदाल, होमनाथ र खत्रीको मनोवल उच्च भएको छ । कमलाले अध्यक्ष पद पाएर मख्ख परि हालिन बजगाई आफै पाखा लागे भन्दै भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको मनोवल र चलखेल बढेको थाहा पाएपछि कमला प्रसाईंको श्रीमान विशाल शाहको पारो तातेको छ । यही महिना भित्रै उनीहरुको चुनावको धाँधली र भ्रष्टचारका विरुद्ध अदालतमा जाने कुरा आफ्ना निकटलाई बताएका छन् । स्मरण रहोस तत्कालीन अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव गीता खत्रीले करिव पन्ध्रहजार डलर भ्रष्टचार गरेको भन्दै तत्कालीन कार्यसमितिका बहुमत सदस्यहरुले उनीहरुलाई अध्यक्ष र महासचिव पदबाट निष्कासित गरेका थिए ।
बोष्टनमा अनेसास छाडियो !
बोष्टनका वरिष्ठ साहित्यकार शिवप्रकाश र गोबद्र्धन पूजाको सक्रियतामा बोष्टन साहित्य समाज बनेको छ । गत जुन महिनाको धाँधली युक्त निर्वाचन, संस्थामा गैर साहित्यकारहरुको हालमुहाली, अनेसासको कोषमा हुने गरेको भ्रष्टचार र ठूला पदमा भ्रष्टचारीहरु आसिन हुन थालेपछि अब संसारभर अनेसासको पुच्छर हुन छाडेर क्रमशः स्थानिय स्तरमा साहित्यिक संघ संस्था गठन हुन थालेको छ ।

Saturday, July 28, 2012

अनेसासको पतन सुरू भयो ! च्याप्टरहरुले नाम फेरे


पूर्व अनुमान अनुसार अनेसासको विभाजन भैसकेको छ । अब अनेसासको पतनको दिन सुरु भएको छ ।  अनेसासमा अरुलाई लडाएर, भिडाएर आफू न्यायधिश बन्न खोज्ने  होमनाथ सुवेदी, अनेसासको कोषको रकम चप्काउने भ्रष्टचारीहरु ज्ञानेन्द्र गदाल र गीता खत्रीको कारणले अनेसास प्रतिको बितृष्णा बढेर अब संस्था नै धरासायी भएको छ ।  जसको प्रमाण पनि हो अनेसासको च्याप्टरहरुले हरेक वर्ष स्वस्फूर्त रुपमा मनाउने भानुजयन्ती यसपटक धेरै च्याप्टहरुले मनाएन ।  
    कमला प्रसाईंले नेतृत्व गरेको अनेसास र गीता खत्रीले नेतृत्व गरेको दुइवटा अनेसास अस्तित्वमा छ । दुवैले आफूलाई आधिकारिक भएको दावी गरिरहेका छन् । दुवैको अस्त्विलाई अस्विकार गर्ने कसैको पनि हिम्मत छैन । यहाँ सम्मकी निर्वाचित कार्यसमितिलाई विघटन गराउन सक्ने सुपर पावर भएको अनेसासको बोर्ड अफ ट्रष्टी र आफूमा अनेसासको सबै पावर भएको ठान्ने( संहारकर्ता, सम्भारकर्ता) र कार्यसमितिका पदाधिकारी र आजीवन सदस्यहरुलाई आफ्नो खेताला भन्ने होमनाथ सुवेदीले पनि केही गर्न सक्ने स्थिति छैन । यही परिस्थितिका बाबजुद च्याप्टरहरु विभाजित भएर प्रसाईं र खत्रीका पक्षमा लागेका छन् । त्यस मध्ये धेरै जसो च्याप्टरको समर्थन प्रसाईंलाई रहेको बुझिएको छ । केही च्याप्टरहरु कसैको पक्षमा नलागि पर्ख अनि हेर भन्ने निति लिएर निष्क्रिय भएका छन् । अमेरिकाका केही च्याप्टरहरुले प्रसाई र खत्री कसैको पक्षमा नलागी च्याप्टर शब्द हटाएर अनेसास र स्थानको नाम मात्र लेख्ने भन्ने निर्णय पनि गरेका छन् । उता अनेसासको झगडा, अनेसासमा असाहित्यिक ब्यक्तिहरुको हावी, यसको गलत निती र अनेसासको कोषमा भएको भ्रष्टचार जस्ता कारणले अनेसास बेलायत च्याप्टरले अनेसासलाई त्यागी अर्कै नाममा अगष्टको पहिलो साता भित्रमा नयाँ संस्था घोषणा गर्ने भएको छ । यस्तो गर्नेमा अष्ट्रेलिया च्याप्टर, क्यानडा च्याप्टर र अमेरिकाका दुइवटा च्याप्टरहरु रहेको थाहा लागेको छ ।
अनेसासमा ब्यापार नहुने भो !
   अनेसासलाई पहिलेदेखि नै कमाई खाने भाँडो बनाउँदै आएका होमनाथ सुवेदी, आफ्नो कार्यकालमा भ्रष्टचार गरेर पैसा खान पल्किएका गीता खत्री र गदालको ब्यापार बन्द हुने भएको छ । अदृष्यरुपमा पैसा कमाउन राधेश्याम लेकालीलाई कार्यसमितिमा भित्र्याई नेपालको एजेन्ट रुपमा ल्याएको योजना प्रसाईले लेकालीलाई टक्कर दिन साहित्यकार तथा पत्रकार अस्मिता भण्डारीलाई लेकालीले पाएको वरिष्ठ उपाध्यक्ष पद जिम्मा लगाएपछि सबैको निँद हराम भएको छ । योजना अनुसार अमेरिकाबाट सबै आवश्यक कागजात र प्रक्रिया गदाल र खत्रीले मिलाउने, नेपालबाट अमेरिका पैसा तिरेर जाने मानिस खोज्ने कामको लागि नेपालको एजेन्टको रुपमा लेकालीलाई ल्याइएको थियो ।  आफू भन्दा सशक्त भण्डारी सोही पदमा आएपछि उनीहरुको उक्त धन्दा नचल्ने भएको छ । आजकाल लेकालीले दिनरात अस्मिता भण्डारीलाई सो पद मलाई नै छाडीदिनु पर्यो, तपाई जस्तोले विवादमा आउनु हुँदैन , बरु म जे पनि सहयोग गर्दछु भनेर फकाइरहेका छन् ।
अनेसासमा संगठक हराए ?
अनेसास हुने गरेको गलत क्रियाकलाप, निर्वाचनमा होमनाथ सुवेदीको अनावश्यक हस्तक्षेप र निर्वाचनको नाममा हुने अस्वस्थ चलखेलका कारण राम्रा संगठक तथा लेखन र नाम भएका ब्यक्तिहरुलाई मानमर्दन गरेपछि अनेसास छाडेका छन् । अध्यक्ष पदमा हराइएपछि नून खाएको कुखुरा जस्तो भएर बेपत्ता भएका कृष्ण बजगाई, घरका र साथी भाइले  संगठनमा लागेको मन पराएनन्, अब संगठन गर्दिन लेखनमा ध्यान दिन्छु भन्दै हिँडेका छन् । थाहा भए अनुसार उनकी कथाकार श्रीमतीले 'अब संगठन होइन लेखन र घरपरिवारमा ध्यान दिनू' भनेर उनको झाँको झारेपछि  संगठनमा निष्कृय भएका हुन् । त्यस्तै शेखर ढुंगेल, गोपीकृष्ण काफ्ले, भारती गौतम, दीपक भेटवाल, मधु माधुर्य, खेमनाथ पौडेल, शागर श्रेष्ठ, डा. हरिराज भट्टराई जस्ता इमान्दार संगठक अनेसासले सदाका लागि गुमाएको छ ।

Tuesday, July 17, 2012

होमनाथ सुवेदीले अर्कै अनेसास खोल्ने, अनेसास तीन वटा हुने भो ! कामीलाई भित्र्याउँदा अनेसास बिटुल्यो


-बलराम डी सी
अनेसास फुटेर अब तीनवटा हुने भएको छ  । होमनाथ सुवेदीको योजना अनुसार अर्को अनेसास खोल्न कमला प्रसाईं र कृष्ण बजगाईंलाई सुवेदीले उकासेपछि कमलाले विधान अनुसार अनेसास खोलेर आधिकारिकता प्राप्त गरेकि छिन् । तत्कालिन कार्यसमितिले ज्ञानेन्द्र गदाल र गीता खत्रीलाई कोषको रकम हिनामिना गरी भ्रष्टचार गरेको र निर्वाचनको नाममा अनियमितता गरेकोमा निष्कासित गरिसकेको थियो । सोही समितिले निर्वाचनलाई बदर गरेको थियो । तर  गीता खत्री समूहले सोही निर्वाचनमा आफ्नो समूह निर्वाचित भएको भन्दै गत १४ जुलाईमा सपथ खाएको र साधारण शभा फ्लोरिडामा गरेको भन्दै फेसबुकमा प्रचार गरेपछि अनेसासका आधिकारिक अध्यक्ष कमला प्रसाईं आक्रोशित भएकि छिन् । वर्तमान विधान अनुसार अनेसासको साधारण शभा डी सी मा मात्र हुन सक्ने स्पष्ट लेखिएको छ ।

किन खोल्दैछन् होमनाथले अर्को अनेसास ?
बिओटीको खातामा रहेको ५०,००० डलर भन्दा बढी बैकमा रहेको रकम गदाल अध्यक्ष हुने कार्यसमितिमा हस्तान्तरण गर्नु पर्दछ भनेर रँडाको निकालेका थिए । उक्त रकममा आँखा लगाई गदालले चप्काउन खोजेपछि सशंकित बनेका थिए होमनाथ सुवेदी । तर पछि विधान संशोधन गरेर सोही रकम हडपेर गदालले हजम गर्ने दाउ गरेपछि सुवेदीले गत डिसेम्बरमा आफूले अर्को अनेसास खोल्न सक्ने कुरालाई इशारा गर्दै कार्यसमिति र बिओटीलाई इमेल लेखेका थिए– ‘अर्को अनेसास खुल्न सक्छ । यहाँ नअटाउनेले अर्कै अनेसास खोले हुन्छ ।’ यस्तै अभिब्यक्ति गत जुन महिनामा भएको निर्वाचनमा भएको धाँधली र गदाल र गीता खत्रीलाई कार्यसमितिले निष्कासित गरेपछि धमिलो पानीमा माछा मार्दै सुवेदीले ४ जुलाईमा बिओटी र निवर्तमान कार्यसमितिलाई इमलेमा लेखेका थिए– ‘बोर्ड अफ ट्रष्टी अनेसास कार्यसमितिबाट अलग हुनसक्छ । यो अर्कै स्वतन्त्र संस्था हुन सक्छ ।’ स्मरण रहोस् ट्रष्टीको रकम कसैले चप्काउन नपाओस् मौका परे आफैं चप्काउन त्यसको कोषाध्यक्ष आफ्नै छोरीज्वाई बासु सत्याललाई बनाएका छन् । ज्वाई ससुराको हस्ताक्षरले मात्र बैकमा रहेको सो रकम निस्कन सक्छ । होमनाथ  सुवेदीको नीजी नाममा अमेरिकी कानून अनुसार नाफा रहित संस्थाको रुपमा अनेसास दर्ता भएको छ । यदि अनेसासको रकम होमनाथले एक्लै चप्काए पनि उनलाई कुनै कानूनले नछुने कुरा अनेसासका धेरैलाई थाहा छैन । त्यसैले साहित्यिक गतिविधी भन्दा पनि आजीवन सदस्य बनाऔ, ट्रष्टी बढाऔ भनेर मात्र सुवेदीले जोड दिनुको कारण अनेसासको नाममा उनको नीजी ढुकटीमा पैसा थुपार्नु हो ।

निष्कासित अध्यक्ष गदालको आँखा अब बोर्ड अफ ट्रष्टिको अध्यक्ष हुने दाउमा छ । आफूलाई बजगाईंले निष्कासित गरेको फमुर्ला प्रयोग गरी सुवेदीलाई विभिन्न आरोप लगाएर सुवेदीलाई अध्यक्षबाट हटाइ आफू ट्रष्टि अध्यक्ष हुन कुराकानी बढाएको र समर्थनको लागि सहयोग मागेको कुरा ट्रष्टिका एक सदस्यले चुहाए पछि  गदाललको अर्को षड्यन्त्र बाहिर आएको हो । अनेसास दुइवटा भयो झगडामा लाग्नु भन्दा अर्कै खोल्नु पर्दछ भनेर केही ट्रष्टी सदस्यहरुलाई मनाउन सुवेदी  लागेका छन् । दोष जति गदाल, बजगाई, खत्री र प्रसाईंलार्इ दिएर आफू पानी माथिको ओभानो बन्ने प्रयास सुवेदीले गरिरहेका छन् ।

कामीलाई भित्र्याउँदा अनेसास बिटुल्यो
कुनै साहित्यिक उचाई नभएका ज्ञानेन्द्र गदाललाई होमनाथको चाकडी गरेकै भरमा अध्यक्ष सम्म बनाए पछि सुवेदी अहिले पछुताउँदै आफ्ना नजिकलाई भन्न थालेका छन् –‘कामीलाई भित्र्याएर मेरो अनेसास बिटुल्यो ।’ हुन पनि हो, मोहन सिटौंला अध्यक्ष हुने बेलामा अध्यक्ष बन्न सुवेदीले गदाललाई उकासे पनि पछि सिटौलाले उनलाई अन्तर्दृष्टिको प्रधान सम्पादक बनाउने भनेर मनाए । गदालले निकालेको अन्तर्दृष्टिमा भएको भाषिक अशुद्धता र रचना छनौटको स्तर देखेका राम्रा साहित्यकारहरुले जति माग्दा पनि कहिल्यै रचना छपाउन अन्तर्दृष्टिमा दिएनन् । हो गदालद्धारा सम्पादित अन्तर्दृष्टि पत्रिका उतिबेलै झापामा जलाइयो ।  अनेसासलाई ठूलो कलंक लाग्यो ।

पछि गदाल अध्यक्ष बन्ने बेला सन् २०१० मा उनकै हठ र अहंमका कारण अनेसासका राम्रा साहित्यकारहरुले अर्कै अन्तर्राष्ट्रिय संस्था खोले । अध्यक्ष भएपछि गदालले कार्यसमितिमा आफैले नियुक्त गरेको संयोजकको विरोध गर्दै अनेसासकै साहित्यिक लन्डन सम्मेलन बहिष्कार गरे । विधान संशोधनको नाममा संस्था झण्डै विघटनको संघारमा पुर्याए । आफ्नै संस्थाको विरुद्धमा पत्रपत्रिकामा अन्तर्वार्ता दिँदै हिँडे । निर्वाचनको समयमा मतदाता नामावलीमा धाँधली, आजीवन सदस्ता शुल्कको रकम खातामा नराखि खाएको र संस्थाको पैसा झिकी हजम गरे पछि कार्यसमितिले उनलाई निष्कासित गरेको थियो । उनले गराएको निर्वाचनलाई खारेज गरिदिएको थियो । अनि अनेसास पुर्नगठन गरेको थियो । तर फ्लोरिडमा गएर विधान विपरित गैर कानुनिरुपमा साधारण शभाको नाम दिँदै अर्कै अनेसास खोलेर आए । गदालकै कारणले अनेसास दुइपटक फुट्यो । अहिले दुइवटा अनेसास अस्तित्वमा देखा परे पनि निकट भविष्यमै होमनाथको अर्कै अनेसास खुल्ने र सो को लागि होमनाथले केही ट्रष्टीहरु सँग कुरा बढाएका थाहा भएको छ ।

कार्की, रोहिणी र तिमल्सिनाले अनेसासको पुरस्कार झिक्ने
अनेसासका सम्मानित ब्यक्तित्व तथा आर्थिक चन्दादाता डा. श्याम कार्की, रोहिणी शर्मा र सुमन तिमल्सिनाले अनेसासको नाममा लामो समयदेखि चलाई राखेको पुरस्कार यसपटकदेखि बन्द गर्ने भएका छन् । होमनाथको ब्यक्तिवादी प्रवृत्ति, गदालको झगडा र अनेसासको फुटका कारण पुरस्कार झिक्न लागेका हुन ।

Tuesday, July 3, 2012

अनेसासका अध्यक्ष गदाल र महासचिव खत्री निष्कासित


अनेसासमा हुने गरेको अनियमितता र भ्रष्टचार कार्यसमितिबाट बाहिर पत्रपत्रिकामा आएपछि अनेसासको साख गिरेको छ । संस्थाका आजिवन सदस्यहरु र कार्यसमिति भित्रैबाट यसको छानविन गरि दोषीलाई कार्यवाही गर्ने चर्को दवाव आएपछि ३० जुनमा बसेको कार्यसमितिको आकस्मिक बैठकका बहुमत सदस्यहरुले मुख्य दोषी अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव गीता खत्रीलाई विधान अनुसार कार्यवाहीस्वरुप कार्यसमितिबाट निष्कासन गरिएको कुरा अनेसासका वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईंले एक प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
          संस्थाको पैसा हिनामिना गरेकोमा हिसाब किताब देखाउन पटक पटक अनुरोध गर्दा पनि नदेखाएको, आजीवन सदस्य बनाउने नाममा सदस्य शुल्क बापतको रकम ७ हजार डलर संस्थाको कोषमा जम्मा नगरेको, पटक पटक गरी संस्थाको कोषबाट ७४३५ डलर गदाल र खत्री मिलेर निकालेको आरोप लगाइएको छ । निर्वाचनको क्रममा सदस्यता शुल्क नतिरेका गैर सदस्यहरु मतदाता बनाइएको, विधान अनुसार निर्वाचनका लागि कार्यसमितिले पारित गरेको नामावली मात्र मतदाता हुने सक्नेमा कार्यसमितिलाई थाहै नदिइ आफू खुशी नाम थपी निर्वाचनलाई प्रभावित पार्ने काम  गरेको कुरा बताइएको छ ।
            यसैबीच संस्थाको विधान अनुसार वासिङटन डी सीमा गर्नु पर्ने वार्षिक  साधारण शभा र भानुजयन्ती कार्यक्रम सम्पन्न गर्न साहित्यकार कमला प्रसाईंको संयोजकत्वमा एक समिति गठन गरिएको छ । निर्वाचनमा भएको अनियमितता र कोषमा भएको भ्रष्टचारको छानविन गर्न अर्को छानविन समिति गठन गरिने कुरा उक्त प्रेस बक्तब्यमा जनाइएको छ ।

Thursday, June 28, 2012

लौ चिन्नोस् विनोद कुमार नेपाललाई !

पी एन् अधिकारी, न्यूयोर्क
   मलाई अमेरिकामा फटाह  भन्छन् भनेर आफैं स्वीकार्ने विनोद कुमार नेपालको इमेल र ब्लगलाई अमेरिकामा पत्रिकाको समाचार ठान्दैन र धेरैले पढ्दैन भन्ने कुरा स्वंयम् विकुनेलाई पनि थाहा छ । तर त्यो कुरा पाएर पनि ऊ किन पेशा जत्तिकै महत्व र समय दिएर यति धेरै अनर्गल कुरा इमेलमा र ब्लगमा लेखेर अमेरिकी नेपाली समाजको ब्यक्तिहरुको बेइज्जत गर्दछ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । लौ थाहा पाउनोस् उसको नालीबेली ।
      काठमाण्डौंमा कक्षा आठमा पढ्दा सहपाठी केटीलाई प्रेम पत्र लेखेर हेडमाष्टरबाट चेतावनी पाएको भरत कुमार नेपालले अलिक पछि सोही केटीको संवेदशिल अंग समायो भनेर उजुरी पर्यो । त्यसपछि स्कूलबाट निष्काशित भएको भरत नेपालको अर्को स्कूलमा  न्वारान भयो र नाम राखियो विनोद कुमार नेपाल । विज्ञानले भन्छ केही ब्यक्तिको दिमागमै त्यस्तो विकृत तत्व हुन्छ र त्यसलाई विकृत तथा गलत काम गर्न सधैं सक्रिय पार्दछ । सोही विकृत दिमागको विनोद कुमार नेपाल उर्फ भरतले त्यस्ता कार्य कलेजमा पाईला टेकेपछि जारी राखेकोले केटीको चप्पल खाएको थाहा पाउने कोलोराडोमा छन् । अलिकपछि १३ दिने जुठो बार्नु पर्ने नाताले बहिनी पर्नेलाई करणी गर्यो भनेर हाडनाता करणीमा थुनामा पर्यो विनोद कुमार नेपाल । गम्भीर तथा पारिवारिक मामलाको कुरा गुपचुप मिलाउन दवाव दिन खोजे पनि पिडीत पक्षले मानेन । पछि  उषा नेपाल (तत्कालीन सिडीयो) लाई लगाएर नेपाल खान्दानको इज्जत जोगाउनु पर्यो भनेर दवाब दिएपछि पिडित पक्षले मुद्धा फिर्ता लिए । पछि पिडीत पक्षलाई कसैले उकासे र सल्लाह दिए विकुनेलाई ठिक लगाउन माओवादी लगाउनु भनेर ।  त्यसपछि माओवादीले खोज्न थालेपछि विकुने माओवादी बिरोधी भयो । औंशी पुर्णीमामा निस्कने र संचार मन्त्रालयबाटको हण्डी थाप्ने केही दुइ पाते राजावादी पत्रिकामा माओवादीको विरुद्धमा लेख्दा लेख्दै अमेरिका आउने बाटो पत्ता लगायो ।
     भर्खरै राजतन्त्र गएको बेला थियो र अमेरिकामा बस्ने चाँजोपाँजो मिलाउन माओवादीले नेपालमा बस्न नदिएको र ज्यानको खतरा समेत भएकोले अमेरिकी सरकारसँग राजनैतिक शरण माग्यो । शरणार्थीको रुपमा उसले झुटा बयान दिएर मागेको अमेरिका बस्न पाउने मागलाई उति बेलै अस्विकृत गरियो । त्यसपछि उसले सो मुद्धा उपर अपिल गरे पनि सफल भएन ।  उ जस्तै नक्कली कथा बनाएर अमेरिकामा शरणार्थीबाट उद्योगपति, ब्यापारी, समाजसेवी भएका नेपाली समाजमा नाम र इज्जत कमाएका ब्यक्तिहरुलाई ईष्र्याका कारण इमेल, ब्लगबाट आक्रमण गर्न सुरु गर्यो ।  यसो गर्नुको अर्को कारण उसको शरणार्थी मुद्धालाई फेरि ब्यूँताउनु हो । उसले जथाभावी अरुको बारेमा लेखेपछि उसका बिरुद्धमा पनि इमेलमा गाली गलौज, धम्की आउने नै भए । हो सोही इमेल देखाएर आफू अमेरिकामा पनि असुरक्षित रहेको नक्कली कुरा प्रमाणित गराउने प्रयास गरेर शरणार्थीको परिचय पत्र सहित ग्रीन कार्ड हात पार्न चाहान्छ ।
    कहिल्यै मिल्न नसक्ने नेपाली समाजले अरुको बारेमा उसले जे कथा लेखेपनि रोचक मानेर पढ्छन् भन्ने लाग्यो उसलाई । को हो त सबैको बारेमा यतिका धेरै कुरा लेख्ने मानिस भनेर खोज्न थालेपछि ऊ पक्डिने डरले विकुने भनेको अरुनै हुन् भनेर देखाउन थाल्यो । कसैलाई गोबिन्द गिरी प्रेरणा, कसैलाई डा. हरिराज भट्राई र कसैलाई राम प्रसाद खनाल नै विकुने हुन भनेर विकुनेले नै हल्ला फैलाए पनि यीनीहरु मध्ये कोही पनि विकुने हैनन् । मण्डले विकुनेले पंचायतकालको भूमिगत शैलीमामा विनोद कुमार नेपालको नाममा सभ्य मुलुक अमेरिकामा भूमिगत गिरोह बनाउन सफल भएको छ । अमेरिकामा बसेर राजतन्त्र ब्यूँताउने सपना देख्ने केही ब्यक्तिहरु  र आफ्नै संस्थाका असन्तुष्टहरुसँग रिश फेर्ने केही स्वार्थीहरु विकुनेको भूमिगत गिरोहमा ज्वाइन गरेका छन् ।  यस्ता ब्यक्तिहरुले लेखेको लेख विकुनेको नाममा इमेलबाट जारी हुन्छ र ब्लगमा छापिन्छ । उक्त कुरा लामो समयदेखि अमेरिकामा पत्रकारिता गर्ने एक जना नेपाली पत्रकारले उनको ब्लगको भाषा, शैलीको लेखोट अध्ययनपछि यो पंक्तिकारलाई बताएका हुन् ।
       उता स्त्री जाति प्रति घृणा ब्यक्त गर्दै कुनियत राख्ने विकुनेले उसँग इमेल भएका नेपालमा लोग्ने छाडेर अमेरिकामा ग्रीन कार्डको लागी संघर्ष गर्दै गरेका केही महिलाहरुलाई इमेल पठाएर पुरानै बानीलाई दोर्हयाएको कुरा बाहिर आएको छ ।  महिलाहरुले उसँग सम्पर्क नबढाउनु नै उत्तम छ ।

Friday, June 15, 2012

गीता खत्री जिताउन निर्वाचन आयोग र विनोद कुमार नेपाल लागे


बलराम डी सी
  अनेसासको निर्वाचनमा सबै अध्यक्ष पदका सबै भन्दा अयोग्य, कम्जोर र दश कक्षा पास नगरेकि उम्मेदवार गीता खत्रीलाई जिताउन अमेरिकी नेपाली समाजका कलंक विनोद कुमार नेपाल ज्यान फालेर लागेपछि अमेरिकाका अनेसासका मतदाताहरु चकित भएका छन् । नेपाली समाजका सामाजिक संघसंस्थाका कार्यकर्ता तथा नेताहरुलाई तल्लो स्तरको गाली गलौज गरेर इमेल तथा ब्लग लेख्ने विकुने गीता खत्रीलाई अनेसासको अध्यक्षमा जिताउन अन्य उम्मेद्वारका विरुद्ध लेखेपछि गीता खत्रीको पोजिशन झन् कम्जोर भएको छ । अनेसासमा गीतालाई जिताएर अमेरिकाका अन्य संस्थामा पनि आफ्नो प्रभावमा देखाउन चाहाने ४ जना भएर भूमिगत गिरोह नै संचालन गरेको विकुने गीताको पछी लागेपछि गीता कस्को उम्मेदवार भनेर प्रष्ट भएपछी गीतालाई जिताउनु भनेको अनेसासमा विनोद कुमार नेपाललाई भित्र्याउनु हो भन्ने  कुरा मतदाताहरु भनेका छन् ।

        उता गीता खत्रीलाई जिताउन निर्वाचन आयोग पनि लागेको कुरा उम्मेदवार र मतदातालाई थाहै नदिई भोट हाल्ने मिति अगाडि सारेपछि प्रष्ट भएको छ । निर्वाचनको मिति सप्ताहन्तमा सार्नु पर्दछ भनेर  गीताले गरेको मागलाई अध्यक्षका उम्मेदवार बजगाईं र प्रसाईंले तिब्र विरोध गरेपछि  निर्वाचन आयोगले सुटुक्क थाहै नदिई आफूले सबै भन्दा पहिले प्रेसित गरेको निर्वाचनमा मतपत्र पठाउने मिति (June 16- June 17 - Electronic ballot mailing) एकदिन अघि( June 15- 17) सप्ताहन्तमा सुटुक्क सारेर भकाभक मत खसाउन लगाएर गीतालाई जिताउन खुलेर लागेको प्रमाणित भएको छ ।  त्यसो त निर्वाचन समितिका ब्यक्तिहरु पहिले देखिनै गीताको पक्षमा लागेको भनेर प्रसाईंले भन्दै आएकि थिइन । निर्वाचन आयोगको यो कदमले अनेसासको यसपटकको निर्वाचन यसपटक अमेरिकी अदालतसम्म पुग्ने प्रष्ट भएको छ । त्यसपछी अनेसास नामको संस्थाको अवशान हुने छ ।

 उता अघिल्लो पटकको निर्वाचनको पराजित उम्मेदवार कमला प्रसाईले कोषाध्यक्ष भएको बेलाको हिसाब किताव, बैक एकाउन्ट मात्र नभएर कोषमा भएको रकम नबुझाई पैसा हजम गरे पनि निर्वाचनमा उम्मेदवार हुन दिएर कमला प्रसाईंलाई निर्वाचन आयोगले फकाउन खोजेको देखिन्छ ।  

Tuesday, June 12, 2012

४-५ जनाको गाइजात्रे समुह: विनोद कुमार नेपाल


विशाल शाह
न्यूयोर्क

विनोद कुमार नेपालको नाममा आएको लेखमा म (विशाल शाह) लाईमेरो परिवार र यहाँसम्म कि भर्खर मात्र बोल्न शुरु गरेको सानो बालकलाई समेत वदनाम गर्ने प्रयास गरिएको छ । यो अरु केही नभएर अनेसासका अग्रज र भाषा-साहित्य प्रति रुचि राख्न्नु हुने विश्वभरी छरिएर रहनु भएका साथीहरुले कमला प्रसाईलाई विजयी गराउनु हुन्छ भन्ने पूर्वानुमानबाट आएको डाहाको छटपट मात्र हो । ४-५ जनाको समुह जो विनोद कुमार नेपालको नाममा लेख्न्ने गर्छन्यस्ता गाइजात्रेहरुले मलाई इमेल ह्याकर भनी आफ्नो गाइजत्रेपन देखाएको कुरा प्रति अनेसासका व्यक्तित्वहरुले हावामा उडाइदिनु हुन्छ भन्ने विश्वास गर्दछु ।  ह्याक नै गर्नु छ भने त मैले कमला प्रसाईको विपक्षीको पाटन संयुक्त क्याम्पसबाट आई. ए (IA) र स्नातक (BA) गर्नु भएको सर्टिफिकेट सबैको सामु राखिदिएर उहाँ जस्तो योग्य उम्मेद्वारलाई मत दिई जिताउनु पर्छ भनी प्रचार गरिहाल्थें भन्ने लाग्छ । हुन त म स्वयम पनि पाटन संयुक्त क्याम्पसबाट नै आई ए र स्नातक गरेको व्यक्ति भएको र केही साथीहरु त्यहाँ शिक्षकको रुपमा रहनु भएकाले कसैको सर्टिफिकेट ह्याक नै नगरे पनि उसको असली योग्यता पत्ता लगाउन भने त्यति गार्हो पर्दैन जस्तो लाग्छ ।

केही साथीहरुले आफ्नो नाम लेख्दा त विचार नपु-याउनेले अनेसास जस्तो विशिष्ट र विश्वभरी फैलिएको संस्थालाई के ध्यान दिन सक्छबरु कमला प्रसाईलाई नै मत दिनु पर्छ भन्नु भएको कुरा दोहो-याउन चाहन्छु । अरुलाई ह्याकर भन्नेहरुको ध्यान यतातिर गएको भए सायद राम्रो हुने थियो कि अरुलाई चोरह्याकर भन्नेहरुले सप्रमाण यी इमेल आइ डी हरु चोरीको हो भनेर निर्वाचन आयोगमा दर्ता गराई त्यस्ता इमेलहरु खारेज गर्दा राम्रै हुन्छ जस्तो लाग्छ । हामीहरुले पनि केही इमेल आई डी हरु नक्कली र चोरीको हो भनेर सप्रमाण निर्वाचन आयोगमा पेश गरेका छौं र अरु केही पेश गर्ने पक्षमा छौं । निर्वाचन आयोगमा रहनु हुने संम्पूर्ण व्यक्तिहरु इमान्दारयोग्य र निष्पक्ष हुनु हुन्छ भन्ने कुरामा पूर्ण विश्वास गर्न सकिन्छ र उहाँहरुले प्रमाण हेरेर सही मतदातालाई मात्र मत प्रयोग गर्न दिनु हुन्छ भन्ने कुरामा हामीहरु सबै विस्वस्त हुन सक्छौं । 

Sunday, June 10, 2012

विनोदकुमार नेपालले गीता खत्री जिताउने ठेक्का लिए

बलराम डी सी
   अमेरिकी नेपाली समाजका कलंक विनोदकुमार नेपाल(विकुने) अमेरिकामा रहेका सामाजिक, साहित्यिक तथा सांस्कृतिक संस्थाहरुका पदाधिकारीहरुको बारेमा काल्पनिक कथा लेखेर  गाली बेइज्त गर्ने र नेपालीहरुको हुर्मत लिने अनि  नेपालीहरुकाबीच झगडा लगाउन इमेल पठाई आत्मरतिमा रमाउने मनोरोगीको अहिले अनेसासको निर्वाचनमा आफ्नो पेशालाई धानी रहेका छन् । अनेसासको निर्वाचनका सशक्त उम्मेदवार लन्डनका कृष्ण बजगाईं र न्यूयोर्ककी कमला प्रसाईंको खोइरो खनेर असाहित्यिक तथा कम्जोर उम्मेदवार गीता खत्रीका पक्षमा मत मागे । आफैले होमनाथ सुवेदीको अह्रौटे भनेकोमा पश्चताप गर्दै गीता खत्री असल गृहणी भएको भन्दै गोहीको आँशु झारेर इमेलमात्र लेखेनन् आफ्नो ब्लगमा समेत पोष्ट गरे । (उनको ब्लग कतिले  हेर्दछन  भन्ने कुरा ब्लगमा टाँसिएको काउन्टरले बताउँछ । विकुनेको इमेल अमेरिकामा धेरैले ब्लक गरेका छन्, स्पाममा डाइभर्ट गरेका छन् । आफ्नो गालीगलौज र गन्धे कुरा झुक्याएर पढाउन विनोदकुमार नेपालको नाममा थुप्रै इमेल आइडी खोलेको छन् र खोल्दै जानेछन् ।) गीता खत्रीलाई जिताउन र जसरी भए पनि बजगाईं र प्रसाईलाई हराउन  उनले विकुनेको  नाममा  कृष्ण बजगाईंले मत सर्भेक्षण पठाएको आरोप मात्र लगाएनन् , बजगाईंले रामकोसंसार ब्लग  चलाएको भन्ने घटिया कुर्तक समेत प्रस्तुत गरे । आइटीको अलिकति जानकारी हुनेलाई थाहा छ इमेल कुन आइपी ठेगानाबाट पठाएको भन्दै खोज्दै जाँदा कुन देश, कुन सहर र कुन घरबाट पठाएको हो भन्ने समेत थाहा पाईन्छ । अनि ब्लग कहाँबाट चलाएको हो भन्ने समेत थाहा हुन्छ । स्मरण रहोस यो रामको संसारको बजगाईंसँग कुनै सम्बन्ध छैन । सत्य कुरा के हाे भने, रामकोसंसारलाई अनेसासको निर्वाचनका राम्रा उम्मेदवार कमला प्रसाईं र कृष्ण बजगाईंको कुरा र क्षमता तुलनात्मकरुपमा मनपरेको छ ।

   उता विकुनेले गीता खत्रीलाई समर्थन गरेपछि अब उनको पक्षमा समर्थन गर्ने सुवेदी, गदाल र विकुने भएपछि मैले अब चुनाव जिते भन्दै हिँड्न थालेकि छिन् । तर होमनाथ सवेदीको स्थाई शत्रु तथा विरोधी विकुनेले गीता खत्रीको पक्षमा त्यति धेरै लेखेपछि अनेसासको कार्यसमितिमा विकुनेहरुको  घुसपैठ हुने भो भन्दै होमनाथ सुवेदीको सातो गएको छ ।

उता न्यूयोर्कमा थुप्रै मतदाता कमला प्रसाईंको पक्षमा लागेपछि गीता रिशले चूर भएकीछिन् । न्यूयोर्कमा कसको लागि के गरिन मैले भन्दै मलाई धोका दिने दहीच्यूउरे दिदीबहिनी र दाजुभाइलाई चुनावपछि देखाईदिने भन्दै गीताले धम्क्याएको सुन्नेहरु लाजले भुतुक्क भएका छन् ।

       

Sunday, June 3, 2012

होमनाथ सुवेदीको ‘सुवेदी’ प्रेम

बलराम डीसी
 अनेसास नामको संस्थाले नेपाली भाषा साहित्य, संस्कृतिको सेवा गर्ला भनेर नेपालीहरुले गच्छे अनुसार आजिवन सदस्य बनेर, प्रायोजन गरेर, आफ्नो पैसा खर्च गरेर र अनेसासको नाममा पुरस्कार राखिदिएपछि चम्केको संस्थालाई होमनाथ सुवेदीले आफ्नो निजी कम्पनीको रुपमा चलाइरहेका छन् ।
       आफ्नो पारिवारिक नीजी कम्पनी बनाउन लागेका संस्थामा उनको छोरा, छोरी, ज्वाई, सम्धीले खासै चासो नदेखाएपछि सके आफ्ना वंश, थर, गोत्रको र नसके आफ्ना हनुमानहरुलाई स्थापित गराएर रजाईं गर्दै आएका छन् ।
     घुमुवा जागिरे दुवसु क्षेत्री अर्थात दुर्गा बहादुर सुवेदी क्षेत्रीलाई केन्द्रिय अध्यक्ष बनाएर सुरु भएको आफ्नो सुवेदी थरलाई अनेसासमा स्थापित गराउने परम्परा आजसम्म कायम राखेका छन् । कहिले नाम नसुनेका दुवसुका सहोदर भाइ भरत भारद्धज उर्फ भरत सुवेदीलाई  २०० डलरको पुरस्कार दिएर सुरु गरिएको सुवेदी उत्थान कार्य आजका मितिसम्म जारी छ । त्यसपछि ४ वर्ष अघि युवराज नयाँघरे उर्फ युवराज सुवेदीलाई पुरस्कार लिन अमेरिका बोलाए । अर्कोपटक डा. देवीप्रसाद सुवेदीलाई १५०० डलरको पुरस्कार दिलाए । गतसाल मात्र ५०० डलरको  पुरस्कार नेत्र एटम उर्फ नेत्र सुवेदीलाई र  दुइसय डलरको अर्को पुरस्कार उमा  सुवेदीलाई दिलाए ।
   वर्तमान कार्यसमितिका कृष्ण सुवेदी उर्फ कृसु क्षेत्री(दुवसुका सहोदर भाइ) र पुनम क्षेत्री उर्फ पुनम सुवेदी(दुवसुको श्रीमती) लाई निर्विरोध निर्वाचित गराए । तर सो समयमा अन्य पदमा निर्वाचन भएको थियो । यसपटक पनि विद्याराज सुवेदी र  कृष्ण सुवेदी उर्फ कृसु क्षेत्रीलाई उनकै जोडले उम्मेदवार बन्न लगाए । गतसाल जस्तै उनीहरुलाई निर्विरोध गराउन अनेक प्रपंच,षड्यन्त्र गर्दा र अन्यलाई लोभ लालच दिँदा पनि सफल हुन नसकेपछि उनीहरुलाई र उनको समूहलाई जिताउन खुल्लारुपमा लागेका छन् । जुन समूले जिते पनि दुर्गा बहादुर सुवेदी क्षेत्री (दुवसु)लाई सल्लाहाकार बनाउनु पर्दछ भनेर अहिले देखिनै भन्दै आएका छन् ।
    हरेक पटक निर्वाचन समिति बनाउँदा आफ्नो छोरा तथा सालोलाई समितिमा राख्ने होमनाथले यसपटक पनि राख्ने प्रयास गर्दा गदालले मरि गए मानेन् । त्यसपछि कहिल्यै नाम नसुनेकी र अघिल्लो पटक पुरस्कार दिइएकी सुवेदी थरकि उमालाई निर्वाचन समितिमा राख्न लगाए । त्यसपछि होमनाथ खुशी भए ।
     संस्थालाई जहिले पनि पारिवारिक गुठी जस्तो बनाउने, नियम कानुन धोती लगाएर मनमौजी गर्ने र संस्थामा विवादको बिउ रोपेर त्यसमा रमाउने, एकापसमा लडाइदिने भिडाइदिने काम गर्ने मनोरागी होमनाथ सुवेदीका कारण संस्थाका प्रायोजकहरु रुष्ट भएका छन् । सबै भन्दा पुराना र उनका अभिन्न सहयोगी तथा पुरस्कारका प्रायोजक डा. श्याम कार्की र सुमन तिम्सिनाले अर्को पटक देखि उनीहरुको पुरस्कार अनेसासबाट झिकेर बन्द गर्ने भएका छन् । सोही मेसोमा अनेसासबाट पुरस्कार बन्द गराउनेमा अर्का पुरस्कार प्रायोजक वरिष्ठ साहित्यकार गोबिन्द गिरी प्रेरणा पनि रहेका छन् । उनीहरुले सो पुरस्कार आफै बाँड्ने, उत्तर अमेरिकी साहित्य प्रतिष्ठान वा नयाँ खुल्ने अर्को अन्तर्राष्ट्रिय साहित्य संस्थाबाट प्रदान गर्ने योजनामा रहेका छन् ।
 किन रुष्ट भए सुवेदीसँग ?
संस्थामा सबै नियम कानुन मिचेर एकलौटी हाली मुहाली गर्ने, निर्वाचित कार्यसमिति भन्दा पावरफूल भएर एकाधिकार कायम गर्ने उनको कार्य कसैलाई मनपरेको थिएन । संस्थामा राम्रा र नेतृत्व क्षमता भएका कुनै पनि ब्यक्तिलाई माथि उक्लन नदिई आफ्ना आसेपासे र हनुमानहरुलाई नेतृत्वमा स्थापित गराएर रबर स्टाम्प बनाएर राख्ने उनको क्रियाकलापको सबैले विरोध गरेका हुन ।
    साहित्यकार, विद्धान प्राध्यापक मोहन सिटौला अध्यक्षमा उठेको बेला अर्कै एक जना उनको विरुद्धमा उठाएर उनको हुर्मत लिने काम गरे । महासचिव तथा दुइपटक उपाध्यक्ष भैसकेका विद्धान साहित्यकार डा. मधु माधुर्यको अध्यक्ष हुने पालोमा असाहित्यिक ब्यक्ति कुमार बस्नेतलाई पालो मिचि जर्बजस्ती अध्यक्ष बनाए । अर्को पटक त पालो आउला नि भनेर कुरी बसेका माधुर्यको विरुद्ध गत निर्वाचनमा धेरै जुनियर तथा कार्यक्षमता न्यून भएका कमला प्रसाईं र ज्ञानेन्द्र गदाललाई उठाएर मधु माधुर्यलाई तर्साए । उता उपाध्यक्ष भैसकेकि साहित्यकार भारती गौतम पनि आफ्नो पालो आएको  र अध्यक्ष बनौला भनेर पर्खिरहेको अवस्थामा होमनाथको यस्तो षड्यन्त्र देखेपछि उम्मेद्वारी दिने हिम्मत गरिनन् । उता मधु माधुर्य होमनाथको षड्यन्त्रसँग लड्नु भन्दा चुनावी मैदान छाडेर विश्व साहित्य महासंघ नामक अर्कै संस्था खोल्न पुगे । यसपटकको निर्वाचनमा केन्द्रीय महासचिव भैसकेका बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाई आफू अध्यक्षको एकमात्र निर्विकल्पित उम्मेद्वार ठानेर अध्यक्ष हुने सपना देखिरहेका थिए । तर गत निर्वाचनमा अध्यक्षमा पराजित कमलालाई अध्यक्षमा उठ्ने उनै होमनाथले उक्साए । बरिष्ठ उपाध्यक्ष पदमा बस्न बजगाईंसँग सम्झौता गरिसकेकि गीता खत्रीलाई अध्यक्षमा  होमनाथले नै उठ्न दवाब दिए । गीता खत्रीले नै धेरै ठाउँमा भनेकि थिइन् म मेरा दाई होमनाथले भने मात्र बस्छु अरुले भनेर हुँदैन ।
अनेसासमा जो जो चम्के पनि अर्को पटकको अध्यक्षमा विद्याराज सुवेदी , कृष्ण सुवेद उर्फ कृसु क्षेत्री वा पुनम सुवेदी उर्फ पुनम क्षेत्री मध्ये एक सुवेदी अध्यक्ष हुने कुरा अहिले नै निर्णय भएको छ । सोही अनुसार गीता खत्रीलाई जिताउन सुवेदी बन्धुहरु होमनाथ सुवेदीको निर्देशनमा लागेका छन् ।
किन यसो गर्छन होमनाथ ?
    होमनाथ आफैमा त्यस्तो गुणस्तरिय क्षमता भएका हैनन् । राम्रा र नेतृत्व क्षमता भएका मानिस अध्यक्षमा आए भने उनी ओझेलमा पर्दछन् । डायोस्पोराको नाम भँजाएर नेपाल र विदेशमा फाईदा लिइरहेका होमनाथ आफू भन्दा खत्तम र नाम नसुनिएका ब्यक्ति अध्यक्षमा ल्याएर आफ्नो नाम प्रचार गर्न चाहन्छन् । नेपाल तिर र बाहिर पनि धेरैलाई भ्रम छ अनेसासको अध्यक्ष भनेको होमनाथ सुवेदी हुन । अनेसासले बाँड्ने पुरस्कार पाउन उनै होम नाथ कै चाकडी गर्दछन साहित्यकारहरु । जबकि सबै पुरस्कार अरुले नै प्रायोजन गरेका छन् । अर्को तिर सिधा र केही थाहा नपाउने मानिस अध्यक्षमा आयो भने आफै संस्थाको कोषमा हालीमुहाली गर्ने होमनाथको उद्येश्य हो ।



Friday, June 1, 2012

अनेसास अध्यक्ष जित्न गीता खत्रीले रातो मफलर बाँडिन


बलराम डीसी
अनेसास नामको संस्थाको अध्यक्ष हुन गीता खत्री नामकी पटमूर्खले दशहजार डलर खर्चेको कुराको सत्यता फेसबुक मार्फत सार्वजानिक भएको छ । विश्वविमोहन श्रेष्ठले गीता खत्रीले पठाएको रातो मफलर जेष्ठ महिनाको चर्को गर्मीमा लगाएर फेसबुकमा फोटो सहित राखेपछि  गीताको चुनावी रणनिति बाहिर आएको हो । थाहा भए अनुसार चुनाव जिताउने ठेक्का लिएका श्रेष्ठले अनेसासका नेवारहरुको मत माग्ने छन् । सो बापत विश्वविमोहनले गीताबाट एउटा ल्यापटप पनि पाएका छन् । त्यस्तै गीताले राधेश्याम लेकालीको श्रीमतीलाई घडी र लेकालीलाई डिजिटल क्यामरा पठाएकि छिन् ।


को हुन विश्वविमोहन ?
  अनेसासको साधारण सदस्य पनि नभएका विश्वविमोहन नेपाल बाहिरकासँग मेरो सम्पर्क छ भन्ने डिँग हाक्छन् । विदेश बसेर दुइचार वर्ष यता साहित्य कोरेकाहरुले उनलाई नेपालका बरिष्ठ साहित्यकार भनेर विदेश आएको बेला खास्टो ओढाएर सम्मान गरेका छन् । लन्डनमा छोराबुहारी भेट्न आएका बेला लन्डन अनेसासको ठूलो शुभचिन्तक र सल्लाहाकार भए । उनकै सल्लाहमा लन्डनका अनेसास चल्दा चल्दै अनेसासको लन्डन सम्मेलन ठूलो विवादमा मात्र फँसेन झगडाले उग्ररुप लिएर सम्मेलन बहिष्कार सम्म भयो । श्रेष्ठको बिरुद्धमा विनोदकुमार नेपाल नामक डिसीका पत्रकारले निकै लामो लेख पनि लेखेका छन् जो उनको ब्लगमा अहिले पनि पढ्न पाइन्छ ।

  उता विश्व मार्फत नेपालका सबै भोटरलाई रातो मफलर पठाएकि छिन् । नेपालमा लोडसेडिङ हुने भएको, धेरै जसो मतदाता जागीर ब्यावसायमा ब्यस्त हुने भएकोले सबै मतदाता लेकालीको घरमा गएर कम्प्युटर मार्फत भोट हाल्ने सल्लाह गरेका छन् । लोडसेडिङले असर नपारोस भनेर लेकालीले जेनेरेटर पनि भाडामा लिएका छन् । र मतदातालाई ओसार्न रातो रंगको दुइवटा कार भाडामा लिन लगाएकि छिन् । लेकालीकोमा गएर ककसले भोट हाले भनेर कमला र बज्गाईंले सुलसुले खटाउने हुन् कि भनेर  केही मतदाता अर्कै ठाउँबाट भोट हाल्ने कुरा गरेपछि लेकाली चिन्तीत भएका छन् ।

   नाथे होमनाथ सुवेदीको निजी कम्पनी अनेसासमा किन गीताले दशहाजर डलर कहाँबाट खर्चे होलिन भनेर थुप्रैको मनमा जिज्ञासा छ । चुनाव जिते कागजीरुपमा हिसाब किताव मिलाउने, चुनाव हारे कमला प्रसाईंले जस्तै अनेसासको कोषको पैसा झ्वाम्म् पार्ने योजनामा गीता रहेकि छिन् । स्मरण रहोस कोषाध्यक्ष कृसु क्षेत्री बर्मामा रहेकोले महासचिव गीता खत्रीले नै पैसा राख्ने झिक्ने कोषाध्यक्षको काम गर्दै आएकि छिन् ।
 
  गीताले पाँचहजार डलर नयाँ मतदाता बनाउन र बाँकी पाँचहजार उपहार र प्रचारप्रसारमा खर्चेका हुन् । उनको लागि गोप्यरुपमा बाहुनहरुको मत माग्ने होमनाथ सुवेदीले जिम्मा लिएका छन् । क्षत्रीहरुको मत माग्ने काम उनकै लोग्ने राम खत्रीले गरेका छन् । स्मरण रहोस अमेरिकामा खुल्न लागेको क्षत्री समाजमा महासचिव राम खत्री हुने चर्चा छ । दलित र जनजातिको भोटका जिम्मा लिएका ज्ञानेन्द्र गदाल त्यति सक्रिय भएर लागेका छैनन् । उनले आफ्ना ज्वाईं महासचिवका उम्मेद्वार पदम विश्वकर्माका लागि मात्रै भित्र भित्र भोट मागेको कुरा गीता खत्रीले शंका गरेकि छिन् ।  गदालले म बाट त्यस्तो धोका हुँदैन भनेर गीतालाई सम्झाई रहेका छन् ।

किन मिले होमनाथ र गदाल ?
विधान शंशोधनमा गदालले होमनाथलाई पत्रपत्रिका मार्फत नांगेझार पारेपछि होमनाथ गदालको शरणमा पुगे र डि सीमा निम्त्याए । अहिले विधानको कुरा रोक्नु होस् बरु तपाई फेरि अध्यक्ष हुनुहोस म समर्थन गर्दछु । अहिले अनेसासलाई बदनामीबाट जोगाउनुहोस् भने पछि गदालले फेरि अध्यक्ष हुने सपना देखे । तर सर्वेक्षणमा गदालले अलोकप्रिय भएको आफै महशुश गरि पटमूर्ख गीतालाई कठपतलीको रुपमा नचाउन गदालले समर्थन गरेका हुन् । उनलाई मुट्ठिमा राख्ने आफ्नो हनुमान लेकालीलाई वरिष्ठ उपाध्यक्षमा निर्विरोध गराउन सफल भए भने महासचिवमा ज्वाई विश्वकर्मालाई जिताएर हालिमुहाली गर्ने सपना देखेका छन् । गदालसँगको सोही सम्झौता अनुसार होमनाथ पनि गीतालाई समर्थन गरेका हुन् । गीता त मेरै घरपरिवारको सदस्य जस्तै हो भनेर होमनाथले भन्नु र डिसीमा मैले बस्ने घर नै त्यही हो भन्दै गिताले भन्नुको ठूलो अर्थ छ ।  गीताले जिते गदालले जस्तो दुःख त दिन्न भन्ने होमनाथको ठहर छ । कमला र बजगाईंले जिते के के गर्लान भन्ने डर होमनाथलाई भएको कुरा नजिकका आफ्नालाई भनेका छन् । उता चुनावमा प्रसाई र बजगाई जसरी पनि गीतालाई हराउन गठबन्धन गर्ने सम्भावनाको बारेमा चर्चा चले पनि त्यो सम्भव नभएको कुरा दुबै पक्षले बताई रहेका छन् ।

  यसैबीच अनेसासमा होमनाथ, गदालको ब्यवहार देखेका असन्तुष्टहरुले चुनाव लगत्तै अनेसास जस्तै अन्तर्राष्ट्रिय प्रशाखा हुने साहित्यिक संस्था खोल्न भित्र भित्रै तयारी गरिहेको कुरामा सत्यता देखिदैन ।

   

Sunday, May 20, 2012

अनेसासको चुनावमा धोका, षड्यन्त्र र मारामार


बलराम डी सी
अनेसासको आसन्न निर्वाचनको उम्मेदवारी प्रकाशन पछि एक आपसमा शंका र गालि गलौज सुरु गरेका छन् । गीता खत्री समूहको वरिष्ठ उपाध्यक्ष पदमा बजगाईं र प्रसाईं समूहले उम्मेदवारी नदिइ नेपालबाट राधेश्याम गुप्ता ‘लेकाली’लाई निर्विरोध निर्वाचित गराएपछि गीता लेकाली प्रति सशंकित भएकी छिन् । चुनावमा जसरी पनि जित्न आजीवन सदस्य बनाउन नेपालका लेकालीलाई गीता खत्रीले ५ हजार डलर सम्म खर्च गरेर कम्तिमा १०० जना सदस्य बनाउनु पैसा म यता जम्मा गर्छु, नाम मात्र पठाउनु  भनेकोमा करिव २५ जना मात्र बनाए पछि मधेशी लेकालीले धोका दियो भन्दै हिँडेकी छिन् । स्मरण रहोस लेकालीले नेपालमा बनाएका भनिएका सदस्य शुल्क गीता खत्रीले अमेरिकामा आफैले तिरेर बैंकमा जम्मा गरेकि थिइन र ती सबै सदस्यको इमेल आइडी अमेरिकमा मै तयार गरेर गीताले आफै भोट हाल्न पासवर्ड राखेकि छिन् ।

         मधेशीले धोका दिदैन भाउजू भन्दै गीता समूहका निर्वाचन कमाण्डर दुवसु क्षेत्रीले गीतालाई जति सम्झाए पनि उनी मान्न तयार छैनन् । बजगाई र प्रसाईंले लेकालीसँग कुरा नगरीकन कुनै सम्झौता नभई त्यसै छाडेका हैन भन्ने ठहर गीताको रहेको छ ।

        आफ्नो भाई कृसु क्षेत्रीलाई जिताउन हर प्रकारको चाल चलिरहेका दुवसु अहिले सबै तिरबाट असफल बनेका छन् । लोभ लालच, डर त्रास देखाएर भाइलाई निर्विरोध गराउने उनको प्रपंच सबै फेल खाएको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी दुवसु संसारभरका नेपाली दुतावास प्रयोग गरेर गीतालाई जिताउने ठेक्का लिएका थिए । दुतावासका कर्मचारीले भनेकै भरमा अनेसासका मतदाताले भोट दिन्छन् भनेर गीताले उनलाई टिममा सहभागी गराएका हुन् । तर त्यस्तो कुनै क्षमता उनमा छैन । अनेसासमा होमनाथ सुवेदी पछिका अलोकप्रिय र घृणित अर्का सुवेदी दुर्गाबहादुर सुवेदी क्षेत्री अर्थात दुवसु हुन भन्ने  गुह्य कुरा अनेसासमा थाहा पाउने धेरै छन् ।

         अनेसासका भूतपूर्व अध्यक्ष दुवसु नेपाली कांग्रेस मा कोइरालाको वंश परम्परा जस्तै होमनाथ सुवेदीसँग मिलेर सुवेदीको वंश परम्पराको निरन्तरता अनेसासमा दिन चाहन्छन् । सोही क्रममा वर्तमान कार्यसमितिमा उनका श्रीमती पुनम क्षेत्री उपाध्यक्ष र सहोदर भाइ कृसु कोषाध्यक्ष छन् । गीतालाई अहिले जसरी पनि जिताउन लागेका उनी अर्को पटक साहित्यमा कुनै योगदान नभएकी आफ्नी श्रीमती पुनमलाई अध्यक्ष बनाउने दाउमा छन् । सोही अनुसारको सम्झौता गीता खत्री र होमनाथ सुवेदीसँग भएको कुरा बाहिर चर्चामा छ । अर्को तर्फ होमनाथलाई खुशी पार्न र सुवेदीको वंश थाम्न फ्लोरिडाबाट बिजयराज सुवेदीलाई क्षेत्रिय पदमा उम्मेदवार उठाएर एक तिर दुइ शिकार गरेका छन् ।  विजयराज सुवेदीलाई गीताले बरिष्ठ उपाध्यक्ष पद दिए पनि दुवसु कै कारण उनी क्षेत्रिय उपाध्यक्ष पदमा झारिएका हुन् । विजयराज अहिले वरिष्ठ उपाध्यक्ष जिते भने अर्को पटक अध्यक्षको सिधै उम्मेदवार हुने भएकोले उनी भन्दा पहिले श्रीमतीलाई अध्यक्ष बनाउन यस्तो घृणित खेल दुवसुले खेलेका हुन् ।  उता विजयराज आफ्नो प्रतिष्ठा जोगाउन उम्मेदवारी फिर्ता लिई आफू भन्दा जुनियर बासु ढकालसँग चुनाव नलड्ने बरु सल्लाहाकार वा मनोनित सदस्य पदमा जाने ईच्छा ब्यक्त गरेका छन् ।


Thursday, May 17, 2012

कमलालाई मुद्दा हाले गीतालाई भुत्याउने

अनेसासको निर्वाचन अध्यक्ष पदका दुइ महिला उम्मेद्वार बीचको वाक युद्ध अब हातहालाहालको स्थितिमा पुगेको छ । कमला प्रसाईं गीता खत्री भन्दा अगाडि देखिए पछि गीताले कमलालाई रोक्न अघिल्लो पटकको हरहिसाब नबुझाएको कारण देखाएर मुद्या हाल्ने कुरा गरेकोमा कमलाले एक बक्तब्य प्रकाशित गरि घोर निन्दा गरेकि छिन् । यदि गीताले मुद्या हाले गीतालाई टाइम स्क्वायरमा लगेर भुत्ल्याउने कुरा कमलाले गरेको भनेर गीतालाई सुनाएपछि रिशले चूर भएकि छिन् । न्यूयोर्कको सेरोफेरोलाई अनेसासमा आफ्नो जीत निश्चित ठान्ने यी महीलालाई लन्डनका कृष्ण बजगाईंले अग्र पङ्तीमा रहेर चुनौति दिइरहेकाछन् । अहिलेको निर्वाचनमा कि त बजगाईंको जीत कि त प्रसाईंको जीत हुने कुरा ठोकुवा गरेका छन् मानिसहरुले ।
उता गीता कम्जोर ठानिएपछि उनलाई जिताउन होमनाथ सवेदीले गत ८ मे मंगलबारका दिन उनको निवासमा भोजको आयोजना गरेर अनेसासका सुकिला ठालूहरुलाई बोलाएर गोप्य मन्त्रणा गरेको थाहा हुन आएको छ । सो भोजमा न्यूयोर्कका गीता खत्री र राम खत्री सहित अरुलाई पनि बोलाईएको इमेल अहिले धेरै जनाकोमा फरवार्ड भएको छ । न्यूयोर्क कै कमला प्रसाईं र विशाल शाहलाई भने बोलाइएको थिएन । यो कुरा थाहा पाएकि कमला होमनाथसँग रिशले चूर भएकि छिन् । सहमतिको लागि कमलाले हदैसम्मको लचकता अपनाएर बजगाईंलाई समेत राजी बनाइसकेको अवस्थामा गीतालाई सहमतिमा आउन नदिने होमनाथ भएको ठहर गरेकि छिन् । यस्तो अवस्था उत्पन्न भएपछि अनेसासका केही मानिसहरु गीतालाई तथा होमनाथलाई हराउन भोट कि त बजगाईंलाई कि त प्रसाईंलाई दिनु भन्दै हिँडेको थाहा भएको छ ।

Saturday, May 5, 2012

गीतालाई सुवेदीले च्यापे, गदालले प्रसाईं, सुस्त बजगाईं

बलराम डी सी
अनेसासको आगामी निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार गीता खत्रीलाई ट्रष्टी अध्यक्ष होमनाथ सुवेदीले च्यापेपछि ज्ञानेन्द्र गदालले उनलाई छाडेका छन् । सुवेदीको आर्शिवादले चुनाव जित्ने सपना देखेकी गीताले सुवेदीलाई ठिक लगाउने गदालको सबै गोप्य रणनीति सुवेदीलाई बताएपछि उनी टाढीएका हुन् । त्यसो त गीताको सुवेदीसँग पहिलेदेखिकै हिमचिम हो । दश कक्षा पास नगरेकी गीतालाई सुवेदीले नै महासचिवमा ल्याएका हुन् । तिनै अशिक्षित गीताको नेतृत्वमा बस्ने कोही पनि तयार नभएपछि गीता निराश भएकी छिन् । उम्मेदवारी सार्वजनिक गरेका मध्ये गीता भन्दा कमला अहिले धेरै अगाडि देखिएकी छिन् । उता अघिल्लो कार्यकालको पैसा नबुझाएको भन्दै कमलाको बेइज्जत गर्दै गीताले हिँडेको थाहा पाएपछि कमला रिसले चूर भएकिछिन् । उनी गीतालाई जसरी पनि हराउन लागेकि छिन् । यो सब थाहा पाएका  गदालले होमनाथको आर्शिवाद प्राप्त गीतालाई साथ छोडेर कमला प्रसाईंलाई सहयोग गर्ने भएका छन् । आफूलाई असफल पार्ने होमनाथ सुवेदीलाई अघिल्लो पटक पराजित कमला प्रसाईंले मात्र ठिक लगाउन सक्ने ठानेर यसो गरेका हुन् । प्रसाईंले उसबेला सुवेदीलाई पुरै नङ्ग्याएकी थिइन ।

    दश कक्षा उत्तिर्ण नगरेकि गीतालाई होमनाथले च्याप्नुको अर्थ चुनावको बेला आजिवन सदस्य बढाउलिन भन्ने हो पनि हो । इमेलबाट भोट हाल्ने अचम्मको ब्यबस्था भएको यो अनेसासको मतदाता नामावली   गीताको श्रीमान् राम खत्रीले गदालको निर्देशनमा नक्कली नाम राखेर तयार गरेको  मतदाता नामावलीमा कार्यसमितिका हुतिहाराहरुले सहिछाप ठोकेपछि आफूले जित्ने मनग्गे भोट भएको ठानेकी  गीताले यसपटक सदस्यता बढाउन खासै चासो नदेखाएपछि सुवेदी चिन्तित भएका छन् । अरुबेला नबढ्ने सदस्यता चुनावको बेला बढेर सुवेदीलाई दोहोरो फाईदा हुने गर्दथ्यो । उता आजिवन सदस्य बढाउन सक्छन् कि भनेर लन्डनका पैसा भएका,कमिटिमा उठ्ने योग्यता नभएका  बिकुल आचार्यलाई अध्यक्षमा उठ्न सुवेदीले उकासेपछि चम्केका उनी गदालको निर्णयले अहिले चित खाएर लडेका छन् । आजिवन सदस्य बापतको पैसा उठाएर केन्द्रमा पैसै नबुझाई सबै लन्डन सम्मेलनमा खर्च भयो भनेर लन्डनकाले  ४००० डलर चप्काएपछि अध्यक्ष गदालले कुनै हालतमा सदस्यता नदिने भएका हुन् ।  आजिवन सदस्य माँगेका लन्डनका ४० जनाको सदस्यता नहुने भएपछि बिकुल  आचार्य बेपत्ता भएका छन् ।

   उता यसपटक निर्वाचन समितिले आजिवन सदस्य बनाउने म्याद थोरै राखेका कारणले पैसा जम्मा नहुने भएपछि निर्वाचन समितिसँग सुवेदी रुष्ट भएका छन् । आजिवन सदस्य बढाएर सुवेदीको कोष भर्ने काममा रुची नदेखाएका गदाल कार्यकाल  भरि फेल खाए पनि अन्तिम समयमा आएर पाएको सफलताले दंग परेका छन् ।

  उता अध्यक्षका अर्का प्रत्यासी ठानिएका बेल्जियम निवासी बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईं चुपचाप बस्नुलाई रहस्यको रुपमा हेरिँदै छ । नेतृत्व क्षमता भएका, सबै भन्दा बढीसँग सम्पर्क भएका, हल्ला गर्न माहिर र घमण्डी   यीनी अनेसासमा सबै भन्दा चिनिएका साहित्यिक ब्यक्ति हुन् । पत्रपत्रिकामा प्रचार प्रसार नगरीकन त्यसै चुनाव जित्छु भन्ने घमण्ड लिएका छन् ।  यीनको लहडले हावा खायो भने सबै भन्दा पहिले गदाल खुशी हुनेछन् ।

न्यूयोर्क तिर केही मानिसहरु कमला र गीतालाई मिलाउन लागेका छन् । कमला गीता  भन्दा मुनिको पदमा  नबस्ने गीता कमला भन्दा मुनि नबस्ने भनेपछि मिल्ने सम्भावना नभएको बताईएको छ । तर दुबै जना बजगाईंको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष पद पाए जाने भन्दै हिँडेका छन् । बजगाईंले यी दुबैलाई मिलाउन नसकेका हुन, मिलाउन नचाहेर लडाउन-भिडाउन खोजेका हुन् वा अर्कै उम्मेदवारको खोजीमा लागेका हुन् शंकाको रुपमा हेरिएको छ । अध्यक्षका प्रत्यासी प्रसाई, खत्री तथा बज्गाईं भन्दा चौथो उम्मेद्वारको खोजीमा अनेसासका केही मानिसहरु लागेको थाहा हुन आएको छ । अर्को तिर कुनै पनि बेला गदालले पुनः उम्मेद्वारी घोषणा गर्ने सम्भावना पनि उत्तिकै छ ।

Monday, April 30, 2012

अनेसासको अध्यक्ष पदमा ‘नानीमैया दाहाल’


पटमूर्ख गीता खत्री ‘नानीमैया दाहाल’ अनेसासको अध्यक्ष पदमा उठ्ने घोषणा गरे देखि उनकै निँद हराम छ । दश कक्षा पास नगरेकी खत्रीको नेतृत्वको पदमा बस्ने कोही मानिस नपाएपछि न्यूयोर्कबाट मानिस खोज्न वासिङ्टन डिसी पुग्दा त्यहाँ कोही राजी नभएपछि उनी चिन्तित भएकी छिन् । 
उता न्यूयोर्क कै कमला प्रसाईंले भकाभक आफ्नो उम्मेदवारी अनलाईन पत्रिकामा छपाएपछि गीतालाईं औडाहा भएको छ । खत्री जसरी पनि प्रसाईंलाई हराउन लागेकि छिन् । प्रसाईं जसरी पनि खत्रीलाई ‘साईज’ मा ल्याउन चाहन्छिन् । उति बेला आफूलाई हराउने गीतालाई यसपटक कमिटिमै पाईला टेक्न नदिने गोप्य रणनितिमा लागेकि छिन् । गीता खत्रीले न्यूयोर्क कै एकजना पत्रकारलाईं पत्रपत्रिकामा आफ्नोे प्रचार प्रसार गराउन भनि ५०० डलर दिएको र चुनाव जिते बाँकी ५०० डलर दिने सम्झौता भएको थाहा लागेको छ । त्यसरी नै अस्ति डि सी आएको बेला एक जना पत्रकारलाई चुनाव खर्च दिन लाग्दा पत्रकारले गीताको सातो लिएपछि उनको होस हवास उँडेको छ ।
न्यूयोर्कमा गीताका समर्थकहरुले पहिल्यै नै गीतालाई छाडिसकेका थिए । अहिले नेतृत्व क्षमता भएकी शिक्षित नारी प्रसाईंलाई जिताउन न्यूयोर्कवासीहरु लागि परेका छन् । गीता भन्दा कमला अहिले तगडा उम्मेदवारको रुपमा प्रस्तुत भएकि छिन् । न्यूयोर्कमै आफू यति कम्जोर भइएला भन्ने खत्रीले कहिलै सोचेकि थिइनन् । मतदाता नामावली तयार गर्ने गीताका श्रीमान् राम खत्री  चुनावमा धाँधली गरेर भए पनि जितिएला कि भनेर सोचिरहेकोमा यो अवस्था देखेपछि अहिले उनको चैन हराएको छ । कमलाको ‘बोल्ड’ पर्शानालिटिको अगाडि गीता मणी हराएको सर्प जस्तो भएकी छिन् ।












Sunday, April 29, 2012

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, आइ एन एल एस्- INLS- जरुरी सुचना

-विनोद कुमार नेपाल
तपाईंलाई थाह छ, अनेसास रुपी होम नाथ चिया पसलमा "मुस्किलले दशम कक्षाम पारंगतम स्वघोषितम महा-वरिष्ठम साहित्यकारम गीता देवी खत्री पटमुर्खम"लाई महामहिम श्री श्री श्री होम नाथ सुबेदी उर्फ छल-कपटम बेशरणम रावणमले काखी च्यापेर आफ्नो चिया-पसलमा अर्हौटे कान्छी बनाउन कोशीश गर्दै छन् । यसको कारण घमण्डी विवेकहीन अन्धो गोरु कृष्ण बज्गाईं र झगडा गर्न सक्ने कलालाई आफ्नो नेतृत्वको क्षमता ठान्ने कमला प्रसाईलाई धेरै रुष्ट बनाएको छ । यसै कारणले लडाकु कमला प्रसाईले मैदान छोडेर बस्ने निर्णयमा पुगेकी छीन् । 

पटमुर्खम दशम कक्षाम स्वघोषितम महा-वरिष्ठम साहित्यकारम गीता देवी खत्री जो फ्रन्सेली भाषामा समेत स्वघोशित पि एच डी छिन उनलाई अनेसास चिया-पसलको अर्हौटे कान्छी बनाउनको निमित्त निर्वाचन समिती चयन गर्ने शिलशिलामा अनेसास चिया पसलका आजिवन कुलपती होम नाथ सुबेदीका कछाड भित्रका जुम्राहरुलाई थोपारिएको छ । 

जतिबेला अनेसास कुलपती होम नाथ सुबेदीले कछाड फुकाल्छन्, त्यतिखेर ती जुम्राहरुले अँग्रेजी, फ्रन्सेली र नेपाली गरी तीन भाषाका महा-डक्टोरेट स्वघोषित बडा-महा-वरिष्ठ साहित्यकार उही गीता देवी सुब्बोको खत्रीनीलाई त्यो डण्डो पुरस्कार समाउन लगाउने योजना बनिसकेको जानकारमा आएको छ । यस्तो समाचारले रिसमा ब्रेक नभएको कमला प्रसाईको दिमागको पारो तातेको झोंकमा आफ्नै हातमा आउन सक्ने होमेको डण्डो फुस्किएर गीता खत्रीनीको मुखमा जाने संभावना बढेकोले बरु गोरु बज्गाईंलाई नै समर्थन र सम्पुर्ण नभएको शक्ति खर्चने सोच बनेको कुरा स्वयं मेरो कानले सुनेको उल्लेख गर्दछु ।

जे जे भए पनि जो जिता वही सिकन्दर, होम नाथको ठगी खाने भाँडो अनेसास रुपी चिया पसल ।


Sunday, April 22, 2012

किताब नजन्मिँदै दिइएको 'नं. १

-केदार शर्मा
प्रभावशाली आख्यानकार र मेरा सम्मानित मित्र  Nayan Raj Pandey को लू पक्कै राम्रो छ। आफूले गतिलो ठानेको किताब पढन मलाई गतिलै मनस्थिति चाहिने हुँदा पढिहालेको छैन। तर लाग्दैछ, यो किताब कतै अति प्रचारको शिकार त भइरहेको छैन?

फराकिलो मित्रमण्डली भएका लेखकका कृतिहरूले राम्रो प्रचार पाउँछन्, त्यसमाथि नयनजी जस्ता लेखकका किताबको चर्चा हुने नै भयो। तर Yangesh जस्ता सम्पादकले किताब सार्वजनिक हुने दिन (हुन बाँकी छँदै) वर्षका ५ किताबमा '१ नम्बर' भनेको छाप्नु र त्यसको सातादिन पछि त्यही दैनिकमा त्यही किताबका बारेमा तिनै लेखक (गोविन्द वर्तमान) को समीक्षा छाप्नु, अलि अति त हैन?

गुनासो यसपटक समीक्षा छापिएकोमा हुँदै हैन। त्यसमा त खुसी नै छ। तर त्यसले अघिल्लो साता, किताब नजन्मिँदै दिइएको 'नं. १' सम्झायो।

लू लाई शुभकामना। यो पाठकका आँखामा पनि नं. १ ठहरियोस् र मानिसले यस्तो आक्रामक प्रचारबाजी बिर्सिऊन्।



साभार : केदार शर्माको फेसबुक स्टाटस् बाट 

हरि अधिकारीको निर्लज्जता


-कृष्ण अविरल 
“किशोर (नेपाल)को त्यो नयाँ उपन्यास यति रद्दी, यति झूर छ कि सब बकवास लेखन । साहित्यमा त्यस्तो रद्दी लेखाइको के अर्थ ?” समीक्षक तथा ‘वरिष्ठ’ पत्रकार हरि अधिकारीले करिव दुई साताअघिको एउटा जमघटमा भने, “मैले त्यो किशोरलाई साफ पारेर नेपाल -साप्ताहिक) मा लेख्नु पर्‍यो भनेर रमण -घिमिरे)सँग कुरा गरेको, काँ दाई, विष्णु निष्ठुरीले लेखिसक्यो भन्यो । मैले लेख्छु भनेर किशोरले आफ्नो त्यो विष्णु निष्ठुरी भन्ने हनुमानलाई हतारहतार लेखाइहालेछ । साहित्य नै नबुझेको दुई कौडीको त्यो विष्णु निष्ठुरीको लेखाइको के अर्थ ? कमसेकम लेखिसकेपछि त्यसको साहित्यिक मूल्य होस् न….।”
नयाँ बानेश्वरस्थित साहित्यकार परशु प्रधानपुत्रको स्वामित्वको ट्रेन्डी क्याफेको त्यो सानो साहित्यिक जमघटमा प्रधानकै सामुन्नेमा अधिकारीले ‘शहरको कथा’ उपन्यासलाई लिएर नेपालका बारे त्यो आक्रोश ओकलिरहँदा पत्रकार अच्युत कोइराला हट्टाहास छाडेर हाँसिरहेका थिए भने कवयित्री तारा सुवेदी मुसुमुसु । किनकि सबैलाई थाहा थियो, आफूले दुई कौडीको आख्यान लेख्न नसक्ने अधिकारीले ओकलिरहेको त्यो आक्रोशको चूरो के हो भनेर । ०३९ सालमा निस्केको उनको ‘रामलालको आकाश’ कथासङ्ग्रहले पानी पनि पिउन पाएको थिएन । केही महिनाअघि नागरिकमा छापिएको ‘झ्यालकी केटी’ शीर्षकको कथा त गोविन्द गोठालेको बहुचर्चित उपन्यास ‘पल्लोघरको झ्याल’को नेपाली सिनेमा स्तरको चोरी थियो भन्ने कुराबाट पछिल्लो पुस्ताका कोही अनभिज्ञ नहोला । तिनै अधिकारी अरुलाई अर्ती दिँदै हिँड्छन्, ‘आख्यान यस्तो हुनुपर्छ, कविता उस्तो हुनुपर्छ… ।’
त्यसो त हरि अधिकारीले कस्ता किताबलाई, के कारणले प्रशंसा गर्छन् र कस्ता सिर्जनालाई गाली गर्छन् भन्ने कुरा ‘जिरो कटेज’ उपन्यासका सर्जक टंक चौलागाई, ‘सान्नानी’ र ‘संयोग’ उपन्यासका सर्जक किरण रिमाल, झापाका उदीयमान प्रतिभा मिलन सङ्ग्रौला अकृत, मार्टिन चौतारीसम्बद्ध बिमल आरोहीहरुलाई जस्तै पंक्तिकारलाई पनि प्रष्ट भइसकेको छ । “हरि अधिकारीले प्रशंसा गरेर लेखे भने त्यो किताब झूर रैछ भनेर प्रष्ट हुन्छ ।” ‘चक्रवात’ उपन्यासका श्रष्टा दीपकिरण शर्माले त मुखै खोलेर भनेको पनि सुनेको थिएँ, “अधिकारीले गर्ने प्रशंसाका पछाडि रक्सी वा खामवन्दी नगदको गन्ध हुन्छ भन्ने कुरा कसलाई थाहा छैन र ?” त्यसपछि आँखामा झल्झली आएका थिए, अधिकारीले महान् भनेर लेखेका केही नामहरु…..। ‘हरिले झूर भनेर गाली लेख्यो भने त्यो किताब उत्कृष्ट रैछ भनेर बुझ्नु पर्छ ।’ झापातिर घर भएका एकजना श्रष्टाले भनेका थिए, ‘अहिलेसम्मको लेखाई हेर्दा हरिले उभयलिंगी स्तरका किताबहरुको मात्रै प्रशंसा गर्दै आएको छ ।’
यसकारण पनि अधिकारीले किशोर नेपाललाई गर्ने गालीमा कुन्ठा र आरिस आधा बढी मिसिनु अनौठो होइन । किनकि नेपाल र अधिकारी उमेरले पाँच-सात वर्ष जेठा-कान्छा भए पनि उनीहरुको पत्रकारिताको स्कुलिङ एउटै हो । दुवैले देशान्तर साप्ताहिकबाटै आफूहरुलाई पत्रकारितामा स्थापित गरेका हुन् । सत्य हो, अहिले देशमा क्रियाशिल पत्रकारमध्ये सय बढी किशोर नेपालका चेला छन्, जो गुरुका रुपमा नेपालको नाम गर्वले लिन मन पराउँछन् । तर हरि अधिकारीको चेला हुँ भन्ने एकजना पनि छैनन् । अधिकारीका जेठी पत्नी पुत्र हिमाल खबरपत्रिकामा सम्बद्ध अनुराग स्वयम् पनि चेला बन्न सकेनन् भने अरु त…..। त्यसैले अधिकारीको बोलीमा त्यसबेलाको तुस र कुन्ठाको लेपन लाग्नु अस्वाभाविक होइन पनि । “शहरको कथा” पढिसकेपछि दिमागले यस्तै निष्कर्ष निकाल्यो ।
छुद्र बानीका कारण साहित्य वृत्तका आममानिसहरु हरि अधिकारीसँग रुष्ट हुन थालेका छन् । उनको लेखनबाट चिढिएका दर्जन बढी कृति लेखिसकेका एकजना बिकाउ स्रष्टा भन्छन्, “अरुका किताबमा यस्तो भएन र उस्तो भएन भनेर जथाभावी कमेन्ट लेख्नेले आफूले चाहिँ बेष्टसेलर हुने गरी अरुभन्दा उत्कृष्ट लेख्न सक्नु पर्‍यो नि । आफूचाहिँ ६ महिनामा दुईसयप्रति बिक्ने स्तरको किताब पनि लेख्न नसक्ने, अरुलाई चैँ आत्मसम्मानमै ठेस पुग्ने गरी होच्याएर समीक्षा लेख्दै हिँडेपछि उसका कुरा पाठकले कतिन्जेल पत्याउँछ ? त्यस्ता मान्छेको किताब अरुले किन पढ्ने ?” त्यही भएर होला उनका ०६३ मा निस्केको ‘संसदमा एक दिन’लगायतका कुनै पनि किताबले पाँच सय प्रति बिक्रीको रेकर्ड बनाउन सकेका छैनन् ।
हुन पनि हरि अधिकारीले समीक्षा लेख्ने नाममा आफूलाई स्थान दिने पत्रिकाको शाख र मर्यादाको समेत ख्याल नगरी जथाभावी लेख्ने गरेको आरोप लगाउनेहरु साहित्य वृत्तमा बग्रेल्ती छन् । यतिसम्म कि आनी छोइङको आत्मकथा “फूलको आँखामा” पढ्न नभ्याएपछि उनले त्यसका बारेमा लेखे, “वाहियान्तर सुन्दरीको सुन्दर कृति….।” जवकि त्यो कृति दर्दनाक पीडाजन्य सन्दर्भ समेटिएको अब्बल कृति हो भन्ने कुरामा सायदै कसैको विमति होला । पढेर भावुक नहुने पनि विरलै पाइएलान् । तर पूरै पढ्न नभ्याएपछि हरिले हचुवा टिप्पणी लेखिदिए । उनको यस्तो प्रवृत्ति किशोर नेपालकै अघिल्लो उपन्यास “पाताल”, हरियाली पार्टी हुँदै माओवादी पार्टीमा प्रवेश गरेका कुनै लुइटेलको “राजनीतिको छ दशक” आदिका सन्दर्भमा निकृष्ट ढंगले सार्वजनिक भएको बताउनेहरु स्रष्टाहरु बजारमा बग्रेल्ती छन् । घिमिरे थरका एकजना स्थापित श्रष्टा त हरिलाई लठुवा समीक्षकको उपमा दिन्छन् । “दैनिक पाँच घन्टाभन्दा बढी जाँडपानीको ह्याङओभरमा रहने हरिले हप्तैपिच्छे दुईटा किताब कसरी पढिभ्याउँछ र समीक्षा लेख्छ ?” एक भेटमा उनले भने, “उसले लेख्ने भनेको आवरण हेरेको र भूमिका पढेको भरमा व्यक्तिका बारेमा हो । जो आफैँ राम्रो आख्यान सिर्जना गर्न सक्तैन उसैलाई समीक्षा लेखाउनु र पत्रिकाले छाप्नु नै गलत प्रवृत्ति हो ।”

पीडितहरु अनेक छन्
गएको असारतिर आचार्य थरकी एकजना महिला श्रष्टाका श्रीमानले ओकलेको पीडाले मन चसक्क पारेको थियो । कथा विधामा अक्षर खेलाउने ती स्रष्टाको तेस्रो कथासङ्ग्रह गत वैशाखतिर निस्केपछि स्वनामधन्य समीक्षक अधिकारी आफैँले फोन गरेर भेट्न बोलाएछन् । तर उनी भेटी-भेटी के समीक्षा लेखाउनु भनेर बोलाएको ठाउँमा गइनछिन् । त्यसपछि त के थियो, नेपाल साप्ताहिकमा भरमार गाली आइहाल्यो । “भेट्न नगएको, यस्तो गाली लेखिदिए, हेर्नोस् न ।” पत्रिका देखाउँदै उनले भनेका थिए, “त्यति वरिष्ठ भएर पनि कस्तो घटिया मानसिकता भएको मान्छे रैछन् ।”
“बोलाएपछि भेट्न गएको भए हुन्थ्यो नि त ।” मन चोर्ने हिसाबले पंक्तिकार बोल्यो । किनकि अधिकारीको चरित्र स्त्रीका मामलामा कस्तो हो भनेर अग्रज श्रष्टा परशु प्रधानले पंक्तिकारलाई पहिल्यै पाठ पढाइसक्नु भएको थियो । देउराली दैनिक निकाल्दाताका अधिकारीले आर्थिक एवम् शारीरिक शोषणको शिकार बनाएका बिराटनगरकी दुर्गा भाउजू आमा-छोरीको पीडाको कहानी, धरानबाट फिर्दा ताका एउटा रेष्टुरेन्टमा देखाएको हर्कतका बारेमा उहाँकै मुखबाट बारम्बार सुनेको थियो । २०५८ सालमा नयाँबानेश्वरको रेष्टुरेन्टबाट प्रहरीद्धारा रगेहात पक्राउ परेर एक रात हिरासतमा बिताएपछि उनका भान्जाभाइ अच्युत वाग्लेले तात्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष सोर्स लगाएर छुटाएको कुरा एकजना प्रहरी अधिकारीका माध्यमबाट पंक्तिकारका कानमा परेका थिए । अनि गौशालातिर बसोबास गर्ने पतिसँग कटुसम्बन्ध भएकी एउटी रुपवती कवयित्रीलाई अधिकारी आफैँले फोन सम्पर्क गरी निवासमै पुगेर गरेको अस्वाभाविक आग्रहका बारेमा पनि पंक्तिकार वेखबर थिएन ।
“तिनको बानी अलि ठीक छैन भन्ने थाहा पाएर भेट्न गइएन तर… ।” गएको महिना मात्रै अमेरिका भासिएका तिनले अनुहारका छाला मुजा पारेर भनेका थिए ।
“गाली गरेर समीक्षा लेखेर के भयो त, झन् बिक्री बढ्यो नि । त्यसपछि मैले सान्त्वना दिएँ, “हरि अधिकारीले राम्रो भनेर प्रशंसा गरेको किताब त आमपाठकले किनेर पढ्नै छाडिसके ।” तर उनले मेरो सान्त्वनाले चित्त बुझाएनन् । भने, “त्यो कुरा जन्दाजान्दै नाम चलेका पत्रिकाले यस्तो घटिया मान्छेलाई किन स्थान दिएका होलान् ?” तर त्यसको जवाफ दिनसक्ने हैसियत पंक्तिकारसँग हुने कुरै भएन ।
हरि अधिकारीबाट भिक्टिम हुने दर्जनौं श्रष्टामध्ये ‘कथाकी पात्र’का लेखक सुविन भट्टराई पनि एक हुन् । कथासङ्ग्रह निस्केपछि उनले अधिकारीबाट समीक्षा लेखाउन रहर गरे, जो उनका कलेज पढ्दाकी घनिष्ठतम् सहपाठीका पितासमेत हुन् । मन नमाने पनि पंक्तिकारले भन्यो, “कोशिस गर्नु नि त ।” पहिलेको खोटाङ्गे र हजुरबुबाको साथीसमेत भएको नाताले स्रष्टा परशु प्रधानसँग निकटता बढ्दै गएपछि अधिकारीबाट समीक्षा लेखाउने सुविनको चाह अरु बढ्दै गयो । त्यसक्रममा पंक्तिकार र प्रधानलाई साक्षी राखेर दुईपटक ट्रेन्डी क्याफेमा उगाल आउने गरी मदिरा खुवाए । तर ६ महिना बित्दा पनि उनको समीक्षा आएन । आफ्नी सहपाठीको सोर्स लगाए तर पनि अधिकारीको कलम चलेन । बरु भने, “दोस्रो संस्करण निस्केपछि लेखौला नि ।”
स्थापित श्रष्टाहरु नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्यामल, ध्रुव सापकोटा, डा. रवीन्द्र समिर आदि समेतले प्रशंसा गरेको सुविनको कथासङ्ग्रह समीक्षा लेख्नै नमिल्ने स्तरको पत्रु र कमजोर थिएन । सात महिनापछि दोस्रो संस्करण निस्क्यो । त्यसपछि फेरि ट्रेन्डीमा अर्को जाँडपानीको कार्यक्रम बन्यो, परशु प्रधानलाई साक्षी राखेर । हिँड्ने बेलामा प्रधानकै आग्रहमा सुविनले हरि अधिकारीलाई उनको घर नालिन्चोकसम्म पुग्नका लागि एक हजार रुपैयाँ ट्याक्सी खर्च पनि दिए । त्यसपछि पनि समीक्षा नआएपछि गएको अंग्रेजी नयाँ बर्षको अवसरमा पंक्तिकारकै सामुन्नेमा सुविनले फोन गरे । अधिकारीले निर्लज्ज जवाफ दिए, “दोस्रो संस्करणको समीक्षा नागरिकले नछाप्ने भो ।” जवकि नागरिक दैनिकको त्यही दिनको अंकमा अरु कसैको दोस्रो संस्करणकै समीक्षा छापिएको थियो ।
खासमा सुविनले कान्तिपुर वा नेपाल साप्ताहिकमा समीक्षा लेखाउनैका लागि अधिकारीको पिछा गरेका थिए । तर अधिकारीबाट उनमाथि जुन शोषण भयो, त्यो छोरीको साथी र अधिकारीकै शब्द पैचो लिएर भन्दा ‘उदीयमान प्रतिभाशाली श्रष्टा’ माथि गर्ने ब्यवहार भन्न सुहाउने थिएन । सुविन अहिले भन्न थालेका छन्, “अब म समीक्षा लेखाउने रहर नै गर्दिन । हरि अधिकारी कतिसम्म निर्लज्ज हुन्छन् भइरहून् ।”

निकृष्टताको हद
माइलोमा क्यान्सरजस्तो गम्भीर रोगले ग्रस्त भएर चिकित्सकले मृत्युको डेटसमेत दिइसकेको अवस्थामा जगदिश घिमिरेले ‘अन्र्तमनको यात्रा’ जस्तो सशक्त कृति लेख्नु आफैँमा सह्रानीय काम हो । तर त्यो कृतिका बारेमा अधिकारीको समीक्षा आयो, ‘एनजिओको रिपोर्ट हाल्यो…। आत्मप्रशंसा गर्‍यो…. आदि ।’ हुन पनि कुनै व्यक्तिले पच्चीस वर्ष एनजिओमा बिताउँछ भने उसले एनजिओका बारेमा नलेखेर के लेखोस् ? अझ रामेछाप पुगेर तामाकोशी सेवा समितिका कामलाई नजिकबाट नियालेर फर्केका एकजना श्रष्टाले कुरैकुरामा भनेका थिए, “जगदिश घिमिरेले गरेजस्तो सेवा १० प्रतिशत पनि गर्न नसक्ने अधिकारीजस्ता आरिसेहरुले त्यति तुच्छ गाली गर्नु निकृष्टताबाहेक अरु केही होइन ।”
तर घिमिरेसँगको अधिकारीको तुस भने ताजा होइन रहेछ । कुरा २०३३ सालतिरको थियो, जतिखेर घिमिरेको उपन्यास ‘साविति’ भर्खरै बजारमा आएर बौद्धिक दिमागहरुलाई तताइरहेको थियो । एकतन्त्रीय जगजगीका बेला त्यति कडा कृति लेख्नु नै साहसिक काम थियो । यस्तैमा एक दिन रोचक घिमिरे, विनोद दीक्षित, कृष्णभक्त श्रेष्ठ र जगदिश घिमिरे नयाँसडकको पिपलबोटमा बसेर गफिरहेका बेला हरि अधिकारी र त्यो बेला सिआइडी भनेर चिनिने नेपालभूषण न्यौपाने आइपुगे । “ए जगदिश त्यस्तो झूर किताब के लेख्या ?” नशाले टिल्ल भएका हरिले हप्काउने शैलीमा भने, “त्यस्तो वाहियात किताव लेखेर पनि फुर्ती लगाउँदै हिँड्ने ?” त्यसअघि चिनजान भए पनि अधिकारी र घिमिरेबीच तँ-तँको व्यवहार थिएन । एकैचोटि तँको दर्जामा ओर्लेर गाली गरेपछि घिमिरे राँकिए, “बढ्ता हुन्छस् ? तँ पुड्केलाई अहिले खुट्टा भाँचिदिन्छु…।” त्यसपछि अधिकारी सिआइडीसँगै लुरुक्क परेर सुइकुच्चा ठोकेका थिए ।
भद्र मानिने अर्का कवि गोपाल पराजुलीसँगको सन्दर्भ झनै मार्मिक छ । २०६० सालको मदन पुरस्कार प्राप्त कृति ‘नयाँ ईश्वरको घोषणा’को भूमिका लेखनका लागि पराजुलीले सुरुमा अधिकारीलाई राजेका थिए । तर अधिकारीले कविता पढ्दै नपढी यति अन्टसन्ट गाली लेखेकी त्यसलाई आफ्नो किताबमा स्थान दिने साहस पराजुलीले गर्न सकेनन् । बदलामा पराजुलीका विरुद्ध अधिकारीले बीष बमन गर्दै हिँड्न थालेपछि उनीहरुबीच सम्बन्ध चिसिँदै गयो । पराजुली सम्पादक रहेको गरिमामा अधिकारीले कविता पठाउने हिम्मत नै गर्न सकेनन् । तर अधिकारीका अनन्य मित्र राजेन्द्र पराजुलीले कविता मागेर गरिमामा जर्बजस्ती छपाए । ‘बलात्कार’ शीर्षकको त्यो कवितामा २०६२ सालको गरिमा पुरस्कार पनि दिलाए । साझा प्रकाशनको बोर्ड सदस्य रहेका पराजुलीले अर्को वर्ष अध्यक्ष विष्णुविभू घिमिरे र महाप्रवन्धक ध्रुवचन्द्र गौतमका अगाडिसमेत बलमिच्याईँ गर्दै अधिकारीको कवितासंग्रह निकालिदिए । ‘हरि अधिकारीका कविताहरु’ नामको त्यो किताबलाई २०६३ सालको साझा पुरस्कार दिलाउन पराजुलीले गरेको कसरत एउटा मित्रका लागि गर्ने सद्भावभन्दा माथि छ । तर पराजुलीले दुई वर्षअघि सम्पादन गरेको ‘राजनीतिक कथाहरु’ पुस्तकमा आफ्नो कथा समावेश नगरेको देखेपछि अधिकारी यसरी बाउँठिए र पराजुलीविरुद्ध आक्रोश ओकल्न थाले कि जसलाई निकृष्टताको पराकाष्ठा नै मान्न सकिन्छ । तर पराजुली यसबारेमा कुनै कमेन्ट नै गर्न चाहँदैनन् ।
आफूलाई सबैभन्दा विद्धान र अरु सबै लठुवा देख्ने रतन्धोबाट ग्रस्त अधिकारी आफू भने अलिकति पनि आलोचना पचाउन सक्तैनन् । यसको प्रमाण फाइनपि्रन्टले गत वर्ष निकालेको लगौंटी आकारको उनको कवितासङ्ग्रह ‘गार्मेटकी गायत्री’ पनि हो । त्यसको भूमिकाका लागि अधिकारीले कवि विप्लव ढकाललाई आग्रह गरेका थिए । ढकालले पनि एक अनुच्छेदमा सुझावात्मक टिप्पणी लेखे । तर पुस्तक छापिँदा त्यो अंश राखिएन । फोन गरेर ढकालले केही सोध्नुभन्दा पहिल्यै अधिकारीले त्यसको दोष अजित बरालहरुको टाउकोमा थोपरेर साखुल्ले बने । “त्यो घटना हरि अधिकारी कुन हदसम्मको प्रशंसा मन पराउँछन् भन्ने कुराको पराकाष्ठा हो ।” ढकालले लेखेको टिप्पणी पढेका एकजना श्रष्टा भन्छन् । त्यति मात्र होइन, करिब ६ महिनाअघि आफ्नो चरित्र र गैरजिम्मेवार लेखनका विषयमा नागरिक दैनिक, फेसबुक आदिमा टिप्पणी आएपछि आत्तिएका अधिकारीले पंक्तिकार स्वयम्लाई फोन गरेर जनआस्थामा आफ्नो अन्तर्वार्ता लिइदिन आग्रह नै गरेका थिए ।
२०४२ सालमा नेपालगन्जको साहित्यिक कार्यक्रमबाट र्फकने क्रममा कपिलवस्तुको गोरुसिगेमा शालीन कवि श्यामललाई हदैसम्म अपमान गरेको र उनले कुट्न झम्टिएपछि लुरुक्क परेको घटना होस् या आठ वर्षअघि विराटनगरमा बाणी प्रकाशनले आयोजना गरेको एउटा जमघटमा जाँडले मातेर भद्र कवि विष्णुविभू घिमिरेको हातको औंला भाँचिदिएको प्रसंग होस् या हरि अधिकारीले मन नकुँड्याइदिएका श्रष्टा नेपाली साहित्य वृत्तमा भेट्टाउन मुस्किल पर्छ । उपन्यासकार डा. धु्रवचन्द्र गौतमलाई त उनले “वाहियात उपन्यासका डंगुर थुपारेर नेपाली साहित्यलाई विकृत बनाउने धु्रवचन्द्र गौतमलाई थानकोटको डाँडो कटाउनु पर्छ” समेत भनेर लेखेका छन् । प्रगतिशील कवि अमर गिरीलाई उनले “यति झूर कविता लेख्ने अमर गिरीलाई कविता लेख्ने अधिकारै छैन ।” भनेर गत वर्षको नयाँपत्रिकामा लेखेका छन् । प्रश्न उठ्छ, के कविता लेखन हरि अधिकारीको मौजा हो ? कि उनी लेखनका लागि अनुमति दिने साहित्य क्षेत्रका डन दीपक मनाङ्गे हुन् ? यस्तो नगर्न सुझाव दिँदा अधिकारीले दम्भ प्रकट गर्दै भने, “त्यो नाथे कम्निष्टलाई मैले ठोकिदिएँ । त्यसले के गर्न सक्छ ?”
साहित्य क्षेत्रका उन्मत्त साँढे
अरुलाई अर्ती दिँदै हिँड्ने तर आलोचना पटक्कै पचाउन नसक्ने अधिकारीको बानीका बारेमा राम्ररी थाहा पाएका उनका एक पुराना मित्रका भनाईमा अधिकारी यतिखेर साहित्य क्षेत्रको उन्मत्त साँढे भएका छन् । मानौं, उनलाई जोकोहीको सिर्जनात्मक बारीमा पनि चर्ने र कोरली देख्नासाथ मनमौजी गर्ने छुट छ । आफूले जे लेखे पनि चल्तीका दैनिकहरुले आँखा चिम्लेर छापिदिने भएपछि उनको मात चढ्नु अस्वभाविक पनि होइन । “डा. गोविन्दराज भट्टराईले जसलाई महान् भने पनि र हरि अधिकारीले जसलाई झूर भने पनि पाठकले पत्याउन छाडिसक्यो ।” कथा र कविता विधामा समर्पित ती श्रष्टा भन्छन्, “यिनले जे भने पनि बाँच्ने भनेको कृति हो । यिनको दादागिरी कतिन्जेलसम्म चल्छ, हेर्दै गरुँ….।”
सुन्दासमेत च्वास्स मुटुमा लाग्ने एउटा घटना । २०६२ सालमा साझा प्रकाशनले आफ्ना कविताहरुको संग्रह छापिदिएको खुसीयालीमा उनले आफ्नो निवासमा आफ्ना निकटका साहित्यकारहरुलाई बोलाएका थिए । त्यही बेला कथाकार पद्मावती सिंहले अधिकारीलाई सोधेकी थिइन्, “हरिजी तपाईंका छोराछोरी कतिजना ?” स्त्रीका मामलामा अत्यन्तै कमजोर अधिकारीले भने, “तीन जना ।” त्यो सुनेपछि अधिकारीकी जेठी पत्नीतर्फका जेठा छोरा अनुरागको अनुहारमा एकाएक कालो वादल छाएको थियो । “हरिका बैध सन्तान नै आधा दर्जन बढी छन् । अवैध त झन् कति होलान् । तर उसले आफ्नै छोराको सामुन्नेमा सार्वजनिक रुपमा जेठीपटि्टका चार सन्तानलाई सन्तान मान्नै अस्वीकार गर्‍यो ।” त्यो घटनाका साक्षी रहेका अधिकारीका एक सहकर्मीले पंक्तिकारसँग भने, “हेर्दै गर्नु होला बुढेसकालमा त्यो हरिले कुकुरले नपाएको दुःख पाउँछ । अनि त्यही अनुरागले लगेर पाल्नु पर्छ ।”
अर्को एउटा रोचक कुरा, अनुरागले आफ्ना बाबुको चरित्रका विषयलाई लिएर आफ्ना मित्रहरुसँग भन्ने गरेको सुनिएको छ, “हाम्रो बुबाको लिंग काटेर …….को चोकमा राखिदिने हो भने ६० प्रतिशत महिलाले चिन्छन्, यो हरि अधिकारीको लिंग हो भनेर….।” त्यो ठाउँ काठमाडौं शहरका मुख्यमध्येको एक हो, जहाँ अधिकारी लामो समयसम्म डेरा बसेका थिए । अनुराग रोमान्टिक खालका छन् त्यो बेग्लै पक्ष हो । जे भए पनि एउटा छोराले बाबुका बारेमा गर्ने कटाक्ष योभन्दा कडा अरु के होला र ?

सुबेदीले गदाललाई बनाई छाडे मुर्गा

झापा चारआलीका सालको मुडा जलाएर खली थाप्ने जस्तै आगोको भुंग्रोमा नचाउछन भन्ने ज्ञानेन्द्र गदाललाई पूर्ब जानकारी थियो तर जानाजान गदाल आफै आगोको भुंग्रोमा हाम फालेका हुन् । भर्जिनिया साउथ राइडिंगका संरक्षक सुबु प्रताप केसी मार्फत सन् १९९१ मा दान स्वरूप दिएको १ हजार डलरको साहित्यिक पुस्तक पसल ''अन्तररास्ट्रिय नेपाली साहित्य समाज (अनेसास)'' बाट सन् २००४ मा उनको प्रिय पुस्तक ''मलाई छुने मन'' लाई आजिबन कूलपति महामहिम होमनाथ सुबेदीले सम्मान स्वरूप पुरस्कार टक्य्राउंदा सुबेदीको आगोको भुंग्रोमा खली खाने योजनाभित्र फसिसकेका थिए गदाल तर ११ जूलाई २०१० मा ५८ प्रतिशत मतले आफ्ना प्रतिद्वन्दी कमला प्रसाईलाई पराजित गर्दा कोलोराडोको आकाशमा थिए गदाल पातालमा होइनन । चुनाव हुनु अघि भर्जिनियाको अलेक्जेंड्रियाबाट हानिएको क्षेप्यास्त्रले कमला प्रसाइको पराजय भएको न की गदालको विजय भएको भन्ने जान्ने मान्छेहरु अहिले गदाललाई मुर्गा बनाइएका बारे कति हास्दा हुन्?
सबै त नभनौ ६५ वटा जति मुलुकमा रहेका नेपालीहरुलाई ज्ञात भएकै बिषय हो विद्वान कूलपति सुबेदीले हजार डलरमा थापेको साहित्यिक पसलको अहिले सालाखाला १ सयजति स्वदेशी र बिदेशी शाखा प्रसाखा छन । पिएचडी प्रमाणपत्रदेखि कुल्ली सम्मानपत्रधारी नेपालीहरुको नाउ कमाउने ठाउ बनाई दिएका हुन् सुबेदीले तर दाम कमाउने र जम्मा हुने ठाउ हो उनको पसलको बोर्ड अफ ट्रस्टी (बोट), जसबाट सुबेदी र उनको भान्छा मन्त्रिपरिषद त्यसैबाट खाई जीवित छ, अर्को २ दशक जीवित रहने छ । दुनियालाई प्रत्यक्ष निर्बाचन देखाई पसलको किताब बिक्रि समिति अर्थात केन्द्रिय कमिटिबाट किताब बेच्ने काम गराउने र उठेको पैसो दैनिक बोटमा दाखिला गर्न लगाउने सुबेदीको मनोकांक्षा ज्ञानेन्द्र गदाल मात्र होइनन उनि पूर्वका एक दर्जन लेखापाल सापहरुले शान्तिपूर्बक सम्पन्न गरेकै हुन्, मोहन सिटौला र कुमार बस्नेत जस्ता लेखापाल सापहरु त् सुबेदीले सायदै भेट्लान । सुबेदीका पुस्तक बेच्दा बेच्दा धैर्यताको बाँध टुटेको छ अहिले ज्ञानेन्द्र गदालको, याकी झन्डै डेढ बर्ष किताब बेच्यो पैसो जति बोटमा दाखिला गर्दा गर्दा उनि हैरान भए । उनलाई जस्तै हैरानी भएको थियो किताब बेच्ने केन्द्रिय कमिटिका अर्का मनुवा बशन्त श्रेष्ठलाई झन्डै १ दशक अघि तर उनी नेपाली शाहित्य प्रतिस्ठान खोलेर सुबेदीको धतुरो झार्ने र भर्जिनियामा कोठे कबिगोष्ठी गर्दा उनै सुबेदीलाई कुल्ली बनाई छाड्ने मनोआकांक्षाले सुबेदीको पसल चुपचाप छाडी बाहिरिएका थिए र अहिले भर्जिनियामा दैनिक कबि गोष्ठी हुन्छ बशन्तको आतिथ्यमा, अनि सुबेदी हुन्छन कबिता वाचन गर्ने कुल्ली । गदालले बुद्दी जाने भने बषन्तको कूटनीतिको सिको गर्नु जस्तोमा जति भलाई सायद अर्कोमा हुन्न होला तर गदाल त्यति सहजै कहा छाड्न सक्छन? उनमा जोश छ, जाँगर छ अनि यो समय जातजाति, सम्प्रदाय बिशेस अनि तिनको उपल्ला जाति बाहुनहरुको साम्राज्य तोड्नु पर्ने बिस्वब्यापी मान्यता स्थापित गर्नु पर्ने समय भएकाले गदाललाई उनको अन्तररास्ट्रिय नेटवर्किंगले पनि बषन्तको जस्तो कूटनीति गर्न दिदैंन । फेरी अर्को कुरो गदाललाई कसैले चिन्तित बनायो भने बेलायतका अरुण चन्ददेखि नर्थ क्यारोलाइनाका रमेश सुनारसम्मको हृदयाघात हुने समय यो भएकाले शालीन कूटनीति भन्दा आक्रामक बौदिकताले गदाललाई छोड्दैन ।आजभन्दा झन्डै ३ सय ६२ दिन अघि नै गदाल सर्बमान्य पुरुस सुबेदिबाट हार खाएर भर्जिनियाका साहित्यकार हेमन्त श्रेष्ठ मार्फत मिडिया खोज्दै कोलोराडोबाट भौतारीरहेका थिए, उनमा यता जाउ की उता जाउ भैरहेथ्यो । सुबेदी तिर जाउ मिडियाले खेद्ने, मिडियाका तिर जाउ सुबेदीले पसलबाट निकाल्ने गदालको यो दुबिधा अन्तत सुबेदीले थाहा पाईहाले । सुबेदी यति बाठा मान्छे हुन् की कसैको जुँगा चल्दा उनको मुटुमा कम्पन हुन्छ । सुबेदीका घोर महा सत्रु उनकै बोलीमा भन्दा पनि हुने बिनोद नेपाल भन्ने जन्तुकहा जाउ जस्तो पनि गदालले नगरेका होइनन तर कोलोराडोको पसलका उनका मित्र सिटौलाले गदाललाई रोके । आखिर रोकेर ठिकै गरेछन, कम्तिमा सुबेदीको भान्छाघरको हाँडीमा पकाउने भात, फलामको कराइमा पकाउने तिउन, घैटोमा खादिने सिन्कीको अचार र बोतामा बाडिने घिउ सर्बमान्य पुरुस सुबेदी, सुबेदीका दाता सुमन तिम्सिना र डाक्टर स्याम कार्की, पुरु सुबेदी, ओशाकाका देवमान हिराचन, मस्कोका जिबा लामिछाने, योकोहामाका कुमार बस्नेत, मानाससका भिम रेग्मी, काठमान्डूका सिब सत्याल, डेल सिटीका बासु सत्याल, लेसोथोका भिम उदास र सिता पाण्डे जस्ता भान्छा मन्त्रिपरिषद्का प्राय सबैले चोखो नितो गरेर खाने पद्दतिको जानकारी लिनु त् परेन । जूलाई २०१० मै सुबेदीको सपथ खान कोलोराडोदेखि भर्जिनिया झर्दा गदालले थाहा पाउलान भनि भान्छाघरको ढोका सुबेदीले सम्साझै बन्द गरेपछि गदाल ख्यास्ख्यास डट कमका ख्वासख्वास श्रेष्ठको घरमा शरण लिन पुगेको तितो यथार्थ नबिर्सने हो भने गदालले सुबेदिसंग त्वमशरणम गर्नु पर्ने थियो तर उनको युवा जोसजागर त्यतिखेर मरेन ।गदालमा बिस्वास थियो मिडियाबाट सुबेदीको केहि झार्न सकिन्छ र पसलबाट मिडियालाई केहि बाँड्न सकिन्छ अनि बिचमा आफु होइन्छ भन्ने । झन्डै डेढ बर्ष सुबेदी र मिडियालाई दायाबाया पारि गदाल बिचमा रमाए । डेढबर्षको अबधिमा न उनले मिडियालाई केहि दिन सके न सुबेदीलाई अनि समय घर्किनै लाग्दा आफु नै खुइलिने अबस्था आई परेपछि सुबेदीका कन्दानी चुडाउन खोज्ने सुन्दर जोशी र टुपी समाउन खोज्ने भारती गौतमको सहारामा सर्बमान्य पुरुस सुबेदीलाई पत्तै नदिइ गदालले पसलको बिधान संसोधन गर्न प्लानोका चामल चिउरा पसले भिम कार्कीको सल्लाहामा च्याखे थापे । बिस्वब्यापी साहित्यिक किताब पसलको साचो लिई बसेका त्यत्रा महापुरुस सुबेदीसंग जोरी खोज्न चाहने कार्की, गौतम र जोशीले भान्छा मन्त्रिपरिषद्को जानकारी बिना एकतर्फी ''चामल कटाउ घैटो फुटाउ'' बिधान संसोधन अगाडी ल्याएपछि सुबेदी पछाडिबाट सुमन तिम्सिना र डाक्टर स्याम कार्की अगाडिबाट गदालको सिगौरी खेलाई संग जुध्न आए । अब परे गदाल फन्दामा बोटको साचो लिएर बसेका तिम्सिना र कार्की अगाडी सरेपछि गदालको दाल नगल्ने भयो, अनि उनी मिडिया चाहार्न आए । उनलाई अहिले भर्जिनियाकै उनै सुबेदीका कोठे कबिता बाचनका सहयात्री, कुनैबेला सुबेदीका आज्ञाले डिसी मेट्रो च्याप्टरका पगरी थाप्ने अनि पुरानो त्रिभुवन बिस्व विद्यालयको लेखापाल जागिर फिर्ता भए नेपाल फर्किन्छु भनि नेपालीपोस्टमा कबिता लेख्ने कबि, साहित्यकार, लेखक, पत्रकार, गैआनेसंघका मिडिया सदस्य, अनेसासका चल्तापूर्जा, नेपालहोराइजन्सका क्यामेराम्यान, डिभाइडेड नेपाली एसोसिसनका मिडिया कोअर्डीनेटर अनि ५० वटै राज्यमा छ्यापछ्याप्ती बिक्ने छापा पत्रिकाका प्रकाशक अनि प्रधान सम्पादकको शरण मार्फत सुबेदी अनि कार्की र तिम्सिनासंग जोरी खोज्न आउदा गदाललाई बिजयोंमुख अनुभव त् भयो होलान नै तर सुबेदीको मुखबाट निस्कने १५० माइल प्रति मिनेटको स्वासले गदाललाई भर्जिनियाबाट कोलोराडो २० मिनेटमै फिर्ता गराउँदा र अनेसास नाउको पसलमा बेल्जिएमका सिनिएर भाइस प्रेसिडेन्ट कृष्ण बजगाईलाई थमाउदा गदालको होस् उडेको कमला प्रसाइले न्युयोर्कबाट चाल पाइन् । डेढ बर्ष अघि प्रसाइको मुखमै आएको प्रेसिडेन्ट पद गदाललाई कसैले गुथाई दिएकोमा डाक्टर कार्की र सुमन तिम्सिना जति बेखुसी त् ज्वाई नारायण बासु सत्याल पनि थिएनन ।यो सब गाईजात्रा अनेसास भित्र हुन्छ नै भन्ने ठोकुवा बशन्त श्रेष्ठ र हरि घिमिरेको तालमा नारायण अधिकारि र गीता खत्रीले उहिले अनुमान गरेकै हुन् तर लन्डन सम्मेलनमा गदालले सम्मेलनले कमाउने नाफा बोटमा होइन, केन्द्रिय कमिटि नाउको पसलको खातामा दाखिला गर्नु पर्छ भन्ने अडान लिए बापत युरोपकी रिजनल भाइस प्रेसिडेन्ट जया लक्ष्मी राइले गदालबाट काम नहुने रहेछ भन्ने आंकलन पहिल्यै गरेकी थिइन् । यहि कारण थियो सुबेदी, कार्की र तिम्सिनाले गदाललाई मुर्गा बनाउने रणनीति । सुबेदीको बोट जो ताक्छ उ मुर्गा बनाइने अनेसासको विधानको प्रस्तावनामा उल्लेखित कुरो नबुझ्नु गदाललाई अहिले मिडियातिर दौडिनुको कारण हो, भलै गदाल मात्र एक्लिनु सिबाय उनको तागत र समय सुबेदी भान्छाघरको हाडीमा पकाएको खाने जमातको लागि केहि फरक पर्दैन, न त गदालको शक्तिले फरकै पार्ला? अनेसास र यिनका च्याप्टरका सुबेदीका मानिसहरुको मन र मस्तिस्क गदालको लागि सर्पबिष हो भन्ने गौतम, जोशी र कार्कीले बेलैमा बुझेनन् भने कहिल्यै ननिभ्ने चारआलिको अग्राखको खली थाप्ने भुंग्रोमा सुबेदी, डाक्टर कार्की र तिम्सिनाले गदाललाई सुकुटी बनाउछन भन्ने डर अब अनेसासका कसैले पाल्ने छैनन्