Sunday, May 20, 2012

अनेसासको चुनावमा धोका, षड्यन्त्र र मारामार


बलराम डी सी
अनेसासको आसन्न निर्वाचनको उम्मेदवारी प्रकाशन पछि एक आपसमा शंका र गालि गलौज सुरु गरेका छन् । गीता खत्री समूहको वरिष्ठ उपाध्यक्ष पदमा बजगाईं र प्रसाईं समूहले उम्मेदवारी नदिइ नेपालबाट राधेश्याम गुप्ता ‘लेकाली’लाई निर्विरोध निर्वाचित गराएपछि गीता लेकाली प्रति सशंकित भएकी छिन् । चुनावमा जसरी पनि जित्न आजीवन सदस्य बनाउन नेपालका लेकालीलाई गीता खत्रीले ५ हजार डलर सम्म खर्च गरेर कम्तिमा १०० जना सदस्य बनाउनु पैसा म यता जम्मा गर्छु, नाम मात्र पठाउनु  भनेकोमा करिव २५ जना मात्र बनाए पछि मधेशी लेकालीले धोका दियो भन्दै हिँडेकी छिन् । स्मरण रहोस लेकालीले नेपालमा बनाएका भनिएका सदस्य शुल्क गीता खत्रीले अमेरिकामा आफैले तिरेर बैंकमा जम्मा गरेकि थिइन र ती सबै सदस्यको इमेल आइडी अमेरिकमा मै तयार गरेर गीताले आफै भोट हाल्न पासवर्ड राखेकि छिन् ।

         मधेशीले धोका दिदैन भाउजू भन्दै गीता समूहका निर्वाचन कमाण्डर दुवसु क्षेत्रीले गीतालाई जति सम्झाए पनि उनी मान्न तयार छैनन् । बजगाई र प्रसाईंले लेकालीसँग कुरा नगरीकन कुनै सम्झौता नभई त्यसै छाडेका हैन भन्ने ठहर गीताको रहेको छ ।

        आफ्नो भाई कृसु क्षेत्रीलाई जिताउन हर प्रकारको चाल चलिरहेका दुवसु अहिले सबै तिरबाट असफल बनेका छन् । लोभ लालच, डर त्रास देखाएर भाइलाई निर्विरोध गराउने उनको प्रपंच सबै फेल खाएको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी दुवसु संसारभरका नेपाली दुतावास प्रयोग गरेर गीतालाई जिताउने ठेक्का लिएका थिए । दुतावासका कर्मचारीले भनेकै भरमा अनेसासका मतदाताले भोट दिन्छन् भनेर गीताले उनलाई टिममा सहभागी गराएका हुन् । तर त्यस्तो कुनै क्षमता उनमा छैन । अनेसासमा होमनाथ सुवेदी पछिका अलोकप्रिय र घृणित अर्का सुवेदी दुर्गाबहादुर सुवेदी क्षेत्री अर्थात दुवसु हुन भन्ने  गुह्य कुरा अनेसासमा थाहा पाउने धेरै छन् ।

         अनेसासका भूतपूर्व अध्यक्ष दुवसु नेपाली कांग्रेस मा कोइरालाको वंश परम्परा जस्तै होमनाथ सुवेदीसँग मिलेर सुवेदीको वंश परम्पराको निरन्तरता अनेसासमा दिन चाहन्छन् । सोही क्रममा वर्तमान कार्यसमितिमा उनका श्रीमती पुनम क्षेत्री उपाध्यक्ष र सहोदर भाइ कृसु कोषाध्यक्ष छन् । गीतालाई अहिले जसरी पनि जिताउन लागेका उनी अर्को पटक साहित्यमा कुनै योगदान नभएकी आफ्नी श्रीमती पुनमलाई अध्यक्ष बनाउने दाउमा छन् । सोही अनुसारको सम्झौता गीता खत्री र होमनाथ सुवेदीसँग भएको कुरा बाहिर चर्चामा छ । अर्को तर्फ होमनाथलाई खुशी पार्न र सुवेदीको वंश थाम्न फ्लोरिडाबाट बिजयराज सुवेदीलाई क्षेत्रिय पदमा उम्मेदवार उठाएर एक तिर दुइ शिकार गरेका छन् ।  विजयराज सुवेदीलाई गीताले बरिष्ठ उपाध्यक्ष पद दिए पनि दुवसु कै कारण उनी क्षेत्रिय उपाध्यक्ष पदमा झारिएका हुन् । विजयराज अहिले वरिष्ठ उपाध्यक्ष जिते भने अर्को पटक अध्यक्षको सिधै उम्मेदवार हुने भएकोले उनी भन्दा पहिले श्रीमतीलाई अध्यक्ष बनाउन यस्तो घृणित खेल दुवसुले खेलेका हुन् ।  उता विजयराज आफ्नो प्रतिष्ठा जोगाउन उम्मेदवारी फिर्ता लिई आफू भन्दा जुनियर बासु ढकालसँग चुनाव नलड्ने बरु सल्लाहाकार वा मनोनित सदस्य पदमा जाने ईच्छा ब्यक्त गरेका छन् ।


No comments:

Post a Comment