Sunday, May 20, 2012

अनेसासको चुनावमा धोका, षड्यन्त्र र मारामार


बलराम डी सी
अनेसासको आसन्न निर्वाचनको उम्मेदवारी प्रकाशन पछि एक आपसमा शंका र गालि गलौज सुरु गरेका छन् । गीता खत्री समूहको वरिष्ठ उपाध्यक्ष पदमा बजगाईं र प्रसाईं समूहले उम्मेदवारी नदिइ नेपालबाट राधेश्याम गुप्ता ‘लेकाली’लाई निर्विरोध निर्वाचित गराएपछि गीता लेकाली प्रति सशंकित भएकी छिन् । चुनावमा जसरी पनि जित्न आजीवन सदस्य बनाउन नेपालका लेकालीलाई गीता खत्रीले ५ हजार डलर सम्म खर्च गरेर कम्तिमा १०० जना सदस्य बनाउनु पैसा म यता जम्मा गर्छु, नाम मात्र पठाउनु  भनेकोमा करिव २५ जना मात्र बनाए पछि मधेशी लेकालीले धोका दियो भन्दै हिँडेकी छिन् । स्मरण रहोस लेकालीले नेपालमा बनाएका भनिएका सदस्य शुल्क गीता खत्रीले अमेरिकामा आफैले तिरेर बैंकमा जम्मा गरेकि थिइन र ती सबै सदस्यको इमेल आइडी अमेरिकमा मै तयार गरेर गीताले आफै भोट हाल्न पासवर्ड राखेकि छिन् ।

         मधेशीले धोका दिदैन भाउजू भन्दै गीता समूहका निर्वाचन कमाण्डर दुवसु क्षेत्रीले गीतालाई जति सम्झाए पनि उनी मान्न तयार छैनन् । बजगाई र प्रसाईंले लेकालीसँग कुरा नगरीकन कुनै सम्झौता नभई त्यसै छाडेका हैन भन्ने ठहर गीताको रहेको छ ।

        आफ्नो भाई कृसु क्षेत्रीलाई जिताउन हर प्रकारको चाल चलिरहेका दुवसु अहिले सबै तिरबाट असफल बनेका छन् । लोभ लालच, डर त्रास देखाएर भाइलाई निर्विरोध गराउने उनको प्रपंच सबै फेल खाएको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी दुवसु संसारभरका नेपाली दुतावास प्रयोग गरेर गीतालाई जिताउने ठेक्का लिएका थिए । दुतावासका कर्मचारीले भनेकै भरमा अनेसासका मतदाताले भोट दिन्छन् भनेर गीताले उनलाई टिममा सहभागी गराएका हुन् । तर त्यस्तो कुनै क्षमता उनमा छैन । अनेसासमा होमनाथ सुवेदी पछिका अलोकप्रिय र घृणित अर्का सुवेदी दुर्गाबहादुर सुवेदी क्षेत्री अर्थात दुवसु हुन भन्ने  गुह्य कुरा अनेसासमा थाहा पाउने धेरै छन् ।

         अनेसासका भूतपूर्व अध्यक्ष दुवसु नेपाली कांग्रेस मा कोइरालाको वंश परम्परा जस्तै होमनाथ सुवेदीसँग मिलेर सुवेदीको वंश परम्पराको निरन्तरता अनेसासमा दिन चाहन्छन् । सोही क्रममा वर्तमान कार्यसमितिमा उनका श्रीमती पुनम क्षेत्री उपाध्यक्ष र सहोदर भाइ कृसु कोषाध्यक्ष छन् । गीतालाई अहिले जसरी पनि जिताउन लागेका उनी अर्को पटक साहित्यमा कुनै योगदान नभएकी आफ्नी श्रीमती पुनमलाई अध्यक्ष बनाउने दाउमा छन् । सोही अनुसारको सम्झौता गीता खत्री र होमनाथ सुवेदीसँग भएको कुरा बाहिर चर्चामा छ । अर्को तर्फ होमनाथलाई खुशी पार्न र सुवेदीको वंश थाम्न फ्लोरिडाबाट बिजयराज सुवेदीलाई क्षेत्रिय पदमा उम्मेदवार उठाएर एक तिर दुइ शिकार गरेका छन् ।  विजयराज सुवेदीलाई गीताले बरिष्ठ उपाध्यक्ष पद दिए पनि दुवसु कै कारण उनी क्षेत्रिय उपाध्यक्ष पदमा झारिएका हुन् । विजयराज अहिले वरिष्ठ उपाध्यक्ष जिते भने अर्को पटक अध्यक्षको सिधै उम्मेदवार हुने भएकोले उनी भन्दा पहिले श्रीमतीलाई अध्यक्ष बनाउन यस्तो घृणित खेल दुवसुले खेलेका हुन् ।  उता विजयराज आफ्नो प्रतिष्ठा जोगाउन उम्मेदवारी फिर्ता लिई आफू भन्दा जुनियर बासु ढकालसँग चुनाव नलड्ने बरु सल्लाहाकार वा मनोनित सदस्य पदमा जाने ईच्छा ब्यक्त गरेका छन् ।


Thursday, May 17, 2012

कमलालाई मुद्दा हाले गीतालाई भुत्याउने

अनेसासको निर्वाचन अध्यक्ष पदका दुइ महिला उम्मेद्वार बीचको वाक युद्ध अब हातहालाहालको स्थितिमा पुगेको छ । कमला प्रसाईं गीता खत्री भन्दा अगाडि देखिए पछि गीताले कमलालाई रोक्न अघिल्लो पटकको हरहिसाब नबुझाएको कारण देखाएर मुद्या हाल्ने कुरा गरेकोमा कमलाले एक बक्तब्य प्रकाशित गरि घोर निन्दा गरेकि छिन् । यदि गीताले मुद्या हाले गीतालाई टाइम स्क्वायरमा लगेर भुत्ल्याउने कुरा कमलाले गरेको भनेर गीतालाई सुनाएपछि रिशले चूर भएकि छिन् । न्यूयोर्कको सेरोफेरोलाई अनेसासमा आफ्नो जीत निश्चित ठान्ने यी महीलालाई लन्डनका कृष्ण बजगाईंले अग्र पङ्तीमा रहेर चुनौति दिइरहेकाछन् । अहिलेको निर्वाचनमा कि त बजगाईंको जीत कि त प्रसाईंको जीत हुने कुरा ठोकुवा गरेका छन् मानिसहरुले ।
उता गीता कम्जोर ठानिएपछि उनलाई जिताउन होमनाथ सवेदीले गत ८ मे मंगलबारका दिन उनको निवासमा भोजको आयोजना गरेर अनेसासका सुकिला ठालूहरुलाई बोलाएर गोप्य मन्त्रणा गरेको थाहा हुन आएको छ । सो भोजमा न्यूयोर्कका गीता खत्री र राम खत्री सहित अरुलाई पनि बोलाईएको इमेल अहिले धेरै जनाकोमा फरवार्ड भएको छ । न्यूयोर्क कै कमला प्रसाईं र विशाल शाहलाई भने बोलाइएको थिएन । यो कुरा थाहा पाएकि कमला होमनाथसँग रिशले चूर भएकि छिन् । सहमतिको लागि कमलाले हदैसम्मको लचकता अपनाएर बजगाईंलाई समेत राजी बनाइसकेको अवस्थामा गीतालाई सहमतिमा आउन नदिने होमनाथ भएको ठहर गरेकि छिन् । यस्तो अवस्था उत्पन्न भएपछि अनेसासका केही मानिसहरु गीतालाई तथा होमनाथलाई हराउन भोट कि त बजगाईंलाई कि त प्रसाईंलाई दिनु भन्दै हिँडेको थाहा भएको छ ।

Saturday, May 5, 2012

गीतालाई सुवेदीले च्यापे, गदालले प्रसाईं, सुस्त बजगाईं

बलराम डी सी
अनेसासको आगामी निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार गीता खत्रीलाई ट्रष्टी अध्यक्ष होमनाथ सुवेदीले च्यापेपछि ज्ञानेन्द्र गदालले उनलाई छाडेका छन् । सुवेदीको आर्शिवादले चुनाव जित्ने सपना देखेकी गीताले सुवेदीलाई ठिक लगाउने गदालको सबै गोप्य रणनीति सुवेदीलाई बताएपछि उनी टाढीएका हुन् । त्यसो त गीताको सुवेदीसँग पहिलेदेखिकै हिमचिम हो । दश कक्षा पास नगरेकी गीतालाई सुवेदीले नै महासचिवमा ल्याएका हुन् । तिनै अशिक्षित गीताको नेतृत्वमा बस्ने कोही पनि तयार नभएपछि गीता निराश भएकी छिन् । उम्मेदवारी सार्वजनिक गरेका मध्ये गीता भन्दा कमला अहिले धेरै अगाडि देखिएकी छिन् । उता अघिल्लो कार्यकालको पैसा नबुझाएको भन्दै कमलाको बेइज्जत गर्दै गीताले हिँडेको थाहा पाएपछि कमला रिसले चूर भएकिछिन् । उनी गीतालाई जसरी पनि हराउन लागेकि छिन् । यो सब थाहा पाएका  गदालले होमनाथको आर्शिवाद प्राप्त गीतालाई साथ छोडेर कमला प्रसाईंलाई सहयोग गर्ने भएका छन् । आफूलाई असफल पार्ने होमनाथ सुवेदीलाई अघिल्लो पटक पराजित कमला प्रसाईंले मात्र ठिक लगाउन सक्ने ठानेर यसो गरेका हुन् । प्रसाईंले उसबेला सुवेदीलाई पुरै नङ्ग्याएकी थिइन ।

    दश कक्षा उत्तिर्ण नगरेकि गीतालाई होमनाथले च्याप्नुको अर्थ चुनावको बेला आजिवन सदस्य बढाउलिन भन्ने हो पनि हो । इमेलबाट भोट हाल्ने अचम्मको ब्यबस्था भएको यो अनेसासको मतदाता नामावली   गीताको श्रीमान् राम खत्रीले गदालको निर्देशनमा नक्कली नाम राखेर तयार गरेको  मतदाता नामावलीमा कार्यसमितिका हुतिहाराहरुले सहिछाप ठोकेपछि आफूले जित्ने मनग्गे भोट भएको ठानेकी  गीताले यसपटक सदस्यता बढाउन खासै चासो नदेखाएपछि सुवेदी चिन्तित भएका छन् । अरुबेला नबढ्ने सदस्यता चुनावको बेला बढेर सुवेदीलाई दोहोरो फाईदा हुने गर्दथ्यो । उता आजिवन सदस्य बढाउन सक्छन् कि भनेर लन्डनका पैसा भएका,कमिटिमा उठ्ने योग्यता नभएका  बिकुल आचार्यलाई अध्यक्षमा उठ्न सुवेदीले उकासेपछि चम्केका उनी गदालको निर्णयले अहिले चित खाएर लडेका छन् । आजिवन सदस्य बापतको पैसा उठाएर केन्द्रमा पैसै नबुझाई सबै लन्डन सम्मेलनमा खर्च भयो भनेर लन्डनकाले  ४००० डलर चप्काएपछि अध्यक्ष गदालले कुनै हालतमा सदस्यता नदिने भएका हुन् ।  आजिवन सदस्य माँगेका लन्डनका ४० जनाको सदस्यता नहुने भएपछि बिकुल  आचार्य बेपत्ता भएका छन् ।

   उता यसपटक निर्वाचन समितिले आजिवन सदस्य बनाउने म्याद थोरै राखेका कारणले पैसा जम्मा नहुने भएपछि निर्वाचन समितिसँग सुवेदी रुष्ट भएका छन् । आजिवन सदस्य बढाएर सुवेदीको कोष भर्ने काममा रुची नदेखाएका गदाल कार्यकाल  भरि फेल खाए पनि अन्तिम समयमा आएर पाएको सफलताले दंग परेका छन् ।

  उता अध्यक्षका अर्का प्रत्यासी ठानिएका बेल्जियम निवासी बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईं चुपचाप बस्नुलाई रहस्यको रुपमा हेरिँदै छ । नेतृत्व क्षमता भएका, सबै भन्दा बढीसँग सम्पर्क भएका, हल्ला गर्न माहिर र घमण्डी   यीनी अनेसासमा सबै भन्दा चिनिएका साहित्यिक ब्यक्ति हुन् । पत्रपत्रिकामा प्रचार प्रसार नगरीकन त्यसै चुनाव जित्छु भन्ने घमण्ड लिएका छन् ।  यीनको लहडले हावा खायो भने सबै भन्दा पहिले गदाल खुशी हुनेछन् ।

न्यूयोर्क तिर केही मानिसहरु कमला र गीतालाई मिलाउन लागेका छन् । कमला गीता  भन्दा मुनिको पदमा  नबस्ने गीता कमला भन्दा मुनि नबस्ने भनेपछि मिल्ने सम्भावना नभएको बताईएको छ । तर दुबै जना बजगाईंको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष पद पाए जाने भन्दै हिँडेका छन् । बजगाईंले यी दुबैलाई मिलाउन नसकेका हुन, मिलाउन नचाहेर लडाउन-भिडाउन खोजेका हुन् वा अर्कै उम्मेदवारको खोजीमा लागेका हुन् शंकाको रुपमा हेरिएको छ । अध्यक्षका प्रत्यासी प्रसाई, खत्री तथा बज्गाईं भन्दा चौथो उम्मेद्वारको खोजीमा अनेसासका केही मानिसहरु लागेको थाहा हुन आएको छ । अर्को तिर कुनै पनि बेला गदालले पुनः उम्मेद्वारी घोषणा गर्ने सम्भावना पनि उत्तिकै छ ।