Sunday, November 4, 2012

अनेसास(प्रसार्इं समूह) लार्इ अन्तर्राष्ट्रिय मान्यता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्याप्टरले आज नोभेम्वर ३ मा भव्य रुपमा १०३ औं लक्ष्मी जयन्ती मनायो । वाल र वयष्क कविता प्रतियोगिता, गीत र विचार मन्तव्यको साथ उक्त साहित्य कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्र संघको निमित नेपाल नियोगकी प्रमुख सेवा अधिकारी लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम निकै रोचक थियो । डा. गोविन्द कोइराला, वरिष्ठ साहित्यकार चुडा बसन्त लम्साल र वरिष्ठ साहित्यकार अम्वर नेम्वाङ विशेष अतिथी रहनु भएको कार्यक्रम संचालन न्यू योर्क च्याप्टरका महासचिव बिकास विष्टले गर्नु भएको थियो भने स्वागत मन्तव्य न्यू योर्क च्याप्टरकी उपाध्यक्ष सीता खरेल र सभा विसर्जन अनेसास न्यू योर्क च्याप्टरकी अध्यक्ष पूनम काफ्लेले गर्नु भएको थियो ।

कविता प्रतियोगितामा विजयी हुनेहरुलाई पुरष्कार वितरण नेपाल नियोगकी प्रमुख लम्सालले गर्नु भएको थियो भने प्रतियोगीहरुको मुल्यांकन गर्नेहरुमा समाजसेवी डा. तारा निरौला, साहित्यकार कमला प्रसाई, गीतकार ज्योती पौडेल र साहित्यकार गीता पन्थ हुनु हुन्थ्यो ।

१०३ औं लक्ष्मी जयन्तीलाई सफल पार्न अनेसास न्यू योर्क च्याप्टरकी कोषाध्यक्ष मोहिनी सैंजुको पनि भूमिका रहेको सो कार्यक्रममा अन्लाईन साहित्यिक पत्रिकाको समेत शिलन्यास गरिएको थियो । न्यू योर्कका पत्रकारहरु लगाएत साहित्यमा रुची राख्न्ने व्यक्तिहरुको सामेल लक्ष्मी जयन्ती कार्यक्रममा अनेसास गीता खत्री समुहको उपस्थिती देखिएन ।

गीता खत्री समुहको चोरीको खेती मार्फत गठन भएको अनेसासलाई न्यू योर्कमा मात्र नभएर धेरै ठाउँमा भाउ नदिएको देखिकोले गीता खत्री स्वयमले केही पैसा खर्च गरी राधेश्याम लेकाली लगाएर व्यक्तिगत आफुले सम्मान भिर्न मात्र लागि अनेसासको निमित्त केहि काम गर्न नसकी असक्षमता प्रदर्शन गर्दै हिडेकी मात्र देखिन्छ । वरु सहमतिबाट बनेको अनेसास केन्द्रिय समितिका अध्यक्ष कमला प्रसाईको सकारात्मक मुल्यांकन भएको देखिन्छ । उनलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) ले अन्तर्राष्ट्रिय  सल्लाहकारको रुपमा मनोनयन गरेको छ साथै विशेष अन्तर्राष्ट्रिय गजल प्रतियोगितमा निर्णायकको भूमिकामा समेत राखिएको थियो ।

जलपान सहित आयोजना गरिएको १०३ औं लक्ष्मी जयन्ती न्यू योर्कमा मनन योग्य रुपमा सम्पन्न भएको थियो ।

Saturday, October 20, 2012

अनेसास बिओटी उपाध्यक्ष तथा पुरस्कार समितिका अध्यक्षको राजिनामा, अनेसासको ८ वटा पुरस्कार बन्द


-बलराम डी सी
पुरस्कारकै लागि भएपनि मेरो अनेसास छाड्दैनन् भन्ने होमनाथ सुवेदीका प्रमुख पुरस्कारदाताहरुले अनेसास मार्फत प्रदान गरिने ८ वटा पुरस्कार बन्द गरेका छन् । सुमन तिम्सिना, डा. श्याम कार्की तथा रोहिणी शर्माले प्रदान गर्ने गरेको ठूलो राशीको ५ वटा पुरस्कार यस पटक देखि सदाको लागि बन्द गरेको कुरा होमनाथ सुवेदीलाई इमेल पठाई जानकारी गराएका हुन् । उनीहरुले पुरस्कार बन्द गरेपछि डा. उपेन्द्र महतो र जीवा लामिछानेले प्रदान गर्ने गरेको पुरस्कार पनि बन्द गरेको जानकारी गराएका छन् । हुँदा हुँदा आफ्नै साला गोपाल रेग्मीले पनि अनेसास मार्फत बाँडिने पुरस्कार बन्द गरेको जानकारी साथीभाइ लगायत अनेसासमा गराएका छन् ।
किन यस्तो भयो ?
    गत जुन महिनामा चुनावमा भएको धाँधली, कोषमा भएको भ्रष्टचार र मनोमानी ढंगले संस्था चलाई अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गरेको र जथाभावी आफ्ना आसेपासे र सुवेदी थरका                                          ( http://ramkosansar.blogspot.ca/2012/06/blog-post_03.html ) लागि खोजी खोजी पुरस्कार दिएको भन्दै उनीहरुले पुरस्कार बन्द गरेका हुन । निर्वाचनको सम्बन्धमा उठेका धाँधलीका कुरा, कोषमा भएको भ्रष्टचारका सम्बन्धमा बिओटीमा परेको उजुरीको सम्बोधन गर्न बारम्बार भन्दा पनि सुवेदी चुप बसेपछि समस्याले खतरनाक मोड लिन पुगेको हो । पुरस्कार समितिका अध्यक्ष सुमन तिम्सिनाले त पुरस्कार समितिको अध्यक्ष पद तथा अनेसासको सबै भन्दा पावरफूल निकाय बिओटीको उपाध्यक्ष पदबाटै राजिनामा दिएका छन् । स्थापना कालदेखिका अनेसासका मुख्य दाता डा. कार्की, शर्मा र तिम्सिना जसलाई अनेसासको मुख्य तीन खम्बा भनिन्छ उनीहरुले नै पुरस्कार बन्द गरेपछि होमनाथ सुवेदीको ओठमुख सुकेको छ । नेपालका केही लोभीपापी लेखकहरुलाई लोभ्याउँदै आफ्नो प्रचार प्रसार र फाइदाको ब्यापार गरिरहेका सुवेदीको धन्दा अबदेखि बन्द हुने भएको छ ।
अनेसासको पुरस्कार नबाँड्दै विवादित
     उता बन्द भैसकेपछि पनि हुँदै नभएको पुरस्कार दिलाईदिने भन्दै अनेसास(खत्री समूह)  उपाध्यक्ष राधेश्याम लेकाली नेपालका केही लेखकहरुलाई आश्वासन बाँडेको भन्ने कुरा सुवेदीको कानमा कसैले पारिदिएपछि सुवेदी लेकालीसँग रिशले आगो भएका छन् । उनले इमेल तथा फेसबुकमार्फत उक्त कुरा प्रति असन्तोष ब्यक्त गर्दै लेकालीले पुरस्कार दिने होइन भन्ने कुरा लेखिदिएपछि नेपालमा लेकालीले पुरस्कार दिलाएर अमेरिका जान पाइने सपना देखेकाहरु चित खाएका छन् । अझ मुख्य कुरा, अघिल्लो पटक अनेसासको पुरस्कार वितरण समारोह नेपालमा लेकालीको संयोजकत्वमा बाँडिएको थियो । त्यो कार्यक्रममा ठूलो रकम तत्कालिन कार्यसमितिका निष्काशित अध्यक्ष गदाल र लेकाली मिलेर चप्काई पुरस्कृत स्रष्टालाई अपमानित गर्ने गरि ‘झूर’ कार्यक्रम गरेको कुरा उतै बेला उठेको बेला चूप रहेका सुवेदीले सो इमेलमा यतिबेला आएर उक्त कार्यक्रम र लेकालीको विरोध गर्नुलाई अनेसास भित्रको झगडा र पैसाको भागबण्डा नमिलेको भनेर बुझ्नु पर्दछ  ।
खत्री साहित्यिक दूतबाट फिर्ता ?
कुनै लेखकिय हैसियत, शैक्षिक योग्यता र सांगठानिक क्षमता नभएकि खत्री समूहकी अध्यक्ष गीता खत्रीको पिपलपाते बानीबेहोराले नइलाई अप्ठ्यारोमा पर्ने भएको छ । नइले त्रिमूर्ति निकेतनको ब्यानरमा २०७० मा गर्ने विश्व नारी साहित्य सम्मेलनमा खत्रीलाई अमेरिकाको लागि साहित्यिक दूतमा मनोनित गरेपछि त्रिमूर्ति निकेतनलाई सहयोग गर्नुको साटो उनलाई नाम फिर्ता लिन लगाउन पूर्व निष्कासित अध्यक्ष ज्ञानेन्द्र गदाल र राधेश्याम लेकालीले अमेरिका भरि कुरा फैलाएका छन् । उनीहरुका अनुसार ‘त्रिमूर्ति निकेतन नेपालमा भएको एक स्थानिय संस्था हो । अनेसास संसार भर ८० देशमा फैलिएको अन्र्तराष्ट्रिय संस्था हो । जसका ७०० भन्दा बढी आजीवन सदस्यहरु संसारभर छन । यस्तो गरिमा बोकेको अन्तर्राष्ट्रिय संस्थाको अध्यक्ष जस्तो पदमा बसेको ब्यक्तिले एउटा सानो संस्थाको दूत बन्नु भनेको आफ्नो पदको महत्व नबुझ्नु र कसैको खेतला बनेर अनेसासको शाख गिराउनु हो’ भनेर अमेरिकामा दवाब र जनमत तयार पार्दैछन् । कुनै बेला खत्रीले साहित्यिक दूतबाट नाम फिर्ता लिए आश्चर्य नमाने हुन्छ ।

Tuesday, October 9, 2012

गीता खत्रीको शैक्षिक योग्यता नक्कली


अनेसास (खत्री समूह)का अध्यक्ष गीता खत्रीले निर्वाचन ताका बि. ए. पास भन्ने शैक्षिक योग्यता बायोडाटामा राखेकोमा त्यो झुट भएको कुरा निर्वाचनको समयमा उठेको थियो । उनलाई चिन्ने जान्ने र छिमेकीले भने अनुसार उनी कलेज जाँदै नगएको थाहा लागेको छ ।  उनको यो झुट नै अहिले उनको लागि हानी पुर्याई रहेको छ । कुनै साहित्यिक योगदान नभएकी र आठ कक्षा पास खत्रीलाई अनेसासको कुर्सीमा बसाएपछि अनेसास(खत्री समूह) ओरालो लागेको छ । उनको वास्तविक हैसियत थाहा पाएपछि अनेसास(खत्री समूह)मा मनोनित सदस्य र सल्लाहाकार हुन कोही पनि नमानेपछि होमनाथ सुवेदीलाई पर्नु पीर परेको छ । हुँदै नभएको शैक्षिक योग्यता देखाएर मतदातालाई ढाँटेपछि उनलाई कार्यवाही गर्नु पर्ने कुरा उठेको छ । तुरुन्त उनले बिए पास भनिएको शैक्षिक योग्यताको प्रमाणपत्रको कपी सबै आजीवन सदस्यहरुलाई नपठाए उनले आठ कक्षा मात्र पास गरेको प्रमाणित हुनेछ ।
सुवेदी एक्लिदै
उसो त अघिल्लो पटकको चुनाव र यसपटकको चुनावमा आफ्नै कारणले सुवेदी नांगिएका छन् । यसपटकको निर्वाचनमा सुवेदी र गदालको घटिया हर्कतका कारण अनेसास बदनाम भएर यसको नाम कसैले लिन चाहाँदैनन् । सुवेदीलाई त झन् उनलाई साथ दिने बिओटीका सदस्यहरु र आजीवन सदस्यहरुले सम्पर्कै गर्न छाडेका छन् । उनको इमेलको जवाफ पाउन छाडेपछि आजकाल नयाँ मानिससँग सम्पर्क बढाउन सुवेदी फेसबुकमा दिनहुँ आफ्नो इमेल आइडी स्टाटस्मा पोष्ट गरिरहन्छन् ।
गदालले नयाँ साहित्यिक संस्था खोल्ने
आफ्नो विवादास्पद कार्यकालमा भ्रष्टचारको आरोप लागेर निष्काशित अध्यक्ष ज्ञानेन्द्र गदालले नयाँ साहित्यिक संस्था खोल्न भनि एकदम थोरै नजीकका ब्यक्तिहरुमाझ सम्पर्क बढाएका छन् । आफ्नो कार्यकालमा विधान शंसोधन गरे पावरफूल भै दोस्रो पटक अध्यक्ष हुने दाउ कार्यसमितिले विधान फेल गरिदिएपछि रन्थनिएका गदालले  यस्तो कदम उठाएका हुन् । संस्था त्यो पनि अध्यक्ष नभै बाँच्नै नसक्ने विदेशका नेपालीहरुको यस्तो रोगले कालान्तारमा विदेशमा थुप्रै साहित्यिक संस्था जन्मने निश्चित छ ।

Sunday, September 16, 2012

अनेसासमा पहले आप....पहले आप....!, भ्रष्टहरुको कथा, खत्रीलाई कारवाही गरिने, NRN बाट अनेसास निकालियो ?

अनेसासको सदस्य नभएको र अनेसासमा नलागेको ब्यक्ति डायोस्पोरिक साहित्यकार हुनै सक्तैन भन्ने अनेसास नामको पैसा कमाउ संस्थाका भ्रष्ट संस्थापक होमनाथ सुवेदीलाई मैले नलेखेको, नबोलेको ब्यक्ति डायोस्पोरिक साहित्यकार हुनै सक्दैन भन्नेर हुँकार छाड्ने पैसा कमाउ समालोचक डा. गोविन्दराज भट्टराईले दह्रो झापड दिएका छन् । डा. भट्टराईको डिजाइनमा लन्डनका अनेसास निर्वाचन प्रक्रिया प्रति तिब्र असन्तुष्ट राख्ने अनेसासका आजिवन सदस्यहरुको जमातले नयाँ साहित्यिक संस्था जन्माएर संसार भरको अनेसासको सालनाल काटेर सात समुद्रमा फाल्न संसारभर च्याप्टर खोल्ने भएपछि होमनाथ सुवेदीको निद्रा हराएको छ । अर्ध निद्रा मै अत्तालिएर लन्डनेहरुको नयाँ संस्थालाई लाज शरम पचाएर बधाई दिएका सुवेदीले यो नयाँ संस्थाको जन्म अनेसास स्थापना भएर नै भएको, लन्डनमा अन्य साहित्यिक संस्था नै नभएको र अनेसासको उद्येश्य नै हरेक राष्ट्रमा त्यहीँको साहित्यिक संस्था सक्रिय हुनु पर्दछ भन्ने  आफ्नो गोजीको विधानको बुँदा लेखेर फेसबुकमा राखेपछि सबै छक्क परेका छन । अनेसास भन्दा धेरै वर्ष अघि स्थापना भएका थुप्रै साहित्यिक संस्थाहरु लन्डनमा हुँदा हुँदै यस्तो घटिया तर्क सुवेदीले राखेपछि एक जना लन्डने साहित्यकारले फेसबुकमै बिरोध गरेका थिए ।
भ्रष्टचारी गदाल र धाँधलीको नाइके भण्डारी बेपत्ता !
चुनावमा अर्काको नाममा मत खसाएर, नक्कली मतदाता तयार पारेर चुनावको नाटक सम्पन्न गर्न मरिमेटेर लागेका कथित निर्वाचन आयुक्त एच बी भण्डारी प्रभात कुनै साहित्यिक र सांगाठानिक नेतृत्व क्षमता नभएका विवादास्पद कम्जोर बालक रहेको कुरा  अनेसासका निष्कासित तत्कालिन भ्रष्ट अध्यक्ष ज्ञानेन्द्र गदालसँग मिलेर चुनावी नाटकको परिणाममा लालमोहर लगाएपछि कामीले मलाई फसायो भन्दै हिँड्नुले प्रमाणित गरेको छ । नेपालीहरुको जुलुसमा अघि लाग्नु भन्दा बाराक ओवामाको कोठे भेलामा पछि बसेर स्रोता हुनु ठिक भन्दै दुलो पसेका छन् । उता भ्रष्टचारको आरोपमा अनेसासको अध्यक्ष पदबाट निष्कासित गदाल लाज शरमका कारण दुलो पसेर पर्दा पछाडि सक्रिय रहेका छन् ।
अनेसासको नाम र लेटरप्याडको दुरुपयोग तर कसैले पत्याएनन् !
-अनेसासको लेटरप्याड प्रयोग गरि नेपालको छिन्नलता गीती पुरस्कार पाउँ भनि तत्कालिन अध्यक्ष ज्ञानेन्द्र गदालले भए भरको बल र मान्छे लगाउँदा पनि उनको नाम कसैले सुन्नै नचाहेपछि आफ्नो अनेसास र आफ्नो हविगत उतिखेर थाहा पाएका थिए ।
-मदन पुरस्कार गुठीको जगदम्बा पुरस्कार पाउन होमनाथ सुवेदीले अनेसास कै लेटर प्याडमा धेरै पटक शिफारिश पत्र लेख्न लगाए उनको नाम भन्दा बढी बदनाम नेपालमा चलेको थाहा पाउनेहरु लाजले भुतुक्क हुने गरेका छन् । त्यो पुरस्कार उनको सपना मात्र भै रहेको छ ।
-अनेसासका भूतपूर्व अध्यक्ष दुवसु क्षेत्रीले आफ्नी श्रीमती तत्कालिन अनेसासकी क्षेत्रीय उपाध्यक्ष(एशिया) पुनम क्षेत्रीलाई नेपाल पर्यटन वर्ष २०११ को बेला पर्यटन सदभावना राजदुत बनाउन अनेसासको लेटर प्याडमा लेखाएको चिट्ठिले काम नगरेको थाहा पाउँदा पाउँदै युवा वर्ष मोती पुरस्कार २०६९ को लागि फेरि अनेसासको लेटरप्याड प्रयोग गर्दा पनि केही लछारपाटो लगाउन नसक्दा अनेसास र स्वयं ब्यक्तिको इज्जत कहाँ पुग्यो होला ?
पहले आप...ना ना पहले आप....
अनेसास (प्रसाई समूह) र खत्री समूह पहले आप... भन्दै एक अर्कालाई पर्खि रहेका छन् । कतिखेर खत्री समूहले बाँकि रिक्त पद तथा सल्लाहाकारमा मनोनित गर्लान र त्यसलाई काउन्टर दिने गरि मनोनित गर्न प्रसाईं समूह पर्खि रहेको बुझिएको छ । अनेसास(प्रसाईं समूह) र अनेसास(खत्री समूह) दुइवटा संस्था को भन्दा को कम भन्दै चलिरहेका छन् ।
दुइवटा अनेसास भयो, के हुन्छ अब ???
-अब अनेसासको हरेक दुइवर्षमा हुने साहित्यिक सम्मेल प्रसाईं र खत्री समूहको बेग्ला बेग्लै हुनेछ त्यो पनि एउटै सहरमा केही दिनको अघिपछि पारेर ।
-अनेसासले बाँडने पुरस्कार प्रसाई समूह र खत्री समूहको बेग्ला बेग्लै हुनेछ । एउटै पुरस्कार बिजेता दुइ समूहबाट दुइ जना अलग अलग ब्यक्ति हुने छन् । पुरस्कारको रकम निकाशाका लागि कोष चलाई राखेका ससुरा ज्वाइ होमनाथ सुवेदी तथा बासु सत्याललाई निवेदन हाल्ने छन् । त्यसपछिको भद्रगोलको कल्पना यो लेख पढेपछि सुवेदीले गर्ने छन् ।
-संस्थाको मुखपत्र अन्र्तदृष्टि दुइवटा हुने छ । दुवै समूहले उही वर्ष र अंक राख्दै आफू आधिकारिक भएको कुरा अनि एक अर्कालाई कार्यवाही गरेको गाली गलौजले भरिपूर्ण  साहित्यिक पत्रिका अन्तर्दृष्टी प्रकाशित हुनेछ ।
-अनेसासको वेबसाईट पनि दुइवटा हुनेछ । त्यहाँ आआफ्नो समूहले गरेको कार्यक्रमको समाचार र फोटाहरु हुनेछन् । एक समूहले अर्को समूहलाई कार्यवाही गरेको, निष्काशन गरेको समाचार र प्रेश विज्ञप्ती पढ्न पाइने छ ।
-प्रसाईं समूह र खत्री समूहले भए भरको बल लगाएर नयाँ आजिवन सदस्य र ट्रष्टी बनाउने छन् । अनेसासको नाममा पैसा तिरेर सदस्य र ट्रष्टी भएकालाई एक समूहकाले अर्का समूहकालाई मान्यता दिने छैनन् ।
गीता खत्री लगायतकालाई कार्यवाही गरिने !
तत्कालिन कार्यसमितिले कोषको रकम १५हजार डलरको भ्रष्टचार गरेपछि तत्कालिन अध्यक्ष गदाल र महासचिव गीता खत्रीलाई कार्यसमितिबाट निष्काशन गरेको थियो । कार्यसमितिमा हिसाबै नबुझाई उक्त रकम चप्काउने खत्रीले आफ्नो कर्तुत ढाकछोप गर्न कमला प्रसाईंलाई कारवाही गरेको सुचना संस्थाको वेब पेज कब्जा जमाई त्यहाँ राखेपछि प्रसाई समूहले पनि गीता खत्री लगायतका संलग्नलाई कारवाही गर्ने र सो को समाचार प्रसाई समूहको वेव साइटमा राखिने भएको छ ।
एन आर एन बाट अनेसास निकालियो !?
एनआरएनको नाम जोडेर हरेक दुइ वर्षमा एनआरएनको निर्वाचनको बेला काठमाण्डौंमा गरिने साहित्यिक उत्सव(INLS-NRN Literary Festival) यस पटकदेखि अनेसासलाई हटाएर एनआरएनले एक्लै गर्ने भएको छ । अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन नाम दिइएको सो सम्मेलन सम्पन्न गर्न क्यानडाका साहित्यकार डा. गोविन्दसिंह रावतलाई संयोजक नियुक्त गरिएको छ । उनले तिव्ररुपमा कार्य गरिरहेको थाहा हुन आएको छ ।
किन हटाइयो अनेसास एनआरएनबाट ?
अनेसास एनआरएन साहित्यिक उत्सव(INLS-NRN Literary Festival)को नाममा गाइजात्रे कार्यक्रम  सन्  २००९ मा तत्कालिन संयोजक ज्ञानेन्द्र गदाल र होमनाथ सुवेदीले मिलेर १ हजार २ सय डलर चप्काएको कुरा एनआरएन बृत्तमा उतिखेरै चर्चामा थियो । एनआरएनको नाम बेचेर पैसा खाने, संस्था अत्यन्त विवादास्पद, बदनाम भएको र संस्थामा गैर साहित्यिक ब्यक्ति र भ्रष्टहरुको कब्जामा भएपछि एनआरएनले अनेसासलाई बाहिर निकालेको हो । उता जीवा लामिछानेले पनि आफ्ना बुबा आमाको नाममा खोलेको पुरस्कार अनेसाससँग मिलेर बाँडिरहेकोमा यसपटक देखि बन्द गरि अर्कै तरिकाले बाँड्ने भएका छन् ।

Saturday, August 18, 2012

होमनाथ सुवेदीले घर डढाएर खरानी तापे, लेकालीले राजिनामा दिने


 गीता खत्रीलाई नक्कली जीतको टिका लगाइ दिएर आफू कलंकको टिका लगाई बर्हिगमन भएका निष्कासित अध्यक्ष ज्ञानेन्द्र गदाल पनि खत्रीको चालामाला देखेर खुशी छैनन् । गत हप्ता न्यूयोर्क आएका उद्योगपति तथा कवि बसन्त चौधरीको अनेसास (खत्री समूह)ले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा गदाललाई खासै महत्व नदिएपछि कार्यक्रम पश्चात गदालले गुनासो गर्दै हिँडेका छन् । उता अमेरिकामा खुब ठूलो साहित्यिक कार्यक्रम गर्ने, आफू अभिनन्दन हुने र पुस्तक विमोचन हुने लोभमा चौधरीले अनेसासको ब्यानरमा क्रुज यात्रा कार्यक्रम गरेका थिए । उक्त कार्यक्र भब्य गर्नू, प्रचार प्रसार गर्नू भनेर नेपालबाट चौधरी गु्रपका कर्मचारी कवि राजेन्द्र शलभ र अनेसास खत्री समूहका लेकालीले जति बल गरे पनि कार्यक्रम त्यस्तो नभएपछि चौधरी बित्थामा पैसा खर्च गर्नु परेकोमा खुशी देखिएनन् । अझ अनेसास दुइवटा भएको, साहित्य जस्तो पवित्र संस्थामा भ्रष्टहरु नेतृत्वमा भएको, संस्थामा झगडा र मारामार भएको र बदनामी कमाएको कुरा चौधरीको कानमा न्यूयोर्क केही ब्यक्तिहरुले हालेपछि  १००० डलर तिरेर अनेसासको ट्रष्टि बन्ने सोचाई राखेका चौधरीले त्यसपछि अनेसासको नाम सुन्नै चाहेनन् । बरु न्यूयोर्ककै सिर्जनाका यात्रा नामक कार्यक्रममा चौधरीलाई बोलाएपछि अति राम्रो र स्तरिय कार्यक्रमको उनले मुक्त कण्ठले प्रशंशा गरे ।
लेकालीले राजिनामा दिने ?
अनेसासको चुनावमा नक्कली मतदाता बनाएर सक्कली मतदाताहरुलाई भोट हाल्न बन्चित गराई अध्यक्ष पदमा जर्बजस्ती आसिन गराएपछि तत्कालिन कार्यसमितिले बदर गरेको निर्वाचनको स्वघोषित अध्यक्ष गीता खत्रीको चुरीफुरी नबढेको देखेपछि राधेश्याम लेकालीलाई झोँक चलेको छ । कमला प्रसाईंले नेतृत्व गरेको अनेसास कार्यसमितिले लेकाली भिरेको पद पत्रकार तथा साहित्यकार अस्मिता भण्डारी जिम्मा लाएपछि उनलाई मर्नु न बाँच्नु भएको छ । कमलाको अनेसासलाई पूर्ण प्रतिबन्ध लगाउन र उनीहरुलाई कार्यवाही गर्न कार्यसमितिमा लेकालीले कुरा उठाए । बिओटी अध्यक्ष होमनाथ सुवेदीलाई पनि गुहारे । पछि कसैले पनि केही नगरेपछि लेकालीले यस्तो संस्थामा बस्दिन बरु राजिनामा दिन्छु भन्दै हिँडेपछि खत्रीलाई बडो अफ्ठ्यारो परेको छ ।
घर डढाएर खरानी ताप्दैछन् सुवेदी
    अनेसासमा अरुलाई भिडाएर आफू न्यायधिश हुन खोज्ने ट्रष्टी अध्यक्ष होमनाथ सुवेदीको कृयाकलाप देखेर अनेसासका सदस्यहरु रुष्ट छन् । एकै नामको दुइवटा संस्था अस्तित्वमा रहँदा पनि सस्थापक अध्यक्ष र ट्रष्टी अध्यक्षको नाताले केही पनि नगर्नुले उनको नियत माथि शंकाको दृष्टिले हेरिदै छ । भनिन्छ अनेसास नामकै संस्था खोल्नका लागि कमला प्रसाईंलाई भित्रीरुपमा मौन सम्मति दिएका थिए । यसो गर्नुको मुख्य उद्येश्य कथंकदाचित खत्री समूले विधान संशोधन गरि उनको पावर कटौति गर्ने प्रयास गरे प्रसाई समूहलाई अगाडि ल्याउने । प्रसाई समूह अस्तित्व रहुन्जेल खत्री समूहले हामी आधिकारिक हौं भनिदिनु पर्यो, कार्यक्रममा आइदिनु पर्यो भनेर सुवेदीको चाकडी गरी उनलाई खुशी पारिरहने  भएकोले खत्रीलाई तर्साउन सुवेदीले प्रसाई समूहलाई अस्तित्वमा राख्न चाहन्छन् । प्रसाई र खत्रीले जे गरे पनि अनेसास कै नाममा कार्यक्रम गर्ने भएकोले किन मैले बाठो भएर विरोध गर्नू भनेर सुवेदीले धेरै ठाउँमा भनेका पनि छन् । अनेसासमा झगडा भए पनि अनेसासकै राम्रोको लागि हो, मेरो अनेसासमा धेरै प्रजातन्त्र छ,अनेसासको यो त प्रजातान्त्रिक तरिका हो भनेर सुवदीले धेरैलाई भनेका छन्  । झगडा मिलाउनु साटो झगडा र विवादलाई प्रोत्साहन दिँदै हिँडेका सुवेदी घर डढाएर खरानी ताप्दै छन् ।
अनेसास डायोनोसर हुने !!!
उसो त अनेसासको सदस्य भए अमेरिका जान पाईने र पुरस्कार पाईने भन्ने नेपालमा रहेको भ्रम अघिल्लो पटकको चुनाव र यस पटकको चुनावपछिको ‘इमेल वार’बाट टुटेको छ । संस्थाको गुह्य कुरा सार्वजानिक हुनु, संस्था कै जिम्मेवार पदाधिकारीहरु होमनाथ, गदाल, गीता खत्री लगायतका भ्रष्ट ब्यक्तिहरुले कोषको रकम आफ्नो खल्तीमा हाल्नु, हरेक दुइ वर्षमा चुनाव नामको नाटक गर्नु र संस्था फुट्दै फुटाउँदै जानु, अनेसासको ब्यानर त्याग्दै अर्कै संस्था जन्मनुले अनेसास विस्तारै डायोनोसर जस्तै लोप भएर जाने खतरा देखिएको छ ।

Saturday, August 4, 2012

अनेसासका भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको कथा


अनेसास स्थापना गर्दा संस्थापकहरुले पछि होमनाथ सुवेदीले पैसा चप्काउलान भनेर कसैले सोचेको थिएन । म्याग्दीमा आफ्नै पौरखको ढिँडो खाएको सुवेदी बाहुनले अमेरिकामा आएर यसरी चन्दा बटुलेर  खालान र जात फाल्लान् भन्ने थाहा पाएको भए अनेसासमा चन्दा र सदस्यता शुल्कको नाममा कसैले पैसा बुझाउने थिएनन् ।
     साहित्यको नाममा पैसा उठाएर खान सजिलो होस भन्नाका लागि केही वर्षसम्म सुवेदीले अनेसासमा छोरी, छोरा, आफू र छोरी ज्वाई बाहेक अरुलाई मुख्य पद कोषमा ढिम्किन दिएनन् । र कोषमा हिसाब किताव कसैलाई नदेखाई वर्षौ पैसा हजम गरिरहे । अलिक पछि विदेशमा केही साहित्यिक ब्यक्तिको आगमन भएपछि उनिहरुले अनेसासमा प्रवेश चाहेपछि कोष लगायत अन्य मुख्य पद छाड्नु पर्यो । र उक्त पदमा आफ्ना हनुमान र पैसा उठाएर उनलाई बुझाउन सक्ने उनका एजेन्टहरु मात्र नियुक्त गर्दथे । उनलाई पैसा बुझाउन अस्विकार गर्नेहरुलाई अनेसासबाट झिकेर सिधै सडकमै पुर्यादिन्थे । त्यसैको परिणाम हो डा. मधु माधुर्य, भारती गौतम, शागर श्रेष्ठ, कृष्ण बजगाई, कमला प्रसाई, बासु श्रेष्ठ, गोविन्द गिरी प्रेरणा आदि जो अहिले उनको नीजी कम्पनी जस्तो अनेसासबाट बाहिरिएका छन् ।
     कोषको रकम भ्रष्टचार गरेपछि अध्यक्ष पदबाट निष्कासित तत्कालिन अध्यक्ष ज्ञानेन्द्र गदाल सुवेदीको लागि पैसा उठाउने ठूलो एजेन्ट थिए । २००६–०८ मा अन्तर्दृष्टिको प्रधान सम्पादक बनाइएका गदालले उक्त समयमा ५००० डलर रकम हिनामिना गरेका थिए । ०८–१० को कार्यकालका डा. कुमार बस्नेतको पालामा अघिल्लो कार्यकालको  अन्तर्दृष्टिको रकम भन्दै गदाल ८०० डलर भुक्तानी मागेका थिए । अर्को कार्यकालको पैसाको बारेमा कार्यसमितिमा छलफल हुँदा कसैले पनि उक्त रकम तिर्न नमिल्ने भनेपछि होमनाथ सुवेदीले सिधै बिओटीबाट उक्त रकम भुक्तानी दिलाए । त्यसको ठिक एक वर्षपछि काठमाण्डौंमा अनेसास एनआरएन सम्मेलनको लागि भनि सुवेदी कै करकापले गदाललाई संयोजक बनाईयो । जम्मा ४ घण्टाको साहित्यिक कार्यक्रमको १६०० डलर बजेट निकाशा गरियो । पछि पैसा पुगेन भनेपछि थप ६०० डलर थपियो र  २२०० डलर निकाशा दिइयो । कार्यक्रम सकिएपछि जम्मा ३२०० डलर खर्च भो भनेर थप रकम कार्यसमितिमा मागियो । कार्यसमितिले नेपाल जस्तो देशमा नाथे ४ घण्टाको साहित्यिक कार्यक्रम गर्न  तिनलाख नेपाली रुपैयाँ लाग्नै नसक्ने, अघिल्लो पटक आधा रकममा सोही स्तरको कार्यक्रम भएको, कार्यक्रमको खर्चको कुनै पनि बिल भरपाई नभएको र आफू खुशी खर्च देखाएको भनेर उक्त भुक्तानी दिन नमानेपछि होमनाथले फेरि पनि बिओटीबाट थप १००० डलर निकाशा दिलाए ।  यी दुबैपटक होमनाथ र गदालले पैसा आधा आधा बाँडेर खाएको कुरा तत्कालिन अध्यक्ष र बिओटीका केही सदस्यहरुले उतिखेरै भनेका थिए ।
    पैसा मिलाएर खुवाउन सिपालु साहित्यिक योगदान र ब्यक्तित्व नभएका गदाललाई पालो मिचेर सुवेदीले जालझेल गरि अध्यक्षको कुर्सीमा बसाएपछि गदालले आफ्नो असली चरित्र देखाउन थाले । सोही क्रममा सुवेदीलाई भागबण्डा नलगाई एक्लै पैसा चप्काउन बैंक खाता हस्तान्तरणको नाममा केही महिना लडाई गरेपछि हार खाएर सुवेदीले खाता हस्तान्तरण गरेपछि गदाललको मनोवल बढ्यो । विधान संशोधनको नाम गरि कार्यसमितिलाई अधिकार भन्दै ट्रष्टिको ठूलो रकम भएको खाता कार्यसमितिमा सारी सो रकम चप्काउन दुई वर्ष भरि लडाइ गरेपनि त्यसपटक भने गदालले हार खाए । तर ट्रष्टिको ठूलो रकम चप्काउन नसके पनि तत्कालिन महासचिव तथा कोष संचालन गरिरहेकी गीता खत्रीसँग मिलेर कोषबाट सिधै १५ हजार डलर झिकेर खत्री र गदालले हजम गरे । आजीवन सदस्यता बापतको रकम कोषमा बुझाइएन । सो को हिसाव किताव र बैंक स्टेटमेन्ट कार्यसमितिले माग्दा पनि हिसाब नबुझाई सबैलाई निर्वाचनको झमेला र झगडामा फसाई सजिलै अरुको ध्यान त्यता मोडेर आफूले उक्त रकम पचाउन सफल भए । खत्री र उनको समूहलाई चुनावमा जिताउन, आजिजन सदस्य बनाउने, प्रचार प्रसार गर्ने भनेर मात्र कोषको ५ हजार डलर रकम हिनामिना गरिएको थियो ।
   द्रब्यपिशाच गदालले गतसाल भएको लन्डन सम्मेलनको नाममा मान्छे भित्र्याउने र सो को लागि नेपालमा एजेन्टको रुपमा राधेश्याम लेकालीलाई नियुक्त गर्न संयोजक राईलाई मनाए पनि पैसा चाही गदाल, गीता खत्री र लेकाली मात्र चप्काउने भएपछि भाँडिएको सम्मेलन पछि गदाल र लेकालीले बक्तब्य निकालेर अनेसासको लन्डन सम्मेलन बहिष्कार गरेका थिए । गदालले अनेसासको ब्यानरमा कोलोराडोको अध्यक्ष हुँदा पटक पटक नेपालबाटबाट आएका कलाकार बोलाएर कार्यक्रम गरेर हजारौं डलर रकम उठाएर सबै पैसा पचाएका थिए । उनी केन्द्रीय अध्यक्षमा जितेपछि नौ वर्षपछि कोलोराडोको अध्यक्ष पद छाड्दा बैंक खाता समेत नभएको रित्तो कोष मात्र बुझाएका थिए । गदालले कार्यक्रमको नाममा अनेसासको ब्यानर र लेटरप्याड दुरुपयोग गरि नेपालबाट अमेरिका मानिस भित्र्याएको हिसाब कितावको त लेखाजोखा नै छैन ।

Thursday, August 2, 2012

होमनाथ सुवेदीलाई घोक्रेठ्याक लगार्इने ! भ्रष्टचारी गदाल र खत्रीलाई कठघरामा उभ्याइने


अनेसासमा पहिलेदेखि नै भ्रष्टचार गर्दै संस्थालाई पारिवारिक रुपमा नीजी कम्पनी सरह चलाउँदै आएका होमनाथ सुवेदीले संस्थामा हरेक कार्य मनोमानीपूर्ण गरी विवाद निम्त्याएपछि गत जुनमा भएको विवादित निर्वाचन पछि उनलाई अनेसासको बोर्ड अफ ट्रष्टीबाट घोक्रेठ्याक लगाएर निकालिने भएको छ ।   अनेसासको हित चाहाने केही आजीवन सदस्यहरु, सिमित ट्रष्टी सदस्यहरुको पहलमा सुवेदीको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी  बोर्ड अफ ट्रष्टीको अध्यक्षबाट हटाउन लागिएको छ ।  तर केही सदस्यहरुले यस्तो कार्य गर्नु हुन्न भनेर फरक मत राखेका थिए । सुवेदी कै कारण अनेसास विभाजित भएको र यस्तो अवस्थामा बोर्ड अफ ट्रष्टीले कुनै बैठक नराखेको र विभाजनको र सम्भाब्य एकताको बारेमा केही नबोलेकोले आफूले रगत, पसिना, श्रम,समय र पैसा बगाएको अनेसासको बर्वादी टुलुटुलु हेरेर बस्नु भन्दा अनेसास जोगाउन उपयुक्त लागेको र यसका लागि होमनाथ सुवेदीलाई घोक्रेठ्याक नलगाई अनेसासको बर्वादी नरोकिने भएकोले यस्तो गम्भीर कदम चाल्न बाध्य हुनलागेको कुरा छलफलमा चलेको थियो । सोही अनुसार अगष्टको दोस्रो सातासम्ममा सुवेदीलाई ट्रष्टी अध्यक्षबाट घोक्रेठ्याक लगाइने भएको छ ।
      उता चुनावमा धाँधली गरेर पराजित गराइएपछि  केही दिन इमेलमा आगो भएर सेलाएका कृष्ण बजगाईं र अध्यक्ष पद पाएर कमला प्रसाई चुपचाप लागेपछि गदाल, होमनाथ र खत्रीको मनोवल उच्च भएको छ । कमलाले अध्यक्ष पद पाएर मख्ख परि हालिन बजगाई आफै पाखा लागे भन्दै भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको मनोवल र चलखेल बढेको थाहा पाएपछि कमला प्रसाईंको श्रीमान विशाल शाहको पारो तातेको छ । यही महिना भित्रै उनीहरुको चुनावको धाँधली र भ्रष्टचारका विरुद्ध अदालतमा जाने कुरा आफ्ना निकटलाई बताएका छन् । स्मरण रहोस तत्कालीन अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव गीता खत्रीले करिव पन्ध्रहजार डलर भ्रष्टचार गरेको भन्दै तत्कालीन कार्यसमितिका बहुमत सदस्यहरुले उनीहरुलाई अध्यक्ष र महासचिव पदबाट निष्कासित गरेका थिए ।
बोष्टनमा अनेसास छाडियो !
बोष्टनका वरिष्ठ साहित्यकार शिवप्रकाश र गोबद्र्धन पूजाको सक्रियतामा बोष्टन साहित्य समाज बनेको छ । गत जुन महिनाको धाँधली युक्त निर्वाचन, संस्थामा गैर साहित्यकारहरुको हालमुहाली, अनेसासको कोषमा हुने गरेको भ्रष्टचार र ठूला पदमा भ्रष्टचारीहरु आसिन हुन थालेपछि अब संसारभर अनेसासको पुच्छर हुन छाडेर क्रमशः स्थानिय स्तरमा साहित्यिक संघ संस्था गठन हुन थालेको छ ।