Saturday, July 28, 2012

अनेसासको पतन सुरू भयो ! च्याप्टरहरुले नाम फेरे


पूर्व अनुमान अनुसार अनेसासको विभाजन भैसकेको छ । अब अनेसासको पतनको दिन सुरु भएको छ ।  अनेसासमा अरुलाई लडाएर, भिडाएर आफू न्यायधिश बन्न खोज्ने  होमनाथ सुवेदी, अनेसासको कोषको रकम चप्काउने भ्रष्टचारीहरु ज्ञानेन्द्र गदाल र गीता खत्रीको कारणले अनेसास प्रतिको बितृष्णा बढेर अब संस्था नै धरासायी भएको छ ।  जसको प्रमाण पनि हो अनेसासको च्याप्टरहरुले हरेक वर्ष स्वस्फूर्त रुपमा मनाउने भानुजयन्ती यसपटक धेरै च्याप्टहरुले मनाएन ।  
    कमला प्रसाईंले नेतृत्व गरेको अनेसास र गीता खत्रीले नेतृत्व गरेको दुइवटा अनेसास अस्तित्वमा छ । दुवैले आफूलाई आधिकारिक भएको दावी गरिरहेका छन् । दुवैको अस्त्विलाई अस्विकार गर्ने कसैको पनि हिम्मत छैन । यहाँ सम्मकी निर्वाचित कार्यसमितिलाई विघटन गराउन सक्ने सुपर पावर भएको अनेसासको बोर्ड अफ ट्रष्टी र आफूमा अनेसासको सबै पावर भएको ठान्ने( संहारकर्ता, सम्भारकर्ता) र कार्यसमितिका पदाधिकारी र आजीवन सदस्यहरुलाई आफ्नो खेताला भन्ने होमनाथ सुवेदीले पनि केही गर्न सक्ने स्थिति छैन । यही परिस्थितिका बाबजुद च्याप्टरहरु विभाजित भएर प्रसाईं र खत्रीका पक्षमा लागेका छन् । त्यस मध्ये धेरै जसो च्याप्टरको समर्थन प्रसाईंलाई रहेको बुझिएको छ । केही च्याप्टरहरु कसैको पक्षमा नलागि पर्ख अनि हेर भन्ने निति लिएर निष्क्रिय भएका छन् । अमेरिकाका केही च्याप्टरहरुले प्रसाई र खत्री कसैको पक्षमा नलागी च्याप्टर शब्द हटाएर अनेसास र स्थानको नाम मात्र लेख्ने भन्ने निर्णय पनि गरेका छन् । उता अनेसासको झगडा, अनेसासमा असाहित्यिक ब्यक्तिहरुको हावी, यसको गलत निती र अनेसासको कोषमा भएको भ्रष्टचार जस्ता कारणले अनेसास बेलायत च्याप्टरले अनेसासलाई त्यागी अर्कै नाममा अगष्टको पहिलो साता भित्रमा नयाँ संस्था घोषणा गर्ने भएको छ । यस्तो गर्नेमा अष्ट्रेलिया च्याप्टर, क्यानडा च्याप्टर र अमेरिकाका दुइवटा च्याप्टरहरु रहेको थाहा लागेको छ ।
अनेसासमा ब्यापार नहुने भो !
   अनेसासलाई पहिलेदेखि नै कमाई खाने भाँडो बनाउँदै आएका होमनाथ सुवेदी, आफ्नो कार्यकालमा भ्रष्टचार गरेर पैसा खान पल्किएका गीता खत्री र गदालको ब्यापार बन्द हुने भएको छ । अदृष्यरुपमा पैसा कमाउन राधेश्याम लेकालीलाई कार्यसमितिमा भित्र्याई नेपालको एजेन्ट रुपमा ल्याएको योजना प्रसाईले लेकालीलाई टक्कर दिन साहित्यकार तथा पत्रकार अस्मिता भण्डारीलाई लेकालीले पाएको वरिष्ठ उपाध्यक्ष पद जिम्मा लगाएपछि सबैको निँद हराम भएको छ । योजना अनुसार अमेरिकाबाट सबै आवश्यक कागजात र प्रक्रिया गदाल र खत्रीले मिलाउने, नेपालबाट अमेरिका पैसा तिरेर जाने मानिस खोज्ने कामको लागि नेपालको एजेन्टको रुपमा लेकालीलाई ल्याइएको थियो ।  आफू भन्दा सशक्त भण्डारी सोही पदमा आएपछि उनीहरुको उक्त धन्दा नचल्ने भएको छ । आजकाल लेकालीले दिनरात अस्मिता भण्डारीलाई सो पद मलाई नै छाडीदिनु पर्यो, तपाई जस्तोले विवादमा आउनु हुँदैन , बरु म जे पनि सहयोग गर्दछु भनेर फकाइरहेका छन् ।
अनेसासमा संगठक हराए ?
अनेसास हुने गरेको गलत क्रियाकलाप, निर्वाचनमा होमनाथ सुवेदीको अनावश्यक हस्तक्षेप र निर्वाचनको नाममा हुने अस्वस्थ चलखेलका कारण राम्रा संगठक तथा लेखन र नाम भएका ब्यक्तिहरुलाई मानमर्दन गरेपछि अनेसास छाडेका छन् । अध्यक्ष पदमा हराइएपछि नून खाएको कुखुरा जस्तो भएर बेपत्ता भएका कृष्ण बजगाई, घरका र साथी भाइले  संगठनमा लागेको मन पराएनन्, अब संगठन गर्दिन लेखनमा ध्यान दिन्छु भन्दै हिँडेका छन् । थाहा भए अनुसार उनकी कथाकार श्रीमतीले 'अब संगठन होइन लेखन र घरपरिवारमा ध्यान दिनू' भनेर उनको झाँको झारेपछि  संगठनमा निष्कृय भएका हुन् । त्यस्तै शेखर ढुंगेल, गोपीकृष्ण काफ्ले, भारती गौतम, दीपक भेटवाल, मधु माधुर्य, खेमनाथ पौडेल, शागर श्रेष्ठ, डा. हरिराज भट्टराई जस्ता इमान्दार संगठक अनेसासले सदाका लागि गुमाएको छ ।

Tuesday, July 17, 2012

होमनाथ सुवेदीले अर्कै अनेसास खोल्ने, अनेसास तीन वटा हुने भो ! कामीलाई भित्र्याउँदा अनेसास बिटुल्यो


-बलराम डी सी
अनेसास फुटेर अब तीनवटा हुने भएको छ  । होमनाथ सुवेदीको योजना अनुसार अर्को अनेसास खोल्न कमला प्रसाईं र कृष्ण बजगाईंलाई सुवेदीले उकासेपछि कमलाले विधान अनुसार अनेसास खोलेर आधिकारिकता प्राप्त गरेकि छिन् । तत्कालिन कार्यसमितिले ज्ञानेन्द्र गदाल र गीता खत्रीलाई कोषको रकम हिनामिना गरी भ्रष्टचार गरेको र निर्वाचनको नाममा अनियमितता गरेकोमा निष्कासित गरिसकेको थियो । सोही समितिले निर्वाचनलाई बदर गरेको थियो । तर  गीता खत्री समूहले सोही निर्वाचनमा आफ्नो समूह निर्वाचित भएको भन्दै गत १४ जुलाईमा सपथ खाएको र साधारण शभा फ्लोरिडामा गरेको भन्दै फेसबुकमा प्रचार गरेपछि अनेसासका आधिकारिक अध्यक्ष कमला प्रसाईं आक्रोशित भएकि छिन् । वर्तमान विधान अनुसार अनेसासको साधारण शभा डी सी मा मात्र हुन सक्ने स्पष्ट लेखिएको छ ।

किन खोल्दैछन् होमनाथले अर्को अनेसास ?
बिओटीको खातामा रहेको ५०,००० डलर भन्दा बढी बैकमा रहेको रकम गदाल अध्यक्ष हुने कार्यसमितिमा हस्तान्तरण गर्नु पर्दछ भनेर रँडाको निकालेका थिए । उक्त रकममा आँखा लगाई गदालले चप्काउन खोजेपछि सशंकित बनेका थिए होमनाथ सुवेदी । तर पछि विधान संशोधन गरेर सोही रकम हडपेर गदालले हजम गर्ने दाउ गरेपछि सुवेदीले गत डिसेम्बरमा आफूले अर्को अनेसास खोल्न सक्ने कुरालाई इशारा गर्दै कार्यसमिति र बिओटीलाई इमेल लेखेका थिए– ‘अर्को अनेसास खुल्न सक्छ । यहाँ नअटाउनेले अर्कै अनेसास खोले हुन्छ ।’ यस्तै अभिब्यक्ति गत जुन महिनामा भएको निर्वाचनमा भएको धाँधली र गदाल र गीता खत्रीलाई कार्यसमितिले निष्कासित गरेपछि धमिलो पानीमा माछा मार्दै सुवेदीले ४ जुलाईमा बिओटी र निवर्तमान कार्यसमितिलाई इमलेमा लेखेका थिए– ‘बोर्ड अफ ट्रष्टी अनेसास कार्यसमितिबाट अलग हुनसक्छ । यो अर्कै स्वतन्त्र संस्था हुन सक्छ ।’ स्मरण रहोस् ट्रष्टीको रकम कसैले चप्काउन नपाओस् मौका परे आफैं चप्काउन त्यसको कोषाध्यक्ष आफ्नै छोरीज्वाई बासु सत्याललाई बनाएका छन् । ज्वाई ससुराको हस्ताक्षरले मात्र बैकमा रहेको सो रकम निस्कन सक्छ । होमनाथ  सुवेदीको नीजी नाममा अमेरिकी कानून अनुसार नाफा रहित संस्थाको रुपमा अनेसास दर्ता भएको छ । यदि अनेसासको रकम होमनाथले एक्लै चप्काए पनि उनलाई कुनै कानूनले नछुने कुरा अनेसासका धेरैलाई थाहा छैन । त्यसैले साहित्यिक गतिविधी भन्दा पनि आजीवन सदस्य बनाऔ, ट्रष्टी बढाऔ भनेर मात्र सुवेदीले जोड दिनुको कारण अनेसासको नाममा उनको नीजी ढुकटीमा पैसा थुपार्नु हो ।

निष्कासित अध्यक्ष गदालको आँखा अब बोर्ड अफ ट्रष्टिको अध्यक्ष हुने दाउमा छ । आफूलाई बजगाईंले निष्कासित गरेको फमुर्ला प्रयोग गरी सुवेदीलाई विभिन्न आरोप लगाएर सुवेदीलाई अध्यक्षबाट हटाइ आफू ट्रष्टि अध्यक्ष हुन कुराकानी बढाएको र समर्थनको लागि सहयोग मागेको कुरा ट्रष्टिका एक सदस्यले चुहाए पछि  गदाललको अर्को षड्यन्त्र बाहिर आएको हो । अनेसास दुइवटा भयो झगडामा लाग्नु भन्दा अर्कै खोल्नु पर्दछ भनेर केही ट्रष्टी सदस्यहरुलाई मनाउन सुवेदी  लागेका छन् । दोष जति गदाल, बजगाई, खत्री र प्रसाईंलार्इ दिएर आफू पानी माथिको ओभानो बन्ने प्रयास सुवेदीले गरिरहेका छन् ।

कामीलाई भित्र्याउँदा अनेसास बिटुल्यो
कुनै साहित्यिक उचाई नभएका ज्ञानेन्द्र गदाललाई होमनाथको चाकडी गरेकै भरमा अध्यक्ष सम्म बनाए पछि सुवेदी अहिले पछुताउँदै आफ्ना नजिकलाई भन्न थालेका छन् –‘कामीलाई भित्र्याएर मेरो अनेसास बिटुल्यो ।’ हुन पनि हो, मोहन सिटौंला अध्यक्ष हुने बेलामा अध्यक्ष बन्न सुवेदीले गदाललाई उकासे पनि पछि सिटौलाले उनलाई अन्तर्दृष्टिको प्रधान सम्पादक बनाउने भनेर मनाए । गदालले निकालेको अन्तर्दृष्टिमा भएको भाषिक अशुद्धता र रचना छनौटको स्तर देखेका राम्रा साहित्यकारहरुले जति माग्दा पनि कहिल्यै रचना छपाउन अन्तर्दृष्टिमा दिएनन् । हो गदालद्धारा सम्पादित अन्तर्दृष्टि पत्रिका उतिबेलै झापामा जलाइयो ।  अनेसासलाई ठूलो कलंक लाग्यो ।

पछि गदाल अध्यक्ष बन्ने बेला सन् २०१० मा उनकै हठ र अहंमका कारण अनेसासका राम्रा साहित्यकारहरुले अर्कै अन्तर्राष्ट्रिय संस्था खोले । अध्यक्ष भएपछि गदालले कार्यसमितिमा आफैले नियुक्त गरेको संयोजकको विरोध गर्दै अनेसासकै साहित्यिक लन्डन सम्मेलन बहिष्कार गरे । विधान संशोधनको नाममा संस्था झण्डै विघटनको संघारमा पुर्याए । आफ्नै संस्थाको विरुद्धमा पत्रपत्रिकामा अन्तर्वार्ता दिँदै हिँडे । निर्वाचनको समयमा मतदाता नामावलीमा धाँधली, आजीवन सदस्ता शुल्कको रकम खातामा नराखि खाएको र संस्थाको पैसा झिकी हजम गरे पछि कार्यसमितिले उनलाई निष्कासित गरेको थियो । उनले गराएको निर्वाचनलाई खारेज गरिदिएको थियो । अनि अनेसास पुर्नगठन गरेको थियो । तर फ्लोरिडमा गएर विधान विपरित गैर कानुनिरुपमा साधारण शभाको नाम दिँदै अर्कै अनेसास खोलेर आए । गदालकै कारणले अनेसास दुइपटक फुट्यो । अहिले दुइवटा अनेसास अस्तित्वमा देखा परे पनि निकट भविष्यमै होमनाथको अर्कै अनेसास खुल्ने र सो को लागि होमनाथले केही ट्रष्टीहरु सँग कुरा बढाएका थाहा भएको छ ।

कार्की, रोहिणी र तिमल्सिनाले अनेसासको पुरस्कार झिक्ने
अनेसासका सम्मानित ब्यक्तित्व तथा आर्थिक चन्दादाता डा. श्याम कार्की, रोहिणी शर्मा र सुमन तिमल्सिनाले अनेसासको नाममा लामो समयदेखि चलाई राखेको पुरस्कार यसपटकदेखि बन्द गर्ने भएका छन् । होमनाथको ब्यक्तिवादी प्रवृत्ति, गदालको झगडा र अनेसासको फुटका कारण पुरस्कार झिक्न लागेका हुन ।

Tuesday, July 3, 2012

अनेसासका अध्यक्ष गदाल र महासचिव खत्री निष्कासित


अनेसासमा हुने गरेको अनियमितता र भ्रष्टचार कार्यसमितिबाट बाहिर पत्रपत्रिकामा आएपछि अनेसासको साख गिरेको छ । संस्थाका आजिवन सदस्यहरु र कार्यसमिति भित्रैबाट यसको छानविन गरि दोषीलाई कार्यवाही गर्ने चर्को दवाव आएपछि ३० जुनमा बसेको कार्यसमितिको आकस्मिक बैठकका बहुमत सदस्यहरुले मुख्य दोषी अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव गीता खत्रीलाई विधान अनुसार कार्यवाहीस्वरुप कार्यसमितिबाट निष्कासन गरिएको कुरा अनेसासका वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईंले एक प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
          संस्थाको पैसा हिनामिना गरेकोमा हिसाब किताब देखाउन पटक पटक अनुरोध गर्दा पनि नदेखाएको, आजीवन सदस्य बनाउने नाममा सदस्य शुल्क बापतको रकम ७ हजार डलर संस्थाको कोषमा जम्मा नगरेको, पटक पटक गरी संस्थाको कोषबाट ७४३५ डलर गदाल र खत्री मिलेर निकालेको आरोप लगाइएको छ । निर्वाचनको क्रममा सदस्यता शुल्क नतिरेका गैर सदस्यहरु मतदाता बनाइएको, विधान अनुसार निर्वाचनका लागि कार्यसमितिले पारित गरेको नामावली मात्र मतदाता हुने सक्नेमा कार्यसमितिलाई थाहै नदिइ आफू खुशी नाम थपी निर्वाचनलाई प्रभावित पार्ने काम  गरेको कुरा बताइएको छ ।
            यसैबीच संस्थाको विधान अनुसार वासिङटन डी सीमा गर्नु पर्ने वार्षिक  साधारण शभा र भानुजयन्ती कार्यक्रम सम्पन्न गर्न साहित्यकार कमला प्रसाईंको संयोजकत्वमा एक समिति गठन गरिएको छ । निर्वाचनमा भएको अनियमितता र कोषमा भएको भ्रष्टचारको छानविन गर्न अर्को छानविन समिति गठन गरिने कुरा उक्त प्रेस बक्तब्यमा जनाइएको छ ।