Sunday, June 3, 2012

होमनाथ सुवेदीको ‘सुवेदी’ प्रेम

बलराम डीसी
 अनेसास नामको संस्थाले नेपाली भाषा साहित्य, संस्कृतिको सेवा गर्ला भनेर नेपालीहरुले गच्छे अनुसार आजिवन सदस्य बनेर, प्रायोजन गरेर, आफ्नो पैसा खर्च गरेर र अनेसासको नाममा पुरस्कार राखिदिएपछि चम्केको संस्थालाई होमनाथ सुवेदीले आफ्नो निजी कम्पनीको रुपमा चलाइरहेका छन् ।
       आफ्नो पारिवारिक नीजी कम्पनी बनाउन लागेका संस्थामा उनको छोरा, छोरी, ज्वाई, सम्धीले खासै चासो नदेखाएपछि सके आफ्ना वंश, थर, गोत्रको र नसके आफ्ना हनुमानहरुलाई स्थापित गराएर रजाईं गर्दै आएका छन् ।
     घुमुवा जागिरे दुवसु क्षेत्री अर्थात दुर्गा बहादुर सुवेदी क्षेत्रीलाई केन्द्रिय अध्यक्ष बनाएर सुरु भएको आफ्नो सुवेदी थरलाई अनेसासमा स्थापित गराउने परम्परा आजसम्म कायम राखेका छन् । कहिले नाम नसुनेका दुवसुका सहोदर भाइ भरत भारद्धज उर्फ भरत सुवेदीलाई  २०० डलरको पुरस्कार दिएर सुरु गरिएको सुवेदी उत्थान कार्य आजका मितिसम्म जारी छ । त्यसपछि ४ वर्ष अघि युवराज नयाँघरे उर्फ युवराज सुवेदीलाई पुरस्कार लिन अमेरिका बोलाए । अर्कोपटक डा. देवीप्रसाद सुवेदीलाई १५०० डलरको पुरस्कार दिलाए । गतसाल मात्र ५०० डलरको  पुरस्कार नेत्र एटम उर्फ नेत्र सुवेदीलाई र  दुइसय डलरको अर्को पुरस्कार उमा  सुवेदीलाई दिलाए ।
   वर्तमान कार्यसमितिका कृष्ण सुवेदी उर्फ कृसु क्षेत्री(दुवसुका सहोदर भाइ) र पुनम क्षेत्री उर्फ पुनम सुवेदी(दुवसुको श्रीमती) लाई निर्विरोध निर्वाचित गराए । तर सो समयमा अन्य पदमा निर्वाचन भएको थियो । यसपटक पनि विद्याराज सुवेदी र  कृष्ण सुवेदी उर्फ कृसु क्षेत्रीलाई उनकै जोडले उम्मेदवार बन्न लगाए । गतसाल जस्तै उनीहरुलाई निर्विरोध गराउन अनेक प्रपंच,षड्यन्त्र गर्दा र अन्यलाई लोभ लालच दिँदा पनि सफल हुन नसकेपछि उनीहरुलाई र उनको समूहलाई जिताउन खुल्लारुपमा लागेका छन् । जुन समूले जिते पनि दुर्गा बहादुर सुवेदी क्षेत्री (दुवसु)लाई सल्लाहाकार बनाउनु पर्दछ भनेर अहिले देखिनै भन्दै आएका छन् ।
    हरेक पटक निर्वाचन समिति बनाउँदा आफ्नो छोरा तथा सालोलाई समितिमा राख्ने होमनाथले यसपटक पनि राख्ने प्रयास गर्दा गदालले मरि गए मानेन् । त्यसपछि कहिल्यै नाम नसुनेकी र अघिल्लो पटक पुरस्कार दिइएकी सुवेदी थरकि उमालाई निर्वाचन समितिमा राख्न लगाए । त्यसपछि होमनाथ खुशी भए ।
     संस्थालाई जहिले पनि पारिवारिक गुठी जस्तो बनाउने, नियम कानुन धोती लगाएर मनमौजी गर्ने र संस्थामा विवादको बिउ रोपेर त्यसमा रमाउने, एकापसमा लडाइदिने भिडाइदिने काम गर्ने मनोरागी होमनाथ सुवेदीका कारण संस्थाका प्रायोजकहरु रुष्ट भएका छन् । सबै भन्दा पुराना र उनका अभिन्न सहयोगी तथा पुरस्कारका प्रायोजक डा. श्याम कार्की र सुमन तिम्सिनाले अर्को पटक देखि उनीहरुको पुरस्कार अनेसासबाट झिकेर बन्द गर्ने भएका छन् । सोही मेसोमा अनेसासबाट पुरस्कार बन्द गराउनेमा अर्का पुरस्कार प्रायोजक वरिष्ठ साहित्यकार गोबिन्द गिरी प्रेरणा पनि रहेका छन् । उनीहरुले सो पुरस्कार आफै बाँड्ने, उत्तर अमेरिकी साहित्य प्रतिष्ठान वा नयाँ खुल्ने अर्को अन्तर्राष्ट्रिय साहित्य संस्थाबाट प्रदान गर्ने योजनामा रहेका छन् ।
 किन रुष्ट भए सुवेदीसँग ?
संस्थामा सबै नियम कानुन मिचेर एकलौटी हाली मुहाली गर्ने, निर्वाचित कार्यसमिति भन्दा पावरफूल भएर एकाधिकार कायम गर्ने उनको कार्य कसैलाई मनपरेको थिएन । संस्थामा राम्रा र नेतृत्व क्षमता भएका कुनै पनि ब्यक्तिलाई माथि उक्लन नदिई आफ्ना आसेपासे र हनुमानहरुलाई नेतृत्वमा स्थापित गराएर रबर स्टाम्प बनाएर राख्ने उनको क्रियाकलापको सबैले विरोध गरेका हुन ।
    साहित्यकार, विद्धान प्राध्यापक मोहन सिटौला अध्यक्षमा उठेको बेला अर्कै एक जना उनको विरुद्धमा उठाएर उनको हुर्मत लिने काम गरे । महासचिव तथा दुइपटक उपाध्यक्ष भैसकेका विद्धान साहित्यकार डा. मधु माधुर्यको अध्यक्ष हुने पालोमा असाहित्यिक ब्यक्ति कुमार बस्नेतलाई पालो मिचि जर्बजस्ती अध्यक्ष बनाए । अर्को पटक त पालो आउला नि भनेर कुरी बसेका माधुर्यको विरुद्ध गत निर्वाचनमा धेरै जुनियर तथा कार्यक्षमता न्यून भएका कमला प्रसाईं र ज्ञानेन्द्र गदाललाई उठाएर मधु माधुर्यलाई तर्साए । उता उपाध्यक्ष भैसकेकि साहित्यकार भारती गौतम पनि आफ्नो पालो आएको  र अध्यक्ष बनौला भनेर पर्खिरहेको अवस्थामा होमनाथको यस्तो षड्यन्त्र देखेपछि उम्मेद्वारी दिने हिम्मत गरिनन् । उता मधु माधुर्य होमनाथको षड्यन्त्रसँग लड्नु भन्दा चुनावी मैदान छाडेर विश्व साहित्य महासंघ नामक अर्कै संस्था खोल्न पुगे । यसपटकको निर्वाचनमा केन्द्रीय महासचिव भैसकेका बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाई आफू अध्यक्षको एकमात्र निर्विकल्पित उम्मेद्वार ठानेर अध्यक्ष हुने सपना देखिरहेका थिए । तर गत निर्वाचनमा अध्यक्षमा पराजित कमलालाई अध्यक्षमा उठ्ने उनै होमनाथले उक्साए । बरिष्ठ उपाध्यक्ष पदमा बस्न बजगाईंसँग सम्झौता गरिसकेकि गीता खत्रीलाई अध्यक्षमा  होमनाथले नै उठ्न दवाब दिए । गीता खत्रीले नै धेरै ठाउँमा भनेकि थिइन् म मेरा दाई होमनाथले भने मात्र बस्छु अरुले भनेर हुँदैन ।
अनेसासमा जो जो चम्के पनि अर्को पटकको अध्यक्षमा विद्याराज सुवेदी , कृष्ण सुवेद उर्फ कृसु क्षेत्री वा पुनम सुवेदी उर्फ पुनम क्षेत्री मध्ये एक सुवेदी अध्यक्ष हुने कुरा अहिले नै निर्णय भएको छ । सोही अनुसार गीता खत्रीलाई जिताउन सुवेदी बन्धुहरु होमनाथ सुवेदीको निर्देशनमा लागेका छन् ।
किन यसो गर्छन होमनाथ ?
    होमनाथ आफैमा त्यस्तो गुणस्तरिय क्षमता भएका हैनन् । राम्रा र नेतृत्व क्षमता भएका मानिस अध्यक्षमा आए भने उनी ओझेलमा पर्दछन् । डायोस्पोराको नाम भँजाएर नेपाल र विदेशमा फाईदा लिइरहेका होमनाथ आफू भन्दा खत्तम र नाम नसुनिएका ब्यक्ति अध्यक्षमा ल्याएर आफ्नो नाम प्रचार गर्न चाहन्छन् । नेपाल तिर र बाहिर पनि धेरैलाई भ्रम छ अनेसासको अध्यक्ष भनेको होमनाथ सुवेदी हुन । अनेसासले बाँड्ने पुरस्कार पाउन उनै होम नाथ कै चाकडी गर्दछन साहित्यकारहरु । जबकि सबै पुरस्कार अरुले नै प्रायोजन गरेका छन् । अर्को तिर सिधा र केही थाहा नपाउने मानिस अध्यक्षमा आयो भने आफै संस्थाको कोषमा हालीमुहाली गर्ने होमनाथको उद्येश्य हो ।



No comments:

Post a Comment