Sunday, November 4, 2012

अनेसास(प्रसार्इं समूह) लार्इ अन्तर्राष्ट्रिय मान्यता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्याप्टरले आज नोभेम्वर ३ मा भव्य रुपमा १०३ औं लक्ष्मी जयन्ती मनायो । वाल र वयष्क कविता प्रतियोगिता, गीत र विचार मन्तव्यको साथ उक्त साहित्य कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्र संघको निमित नेपाल नियोगकी प्रमुख सेवा अधिकारी लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम निकै रोचक थियो । डा. गोविन्द कोइराला, वरिष्ठ साहित्यकार चुडा बसन्त लम्साल र वरिष्ठ साहित्यकार अम्वर नेम्वाङ विशेष अतिथी रहनु भएको कार्यक्रम संचालन न्यू योर्क च्याप्टरका महासचिव बिकास विष्टले गर्नु भएको थियो भने स्वागत मन्तव्य न्यू योर्क च्याप्टरकी उपाध्यक्ष सीता खरेल र सभा विसर्जन अनेसास न्यू योर्क च्याप्टरकी अध्यक्ष पूनम काफ्लेले गर्नु भएको थियो ।

कविता प्रतियोगितामा विजयी हुनेहरुलाई पुरष्कार वितरण नेपाल नियोगकी प्रमुख लम्सालले गर्नु भएको थियो भने प्रतियोगीहरुको मुल्यांकन गर्नेहरुमा समाजसेवी डा. तारा निरौला, साहित्यकार कमला प्रसाई, गीतकार ज्योती पौडेल र साहित्यकार गीता पन्थ हुनु हुन्थ्यो ।

१०३ औं लक्ष्मी जयन्तीलाई सफल पार्न अनेसास न्यू योर्क च्याप्टरकी कोषाध्यक्ष मोहिनी सैंजुको पनि भूमिका रहेको सो कार्यक्रममा अन्लाईन साहित्यिक पत्रिकाको समेत शिलन्यास गरिएको थियो । न्यू योर्कका पत्रकारहरु लगाएत साहित्यमा रुची राख्न्ने व्यक्तिहरुको सामेल लक्ष्मी जयन्ती कार्यक्रममा अनेसास गीता खत्री समुहको उपस्थिती देखिएन ।

गीता खत्री समुहको चोरीको खेती मार्फत गठन भएको अनेसासलाई न्यू योर्कमा मात्र नभएर धेरै ठाउँमा भाउ नदिएको देखिकोले गीता खत्री स्वयमले केही पैसा खर्च गरी राधेश्याम लेकाली लगाएर व्यक्तिगत आफुले सम्मान भिर्न मात्र लागि अनेसासको निमित्त केहि काम गर्न नसकी असक्षमता प्रदर्शन गर्दै हिडेकी मात्र देखिन्छ । वरु सहमतिबाट बनेको अनेसास केन्द्रिय समितिका अध्यक्ष कमला प्रसाईको सकारात्मक मुल्यांकन भएको देखिन्छ । उनलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) ले अन्तर्राष्ट्रिय  सल्लाहकारको रुपमा मनोनयन गरेको छ साथै विशेष अन्तर्राष्ट्रिय गजल प्रतियोगितमा निर्णायकको भूमिकामा समेत राखिएको थियो ।

जलपान सहित आयोजना गरिएको १०३ औं लक्ष्मी जयन्ती न्यू योर्कमा मनन योग्य रुपमा सम्पन्न भएको थियो ।