Sunday, September 16, 2012

अनेसासमा पहले आप....पहले आप....!, भ्रष्टहरुको कथा, खत्रीलाई कारवाही गरिने, NRN बाट अनेसास निकालियो ?

अनेसासको सदस्य नभएको र अनेसासमा नलागेको ब्यक्ति डायोस्पोरिक साहित्यकार हुनै सक्तैन भन्ने अनेसास नामको पैसा कमाउ संस्थाका भ्रष्ट संस्थापक होमनाथ सुवेदीलाई मैले नलेखेको, नबोलेको ब्यक्ति डायोस्पोरिक साहित्यकार हुनै सक्दैन भन्नेर हुँकार छाड्ने पैसा कमाउ समालोचक डा. गोविन्दराज भट्टराईले दह्रो झापड दिएका छन् । डा. भट्टराईको डिजाइनमा लन्डनका अनेसास निर्वाचन प्रक्रिया प्रति तिब्र असन्तुष्ट राख्ने अनेसासका आजिवन सदस्यहरुको जमातले नयाँ साहित्यिक संस्था जन्माएर संसार भरको अनेसासको सालनाल काटेर सात समुद्रमा फाल्न संसारभर च्याप्टर खोल्ने भएपछि होमनाथ सुवेदीको निद्रा हराएको छ । अर्ध निद्रा मै अत्तालिएर लन्डनेहरुको नयाँ संस्थालाई लाज शरम पचाएर बधाई दिएका सुवेदीले यो नयाँ संस्थाको जन्म अनेसास स्थापना भएर नै भएको, लन्डनमा अन्य साहित्यिक संस्था नै नभएको र अनेसासको उद्येश्य नै हरेक राष्ट्रमा त्यहीँको साहित्यिक संस्था सक्रिय हुनु पर्दछ भन्ने  आफ्नो गोजीको विधानको बुँदा लेखेर फेसबुकमा राखेपछि सबै छक्क परेका छन । अनेसास भन्दा धेरै वर्ष अघि स्थापना भएका थुप्रै साहित्यिक संस्थाहरु लन्डनमा हुँदा हुँदै यस्तो घटिया तर्क सुवेदीले राखेपछि एक जना लन्डने साहित्यकारले फेसबुकमै बिरोध गरेका थिए ।
भ्रष्टचारी गदाल र धाँधलीको नाइके भण्डारी बेपत्ता !
चुनावमा अर्काको नाममा मत खसाएर, नक्कली मतदाता तयार पारेर चुनावको नाटक सम्पन्न गर्न मरिमेटेर लागेका कथित निर्वाचन आयुक्त एच बी भण्डारी प्रभात कुनै साहित्यिक र सांगाठानिक नेतृत्व क्षमता नभएका विवादास्पद कम्जोर बालक रहेको कुरा  अनेसासका निष्कासित तत्कालिन भ्रष्ट अध्यक्ष ज्ञानेन्द्र गदालसँग मिलेर चुनावी नाटकको परिणाममा लालमोहर लगाएपछि कामीले मलाई फसायो भन्दै हिँड्नुले प्रमाणित गरेको छ । नेपालीहरुको जुलुसमा अघि लाग्नु भन्दा बाराक ओवामाको कोठे भेलामा पछि बसेर स्रोता हुनु ठिक भन्दै दुलो पसेका छन् । उता भ्रष्टचारको आरोपमा अनेसासको अध्यक्ष पदबाट निष्कासित गदाल लाज शरमका कारण दुलो पसेर पर्दा पछाडि सक्रिय रहेका छन् ।
अनेसासको नाम र लेटरप्याडको दुरुपयोग तर कसैले पत्याएनन् !
-अनेसासको लेटरप्याड प्रयोग गरि नेपालको छिन्नलता गीती पुरस्कार पाउँ भनि तत्कालिन अध्यक्ष ज्ञानेन्द्र गदालले भए भरको बल र मान्छे लगाउँदा पनि उनको नाम कसैले सुन्नै नचाहेपछि आफ्नो अनेसास र आफ्नो हविगत उतिखेर थाहा पाएका थिए ।
-मदन पुरस्कार गुठीको जगदम्बा पुरस्कार पाउन होमनाथ सुवेदीले अनेसास कै लेटर प्याडमा धेरै पटक शिफारिश पत्र लेख्न लगाए उनको नाम भन्दा बढी बदनाम नेपालमा चलेको थाहा पाउनेहरु लाजले भुतुक्क हुने गरेका छन् । त्यो पुरस्कार उनको सपना मात्र भै रहेको छ ।
-अनेसासका भूतपूर्व अध्यक्ष दुवसु क्षेत्रीले आफ्नी श्रीमती तत्कालिन अनेसासकी क्षेत्रीय उपाध्यक्ष(एशिया) पुनम क्षेत्रीलाई नेपाल पर्यटन वर्ष २०११ को बेला पर्यटन सदभावना राजदुत बनाउन अनेसासको लेटर प्याडमा लेखाएको चिट्ठिले काम नगरेको थाहा पाउँदा पाउँदै युवा वर्ष मोती पुरस्कार २०६९ को लागि फेरि अनेसासको लेटरप्याड प्रयोग गर्दा पनि केही लछारपाटो लगाउन नसक्दा अनेसास र स्वयं ब्यक्तिको इज्जत कहाँ पुग्यो होला ?
पहले आप...ना ना पहले आप....
अनेसास (प्रसाई समूह) र खत्री समूह पहले आप... भन्दै एक अर्कालाई पर्खि रहेका छन् । कतिखेर खत्री समूहले बाँकि रिक्त पद तथा सल्लाहाकारमा मनोनित गर्लान र त्यसलाई काउन्टर दिने गरि मनोनित गर्न प्रसाईं समूह पर्खि रहेको बुझिएको छ । अनेसास(प्रसाईं समूह) र अनेसास(खत्री समूह) दुइवटा संस्था को भन्दा को कम भन्दै चलिरहेका छन् ।
दुइवटा अनेसास भयो, के हुन्छ अब ???
-अब अनेसासको हरेक दुइवर्षमा हुने साहित्यिक सम्मेल प्रसाईं र खत्री समूहको बेग्ला बेग्लै हुनेछ त्यो पनि एउटै सहरमा केही दिनको अघिपछि पारेर ।
-अनेसासले बाँडने पुरस्कार प्रसाई समूह र खत्री समूहको बेग्ला बेग्लै हुनेछ । एउटै पुरस्कार बिजेता दुइ समूहबाट दुइ जना अलग अलग ब्यक्ति हुने छन् । पुरस्कारको रकम निकाशाका लागि कोष चलाई राखेका ससुरा ज्वाइ होमनाथ सुवेदी तथा बासु सत्याललाई निवेदन हाल्ने छन् । त्यसपछिको भद्रगोलको कल्पना यो लेख पढेपछि सुवेदीले गर्ने छन् ।
-संस्थाको मुखपत्र अन्र्तदृष्टि दुइवटा हुने छ । दुवै समूहले उही वर्ष र अंक राख्दै आफू आधिकारिक भएको कुरा अनि एक अर्कालाई कार्यवाही गरेको गाली गलौजले भरिपूर्ण  साहित्यिक पत्रिका अन्तर्दृष्टी प्रकाशित हुनेछ ।
-अनेसासको वेबसाईट पनि दुइवटा हुनेछ । त्यहाँ आआफ्नो समूहले गरेको कार्यक्रमको समाचार र फोटाहरु हुनेछन् । एक समूहले अर्को समूहलाई कार्यवाही गरेको, निष्काशन गरेको समाचार र प्रेश विज्ञप्ती पढ्न पाइने छ ।
-प्रसाईं समूह र खत्री समूहले भए भरको बल लगाएर नयाँ आजिवन सदस्य र ट्रष्टी बनाउने छन् । अनेसासको नाममा पैसा तिरेर सदस्य र ट्रष्टी भएकालाई एक समूहकाले अर्का समूहकालाई मान्यता दिने छैनन् ।
गीता खत्री लगायतकालाई कार्यवाही गरिने !
तत्कालिन कार्यसमितिले कोषको रकम १५हजार डलरको भ्रष्टचार गरेपछि तत्कालिन अध्यक्ष गदाल र महासचिव गीता खत्रीलाई कार्यसमितिबाट निष्काशन गरेको थियो । कार्यसमितिमा हिसाबै नबुझाई उक्त रकम चप्काउने खत्रीले आफ्नो कर्तुत ढाकछोप गर्न कमला प्रसाईंलाई कारवाही गरेको सुचना संस्थाको वेब पेज कब्जा जमाई त्यहाँ राखेपछि प्रसाई समूहले पनि गीता खत्री लगायतका संलग्नलाई कारवाही गर्ने र सो को समाचार प्रसाई समूहको वेव साइटमा राखिने भएको छ ।
एन आर एन बाट अनेसास निकालियो !?
एनआरएनको नाम जोडेर हरेक दुइ वर्षमा एनआरएनको निर्वाचनको बेला काठमाण्डौंमा गरिने साहित्यिक उत्सव(INLS-NRN Literary Festival) यस पटकदेखि अनेसासलाई हटाएर एनआरएनले एक्लै गर्ने भएको छ । अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन नाम दिइएको सो सम्मेलन सम्पन्न गर्न क्यानडाका साहित्यकार डा. गोविन्दसिंह रावतलाई संयोजक नियुक्त गरिएको छ । उनले तिव्ररुपमा कार्य गरिरहेको थाहा हुन आएको छ ।
किन हटाइयो अनेसास एनआरएनबाट ?
अनेसास एनआरएन साहित्यिक उत्सव(INLS-NRN Literary Festival)को नाममा गाइजात्रे कार्यक्रम  सन्  २००९ मा तत्कालिन संयोजक ज्ञानेन्द्र गदाल र होमनाथ सुवेदीले मिलेर १ हजार २ सय डलर चप्काएको कुरा एनआरएन बृत्तमा उतिखेरै चर्चामा थियो । एनआरएनको नाम बेचेर पैसा खाने, संस्था अत्यन्त विवादास्पद, बदनाम भएको र संस्थामा गैर साहित्यिक ब्यक्ति र भ्रष्टहरुको कब्जामा भएपछि एनआरएनले अनेसासलाई बाहिर निकालेको हो । उता जीवा लामिछानेले पनि आफ्ना बुबा आमाको नाममा खोलेको पुरस्कार अनेसाससँग मिलेर बाँडिरहेकोमा यसपटक देखि बन्द गरि अर्कै तरिकाले बाँड्ने भएका छन् ।