Saturday, August 18, 2012

होमनाथ सुवेदीले घर डढाएर खरानी तापे, लेकालीले राजिनामा दिने


 गीता खत्रीलाई नक्कली जीतको टिका लगाइ दिएर आफू कलंकको टिका लगाई बर्हिगमन भएका निष्कासित अध्यक्ष ज्ञानेन्द्र गदाल पनि खत्रीको चालामाला देखेर खुशी छैनन् । गत हप्ता न्यूयोर्क आएका उद्योगपति तथा कवि बसन्त चौधरीको अनेसास (खत्री समूह)ले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा गदाललाई खासै महत्व नदिएपछि कार्यक्रम पश्चात गदालले गुनासो गर्दै हिँडेका छन् । उता अमेरिकामा खुब ठूलो साहित्यिक कार्यक्रम गर्ने, आफू अभिनन्दन हुने र पुस्तक विमोचन हुने लोभमा चौधरीले अनेसासको ब्यानरमा क्रुज यात्रा कार्यक्रम गरेका थिए । उक्त कार्यक्र भब्य गर्नू, प्रचार प्रसार गर्नू भनेर नेपालबाट चौधरी गु्रपका कर्मचारी कवि राजेन्द्र शलभ र अनेसास खत्री समूहका लेकालीले जति बल गरे पनि कार्यक्रम त्यस्तो नभएपछि चौधरी बित्थामा पैसा खर्च गर्नु परेकोमा खुशी देखिएनन् । अझ अनेसास दुइवटा भएको, साहित्य जस्तो पवित्र संस्थामा भ्रष्टहरु नेतृत्वमा भएको, संस्थामा झगडा र मारामार भएको र बदनामी कमाएको कुरा चौधरीको कानमा न्यूयोर्क केही ब्यक्तिहरुले हालेपछि  १००० डलर तिरेर अनेसासको ट्रष्टि बन्ने सोचाई राखेका चौधरीले त्यसपछि अनेसासको नाम सुन्नै चाहेनन् । बरु न्यूयोर्ककै सिर्जनाका यात्रा नामक कार्यक्रममा चौधरीलाई बोलाएपछि अति राम्रो र स्तरिय कार्यक्रमको उनले मुक्त कण्ठले प्रशंशा गरे ।
लेकालीले राजिनामा दिने ?
अनेसासको चुनावमा नक्कली मतदाता बनाएर सक्कली मतदाताहरुलाई भोट हाल्न बन्चित गराई अध्यक्ष पदमा जर्बजस्ती आसिन गराएपछि तत्कालिन कार्यसमितिले बदर गरेको निर्वाचनको स्वघोषित अध्यक्ष गीता खत्रीको चुरीफुरी नबढेको देखेपछि राधेश्याम लेकालीलाई झोँक चलेको छ । कमला प्रसाईंले नेतृत्व गरेको अनेसास कार्यसमितिले लेकाली भिरेको पद पत्रकार तथा साहित्यकार अस्मिता भण्डारी जिम्मा लाएपछि उनलाई मर्नु न बाँच्नु भएको छ । कमलाको अनेसासलाई पूर्ण प्रतिबन्ध लगाउन र उनीहरुलाई कार्यवाही गर्न कार्यसमितिमा लेकालीले कुरा उठाए । बिओटी अध्यक्ष होमनाथ सुवेदीलाई पनि गुहारे । पछि कसैले पनि केही नगरेपछि लेकालीले यस्तो संस्थामा बस्दिन बरु राजिनामा दिन्छु भन्दै हिँडेपछि खत्रीलाई बडो अफ्ठ्यारो परेको छ ।
घर डढाएर खरानी ताप्दैछन् सुवेदी
    अनेसासमा अरुलाई भिडाएर आफू न्यायधिश हुन खोज्ने ट्रष्टी अध्यक्ष होमनाथ सुवेदीको कृयाकलाप देखेर अनेसासका सदस्यहरु रुष्ट छन् । एकै नामको दुइवटा संस्था अस्तित्वमा रहँदा पनि सस्थापक अध्यक्ष र ट्रष्टी अध्यक्षको नाताले केही पनि नगर्नुले उनको नियत माथि शंकाको दृष्टिले हेरिदै छ । भनिन्छ अनेसास नामकै संस्था खोल्नका लागि कमला प्रसाईंलाई भित्रीरुपमा मौन सम्मति दिएका थिए । यसो गर्नुको मुख्य उद्येश्य कथंकदाचित खत्री समूले विधान संशोधन गरि उनको पावर कटौति गर्ने प्रयास गरे प्रसाई समूहलाई अगाडि ल्याउने । प्रसाई समूह अस्तित्व रहुन्जेल खत्री समूहले हामी आधिकारिक हौं भनिदिनु पर्यो, कार्यक्रममा आइदिनु पर्यो भनेर सुवेदीको चाकडी गरी उनलाई खुशी पारिरहने  भएकोले खत्रीलाई तर्साउन सुवेदीले प्रसाई समूहलाई अस्तित्वमा राख्न चाहन्छन् । प्रसाई र खत्रीले जे गरे पनि अनेसास कै नाममा कार्यक्रम गर्ने भएकोले किन मैले बाठो भएर विरोध गर्नू भनेर सुवेदीले धेरै ठाउँमा भनेका पनि छन् । अनेसासमा झगडा भए पनि अनेसासकै राम्रोको लागि हो, मेरो अनेसासमा धेरै प्रजातन्त्र छ,अनेसासको यो त प्रजातान्त्रिक तरिका हो भनेर सुवदीले धेरैलाई भनेका छन्  । झगडा मिलाउनु साटो झगडा र विवादलाई प्रोत्साहन दिँदै हिँडेका सुवेदी घर डढाएर खरानी ताप्दै छन् ।
अनेसास डायोनोसर हुने !!!
उसो त अनेसासको सदस्य भए अमेरिका जान पाईने र पुरस्कार पाईने भन्ने नेपालमा रहेको भ्रम अघिल्लो पटकको चुनाव र यस पटकको चुनावपछिको ‘इमेल वार’बाट टुटेको छ । संस्थाको गुह्य कुरा सार्वजानिक हुनु, संस्था कै जिम्मेवार पदाधिकारीहरु होमनाथ, गदाल, गीता खत्री लगायतका भ्रष्ट ब्यक्तिहरुले कोषको रकम आफ्नो खल्तीमा हाल्नु, हरेक दुइ वर्षमा चुनाव नामको नाटक गर्नु र संस्था फुट्दै फुटाउँदै जानु, अनेसासको ब्यानर त्याग्दै अर्कै संस्था जन्मनुले अनेसास विस्तारै डायोनोसर जस्तै लोप भएर जाने खतरा देखिएको छ ।

Saturday, August 4, 2012

अनेसासका भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको कथा


अनेसास स्थापना गर्दा संस्थापकहरुले पछि होमनाथ सुवेदीले पैसा चप्काउलान भनेर कसैले सोचेको थिएन । म्याग्दीमा आफ्नै पौरखको ढिँडो खाएको सुवेदी बाहुनले अमेरिकामा आएर यसरी चन्दा बटुलेर  खालान र जात फाल्लान् भन्ने थाहा पाएको भए अनेसासमा चन्दा र सदस्यता शुल्कको नाममा कसैले पैसा बुझाउने थिएनन् ।
     साहित्यको नाममा पैसा उठाएर खान सजिलो होस भन्नाका लागि केही वर्षसम्म सुवेदीले अनेसासमा छोरी, छोरा, आफू र छोरी ज्वाई बाहेक अरुलाई मुख्य पद कोषमा ढिम्किन दिएनन् । र कोषमा हिसाब किताव कसैलाई नदेखाई वर्षौ पैसा हजम गरिरहे । अलिक पछि विदेशमा केही साहित्यिक ब्यक्तिको आगमन भएपछि उनिहरुले अनेसासमा प्रवेश चाहेपछि कोष लगायत अन्य मुख्य पद छाड्नु पर्यो । र उक्त पदमा आफ्ना हनुमान र पैसा उठाएर उनलाई बुझाउन सक्ने उनका एजेन्टहरु मात्र नियुक्त गर्दथे । उनलाई पैसा बुझाउन अस्विकार गर्नेहरुलाई अनेसासबाट झिकेर सिधै सडकमै पुर्यादिन्थे । त्यसैको परिणाम हो डा. मधु माधुर्य, भारती गौतम, शागर श्रेष्ठ, कृष्ण बजगाई, कमला प्रसाई, बासु श्रेष्ठ, गोविन्द गिरी प्रेरणा आदि जो अहिले उनको नीजी कम्पनी जस्तो अनेसासबाट बाहिरिएका छन् ।
     कोषको रकम भ्रष्टचार गरेपछि अध्यक्ष पदबाट निष्कासित तत्कालिन अध्यक्ष ज्ञानेन्द्र गदाल सुवेदीको लागि पैसा उठाउने ठूलो एजेन्ट थिए । २००६–०८ मा अन्तर्दृष्टिको प्रधान सम्पादक बनाइएका गदालले उक्त समयमा ५००० डलर रकम हिनामिना गरेका थिए । ०८–१० को कार्यकालका डा. कुमार बस्नेतको पालामा अघिल्लो कार्यकालको  अन्तर्दृष्टिको रकम भन्दै गदाल ८०० डलर भुक्तानी मागेका थिए । अर्को कार्यकालको पैसाको बारेमा कार्यसमितिमा छलफल हुँदा कसैले पनि उक्त रकम तिर्न नमिल्ने भनेपछि होमनाथ सुवेदीले सिधै बिओटीबाट उक्त रकम भुक्तानी दिलाए । त्यसको ठिक एक वर्षपछि काठमाण्डौंमा अनेसास एनआरएन सम्मेलनको लागि भनि सुवेदी कै करकापले गदाललाई संयोजक बनाईयो । जम्मा ४ घण्टाको साहित्यिक कार्यक्रमको १६०० डलर बजेट निकाशा गरियो । पछि पैसा पुगेन भनेपछि थप ६०० डलर थपियो र  २२०० डलर निकाशा दिइयो । कार्यक्रम सकिएपछि जम्मा ३२०० डलर खर्च भो भनेर थप रकम कार्यसमितिमा मागियो । कार्यसमितिले नेपाल जस्तो देशमा नाथे ४ घण्टाको साहित्यिक कार्यक्रम गर्न  तिनलाख नेपाली रुपैयाँ लाग्नै नसक्ने, अघिल्लो पटक आधा रकममा सोही स्तरको कार्यक्रम भएको, कार्यक्रमको खर्चको कुनै पनि बिल भरपाई नभएको र आफू खुशी खर्च देखाएको भनेर उक्त भुक्तानी दिन नमानेपछि होमनाथले फेरि पनि बिओटीबाट थप १००० डलर निकाशा दिलाए ।  यी दुबैपटक होमनाथ र गदालले पैसा आधा आधा बाँडेर खाएको कुरा तत्कालिन अध्यक्ष र बिओटीका केही सदस्यहरुले उतिखेरै भनेका थिए ।
    पैसा मिलाएर खुवाउन सिपालु साहित्यिक योगदान र ब्यक्तित्व नभएका गदाललाई पालो मिचेर सुवेदीले जालझेल गरि अध्यक्षको कुर्सीमा बसाएपछि गदालले आफ्नो असली चरित्र देखाउन थाले । सोही क्रममा सुवेदीलाई भागबण्डा नलगाई एक्लै पैसा चप्काउन बैंक खाता हस्तान्तरणको नाममा केही महिना लडाई गरेपछि हार खाएर सुवेदीले खाता हस्तान्तरण गरेपछि गदाललको मनोवल बढ्यो । विधान संशोधनको नाम गरि कार्यसमितिलाई अधिकार भन्दै ट्रष्टिको ठूलो रकम भएको खाता कार्यसमितिमा सारी सो रकम चप्काउन दुई वर्ष भरि लडाइ गरेपनि त्यसपटक भने गदालले हार खाए । तर ट्रष्टिको ठूलो रकम चप्काउन नसके पनि तत्कालिन महासचिव तथा कोष संचालन गरिरहेकी गीता खत्रीसँग मिलेर कोषबाट सिधै १५ हजार डलर झिकेर खत्री र गदालले हजम गरे । आजीवन सदस्यता बापतको रकम कोषमा बुझाइएन । सो को हिसाव किताव र बैंक स्टेटमेन्ट कार्यसमितिले माग्दा पनि हिसाब नबुझाई सबैलाई निर्वाचनको झमेला र झगडामा फसाई सजिलै अरुको ध्यान त्यता मोडेर आफूले उक्त रकम पचाउन सफल भए । खत्री र उनको समूहलाई चुनावमा जिताउन, आजिजन सदस्य बनाउने, प्रचार प्रसार गर्ने भनेर मात्र कोषको ५ हजार डलर रकम हिनामिना गरिएको थियो ।
   द्रब्यपिशाच गदालले गतसाल भएको लन्डन सम्मेलनको नाममा मान्छे भित्र्याउने र सो को लागि नेपालमा एजेन्टको रुपमा राधेश्याम लेकालीलाई नियुक्त गर्न संयोजक राईलाई मनाए पनि पैसा चाही गदाल, गीता खत्री र लेकाली मात्र चप्काउने भएपछि भाँडिएको सम्मेलन पछि गदाल र लेकालीले बक्तब्य निकालेर अनेसासको लन्डन सम्मेलन बहिष्कार गरेका थिए । गदालले अनेसासको ब्यानरमा कोलोराडोको अध्यक्ष हुँदा पटक पटक नेपालबाटबाट आएका कलाकार बोलाएर कार्यक्रम गरेर हजारौं डलर रकम उठाएर सबै पैसा पचाएका थिए । उनी केन्द्रीय अध्यक्षमा जितेपछि नौ वर्षपछि कोलोराडोको अध्यक्ष पद छाड्दा बैंक खाता समेत नभएको रित्तो कोष मात्र बुझाएका थिए । गदालले कार्यक्रमको नाममा अनेसासको ब्यानर र लेटरप्याड दुरुपयोग गरि नेपालबाट अमेरिका मानिस भित्र्याएको हिसाब कितावको त लेखाजोखा नै छैन ।

Thursday, August 2, 2012

होमनाथ सुवेदीलाई घोक्रेठ्याक लगार्इने ! भ्रष्टचारी गदाल र खत्रीलाई कठघरामा उभ्याइने


अनेसासमा पहिलेदेखि नै भ्रष्टचार गर्दै संस्थालाई पारिवारिक रुपमा नीजी कम्पनी सरह चलाउँदै आएका होमनाथ सुवेदीले संस्थामा हरेक कार्य मनोमानीपूर्ण गरी विवाद निम्त्याएपछि गत जुनमा भएको विवादित निर्वाचन पछि उनलाई अनेसासको बोर्ड अफ ट्रष्टीबाट घोक्रेठ्याक लगाएर निकालिने भएको छ ।   अनेसासको हित चाहाने केही आजीवन सदस्यहरु, सिमित ट्रष्टी सदस्यहरुको पहलमा सुवेदीको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी  बोर्ड अफ ट्रष्टीको अध्यक्षबाट हटाउन लागिएको छ ।  तर केही सदस्यहरुले यस्तो कार्य गर्नु हुन्न भनेर फरक मत राखेका थिए । सुवेदी कै कारण अनेसास विभाजित भएको र यस्तो अवस्थामा बोर्ड अफ ट्रष्टीले कुनै बैठक नराखेको र विभाजनको र सम्भाब्य एकताको बारेमा केही नबोलेकोले आफूले रगत, पसिना, श्रम,समय र पैसा बगाएको अनेसासको बर्वादी टुलुटुलु हेरेर बस्नु भन्दा अनेसास जोगाउन उपयुक्त लागेको र यसका लागि होमनाथ सुवेदीलाई घोक्रेठ्याक नलगाई अनेसासको बर्वादी नरोकिने भएकोले यस्तो गम्भीर कदम चाल्न बाध्य हुनलागेको कुरा छलफलमा चलेको थियो । सोही अनुसार अगष्टको दोस्रो सातासम्ममा सुवेदीलाई ट्रष्टी अध्यक्षबाट घोक्रेठ्याक लगाइने भएको छ ।
      उता चुनावमा धाँधली गरेर पराजित गराइएपछि  केही दिन इमेलमा आगो भएर सेलाएका कृष्ण बजगाईं र अध्यक्ष पद पाएर कमला प्रसाई चुपचाप लागेपछि गदाल, होमनाथ र खत्रीको मनोवल उच्च भएको छ । कमलाले अध्यक्ष पद पाएर मख्ख परि हालिन बजगाई आफै पाखा लागे भन्दै भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको मनोवल र चलखेल बढेको थाहा पाएपछि कमला प्रसाईंको श्रीमान विशाल शाहको पारो तातेको छ । यही महिना भित्रै उनीहरुको चुनावको धाँधली र भ्रष्टचारका विरुद्ध अदालतमा जाने कुरा आफ्ना निकटलाई बताएका छन् । स्मरण रहोस तत्कालीन अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव गीता खत्रीले करिव पन्ध्रहजार डलर भ्रष्टचार गरेको भन्दै तत्कालीन कार्यसमितिका बहुमत सदस्यहरुले उनीहरुलाई अध्यक्ष र महासचिव पदबाट निष्कासित गरेका थिए ।
बोष्टनमा अनेसास छाडियो !
बोष्टनका वरिष्ठ साहित्यकार शिवप्रकाश र गोबद्र्धन पूजाको सक्रियतामा बोष्टन साहित्य समाज बनेको छ । गत जुन महिनाको धाँधली युक्त निर्वाचन, संस्थामा गैर साहित्यकारहरुको हालमुहाली, अनेसासको कोषमा हुने गरेको भ्रष्टचार र ठूला पदमा भ्रष्टचारीहरु आसिन हुन थालेपछि अब संसारभर अनेसासको पुच्छर हुन छाडेर क्रमशः स्थानिय स्तरमा साहित्यिक संघ संस्था गठन हुन थालेको छ ।