Friday, June 1, 2012

अनेसास अध्यक्ष जित्न गीता खत्रीले रातो मफलर बाँडिन


बलराम डीसी
अनेसास नामको संस्थाको अध्यक्ष हुन गीता खत्री नामकी पटमूर्खले दशहजार डलर खर्चेको कुराको सत्यता फेसबुक मार्फत सार्वजानिक भएको छ । विश्वविमोहन श्रेष्ठले गीता खत्रीले पठाएको रातो मफलर जेष्ठ महिनाको चर्को गर्मीमा लगाएर फेसबुकमा फोटो सहित राखेपछि  गीताको चुनावी रणनिति बाहिर आएको हो । थाहा भए अनुसार चुनाव जिताउने ठेक्का लिएका श्रेष्ठले अनेसासका नेवारहरुको मत माग्ने छन् । सो बापत विश्वविमोहनले गीताबाट एउटा ल्यापटप पनि पाएका छन् । त्यस्तै गीताले राधेश्याम लेकालीको श्रीमतीलाई घडी र लेकालीलाई डिजिटल क्यामरा पठाएकि छिन् ।


को हुन विश्वविमोहन ?
  अनेसासको साधारण सदस्य पनि नभएका विश्वविमोहन नेपाल बाहिरकासँग मेरो सम्पर्क छ भन्ने डिँग हाक्छन् । विदेश बसेर दुइचार वर्ष यता साहित्य कोरेकाहरुले उनलाई नेपालका बरिष्ठ साहित्यकार भनेर विदेश आएको बेला खास्टो ओढाएर सम्मान गरेका छन् । लन्डनमा छोराबुहारी भेट्न आएका बेला लन्डन अनेसासको ठूलो शुभचिन्तक र सल्लाहाकार भए । उनकै सल्लाहमा लन्डनका अनेसास चल्दा चल्दै अनेसासको लन्डन सम्मेलन ठूलो विवादमा मात्र फँसेन झगडाले उग्ररुप लिएर सम्मेलन बहिष्कार सम्म भयो । श्रेष्ठको बिरुद्धमा विनोदकुमार नेपाल नामक डिसीका पत्रकारले निकै लामो लेख पनि लेखेका छन् जो उनको ब्लगमा अहिले पनि पढ्न पाइन्छ ।

  उता विश्व मार्फत नेपालका सबै भोटरलाई रातो मफलर पठाएकि छिन् । नेपालमा लोडसेडिङ हुने भएको, धेरै जसो मतदाता जागीर ब्यावसायमा ब्यस्त हुने भएकोले सबै मतदाता लेकालीको घरमा गएर कम्प्युटर मार्फत भोट हाल्ने सल्लाह गरेका छन् । लोडसेडिङले असर नपारोस भनेर लेकालीले जेनेरेटर पनि भाडामा लिएका छन् । र मतदातालाई ओसार्न रातो रंगको दुइवटा कार भाडामा लिन लगाएकि छिन् । लेकालीकोमा गएर ककसले भोट हाले भनेर कमला र बज्गाईंले सुलसुले खटाउने हुन् कि भनेर  केही मतदाता अर्कै ठाउँबाट भोट हाल्ने कुरा गरेपछि लेकाली चिन्तीत भएका छन् ।

   नाथे होमनाथ सुवेदीको निजी कम्पनी अनेसासमा किन गीताले दशहाजर डलर कहाँबाट खर्चे होलिन भनेर थुप्रैको मनमा जिज्ञासा छ । चुनाव जिते कागजीरुपमा हिसाब किताव मिलाउने, चुनाव हारे कमला प्रसाईंले जस्तै अनेसासको कोषको पैसा झ्वाम्म् पार्ने योजनामा गीता रहेकि छिन् । स्मरण रहोस कोषाध्यक्ष कृसु क्षेत्री बर्मामा रहेकोले महासचिव गीता खत्रीले नै पैसा राख्ने झिक्ने कोषाध्यक्षको काम गर्दै आएकि छिन् ।
 
  गीताले पाँचहजार डलर नयाँ मतदाता बनाउन र बाँकी पाँचहजार उपहार र प्रचारप्रसारमा खर्चेका हुन् । उनको लागि गोप्यरुपमा बाहुनहरुको मत माग्ने होमनाथ सुवेदीले जिम्मा लिएका छन् । क्षत्रीहरुको मत माग्ने काम उनकै लोग्ने राम खत्रीले गरेका छन् । स्मरण रहोस अमेरिकामा खुल्न लागेको क्षत्री समाजमा महासचिव राम खत्री हुने चर्चा छ । दलित र जनजातिको भोटका जिम्मा लिएका ज्ञानेन्द्र गदाल त्यति सक्रिय भएर लागेका छैनन् । उनले आफ्ना ज्वाईं महासचिवका उम्मेद्वार पदम विश्वकर्माका लागि मात्रै भित्र भित्र भोट मागेको कुरा गीता खत्रीले शंका गरेकि छिन् ।  गदालले म बाट त्यस्तो धोका हुँदैन भनेर गीतालाई सम्झाई रहेका छन् ।

किन मिले होमनाथ र गदाल ?
विधान शंशोधनमा गदालले होमनाथलाई पत्रपत्रिका मार्फत नांगेझार पारेपछि होमनाथ गदालको शरणमा पुगे र डि सीमा निम्त्याए । अहिले विधानको कुरा रोक्नु होस् बरु तपाई फेरि अध्यक्ष हुनुहोस म समर्थन गर्दछु । अहिले अनेसासलाई बदनामीबाट जोगाउनुहोस् भने पछि गदालले फेरि अध्यक्ष हुने सपना देखे । तर सर्वेक्षणमा गदालले अलोकप्रिय भएको आफै महशुश गरि पटमूर्ख गीतालाई कठपतलीको रुपमा नचाउन गदालले समर्थन गरेका हुन् । उनलाई मुट्ठिमा राख्ने आफ्नो हनुमान लेकालीलाई वरिष्ठ उपाध्यक्षमा निर्विरोध गराउन सफल भए भने महासचिवमा ज्वाई विश्वकर्मालाई जिताएर हालिमुहाली गर्ने सपना देखेका छन् । गदालसँगको सोही सम्झौता अनुसार होमनाथ पनि गीतालाई समर्थन गरेका हुन् । गीता त मेरै घरपरिवारको सदस्य जस्तै हो भनेर होमनाथले भन्नु र डिसीमा मैले बस्ने घर नै त्यही हो भन्दै गिताले भन्नुको ठूलो अर्थ छ ।  गीताले जिते गदालले जस्तो दुःख त दिन्न भन्ने होमनाथको ठहर छ । कमला र बजगाईंले जिते के के गर्लान भन्ने डर होमनाथलाई भएको कुरा नजिकका आफ्नालाई भनेका छन् । उता चुनावमा प्रसाई र बजगाई जसरी पनि गीतालाई हराउन गठबन्धन गर्ने सम्भावनाको बारेमा चर्चा चले पनि त्यो सम्भव नभएको कुरा दुबै पक्षले बताई रहेका छन् ।

  यसैबीच अनेसासमा होमनाथ, गदालको ब्यवहार देखेका असन्तुष्टहरुले चुनाव लगत्तै अनेसास जस्तै अन्तर्राष्ट्रिय प्रशाखा हुने साहित्यिक संस्था खोल्न भित्र भित्रै तयारी गरिहेको कुरामा सत्यता देखिदैन ।

   

No comments:

Post a Comment