Tuesday, July 3, 2012

अनेसासका अध्यक्ष गदाल र महासचिव खत्री निष्कासित


अनेसासमा हुने गरेको अनियमितता र भ्रष्टचार कार्यसमितिबाट बाहिर पत्रपत्रिकामा आएपछि अनेसासको साख गिरेको छ । संस्थाका आजिवन सदस्यहरु र कार्यसमिति भित्रैबाट यसको छानविन गरि दोषीलाई कार्यवाही गर्ने चर्को दवाव आएपछि ३० जुनमा बसेको कार्यसमितिको आकस्मिक बैठकका बहुमत सदस्यहरुले मुख्य दोषी अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव गीता खत्रीलाई विधान अनुसार कार्यवाहीस्वरुप कार्यसमितिबाट निष्कासन गरिएको कुरा अनेसासका वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईंले एक प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
          संस्थाको पैसा हिनामिना गरेकोमा हिसाब किताब देखाउन पटक पटक अनुरोध गर्दा पनि नदेखाएको, आजीवन सदस्य बनाउने नाममा सदस्य शुल्क बापतको रकम ७ हजार डलर संस्थाको कोषमा जम्मा नगरेको, पटक पटक गरी संस्थाको कोषबाट ७४३५ डलर गदाल र खत्री मिलेर निकालेको आरोप लगाइएको छ । निर्वाचनको क्रममा सदस्यता शुल्क नतिरेका गैर सदस्यहरु मतदाता बनाइएको, विधान अनुसार निर्वाचनका लागि कार्यसमितिले पारित गरेको नामावली मात्र मतदाता हुने सक्नेमा कार्यसमितिलाई थाहै नदिइ आफू खुशी नाम थपी निर्वाचनलाई प्रभावित पार्ने काम  गरेको कुरा बताइएको छ ।
            यसैबीच संस्थाको विधान अनुसार वासिङटन डी सीमा गर्नु पर्ने वार्षिक  साधारण शभा र भानुजयन्ती कार्यक्रम सम्पन्न गर्न साहित्यकार कमला प्रसाईंको संयोजकत्वमा एक समिति गठन गरिएको छ । निर्वाचनमा भएको अनियमितता र कोषमा भएको भ्रष्टचारको छानविन गर्न अर्को छानविन समिति गठन गरिने कुरा उक्त प्रेस बक्तब्यमा जनाइएको छ ।

No comments:

Post a Comment