Tuesday, June 12, 2012

४-५ जनाको गाइजात्रे समुह: विनोद कुमार नेपाल


विशाल शाह
न्यूयोर्क

विनोद कुमार नेपालको नाममा आएको लेखमा म (विशाल शाह) लाईमेरो परिवार र यहाँसम्म कि भर्खर मात्र बोल्न शुरु गरेको सानो बालकलाई समेत वदनाम गर्ने प्रयास गरिएको छ । यो अरु केही नभएर अनेसासका अग्रज र भाषा-साहित्य प्रति रुचि राख्न्नु हुने विश्वभरी छरिएर रहनु भएका साथीहरुले कमला प्रसाईलाई विजयी गराउनु हुन्छ भन्ने पूर्वानुमानबाट आएको डाहाको छटपट मात्र हो । ४-५ जनाको समुह जो विनोद कुमार नेपालको नाममा लेख्न्ने गर्छन्यस्ता गाइजात्रेहरुले मलाई इमेल ह्याकर भनी आफ्नो गाइजत्रेपन देखाएको कुरा प्रति अनेसासका व्यक्तित्वहरुले हावामा उडाइदिनु हुन्छ भन्ने विश्वास गर्दछु ।  ह्याक नै गर्नु छ भने त मैले कमला प्रसाईको विपक्षीको पाटन संयुक्त क्याम्पसबाट आई. ए (IA) र स्नातक (BA) गर्नु भएको सर्टिफिकेट सबैको सामु राखिदिएर उहाँ जस्तो योग्य उम्मेद्वारलाई मत दिई जिताउनु पर्छ भनी प्रचार गरिहाल्थें भन्ने लाग्छ । हुन त म स्वयम पनि पाटन संयुक्त क्याम्पसबाट नै आई ए र स्नातक गरेको व्यक्ति भएको र केही साथीहरु त्यहाँ शिक्षकको रुपमा रहनु भएकाले कसैको सर्टिफिकेट ह्याक नै नगरे पनि उसको असली योग्यता पत्ता लगाउन भने त्यति गार्हो पर्दैन जस्तो लाग्छ ।

केही साथीहरुले आफ्नो नाम लेख्दा त विचार नपु-याउनेले अनेसास जस्तो विशिष्ट र विश्वभरी फैलिएको संस्थालाई के ध्यान दिन सक्छबरु कमला प्रसाईलाई नै मत दिनु पर्छ भन्नु भएको कुरा दोहो-याउन चाहन्छु । अरुलाई ह्याकर भन्नेहरुको ध्यान यतातिर गएको भए सायद राम्रो हुने थियो कि अरुलाई चोरह्याकर भन्नेहरुले सप्रमाण यी इमेल आइ डी हरु चोरीको हो भनेर निर्वाचन आयोगमा दर्ता गराई त्यस्ता इमेलहरु खारेज गर्दा राम्रै हुन्छ जस्तो लाग्छ । हामीहरुले पनि केही इमेल आई डी हरु नक्कली र चोरीको हो भनेर सप्रमाण निर्वाचन आयोगमा पेश गरेका छौं र अरु केही पेश गर्ने पक्षमा छौं । निर्वाचन आयोगमा रहनु हुने संम्पूर्ण व्यक्तिहरु इमान्दारयोग्य र निष्पक्ष हुनु हुन्छ भन्ने कुरामा पूर्ण विश्वास गर्न सकिन्छ र उहाँहरुले प्रमाण हेरेर सही मतदातालाई मात्र मत प्रयोग गर्न दिनु हुन्छ भन्ने कुरामा हामीहरु सबै विस्वस्त हुन सक्छौं । 

Sunday, June 10, 2012

विनोदकुमार नेपालले गीता खत्री जिताउने ठेक्का लिए

बलराम डी सी
   अमेरिकी नेपाली समाजका कलंक विनोदकुमार नेपाल(विकुने) अमेरिकामा रहेका सामाजिक, साहित्यिक तथा सांस्कृतिक संस्थाहरुका पदाधिकारीहरुको बारेमा काल्पनिक कथा लेखेर  गाली बेइज्त गर्ने र नेपालीहरुको हुर्मत लिने अनि  नेपालीहरुकाबीच झगडा लगाउन इमेल पठाई आत्मरतिमा रमाउने मनोरोगीको अहिले अनेसासको निर्वाचनमा आफ्नो पेशालाई धानी रहेका छन् । अनेसासको निर्वाचनका सशक्त उम्मेदवार लन्डनका कृष्ण बजगाईं र न्यूयोर्ककी कमला प्रसाईंको खोइरो खनेर असाहित्यिक तथा कम्जोर उम्मेदवार गीता खत्रीका पक्षमा मत मागे । आफैले होमनाथ सुवेदीको अह्रौटे भनेकोमा पश्चताप गर्दै गीता खत्री असल गृहणी भएको भन्दै गोहीको आँशु झारेर इमेलमात्र लेखेनन् आफ्नो ब्लगमा समेत पोष्ट गरे । (उनको ब्लग कतिले  हेर्दछन  भन्ने कुरा ब्लगमा टाँसिएको काउन्टरले बताउँछ । विकुनेको इमेल अमेरिकामा धेरैले ब्लक गरेका छन्, स्पाममा डाइभर्ट गरेका छन् । आफ्नो गालीगलौज र गन्धे कुरा झुक्याएर पढाउन विनोदकुमार नेपालको नाममा थुप्रै इमेल आइडी खोलेको छन् र खोल्दै जानेछन् ।) गीता खत्रीलाई जिताउन र जसरी भए पनि बजगाईं र प्रसाईलाई हराउन  उनले विकुनेको  नाममा  कृष्ण बजगाईंले मत सर्भेक्षण पठाएको आरोप मात्र लगाएनन् , बजगाईंले रामकोसंसार ब्लग  चलाएको भन्ने घटिया कुर्तक समेत प्रस्तुत गरे । आइटीको अलिकति जानकारी हुनेलाई थाहा छ इमेल कुन आइपी ठेगानाबाट पठाएको भन्दै खोज्दै जाँदा कुन देश, कुन सहर र कुन घरबाट पठाएको हो भन्ने समेत थाहा पाईन्छ । अनि ब्लग कहाँबाट चलाएको हो भन्ने समेत थाहा हुन्छ । स्मरण रहोस यो रामको संसारको बजगाईंसँग कुनै सम्बन्ध छैन । सत्य कुरा के हाे भने, रामकोसंसारलाई अनेसासको निर्वाचनका राम्रा उम्मेदवार कमला प्रसाईं र कृष्ण बजगाईंको कुरा र क्षमता तुलनात्मकरुपमा मनपरेको छ ।

   उता विकुनेले गीता खत्रीलाई समर्थन गरेपछि अब उनको पक्षमा समर्थन गर्ने सुवेदी, गदाल र विकुने भएपछि मैले अब चुनाव जिते भन्दै हिँड्न थालेकि छिन् । तर होमनाथ सवेदीको स्थाई शत्रु तथा विरोधी विकुनेले गीता खत्रीको पक्षमा त्यति धेरै लेखेपछि अनेसासको कार्यसमितिमा विकुनेहरुको  घुसपैठ हुने भो भन्दै होमनाथ सुवेदीको सातो गएको छ ।

उता न्यूयोर्कमा थुप्रै मतदाता कमला प्रसाईंको पक्षमा लागेपछि गीता रिशले चूर भएकीछिन् । न्यूयोर्कमा कसको लागि के गरिन मैले भन्दै मलाई धोका दिने दहीच्यूउरे दिदीबहिनी र दाजुभाइलाई चुनावपछि देखाईदिने भन्दै गीताले धम्क्याएको सुन्नेहरु लाजले भुतुक्क भएका छन् ।

       

Sunday, June 3, 2012

होमनाथ सुवेदीको ‘सुवेदी’ प्रेम

बलराम डीसी
 अनेसास नामको संस्थाले नेपाली भाषा साहित्य, संस्कृतिको सेवा गर्ला भनेर नेपालीहरुले गच्छे अनुसार आजिवन सदस्य बनेर, प्रायोजन गरेर, आफ्नो पैसा खर्च गरेर र अनेसासको नाममा पुरस्कार राखिदिएपछि चम्केको संस्थालाई होमनाथ सुवेदीले आफ्नो निजी कम्पनीको रुपमा चलाइरहेका छन् ।
       आफ्नो पारिवारिक नीजी कम्पनी बनाउन लागेका संस्थामा उनको छोरा, छोरी, ज्वाई, सम्धीले खासै चासो नदेखाएपछि सके आफ्ना वंश, थर, गोत्रको र नसके आफ्ना हनुमानहरुलाई स्थापित गराएर रजाईं गर्दै आएका छन् ।
     घुमुवा जागिरे दुवसु क्षेत्री अर्थात दुर्गा बहादुर सुवेदी क्षेत्रीलाई केन्द्रिय अध्यक्ष बनाएर सुरु भएको आफ्नो सुवेदी थरलाई अनेसासमा स्थापित गराउने परम्परा आजसम्म कायम राखेका छन् । कहिले नाम नसुनेका दुवसुका सहोदर भाइ भरत भारद्धज उर्फ भरत सुवेदीलाई  २०० डलरको पुरस्कार दिएर सुरु गरिएको सुवेदी उत्थान कार्य आजका मितिसम्म जारी छ । त्यसपछि ४ वर्ष अघि युवराज नयाँघरे उर्फ युवराज सुवेदीलाई पुरस्कार लिन अमेरिका बोलाए । अर्कोपटक डा. देवीप्रसाद सुवेदीलाई १५०० डलरको पुरस्कार दिलाए । गतसाल मात्र ५०० डलरको  पुरस्कार नेत्र एटम उर्फ नेत्र सुवेदीलाई र  दुइसय डलरको अर्को पुरस्कार उमा  सुवेदीलाई दिलाए ।
   वर्तमान कार्यसमितिका कृष्ण सुवेदी उर्फ कृसु क्षेत्री(दुवसुका सहोदर भाइ) र पुनम क्षेत्री उर्फ पुनम सुवेदी(दुवसुको श्रीमती) लाई निर्विरोध निर्वाचित गराए । तर सो समयमा अन्य पदमा निर्वाचन भएको थियो । यसपटक पनि विद्याराज सुवेदी र  कृष्ण सुवेदी उर्फ कृसु क्षेत्रीलाई उनकै जोडले उम्मेदवार बन्न लगाए । गतसाल जस्तै उनीहरुलाई निर्विरोध गराउन अनेक प्रपंच,षड्यन्त्र गर्दा र अन्यलाई लोभ लालच दिँदा पनि सफल हुन नसकेपछि उनीहरुलाई र उनको समूहलाई जिताउन खुल्लारुपमा लागेका छन् । जुन समूले जिते पनि दुर्गा बहादुर सुवेदी क्षेत्री (दुवसु)लाई सल्लाहाकार बनाउनु पर्दछ भनेर अहिले देखिनै भन्दै आएका छन् ।
    हरेक पटक निर्वाचन समिति बनाउँदा आफ्नो छोरा तथा सालोलाई समितिमा राख्ने होमनाथले यसपटक पनि राख्ने प्रयास गर्दा गदालले मरि गए मानेन् । त्यसपछि कहिल्यै नाम नसुनेकी र अघिल्लो पटक पुरस्कार दिइएकी सुवेदी थरकि उमालाई निर्वाचन समितिमा राख्न लगाए । त्यसपछि होमनाथ खुशी भए ।
     संस्थालाई जहिले पनि पारिवारिक गुठी जस्तो बनाउने, नियम कानुन धोती लगाएर मनमौजी गर्ने र संस्थामा विवादको बिउ रोपेर त्यसमा रमाउने, एकापसमा लडाइदिने भिडाइदिने काम गर्ने मनोरागी होमनाथ सुवेदीका कारण संस्थाका प्रायोजकहरु रुष्ट भएका छन् । सबै भन्दा पुराना र उनका अभिन्न सहयोगी तथा पुरस्कारका प्रायोजक डा. श्याम कार्की र सुमन तिम्सिनाले अर्को पटक देखि उनीहरुको पुरस्कार अनेसासबाट झिकेर बन्द गर्ने भएका छन् । सोही मेसोमा अनेसासबाट पुरस्कार बन्द गराउनेमा अर्का पुरस्कार प्रायोजक वरिष्ठ साहित्यकार गोबिन्द गिरी प्रेरणा पनि रहेका छन् । उनीहरुले सो पुरस्कार आफै बाँड्ने, उत्तर अमेरिकी साहित्य प्रतिष्ठान वा नयाँ खुल्ने अर्को अन्तर्राष्ट्रिय साहित्य संस्थाबाट प्रदान गर्ने योजनामा रहेका छन् ।
 किन रुष्ट भए सुवेदीसँग ?
संस्थामा सबै नियम कानुन मिचेर एकलौटी हाली मुहाली गर्ने, निर्वाचित कार्यसमिति भन्दा पावरफूल भएर एकाधिकार कायम गर्ने उनको कार्य कसैलाई मनपरेको थिएन । संस्थामा राम्रा र नेतृत्व क्षमता भएका कुनै पनि ब्यक्तिलाई माथि उक्लन नदिई आफ्ना आसेपासे र हनुमानहरुलाई नेतृत्वमा स्थापित गराएर रबर स्टाम्प बनाएर राख्ने उनको क्रियाकलापको सबैले विरोध गरेका हुन ।
    साहित्यकार, विद्धान प्राध्यापक मोहन सिटौला अध्यक्षमा उठेको बेला अर्कै एक जना उनको विरुद्धमा उठाएर उनको हुर्मत लिने काम गरे । महासचिव तथा दुइपटक उपाध्यक्ष भैसकेका विद्धान साहित्यकार डा. मधु माधुर्यको अध्यक्ष हुने पालोमा असाहित्यिक ब्यक्ति कुमार बस्नेतलाई पालो मिचि जर्बजस्ती अध्यक्ष बनाए । अर्को पटक त पालो आउला नि भनेर कुरी बसेका माधुर्यको विरुद्ध गत निर्वाचनमा धेरै जुनियर तथा कार्यक्षमता न्यून भएका कमला प्रसाईं र ज्ञानेन्द्र गदाललाई उठाएर मधु माधुर्यलाई तर्साए । उता उपाध्यक्ष भैसकेकि साहित्यकार भारती गौतम पनि आफ्नो पालो आएको  र अध्यक्ष बनौला भनेर पर्खिरहेको अवस्थामा होमनाथको यस्तो षड्यन्त्र देखेपछि उम्मेद्वारी दिने हिम्मत गरिनन् । उता मधु माधुर्य होमनाथको षड्यन्त्रसँग लड्नु भन्दा चुनावी मैदान छाडेर विश्व साहित्य महासंघ नामक अर्कै संस्था खोल्न पुगे । यसपटकको निर्वाचनमा केन्द्रीय महासचिव भैसकेका बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाई आफू अध्यक्षको एकमात्र निर्विकल्पित उम्मेद्वार ठानेर अध्यक्ष हुने सपना देखिरहेका थिए । तर गत निर्वाचनमा अध्यक्षमा पराजित कमलालाई अध्यक्षमा उठ्ने उनै होमनाथले उक्साए । बरिष्ठ उपाध्यक्ष पदमा बस्न बजगाईंसँग सम्झौता गरिसकेकि गीता खत्रीलाई अध्यक्षमा  होमनाथले नै उठ्न दवाब दिए । गीता खत्रीले नै धेरै ठाउँमा भनेकि थिइन् म मेरा दाई होमनाथले भने मात्र बस्छु अरुले भनेर हुँदैन ।
अनेसासमा जो जो चम्के पनि अर्को पटकको अध्यक्षमा विद्याराज सुवेदी , कृष्ण सुवेद उर्फ कृसु क्षेत्री वा पुनम सुवेदी उर्फ पुनम क्षेत्री मध्ये एक सुवेदी अध्यक्ष हुने कुरा अहिले नै निर्णय भएको छ । सोही अनुसार गीता खत्रीलाई जिताउन सुवेदी बन्धुहरु होमनाथ सुवेदीको निर्देशनमा लागेका छन् ।
किन यसो गर्छन होमनाथ ?
    होमनाथ आफैमा त्यस्तो गुणस्तरिय क्षमता भएका हैनन् । राम्रा र नेतृत्व क्षमता भएका मानिस अध्यक्षमा आए भने उनी ओझेलमा पर्दछन् । डायोस्पोराको नाम भँजाएर नेपाल र विदेशमा फाईदा लिइरहेका होमनाथ आफू भन्दा खत्तम र नाम नसुनिएका ब्यक्ति अध्यक्षमा ल्याएर आफ्नो नाम प्रचार गर्न चाहन्छन् । नेपाल तिर र बाहिर पनि धेरैलाई भ्रम छ अनेसासको अध्यक्ष भनेको होमनाथ सुवेदी हुन । अनेसासले बाँड्ने पुरस्कार पाउन उनै होम नाथ कै चाकडी गर्दछन साहित्यकारहरु । जबकि सबै पुरस्कार अरुले नै प्रायोजन गरेका छन् । अर्को तिर सिधा र केही थाहा नपाउने मानिस अध्यक्षमा आयो भने आफै संस्थाको कोषमा हालीमुहाली गर्ने होमनाथको उद्येश्य हो ।



Friday, June 1, 2012

अनेसास अध्यक्ष जित्न गीता खत्रीले रातो मफलर बाँडिन


बलराम डीसी
अनेसास नामको संस्थाको अध्यक्ष हुन गीता खत्री नामकी पटमूर्खले दशहजार डलर खर्चेको कुराको सत्यता फेसबुक मार्फत सार्वजानिक भएको छ । विश्वविमोहन श्रेष्ठले गीता खत्रीले पठाएको रातो मफलर जेष्ठ महिनाको चर्को गर्मीमा लगाएर फेसबुकमा फोटो सहित राखेपछि  गीताको चुनावी रणनिति बाहिर आएको हो । थाहा भए अनुसार चुनाव जिताउने ठेक्का लिएका श्रेष्ठले अनेसासका नेवारहरुको मत माग्ने छन् । सो बापत विश्वविमोहनले गीताबाट एउटा ल्यापटप पनि पाएका छन् । त्यस्तै गीताले राधेश्याम लेकालीको श्रीमतीलाई घडी र लेकालीलाई डिजिटल क्यामरा पठाएकि छिन् ।


को हुन विश्वविमोहन ?
  अनेसासको साधारण सदस्य पनि नभएका विश्वविमोहन नेपाल बाहिरकासँग मेरो सम्पर्क छ भन्ने डिँग हाक्छन् । विदेश बसेर दुइचार वर्ष यता साहित्य कोरेकाहरुले उनलाई नेपालका बरिष्ठ साहित्यकार भनेर विदेश आएको बेला खास्टो ओढाएर सम्मान गरेका छन् । लन्डनमा छोराबुहारी भेट्न आएका बेला लन्डन अनेसासको ठूलो शुभचिन्तक र सल्लाहाकार भए । उनकै सल्लाहमा लन्डनका अनेसास चल्दा चल्दै अनेसासको लन्डन सम्मेलन ठूलो विवादमा मात्र फँसेन झगडाले उग्ररुप लिएर सम्मेलन बहिष्कार सम्म भयो । श्रेष्ठको बिरुद्धमा विनोदकुमार नेपाल नामक डिसीका पत्रकारले निकै लामो लेख पनि लेखेका छन् जो उनको ब्लगमा अहिले पनि पढ्न पाइन्छ ।

  उता विश्व मार्फत नेपालका सबै भोटरलाई रातो मफलर पठाएकि छिन् । नेपालमा लोडसेडिङ हुने भएको, धेरै जसो मतदाता जागीर ब्यावसायमा ब्यस्त हुने भएकोले सबै मतदाता लेकालीको घरमा गएर कम्प्युटर मार्फत भोट हाल्ने सल्लाह गरेका छन् । लोडसेडिङले असर नपारोस भनेर लेकालीले जेनेरेटर पनि भाडामा लिएका छन् । र मतदातालाई ओसार्न रातो रंगको दुइवटा कार भाडामा लिन लगाएकि छिन् । लेकालीकोमा गएर ककसले भोट हाले भनेर कमला र बज्गाईंले सुलसुले खटाउने हुन् कि भनेर  केही मतदाता अर्कै ठाउँबाट भोट हाल्ने कुरा गरेपछि लेकाली चिन्तीत भएका छन् ।

   नाथे होमनाथ सुवेदीको निजी कम्पनी अनेसासमा किन गीताले दशहाजर डलर कहाँबाट खर्चे होलिन भनेर थुप्रैको मनमा जिज्ञासा छ । चुनाव जिते कागजीरुपमा हिसाब किताव मिलाउने, चुनाव हारे कमला प्रसाईंले जस्तै अनेसासको कोषको पैसा झ्वाम्म् पार्ने योजनामा गीता रहेकि छिन् । स्मरण रहोस कोषाध्यक्ष कृसु क्षेत्री बर्मामा रहेकोले महासचिव गीता खत्रीले नै पैसा राख्ने झिक्ने कोषाध्यक्षको काम गर्दै आएकि छिन् ।
 
  गीताले पाँचहजार डलर नयाँ मतदाता बनाउन र बाँकी पाँचहजार उपहार र प्रचारप्रसारमा खर्चेका हुन् । उनको लागि गोप्यरुपमा बाहुनहरुको मत माग्ने होमनाथ सुवेदीले जिम्मा लिएका छन् । क्षत्रीहरुको मत माग्ने काम उनकै लोग्ने राम खत्रीले गरेका छन् । स्मरण रहोस अमेरिकामा खुल्न लागेको क्षत्री समाजमा महासचिव राम खत्री हुने चर्चा छ । दलित र जनजातिको भोटका जिम्मा लिएका ज्ञानेन्द्र गदाल त्यति सक्रिय भएर लागेका छैनन् । उनले आफ्ना ज्वाईं महासचिवका उम्मेद्वार पदम विश्वकर्माका लागि मात्रै भित्र भित्र भोट मागेको कुरा गीता खत्रीले शंका गरेकि छिन् ।  गदालले म बाट त्यस्तो धोका हुँदैन भनेर गीतालाई सम्झाई रहेका छन् ।

किन मिले होमनाथ र गदाल ?
विधान शंशोधनमा गदालले होमनाथलाई पत्रपत्रिका मार्फत नांगेझार पारेपछि होमनाथ गदालको शरणमा पुगे र डि सीमा निम्त्याए । अहिले विधानको कुरा रोक्नु होस् बरु तपाई फेरि अध्यक्ष हुनुहोस म समर्थन गर्दछु । अहिले अनेसासलाई बदनामीबाट जोगाउनुहोस् भने पछि गदालले फेरि अध्यक्ष हुने सपना देखे । तर सर्वेक्षणमा गदालले अलोकप्रिय भएको आफै महशुश गरि पटमूर्ख गीतालाई कठपतलीको रुपमा नचाउन गदालले समर्थन गरेका हुन् । उनलाई मुट्ठिमा राख्ने आफ्नो हनुमान लेकालीलाई वरिष्ठ उपाध्यक्षमा निर्विरोध गराउन सफल भए भने महासचिवमा ज्वाई विश्वकर्मालाई जिताएर हालिमुहाली गर्ने सपना देखेका छन् । गदालसँगको सोही सम्झौता अनुसार होमनाथ पनि गीतालाई समर्थन गरेका हुन् । गीता त मेरै घरपरिवारको सदस्य जस्तै हो भनेर होमनाथले भन्नु र डिसीमा मैले बस्ने घर नै त्यही हो भन्दै गिताले भन्नुको ठूलो अर्थ छ ।  गीताले जिते गदालले जस्तो दुःख त दिन्न भन्ने होमनाथको ठहर छ । कमला र बजगाईंले जिते के के गर्लान भन्ने डर होमनाथलाई भएको कुरा नजिकका आफ्नालाई भनेका छन् । उता चुनावमा प्रसाई र बजगाई जसरी पनि गीतालाई हराउन गठबन्धन गर्ने सम्भावनाको बारेमा चर्चा चले पनि त्यो सम्भव नभएको कुरा दुबै पक्षले बताई रहेका छन् ।

  यसैबीच अनेसासमा होमनाथ, गदालको ब्यवहार देखेका असन्तुष्टहरुले चुनाव लगत्तै अनेसास जस्तै अन्तर्राष्ट्रिय प्रशाखा हुने साहित्यिक संस्था खोल्न भित्र भित्रै तयारी गरिहेको कुरामा सत्यता देखिदैन ।

   

Sunday, May 20, 2012

अनेसासको चुनावमा धोका, षड्यन्त्र र मारामार


बलराम डी सी
अनेसासको आसन्न निर्वाचनको उम्मेदवारी प्रकाशन पछि एक आपसमा शंका र गालि गलौज सुरु गरेका छन् । गीता खत्री समूहको वरिष्ठ उपाध्यक्ष पदमा बजगाईं र प्रसाईं समूहले उम्मेदवारी नदिइ नेपालबाट राधेश्याम गुप्ता ‘लेकाली’लाई निर्विरोध निर्वाचित गराएपछि गीता लेकाली प्रति सशंकित भएकी छिन् । चुनावमा जसरी पनि जित्न आजीवन सदस्य बनाउन नेपालका लेकालीलाई गीता खत्रीले ५ हजार डलर सम्म खर्च गरेर कम्तिमा १०० जना सदस्य बनाउनु पैसा म यता जम्मा गर्छु, नाम मात्र पठाउनु  भनेकोमा करिव २५ जना मात्र बनाए पछि मधेशी लेकालीले धोका दियो भन्दै हिँडेकी छिन् । स्मरण रहोस लेकालीले नेपालमा बनाएका भनिएका सदस्य शुल्क गीता खत्रीले अमेरिकामा आफैले तिरेर बैंकमा जम्मा गरेकि थिइन र ती सबै सदस्यको इमेल आइडी अमेरिकमा मै तयार गरेर गीताले आफै भोट हाल्न पासवर्ड राखेकि छिन् ।

         मधेशीले धोका दिदैन भाउजू भन्दै गीता समूहका निर्वाचन कमाण्डर दुवसु क्षेत्रीले गीतालाई जति सम्झाए पनि उनी मान्न तयार छैनन् । बजगाई र प्रसाईंले लेकालीसँग कुरा नगरीकन कुनै सम्झौता नभई त्यसै छाडेका हैन भन्ने ठहर गीताको रहेको छ ।

        आफ्नो भाई कृसु क्षेत्रीलाई जिताउन हर प्रकारको चाल चलिरहेका दुवसु अहिले सबै तिरबाट असफल बनेका छन् । लोभ लालच, डर त्रास देखाएर भाइलाई निर्विरोध गराउने उनको प्रपंच सबै फेल खाएको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी दुवसु संसारभरका नेपाली दुतावास प्रयोग गरेर गीतालाई जिताउने ठेक्का लिएका थिए । दुतावासका कर्मचारीले भनेकै भरमा अनेसासका मतदाताले भोट दिन्छन् भनेर गीताले उनलाई टिममा सहभागी गराएका हुन् । तर त्यस्तो कुनै क्षमता उनमा छैन । अनेसासमा होमनाथ सुवेदी पछिका अलोकप्रिय र घृणित अर्का सुवेदी दुर्गाबहादुर सुवेदी क्षेत्री अर्थात दुवसु हुन भन्ने  गुह्य कुरा अनेसासमा थाहा पाउने धेरै छन् ।

         अनेसासका भूतपूर्व अध्यक्ष दुवसु नेपाली कांग्रेस मा कोइरालाको वंश परम्परा जस्तै होमनाथ सुवेदीसँग मिलेर सुवेदीको वंश परम्पराको निरन्तरता अनेसासमा दिन चाहन्छन् । सोही क्रममा वर्तमान कार्यसमितिमा उनका श्रीमती पुनम क्षेत्री उपाध्यक्ष र सहोदर भाइ कृसु कोषाध्यक्ष छन् । गीतालाई अहिले जसरी पनि जिताउन लागेका उनी अर्को पटक साहित्यमा कुनै योगदान नभएकी आफ्नी श्रीमती पुनमलाई अध्यक्ष बनाउने दाउमा छन् । सोही अनुसारको सम्झौता गीता खत्री र होमनाथ सुवेदीसँग भएको कुरा बाहिर चर्चामा छ । अर्को तर्फ होमनाथलाई खुशी पार्न र सुवेदीको वंश थाम्न फ्लोरिडाबाट बिजयराज सुवेदीलाई क्षेत्रिय पदमा उम्मेदवार उठाएर एक तिर दुइ शिकार गरेका छन् ।  विजयराज सुवेदीलाई गीताले बरिष्ठ उपाध्यक्ष पद दिए पनि दुवसु कै कारण उनी क्षेत्रिय उपाध्यक्ष पदमा झारिएका हुन् । विजयराज अहिले वरिष्ठ उपाध्यक्ष जिते भने अर्को पटक अध्यक्षको सिधै उम्मेदवार हुने भएकोले उनी भन्दा पहिले श्रीमतीलाई अध्यक्ष बनाउन यस्तो घृणित खेल दुवसुले खेलेका हुन् ।  उता विजयराज आफ्नो प्रतिष्ठा जोगाउन उम्मेदवारी फिर्ता लिई आफू भन्दा जुनियर बासु ढकालसँग चुनाव नलड्ने बरु सल्लाहाकार वा मनोनित सदस्य पदमा जाने ईच्छा ब्यक्त गरेका छन् ।


Thursday, May 17, 2012

कमलालाई मुद्दा हाले गीतालाई भुत्याउने

अनेसासको निर्वाचन अध्यक्ष पदका दुइ महिला उम्मेद्वार बीचको वाक युद्ध अब हातहालाहालको स्थितिमा पुगेको छ । कमला प्रसाईं गीता खत्री भन्दा अगाडि देखिए पछि गीताले कमलालाई रोक्न अघिल्लो पटकको हरहिसाब नबुझाएको कारण देखाएर मुद्या हाल्ने कुरा गरेकोमा कमलाले एक बक्तब्य प्रकाशित गरि घोर निन्दा गरेकि छिन् । यदि गीताले मुद्या हाले गीतालाई टाइम स्क्वायरमा लगेर भुत्ल्याउने कुरा कमलाले गरेको भनेर गीतालाई सुनाएपछि रिशले चूर भएकि छिन् । न्यूयोर्कको सेरोफेरोलाई अनेसासमा आफ्नो जीत निश्चित ठान्ने यी महीलालाई लन्डनका कृष्ण बजगाईंले अग्र पङ्तीमा रहेर चुनौति दिइरहेकाछन् । अहिलेको निर्वाचनमा कि त बजगाईंको जीत कि त प्रसाईंको जीत हुने कुरा ठोकुवा गरेका छन् मानिसहरुले ।
उता गीता कम्जोर ठानिएपछि उनलाई जिताउन होमनाथ सवेदीले गत ८ मे मंगलबारका दिन उनको निवासमा भोजको आयोजना गरेर अनेसासका सुकिला ठालूहरुलाई बोलाएर गोप्य मन्त्रणा गरेको थाहा हुन आएको छ । सो भोजमा न्यूयोर्कका गीता खत्री र राम खत्री सहित अरुलाई पनि बोलाईएको इमेल अहिले धेरै जनाकोमा फरवार्ड भएको छ । न्यूयोर्क कै कमला प्रसाईं र विशाल शाहलाई भने बोलाइएको थिएन । यो कुरा थाहा पाएकि कमला होमनाथसँग रिशले चूर भएकि छिन् । सहमतिको लागि कमलाले हदैसम्मको लचकता अपनाएर बजगाईंलाई समेत राजी बनाइसकेको अवस्थामा गीतालाई सहमतिमा आउन नदिने होमनाथ भएको ठहर गरेकि छिन् । यस्तो अवस्था उत्पन्न भएपछि अनेसासका केही मानिसहरु गीतालाई तथा होमनाथलाई हराउन भोट कि त बजगाईंलाई कि त प्रसाईंलाई दिनु भन्दै हिँडेको थाहा भएको छ ।

Saturday, May 5, 2012

गीतालाई सुवेदीले च्यापे, गदालले प्रसाईं, सुस्त बजगाईं

बलराम डी सी
अनेसासको आगामी निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार गीता खत्रीलाई ट्रष्टी अध्यक्ष होमनाथ सुवेदीले च्यापेपछि ज्ञानेन्द्र गदालले उनलाई छाडेका छन् । सुवेदीको आर्शिवादले चुनाव जित्ने सपना देखेकी गीताले सुवेदीलाई ठिक लगाउने गदालको सबै गोप्य रणनीति सुवेदीलाई बताएपछि उनी टाढीएका हुन् । त्यसो त गीताको सुवेदीसँग पहिलेदेखिकै हिमचिम हो । दश कक्षा पास नगरेकी गीतालाई सुवेदीले नै महासचिवमा ल्याएका हुन् । तिनै अशिक्षित गीताको नेतृत्वमा बस्ने कोही पनि तयार नभएपछि गीता निराश भएकी छिन् । उम्मेदवारी सार्वजनिक गरेका मध्ये गीता भन्दा कमला अहिले धेरै अगाडि देखिएकी छिन् । उता अघिल्लो कार्यकालको पैसा नबुझाएको भन्दै कमलाको बेइज्जत गर्दै गीताले हिँडेको थाहा पाएपछि कमला रिसले चूर भएकिछिन् । उनी गीतालाई जसरी पनि हराउन लागेकि छिन् । यो सब थाहा पाएका  गदालले होमनाथको आर्शिवाद प्राप्त गीतालाई साथ छोडेर कमला प्रसाईंलाई सहयोग गर्ने भएका छन् । आफूलाई असफल पार्ने होमनाथ सुवेदीलाई अघिल्लो पटक पराजित कमला प्रसाईंले मात्र ठिक लगाउन सक्ने ठानेर यसो गरेका हुन् । प्रसाईंले उसबेला सुवेदीलाई पुरै नङ्ग्याएकी थिइन ।

    दश कक्षा उत्तिर्ण नगरेकि गीतालाई होमनाथले च्याप्नुको अर्थ चुनावको बेला आजिवन सदस्य बढाउलिन भन्ने हो पनि हो । इमेलबाट भोट हाल्ने अचम्मको ब्यबस्था भएको यो अनेसासको मतदाता नामावली   गीताको श्रीमान् राम खत्रीले गदालको निर्देशनमा नक्कली नाम राखेर तयार गरेको  मतदाता नामावलीमा कार्यसमितिका हुतिहाराहरुले सहिछाप ठोकेपछि आफूले जित्ने मनग्गे भोट भएको ठानेकी  गीताले यसपटक सदस्यता बढाउन खासै चासो नदेखाएपछि सुवेदी चिन्तित भएका छन् । अरुबेला नबढ्ने सदस्यता चुनावको बेला बढेर सुवेदीलाई दोहोरो फाईदा हुने गर्दथ्यो । उता आजिवन सदस्य बढाउन सक्छन् कि भनेर लन्डनका पैसा भएका,कमिटिमा उठ्ने योग्यता नभएका  बिकुल आचार्यलाई अध्यक्षमा उठ्न सुवेदीले उकासेपछि चम्केका उनी गदालको निर्णयले अहिले चित खाएर लडेका छन् । आजिवन सदस्य बापतको पैसा उठाएर केन्द्रमा पैसै नबुझाई सबै लन्डन सम्मेलनमा खर्च भयो भनेर लन्डनकाले  ४००० डलर चप्काएपछि अध्यक्ष गदालले कुनै हालतमा सदस्यता नदिने भएका हुन् ।  आजिवन सदस्य माँगेका लन्डनका ४० जनाको सदस्यता नहुने भएपछि बिकुल  आचार्य बेपत्ता भएका छन् ।

   उता यसपटक निर्वाचन समितिले आजिवन सदस्य बनाउने म्याद थोरै राखेका कारणले पैसा जम्मा नहुने भएपछि निर्वाचन समितिसँग सुवेदी रुष्ट भएका छन् । आजिवन सदस्य बढाएर सुवेदीको कोष भर्ने काममा रुची नदेखाएका गदाल कार्यकाल  भरि फेल खाए पनि अन्तिम समयमा आएर पाएको सफलताले दंग परेका छन् ।

  उता अध्यक्षका अर्का प्रत्यासी ठानिएका बेल्जियम निवासी बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईं चुपचाप बस्नुलाई रहस्यको रुपमा हेरिँदै छ । नेतृत्व क्षमता भएका, सबै भन्दा बढीसँग सम्पर्क भएका, हल्ला गर्न माहिर र घमण्डी   यीनी अनेसासमा सबै भन्दा चिनिएका साहित्यिक ब्यक्ति हुन् । पत्रपत्रिकामा प्रचार प्रसार नगरीकन त्यसै चुनाव जित्छु भन्ने घमण्ड लिएका छन् ।  यीनको लहडले हावा खायो भने सबै भन्दा पहिले गदाल खुशी हुनेछन् ।

न्यूयोर्क तिर केही मानिसहरु कमला र गीतालाई मिलाउन लागेका छन् । कमला गीता  भन्दा मुनिको पदमा  नबस्ने गीता कमला भन्दा मुनि नबस्ने भनेपछि मिल्ने सम्भावना नभएको बताईएको छ । तर दुबै जना बजगाईंको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष पद पाए जाने भन्दै हिँडेका छन् । बजगाईंले यी दुबैलाई मिलाउन नसकेका हुन, मिलाउन नचाहेर लडाउन-भिडाउन खोजेका हुन् वा अर्कै उम्मेदवारको खोजीमा लागेका हुन् शंकाको रुपमा हेरिएको छ । अध्यक्षका प्रत्यासी प्रसाई, खत्री तथा बज्गाईं भन्दा चौथो उम्मेद्वारको खोजीमा अनेसासका केही मानिसहरु लागेको थाहा हुन आएको छ । अर्को तिर कुनै पनि बेला गदालले पुनः उम्मेद्वारी घोषणा गर्ने सम्भावना पनि उत्तिकै छ ।