Saturday, August 18, 2012

होमनाथ सुवेदीले घर डढाएर खरानी तापे, लेकालीले राजिनामा दिने


 गीता खत्रीलाई नक्कली जीतको टिका लगाइ दिएर आफू कलंकको टिका लगाई बर्हिगमन भएका निष्कासित अध्यक्ष ज्ञानेन्द्र गदाल पनि खत्रीको चालामाला देखेर खुशी छैनन् । गत हप्ता न्यूयोर्क आएका उद्योगपति तथा कवि बसन्त चौधरीको अनेसास (खत्री समूह)ले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा गदाललाई खासै महत्व नदिएपछि कार्यक्रम पश्चात गदालले गुनासो गर्दै हिँडेका छन् । उता अमेरिकामा खुब ठूलो साहित्यिक कार्यक्रम गर्ने, आफू अभिनन्दन हुने र पुस्तक विमोचन हुने लोभमा चौधरीले अनेसासको ब्यानरमा क्रुज यात्रा कार्यक्रम गरेका थिए । उक्त कार्यक्र भब्य गर्नू, प्रचार प्रसार गर्नू भनेर नेपालबाट चौधरी गु्रपका कर्मचारी कवि राजेन्द्र शलभ र अनेसास खत्री समूहका लेकालीले जति बल गरे पनि कार्यक्रम त्यस्तो नभएपछि चौधरी बित्थामा पैसा खर्च गर्नु परेकोमा खुशी देखिएनन् । अझ अनेसास दुइवटा भएको, साहित्य जस्तो पवित्र संस्थामा भ्रष्टहरु नेतृत्वमा भएको, संस्थामा झगडा र मारामार भएको र बदनामी कमाएको कुरा चौधरीको कानमा न्यूयोर्क केही ब्यक्तिहरुले हालेपछि  १००० डलर तिरेर अनेसासको ट्रष्टि बन्ने सोचाई राखेका चौधरीले त्यसपछि अनेसासको नाम सुन्नै चाहेनन् । बरु न्यूयोर्ककै सिर्जनाका यात्रा नामक कार्यक्रममा चौधरीलाई बोलाएपछि अति राम्रो र स्तरिय कार्यक्रमको उनले मुक्त कण्ठले प्रशंशा गरे ।
लेकालीले राजिनामा दिने ?
अनेसासको चुनावमा नक्कली मतदाता बनाएर सक्कली मतदाताहरुलाई भोट हाल्न बन्चित गराई अध्यक्ष पदमा जर्बजस्ती आसिन गराएपछि तत्कालिन कार्यसमितिले बदर गरेको निर्वाचनको स्वघोषित अध्यक्ष गीता खत्रीको चुरीफुरी नबढेको देखेपछि राधेश्याम लेकालीलाई झोँक चलेको छ । कमला प्रसाईंले नेतृत्व गरेको अनेसास कार्यसमितिले लेकाली भिरेको पद पत्रकार तथा साहित्यकार अस्मिता भण्डारी जिम्मा लाएपछि उनलाई मर्नु न बाँच्नु भएको छ । कमलाको अनेसासलाई पूर्ण प्रतिबन्ध लगाउन र उनीहरुलाई कार्यवाही गर्न कार्यसमितिमा लेकालीले कुरा उठाए । बिओटी अध्यक्ष होमनाथ सुवेदीलाई पनि गुहारे । पछि कसैले पनि केही नगरेपछि लेकालीले यस्तो संस्थामा बस्दिन बरु राजिनामा दिन्छु भन्दै हिँडेपछि खत्रीलाई बडो अफ्ठ्यारो परेको छ ।
घर डढाएर खरानी ताप्दैछन् सुवेदी
    अनेसासमा अरुलाई भिडाएर आफू न्यायधिश हुन खोज्ने ट्रष्टी अध्यक्ष होमनाथ सुवेदीको कृयाकलाप देखेर अनेसासका सदस्यहरु रुष्ट छन् । एकै नामको दुइवटा संस्था अस्तित्वमा रहँदा पनि सस्थापक अध्यक्ष र ट्रष्टी अध्यक्षको नाताले केही पनि नगर्नुले उनको नियत माथि शंकाको दृष्टिले हेरिदै छ । भनिन्छ अनेसास नामकै संस्था खोल्नका लागि कमला प्रसाईंलाई भित्रीरुपमा मौन सम्मति दिएका थिए । यसो गर्नुको मुख्य उद्येश्य कथंकदाचित खत्री समूले विधान संशोधन गरि उनको पावर कटौति गर्ने प्रयास गरे प्रसाई समूहलाई अगाडि ल्याउने । प्रसाई समूह अस्तित्व रहुन्जेल खत्री समूहले हामी आधिकारिक हौं भनिदिनु पर्यो, कार्यक्रममा आइदिनु पर्यो भनेर सुवेदीको चाकडी गरी उनलाई खुशी पारिरहने  भएकोले खत्रीलाई तर्साउन सुवेदीले प्रसाई समूहलाई अस्तित्वमा राख्न चाहन्छन् । प्रसाई र खत्रीले जे गरे पनि अनेसास कै नाममा कार्यक्रम गर्ने भएकोले किन मैले बाठो भएर विरोध गर्नू भनेर सुवेदीले धेरै ठाउँमा भनेका पनि छन् । अनेसासमा झगडा भए पनि अनेसासकै राम्रोको लागि हो, मेरो अनेसासमा धेरै प्रजातन्त्र छ,अनेसासको यो त प्रजातान्त्रिक तरिका हो भनेर सुवदीले धेरैलाई भनेका छन्  । झगडा मिलाउनु साटो झगडा र विवादलाई प्रोत्साहन दिँदै हिँडेका सुवेदी घर डढाएर खरानी ताप्दै छन् ।
अनेसास डायोनोसर हुने !!!
उसो त अनेसासको सदस्य भए अमेरिका जान पाईने र पुरस्कार पाईने भन्ने नेपालमा रहेको भ्रम अघिल्लो पटकको चुनाव र यस पटकको चुनावपछिको ‘इमेल वार’बाट टुटेको छ । संस्थाको गुह्य कुरा सार्वजानिक हुनु, संस्था कै जिम्मेवार पदाधिकारीहरु होमनाथ, गदाल, गीता खत्री लगायतका भ्रष्ट ब्यक्तिहरुले कोषको रकम आफ्नो खल्तीमा हाल्नु, हरेक दुइ वर्षमा चुनाव नामको नाटक गर्नु र संस्था फुट्दै फुटाउँदै जानु, अनेसासको ब्यानर त्याग्दै अर्कै संस्था जन्मनुले अनेसास विस्तारै डायोनोसर जस्तै लोप भएर जाने खतरा देखिएको छ ।

Saturday, August 4, 2012

अनेसासका भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको कथा


अनेसास स्थापना गर्दा संस्थापकहरुले पछि होमनाथ सुवेदीले पैसा चप्काउलान भनेर कसैले सोचेको थिएन । म्याग्दीमा आफ्नै पौरखको ढिँडो खाएको सुवेदी बाहुनले अमेरिकामा आएर यसरी चन्दा बटुलेर  खालान र जात फाल्लान् भन्ने थाहा पाएको भए अनेसासमा चन्दा र सदस्यता शुल्कको नाममा कसैले पैसा बुझाउने थिएनन् ।
     साहित्यको नाममा पैसा उठाएर खान सजिलो होस भन्नाका लागि केही वर्षसम्म सुवेदीले अनेसासमा छोरी, छोरा, आफू र छोरी ज्वाई बाहेक अरुलाई मुख्य पद कोषमा ढिम्किन दिएनन् । र कोषमा हिसाब किताव कसैलाई नदेखाई वर्षौ पैसा हजम गरिरहे । अलिक पछि विदेशमा केही साहित्यिक ब्यक्तिको आगमन भएपछि उनिहरुले अनेसासमा प्रवेश चाहेपछि कोष लगायत अन्य मुख्य पद छाड्नु पर्यो । र उक्त पदमा आफ्ना हनुमान र पैसा उठाएर उनलाई बुझाउन सक्ने उनका एजेन्टहरु मात्र नियुक्त गर्दथे । उनलाई पैसा बुझाउन अस्विकार गर्नेहरुलाई अनेसासबाट झिकेर सिधै सडकमै पुर्यादिन्थे । त्यसैको परिणाम हो डा. मधु माधुर्य, भारती गौतम, शागर श्रेष्ठ, कृष्ण बजगाई, कमला प्रसाई, बासु श्रेष्ठ, गोविन्द गिरी प्रेरणा आदि जो अहिले उनको नीजी कम्पनी जस्तो अनेसासबाट बाहिरिएका छन् ।
     कोषको रकम भ्रष्टचार गरेपछि अध्यक्ष पदबाट निष्कासित तत्कालिन अध्यक्ष ज्ञानेन्द्र गदाल सुवेदीको लागि पैसा उठाउने ठूलो एजेन्ट थिए । २००६–०८ मा अन्तर्दृष्टिको प्रधान सम्पादक बनाइएका गदालले उक्त समयमा ५००० डलर रकम हिनामिना गरेका थिए । ०८–१० को कार्यकालका डा. कुमार बस्नेतको पालामा अघिल्लो कार्यकालको  अन्तर्दृष्टिको रकम भन्दै गदाल ८०० डलर भुक्तानी मागेका थिए । अर्को कार्यकालको पैसाको बारेमा कार्यसमितिमा छलफल हुँदा कसैले पनि उक्त रकम तिर्न नमिल्ने भनेपछि होमनाथ सुवेदीले सिधै बिओटीबाट उक्त रकम भुक्तानी दिलाए । त्यसको ठिक एक वर्षपछि काठमाण्डौंमा अनेसास एनआरएन सम्मेलनको लागि भनि सुवेदी कै करकापले गदाललाई संयोजक बनाईयो । जम्मा ४ घण्टाको साहित्यिक कार्यक्रमको १६०० डलर बजेट निकाशा गरियो । पछि पैसा पुगेन भनेपछि थप ६०० डलर थपियो र  २२०० डलर निकाशा दिइयो । कार्यक्रम सकिएपछि जम्मा ३२०० डलर खर्च भो भनेर थप रकम कार्यसमितिमा मागियो । कार्यसमितिले नेपाल जस्तो देशमा नाथे ४ घण्टाको साहित्यिक कार्यक्रम गर्न  तिनलाख नेपाली रुपैयाँ लाग्नै नसक्ने, अघिल्लो पटक आधा रकममा सोही स्तरको कार्यक्रम भएको, कार्यक्रमको खर्चको कुनै पनि बिल भरपाई नभएको र आफू खुशी खर्च देखाएको भनेर उक्त भुक्तानी दिन नमानेपछि होमनाथले फेरि पनि बिओटीबाट थप १००० डलर निकाशा दिलाए ।  यी दुबैपटक होमनाथ र गदालले पैसा आधा आधा बाँडेर खाएको कुरा तत्कालिन अध्यक्ष र बिओटीका केही सदस्यहरुले उतिखेरै भनेका थिए ।
    पैसा मिलाएर खुवाउन सिपालु साहित्यिक योगदान र ब्यक्तित्व नभएका गदाललाई पालो मिचेर सुवेदीले जालझेल गरि अध्यक्षको कुर्सीमा बसाएपछि गदालले आफ्नो असली चरित्र देखाउन थाले । सोही क्रममा सुवेदीलाई भागबण्डा नलगाई एक्लै पैसा चप्काउन बैंक खाता हस्तान्तरणको नाममा केही महिना लडाई गरेपछि हार खाएर सुवेदीले खाता हस्तान्तरण गरेपछि गदाललको मनोवल बढ्यो । विधान संशोधनको नाम गरि कार्यसमितिलाई अधिकार भन्दै ट्रष्टिको ठूलो रकम भएको खाता कार्यसमितिमा सारी सो रकम चप्काउन दुई वर्ष भरि लडाइ गरेपनि त्यसपटक भने गदालले हार खाए । तर ट्रष्टिको ठूलो रकम चप्काउन नसके पनि तत्कालिन महासचिव तथा कोष संचालन गरिरहेकी गीता खत्रीसँग मिलेर कोषबाट सिधै १५ हजार डलर झिकेर खत्री र गदालले हजम गरे । आजीवन सदस्यता बापतको रकम कोषमा बुझाइएन । सो को हिसाव किताव र बैंक स्टेटमेन्ट कार्यसमितिले माग्दा पनि हिसाब नबुझाई सबैलाई निर्वाचनको झमेला र झगडामा फसाई सजिलै अरुको ध्यान त्यता मोडेर आफूले उक्त रकम पचाउन सफल भए । खत्री र उनको समूहलाई चुनावमा जिताउन, आजिजन सदस्य बनाउने, प्रचार प्रसार गर्ने भनेर मात्र कोषको ५ हजार डलर रकम हिनामिना गरिएको थियो ।
   द्रब्यपिशाच गदालले गतसाल भएको लन्डन सम्मेलनको नाममा मान्छे भित्र्याउने र सो को लागि नेपालमा एजेन्टको रुपमा राधेश्याम लेकालीलाई नियुक्त गर्न संयोजक राईलाई मनाए पनि पैसा चाही गदाल, गीता खत्री र लेकाली मात्र चप्काउने भएपछि भाँडिएको सम्मेलन पछि गदाल र लेकालीले बक्तब्य निकालेर अनेसासको लन्डन सम्मेलन बहिष्कार गरेका थिए । गदालले अनेसासको ब्यानरमा कोलोराडोको अध्यक्ष हुँदा पटक पटक नेपालबाटबाट आएका कलाकार बोलाएर कार्यक्रम गरेर हजारौं डलर रकम उठाएर सबै पैसा पचाएका थिए । उनी केन्द्रीय अध्यक्षमा जितेपछि नौ वर्षपछि कोलोराडोको अध्यक्ष पद छाड्दा बैंक खाता समेत नभएको रित्तो कोष मात्र बुझाएका थिए । गदालले कार्यक्रमको नाममा अनेसासको ब्यानर र लेटरप्याड दुरुपयोग गरि नेपालबाट अमेरिका मानिस भित्र्याएको हिसाब कितावको त लेखाजोखा नै छैन ।

Thursday, August 2, 2012

होमनाथ सुवेदीलाई घोक्रेठ्याक लगार्इने ! भ्रष्टचारी गदाल र खत्रीलाई कठघरामा उभ्याइने


अनेसासमा पहिलेदेखि नै भ्रष्टचार गर्दै संस्थालाई पारिवारिक रुपमा नीजी कम्पनी सरह चलाउँदै आएका होमनाथ सुवेदीले संस्थामा हरेक कार्य मनोमानीपूर्ण गरी विवाद निम्त्याएपछि गत जुनमा भएको विवादित निर्वाचन पछि उनलाई अनेसासको बोर्ड अफ ट्रष्टीबाट घोक्रेठ्याक लगाएर निकालिने भएको छ ।   अनेसासको हित चाहाने केही आजीवन सदस्यहरु, सिमित ट्रष्टी सदस्यहरुको पहलमा सुवेदीको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी  बोर्ड अफ ट्रष्टीको अध्यक्षबाट हटाउन लागिएको छ ।  तर केही सदस्यहरुले यस्तो कार्य गर्नु हुन्न भनेर फरक मत राखेका थिए । सुवेदी कै कारण अनेसास विभाजित भएको र यस्तो अवस्थामा बोर्ड अफ ट्रष्टीले कुनै बैठक नराखेको र विभाजनको र सम्भाब्य एकताको बारेमा केही नबोलेकोले आफूले रगत, पसिना, श्रम,समय र पैसा बगाएको अनेसासको बर्वादी टुलुटुलु हेरेर बस्नु भन्दा अनेसास जोगाउन उपयुक्त लागेको र यसका लागि होमनाथ सुवेदीलाई घोक्रेठ्याक नलगाई अनेसासको बर्वादी नरोकिने भएकोले यस्तो गम्भीर कदम चाल्न बाध्य हुनलागेको कुरा छलफलमा चलेको थियो । सोही अनुसार अगष्टको दोस्रो सातासम्ममा सुवेदीलाई ट्रष्टी अध्यक्षबाट घोक्रेठ्याक लगाइने भएको छ ।
      उता चुनावमा धाँधली गरेर पराजित गराइएपछि  केही दिन इमेलमा आगो भएर सेलाएका कृष्ण बजगाईं र अध्यक्ष पद पाएर कमला प्रसाई चुपचाप लागेपछि गदाल, होमनाथ र खत्रीको मनोवल उच्च भएको छ । कमलाले अध्यक्ष पद पाएर मख्ख परि हालिन बजगाई आफै पाखा लागे भन्दै भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको मनोवल र चलखेल बढेको थाहा पाएपछि कमला प्रसाईंको श्रीमान विशाल शाहको पारो तातेको छ । यही महिना भित्रै उनीहरुको चुनावको धाँधली र भ्रष्टचारका विरुद्ध अदालतमा जाने कुरा आफ्ना निकटलाई बताएका छन् । स्मरण रहोस तत्कालीन अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव गीता खत्रीले करिव पन्ध्रहजार डलर भ्रष्टचार गरेको भन्दै तत्कालीन कार्यसमितिका बहुमत सदस्यहरुले उनीहरुलाई अध्यक्ष र महासचिव पदबाट निष्कासित गरेका थिए ।
बोष्टनमा अनेसास छाडियो !
बोष्टनका वरिष्ठ साहित्यकार शिवप्रकाश र गोबद्र्धन पूजाको सक्रियतामा बोष्टन साहित्य समाज बनेको छ । गत जुन महिनाको धाँधली युक्त निर्वाचन, संस्थामा गैर साहित्यकारहरुको हालमुहाली, अनेसासको कोषमा हुने गरेको भ्रष्टचार र ठूला पदमा भ्रष्टचारीहरु आसिन हुन थालेपछि अब संसारभर अनेसासको पुच्छर हुन छाडेर क्रमशः स्थानिय स्तरमा साहित्यिक संघ संस्था गठन हुन थालेको छ ।

Saturday, July 28, 2012

अनेसासको पतन सुरू भयो ! च्याप्टरहरुले नाम फेरे


पूर्व अनुमान अनुसार अनेसासको विभाजन भैसकेको छ । अब अनेसासको पतनको दिन सुरु भएको छ ।  अनेसासमा अरुलाई लडाएर, भिडाएर आफू न्यायधिश बन्न खोज्ने  होमनाथ सुवेदी, अनेसासको कोषको रकम चप्काउने भ्रष्टचारीहरु ज्ञानेन्द्र गदाल र गीता खत्रीको कारणले अनेसास प्रतिको बितृष्णा बढेर अब संस्था नै धरासायी भएको छ ।  जसको प्रमाण पनि हो अनेसासको च्याप्टरहरुले हरेक वर्ष स्वस्फूर्त रुपमा मनाउने भानुजयन्ती यसपटक धेरै च्याप्टहरुले मनाएन ।  
    कमला प्रसाईंले नेतृत्व गरेको अनेसास र गीता खत्रीले नेतृत्व गरेको दुइवटा अनेसास अस्तित्वमा छ । दुवैले आफूलाई आधिकारिक भएको दावी गरिरहेका छन् । दुवैको अस्त्विलाई अस्विकार गर्ने कसैको पनि हिम्मत छैन । यहाँ सम्मकी निर्वाचित कार्यसमितिलाई विघटन गराउन सक्ने सुपर पावर भएको अनेसासको बोर्ड अफ ट्रष्टी र आफूमा अनेसासको सबै पावर भएको ठान्ने( संहारकर्ता, सम्भारकर्ता) र कार्यसमितिका पदाधिकारी र आजीवन सदस्यहरुलाई आफ्नो खेताला भन्ने होमनाथ सुवेदीले पनि केही गर्न सक्ने स्थिति छैन । यही परिस्थितिका बाबजुद च्याप्टरहरु विभाजित भएर प्रसाईं र खत्रीका पक्षमा लागेका छन् । त्यस मध्ये धेरै जसो च्याप्टरको समर्थन प्रसाईंलाई रहेको बुझिएको छ । केही च्याप्टरहरु कसैको पक्षमा नलागि पर्ख अनि हेर भन्ने निति लिएर निष्क्रिय भएका छन् । अमेरिकाका केही च्याप्टरहरुले प्रसाई र खत्री कसैको पक्षमा नलागी च्याप्टर शब्द हटाएर अनेसास र स्थानको नाम मात्र लेख्ने भन्ने निर्णय पनि गरेका छन् । उता अनेसासको झगडा, अनेसासमा असाहित्यिक ब्यक्तिहरुको हावी, यसको गलत निती र अनेसासको कोषमा भएको भ्रष्टचार जस्ता कारणले अनेसास बेलायत च्याप्टरले अनेसासलाई त्यागी अर्कै नाममा अगष्टको पहिलो साता भित्रमा नयाँ संस्था घोषणा गर्ने भएको छ । यस्तो गर्नेमा अष्ट्रेलिया च्याप्टर, क्यानडा च्याप्टर र अमेरिकाका दुइवटा च्याप्टरहरु रहेको थाहा लागेको छ ।
अनेसासमा ब्यापार नहुने भो !
   अनेसासलाई पहिलेदेखि नै कमाई खाने भाँडो बनाउँदै आएका होमनाथ सुवेदी, आफ्नो कार्यकालमा भ्रष्टचार गरेर पैसा खान पल्किएका गीता खत्री र गदालको ब्यापार बन्द हुने भएको छ । अदृष्यरुपमा पैसा कमाउन राधेश्याम लेकालीलाई कार्यसमितिमा भित्र्याई नेपालको एजेन्ट रुपमा ल्याएको योजना प्रसाईले लेकालीलाई टक्कर दिन साहित्यकार तथा पत्रकार अस्मिता भण्डारीलाई लेकालीले पाएको वरिष्ठ उपाध्यक्ष पद जिम्मा लगाएपछि सबैको निँद हराम भएको छ । योजना अनुसार अमेरिकाबाट सबै आवश्यक कागजात र प्रक्रिया गदाल र खत्रीले मिलाउने, नेपालबाट अमेरिका पैसा तिरेर जाने मानिस खोज्ने कामको लागि नेपालको एजेन्टको रुपमा लेकालीलाई ल्याइएको थियो ।  आफू भन्दा सशक्त भण्डारी सोही पदमा आएपछि उनीहरुको उक्त धन्दा नचल्ने भएको छ । आजकाल लेकालीले दिनरात अस्मिता भण्डारीलाई सो पद मलाई नै छाडीदिनु पर्यो, तपाई जस्तोले विवादमा आउनु हुँदैन , बरु म जे पनि सहयोग गर्दछु भनेर फकाइरहेका छन् ।
अनेसासमा संगठक हराए ?
अनेसास हुने गरेको गलत क्रियाकलाप, निर्वाचनमा होमनाथ सुवेदीको अनावश्यक हस्तक्षेप र निर्वाचनको नाममा हुने अस्वस्थ चलखेलका कारण राम्रा संगठक तथा लेखन र नाम भएका ब्यक्तिहरुलाई मानमर्दन गरेपछि अनेसास छाडेका छन् । अध्यक्ष पदमा हराइएपछि नून खाएको कुखुरा जस्तो भएर बेपत्ता भएका कृष्ण बजगाई, घरका र साथी भाइले  संगठनमा लागेको मन पराएनन्, अब संगठन गर्दिन लेखनमा ध्यान दिन्छु भन्दै हिँडेका छन् । थाहा भए अनुसार उनकी कथाकार श्रीमतीले 'अब संगठन होइन लेखन र घरपरिवारमा ध्यान दिनू' भनेर उनको झाँको झारेपछि  संगठनमा निष्कृय भएका हुन् । त्यस्तै शेखर ढुंगेल, गोपीकृष्ण काफ्ले, भारती गौतम, दीपक भेटवाल, मधु माधुर्य, खेमनाथ पौडेल, शागर श्रेष्ठ, डा. हरिराज भट्टराई जस्ता इमान्दार संगठक अनेसासले सदाका लागि गुमाएको छ ।

Tuesday, July 17, 2012

होमनाथ सुवेदीले अर्कै अनेसास खोल्ने, अनेसास तीन वटा हुने भो ! कामीलाई भित्र्याउँदा अनेसास बिटुल्यो


-बलराम डी सी
अनेसास फुटेर अब तीनवटा हुने भएको छ  । होमनाथ सुवेदीको योजना अनुसार अर्को अनेसास खोल्न कमला प्रसाईं र कृष्ण बजगाईंलाई सुवेदीले उकासेपछि कमलाले विधान अनुसार अनेसास खोलेर आधिकारिकता प्राप्त गरेकि छिन् । तत्कालिन कार्यसमितिले ज्ञानेन्द्र गदाल र गीता खत्रीलाई कोषको रकम हिनामिना गरी भ्रष्टचार गरेको र निर्वाचनको नाममा अनियमितता गरेकोमा निष्कासित गरिसकेको थियो । सोही समितिले निर्वाचनलाई बदर गरेको थियो । तर  गीता खत्री समूहले सोही निर्वाचनमा आफ्नो समूह निर्वाचित भएको भन्दै गत १४ जुलाईमा सपथ खाएको र साधारण शभा फ्लोरिडामा गरेको भन्दै फेसबुकमा प्रचार गरेपछि अनेसासका आधिकारिक अध्यक्ष कमला प्रसाईं आक्रोशित भएकि छिन् । वर्तमान विधान अनुसार अनेसासको साधारण शभा डी सी मा मात्र हुन सक्ने स्पष्ट लेखिएको छ ।

किन खोल्दैछन् होमनाथले अर्को अनेसास ?
बिओटीको खातामा रहेको ५०,००० डलर भन्दा बढी बैकमा रहेको रकम गदाल अध्यक्ष हुने कार्यसमितिमा हस्तान्तरण गर्नु पर्दछ भनेर रँडाको निकालेका थिए । उक्त रकममा आँखा लगाई गदालले चप्काउन खोजेपछि सशंकित बनेका थिए होमनाथ सुवेदी । तर पछि विधान संशोधन गरेर सोही रकम हडपेर गदालले हजम गर्ने दाउ गरेपछि सुवेदीले गत डिसेम्बरमा आफूले अर्को अनेसास खोल्न सक्ने कुरालाई इशारा गर्दै कार्यसमिति र बिओटीलाई इमेल लेखेका थिए– ‘अर्को अनेसास खुल्न सक्छ । यहाँ नअटाउनेले अर्कै अनेसास खोले हुन्छ ।’ यस्तै अभिब्यक्ति गत जुन महिनामा भएको निर्वाचनमा भएको धाँधली र गदाल र गीता खत्रीलाई कार्यसमितिले निष्कासित गरेपछि धमिलो पानीमा माछा मार्दै सुवेदीले ४ जुलाईमा बिओटी र निवर्तमान कार्यसमितिलाई इमलेमा लेखेका थिए– ‘बोर्ड अफ ट्रष्टी अनेसास कार्यसमितिबाट अलग हुनसक्छ । यो अर्कै स्वतन्त्र संस्था हुन सक्छ ।’ स्मरण रहोस् ट्रष्टीको रकम कसैले चप्काउन नपाओस् मौका परे आफैं चप्काउन त्यसको कोषाध्यक्ष आफ्नै छोरीज्वाई बासु सत्याललाई बनाएका छन् । ज्वाई ससुराको हस्ताक्षरले मात्र बैकमा रहेको सो रकम निस्कन सक्छ । होमनाथ  सुवेदीको नीजी नाममा अमेरिकी कानून अनुसार नाफा रहित संस्थाको रुपमा अनेसास दर्ता भएको छ । यदि अनेसासको रकम होमनाथले एक्लै चप्काए पनि उनलाई कुनै कानूनले नछुने कुरा अनेसासका धेरैलाई थाहा छैन । त्यसैले साहित्यिक गतिविधी भन्दा पनि आजीवन सदस्य बनाऔ, ट्रष्टी बढाऔ भनेर मात्र सुवेदीले जोड दिनुको कारण अनेसासको नाममा उनको नीजी ढुकटीमा पैसा थुपार्नु हो ।

निष्कासित अध्यक्ष गदालको आँखा अब बोर्ड अफ ट्रष्टिको अध्यक्ष हुने दाउमा छ । आफूलाई बजगाईंले निष्कासित गरेको फमुर्ला प्रयोग गरी सुवेदीलाई विभिन्न आरोप लगाएर सुवेदीलाई अध्यक्षबाट हटाइ आफू ट्रष्टि अध्यक्ष हुन कुराकानी बढाएको र समर्थनको लागि सहयोग मागेको कुरा ट्रष्टिका एक सदस्यले चुहाए पछि  गदाललको अर्को षड्यन्त्र बाहिर आएको हो । अनेसास दुइवटा भयो झगडामा लाग्नु भन्दा अर्कै खोल्नु पर्दछ भनेर केही ट्रष्टी सदस्यहरुलाई मनाउन सुवेदी  लागेका छन् । दोष जति गदाल, बजगाई, खत्री र प्रसाईंलार्इ दिएर आफू पानी माथिको ओभानो बन्ने प्रयास सुवेदीले गरिरहेका छन् ।

कामीलाई भित्र्याउँदा अनेसास बिटुल्यो
कुनै साहित्यिक उचाई नभएका ज्ञानेन्द्र गदाललाई होमनाथको चाकडी गरेकै भरमा अध्यक्ष सम्म बनाए पछि सुवेदी अहिले पछुताउँदै आफ्ना नजिकलाई भन्न थालेका छन् –‘कामीलाई भित्र्याएर मेरो अनेसास बिटुल्यो ।’ हुन पनि हो, मोहन सिटौंला अध्यक्ष हुने बेलामा अध्यक्ष बन्न सुवेदीले गदाललाई उकासे पनि पछि सिटौलाले उनलाई अन्तर्दृष्टिको प्रधान सम्पादक बनाउने भनेर मनाए । गदालले निकालेको अन्तर्दृष्टिमा भएको भाषिक अशुद्धता र रचना छनौटको स्तर देखेका राम्रा साहित्यकारहरुले जति माग्दा पनि कहिल्यै रचना छपाउन अन्तर्दृष्टिमा दिएनन् । हो गदालद्धारा सम्पादित अन्तर्दृष्टि पत्रिका उतिबेलै झापामा जलाइयो ।  अनेसासलाई ठूलो कलंक लाग्यो ।

पछि गदाल अध्यक्ष बन्ने बेला सन् २०१० मा उनकै हठ र अहंमका कारण अनेसासका राम्रा साहित्यकारहरुले अर्कै अन्तर्राष्ट्रिय संस्था खोले । अध्यक्ष भएपछि गदालले कार्यसमितिमा आफैले नियुक्त गरेको संयोजकको विरोध गर्दै अनेसासकै साहित्यिक लन्डन सम्मेलन बहिष्कार गरे । विधान संशोधनको नाममा संस्था झण्डै विघटनको संघारमा पुर्याए । आफ्नै संस्थाको विरुद्धमा पत्रपत्रिकामा अन्तर्वार्ता दिँदै हिँडे । निर्वाचनको समयमा मतदाता नामावलीमा धाँधली, आजीवन सदस्ता शुल्कको रकम खातामा नराखि खाएको र संस्थाको पैसा झिकी हजम गरे पछि कार्यसमितिले उनलाई निष्कासित गरेको थियो । उनले गराएको निर्वाचनलाई खारेज गरिदिएको थियो । अनि अनेसास पुर्नगठन गरेको थियो । तर फ्लोरिडमा गएर विधान विपरित गैर कानुनिरुपमा साधारण शभाको नाम दिँदै अर्कै अनेसास खोलेर आए । गदालकै कारणले अनेसास दुइपटक फुट्यो । अहिले दुइवटा अनेसास अस्तित्वमा देखा परे पनि निकट भविष्यमै होमनाथको अर्कै अनेसास खुल्ने र सो को लागि होमनाथले केही ट्रष्टीहरु सँग कुरा बढाएका थाहा भएको छ ।

कार्की, रोहिणी र तिमल्सिनाले अनेसासको पुरस्कार झिक्ने
अनेसासका सम्मानित ब्यक्तित्व तथा आर्थिक चन्दादाता डा. श्याम कार्की, रोहिणी शर्मा र सुमन तिमल्सिनाले अनेसासको नाममा लामो समयदेखि चलाई राखेको पुरस्कार यसपटकदेखि बन्द गर्ने भएका छन् । होमनाथको ब्यक्तिवादी प्रवृत्ति, गदालको झगडा र अनेसासको फुटका कारण पुरस्कार झिक्न लागेका हुन ।

Tuesday, July 3, 2012

अनेसासका अध्यक्ष गदाल र महासचिव खत्री निष्कासित


अनेसासमा हुने गरेको अनियमितता र भ्रष्टचार कार्यसमितिबाट बाहिर पत्रपत्रिकामा आएपछि अनेसासको साख गिरेको छ । संस्थाका आजिवन सदस्यहरु र कार्यसमिति भित्रैबाट यसको छानविन गरि दोषीलाई कार्यवाही गर्ने चर्को दवाव आएपछि ३० जुनमा बसेको कार्यसमितिको आकस्मिक बैठकका बहुमत सदस्यहरुले मुख्य दोषी अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव गीता खत्रीलाई विधान अनुसार कार्यवाहीस्वरुप कार्यसमितिबाट निष्कासन गरिएको कुरा अनेसासका वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईंले एक प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
          संस्थाको पैसा हिनामिना गरेकोमा हिसाब किताब देखाउन पटक पटक अनुरोध गर्दा पनि नदेखाएको, आजीवन सदस्य बनाउने नाममा सदस्य शुल्क बापतको रकम ७ हजार डलर संस्थाको कोषमा जम्मा नगरेको, पटक पटक गरी संस्थाको कोषबाट ७४३५ डलर गदाल र खत्री मिलेर निकालेको आरोप लगाइएको छ । निर्वाचनको क्रममा सदस्यता शुल्क नतिरेका गैर सदस्यहरु मतदाता बनाइएको, विधान अनुसार निर्वाचनका लागि कार्यसमितिले पारित गरेको नामावली मात्र मतदाता हुने सक्नेमा कार्यसमितिलाई थाहै नदिइ आफू खुशी नाम थपी निर्वाचनलाई प्रभावित पार्ने काम  गरेको कुरा बताइएको छ ।
            यसैबीच संस्थाको विधान अनुसार वासिङटन डी सीमा गर्नु पर्ने वार्षिक  साधारण शभा र भानुजयन्ती कार्यक्रम सम्पन्न गर्न साहित्यकार कमला प्रसाईंको संयोजकत्वमा एक समिति गठन गरिएको छ । निर्वाचनमा भएको अनियमितता र कोषमा भएको भ्रष्टचारको छानविन गर्न अर्को छानविन समिति गठन गरिने कुरा उक्त प्रेस बक्तब्यमा जनाइएको छ ।

Thursday, June 28, 2012

लौ चिन्नोस् विनोद कुमार नेपाललाई !

पी एन् अधिकारी, न्यूयोर्क
   मलाई अमेरिकामा फटाह  भन्छन् भनेर आफैं स्वीकार्ने विनोद कुमार नेपालको इमेल र ब्लगलाई अमेरिकामा पत्रिकाको समाचार ठान्दैन र धेरैले पढ्दैन भन्ने कुरा स्वंयम् विकुनेलाई पनि थाहा छ । तर त्यो कुरा पाएर पनि ऊ किन पेशा जत्तिकै महत्व र समय दिएर यति धेरै अनर्गल कुरा इमेलमा र ब्लगमा लेखेर अमेरिकी नेपाली समाजको ब्यक्तिहरुको बेइज्जत गर्दछ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । लौ थाहा पाउनोस् उसको नालीबेली ।
      काठमाण्डौंमा कक्षा आठमा पढ्दा सहपाठी केटीलाई प्रेम पत्र लेखेर हेडमाष्टरबाट चेतावनी पाएको भरत कुमार नेपालले अलिक पछि सोही केटीको संवेदशिल अंग समायो भनेर उजुरी पर्यो । त्यसपछि स्कूलबाट निष्काशित भएको भरत नेपालको अर्को स्कूलमा  न्वारान भयो र नाम राखियो विनोद कुमार नेपाल । विज्ञानले भन्छ केही ब्यक्तिको दिमागमै त्यस्तो विकृत तत्व हुन्छ र त्यसलाई विकृत तथा गलत काम गर्न सधैं सक्रिय पार्दछ । सोही विकृत दिमागको विनोद कुमार नेपाल उर्फ भरतले त्यस्ता कार्य कलेजमा पाईला टेकेपछि जारी राखेकोले केटीको चप्पल खाएको थाहा पाउने कोलोराडोमा छन् । अलिकपछि १३ दिने जुठो बार्नु पर्ने नाताले बहिनी पर्नेलाई करणी गर्यो भनेर हाडनाता करणीमा थुनामा पर्यो विनोद कुमार नेपाल । गम्भीर तथा पारिवारिक मामलाको कुरा गुपचुप मिलाउन दवाव दिन खोजे पनि पिडीत पक्षले मानेन । पछि  उषा नेपाल (तत्कालीन सिडीयो) लाई लगाएर नेपाल खान्दानको इज्जत जोगाउनु पर्यो भनेर दवाब दिएपछि पिडित पक्षले मुद्धा फिर्ता लिए । पछि पिडीत पक्षलाई कसैले उकासे र सल्लाह दिए विकुनेलाई ठिक लगाउन माओवादी लगाउनु भनेर ।  त्यसपछि माओवादीले खोज्न थालेपछि विकुने माओवादी बिरोधी भयो । औंशी पुर्णीमामा निस्कने र संचार मन्त्रालयबाटको हण्डी थाप्ने केही दुइ पाते राजावादी पत्रिकामा माओवादीको विरुद्धमा लेख्दा लेख्दै अमेरिका आउने बाटो पत्ता लगायो ।
     भर्खरै राजतन्त्र गएको बेला थियो र अमेरिकामा बस्ने चाँजोपाँजो मिलाउन माओवादीले नेपालमा बस्न नदिएको र ज्यानको खतरा समेत भएकोले अमेरिकी सरकारसँग राजनैतिक शरण माग्यो । शरणार्थीको रुपमा उसले झुटा बयान दिएर मागेको अमेरिका बस्न पाउने मागलाई उति बेलै अस्विकृत गरियो । त्यसपछि उसले सो मुद्धा उपर अपिल गरे पनि सफल भएन ।  उ जस्तै नक्कली कथा बनाएर अमेरिकामा शरणार्थीबाट उद्योगपति, ब्यापारी, समाजसेवी भएका नेपाली समाजमा नाम र इज्जत कमाएका ब्यक्तिहरुलाई ईष्र्याका कारण इमेल, ब्लगबाट आक्रमण गर्न सुरु गर्यो ।  यसो गर्नुको अर्को कारण उसको शरणार्थी मुद्धालाई फेरि ब्यूँताउनु हो । उसले जथाभावी अरुको बारेमा लेखेपछि उसका बिरुद्धमा पनि इमेलमा गाली गलौज, धम्की आउने नै भए । हो सोही इमेल देखाएर आफू अमेरिकामा पनि असुरक्षित रहेको नक्कली कुरा प्रमाणित गराउने प्रयास गरेर शरणार्थीको परिचय पत्र सहित ग्रीन कार्ड हात पार्न चाहान्छ ।
    कहिल्यै मिल्न नसक्ने नेपाली समाजले अरुको बारेमा उसले जे कथा लेखेपनि रोचक मानेर पढ्छन् भन्ने लाग्यो उसलाई । को हो त सबैको बारेमा यतिका धेरै कुरा लेख्ने मानिस भनेर खोज्न थालेपछि ऊ पक्डिने डरले विकुने भनेको अरुनै हुन् भनेर देखाउन थाल्यो । कसैलाई गोबिन्द गिरी प्रेरणा, कसैलाई डा. हरिराज भट्राई र कसैलाई राम प्रसाद खनाल नै विकुने हुन भनेर विकुनेले नै हल्ला फैलाए पनि यीनीहरु मध्ये कोही पनि विकुने हैनन् । मण्डले विकुनेले पंचायतकालको भूमिगत शैलीमामा विनोद कुमार नेपालको नाममा सभ्य मुलुक अमेरिकामा भूमिगत गिरोह बनाउन सफल भएको छ । अमेरिकामा बसेर राजतन्त्र ब्यूँताउने सपना देख्ने केही ब्यक्तिहरु  र आफ्नै संस्थाका असन्तुष्टहरुसँग रिश फेर्ने केही स्वार्थीहरु विकुनेको भूमिगत गिरोहमा ज्वाइन गरेका छन् ।  यस्ता ब्यक्तिहरुले लेखेको लेख विकुनेको नाममा इमेलबाट जारी हुन्छ र ब्लगमा छापिन्छ । उक्त कुरा लामो समयदेखि अमेरिकामा पत्रकारिता गर्ने एक जना नेपाली पत्रकारले उनको ब्लगको भाषा, शैलीको लेखोट अध्ययनपछि यो पंक्तिकारलाई बताएका हुन् ।
       उता स्त्री जाति प्रति घृणा ब्यक्त गर्दै कुनियत राख्ने विकुनेले उसँग इमेल भएका नेपालमा लोग्ने छाडेर अमेरिकामा ग्रीन कार्डको लागी संघर्ष गर्दै गरेका केही महिलाहरुलाई इमेल पठाएर पुरानै बानीलाई दोर्हयाएको कुरा बाहिर आएको छ ।  महिलाहरुले उसँग सम्पर्क नबढाउनु नै उत्तम छ ।