Sunday, May 20, 2012

अनेसासको चुनावमा धोका, षड्यन्त्र र मारामार


बलराम डी सी
अनेसासको आसन्न निर्वाचनको उम्मेदवारी प्रकाशन पछि एक आपसमा शंका र गालि गलौज सुरु गरेका छन् । गीता खत्री समूहको वरिष्ठ उपाध्यक्ष पदमा बजगाईं र प्रसाईं समूहले उम्मेदवारी नदिइ नेपालबाट राधेश्याम गुप्ता ‘लेकाली’लाई निर्विरोध निर्वाचित गराएपछि गीता लेकाली प्रति सशंकित भएकी छिन् । चुनावमा जसरी पनि जित्न आजीवन सदस्य बनाउन नेपालका लेकालीलाई गीता खत्रीले ५ हजार डलर सम्म खर्च गरेर कम्तिमा १०० जना सदस्य बनाउनु पैसा म यता जम्मा गर्छु, नाम मात्र पठाउनु  भनेकोमा करिव २५ जना मात्र बनाए पछि मधेशी लेकालीले धोका दियो भन्दै हिँडेकी छिन् । स्मरण रहोस लेकालीले नेपालमा बनाएका भनिएका सदस्य शुल्क गीता खत्रीले अमेरिकामा आफैले तिरेर बैंकमा जम्मा गरेकि थिइन र ती सबै सदस्यको इमेल आइडी अमेरिकमा मै तयार गरेर गीताले आफै भोट हाल्न पासवर्ड राखेकि छिन् ।

         मधेशीले धोका दिदैन भाउजू भन्दै गीता समूहका निर्वाचन कमाण्डर दुवसु क्षेत्रीले गीतालाई जति सम्झाए पनि उनी मान्न तयार छैनन् । बजगाई र प्रसाईंले लेकालीसँग कुरा नगरीकन कुनै सम्झौता नभई त्यसै छाडेका हैन भन्ने ठहर गीताको रहेको छ ।

        आफ्नो भाई कृसु क्षेत्रीलाई जिताउन हर प्रकारको चाल चलिरहेका दुवसु अहिले सबै तिरबाट असफल बनेका छन् । लोभ लालच, डर त्रास देखाएर भाइलाई निर्विरोध गराउने उनको प्रपंच सबै फेल खाएको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी दुवसु संसारभरका नेपाली दुतावास प्रयोग गरेर गीतालाई जिताउने ठेक्का लिएका थिए । दुतावासका कर्मचारीले भनेकै भरमा अनेसासका मतदाताले भोट दिन्छन् भनेर गीताले उनलाई टिममा सहभागी गराएका हुन् । तर त्यस्तो कुनै क्षमता उनमा छैन । अनेसासमा होमनाथ सुवेदी पछिका अलोकप्रिय र घृणित अर्का सुवेदी दुर्गाबहादुर सुवेदी क्षेत्री अर्थात दुवसु हुन भन्ने  गुह्य कुरा अनेसासमा थाहा पाउने धेरै छन् ।

         अनेसासका भूतपूर्व अध्यक्ष दुवसु नेपाली कांग्रेस मा कोइरालाको वंश परम्परा जस्तै होमनाथ सुवेदीसँग मिलेर सुवेदीको वंश परम्पराको निरन्तरता अनेसासमा दिन चाहन्छन् । सोही क्रममा वर्तमान कार्यसमितिमा उनका श्रीमती पुनम क्षेत्री उपाध्यक्ष र सहोदर भाइ कृसु कोषाध्यक्ष छन् । गीतालाई अहिले जसरी पनि जिताउन लागेका उनी अर्को पटक साहित्यमा कुनै योगदान नभएकी आफ्नी श्रीमती पुनमलाई अध्यक्ष बनाउने दाउमा छन् । सोही अनुसारको सम्झौता गीता खत्री र होमनाथ सुवेदीसँग भएको कुरा बाहिर चर्चामा छ । अर्को तर्फ होमनाथलाई खुशी पार्न र सुवेदीको वंश थाम्न फ्लोरिडाबाट बिजयराज सुवेदीलाई क्षेत्रिय पदमा उम्मेदवार उठाएर एक तिर दुइ शिकार गरेका छन् ।  विजयराज सुवेदीलाई गीताले बरिष्ठ उपाध्यक्ष पद दिए पनि दुवसु कै कारण उनी क्षेत्रिय उपाध्यक्ष पदमा झारिएका हुन् । विजयराज अहिले वरिष्ठ उपाध्यक्ष जिते भने अर्को पटक अध्यक्षको सिधै उम्मेदवार हुने भएकोले उनी भन्दा पहिले श्रीमतीलाई अध्यक्ष बनाउन यस्तो घृणित खेल दुवसुले खेलेका हुन् ।  उता विजयराज आफ्नो प्रतिष्ठा जोगाउन उम्मेदवारी फिर्ता लिई आफू भन्दा जुनियर बासु ढकालसँग चुनाव नलड्ने बरु सल्लाहाकार वा मनोनित सदस्य पदमा जाने ईच्छा ब्यक्त गरेका छन् ।


Thursday, May 17, 2012

कमलालाई मुद्दा हाले गीतालाई भुत्याउने

अनेसासको निर्वाचन अध्यक्ष पदका दुइ महिला उम्मेद्वार बीचको वाक युद्ध अब हातहालाहालको स्थितिमा पुगेको छ । कमला प्रसाईं गीता खत्री भन्दा अगाडि देखिए पछि गीताले कमलालाई रोक्न अघिल्लो पटकको हरहिसाब नबुझाएको कारण देखाएर मुद्या हाल्ने कुरा गरेकोमा कमलाले एक बक्तब्य प्रकाशित गरि घोर निन्दा गरेकि छिन् । यदि गीताले मुद्या हाले गीतालाई टाइम स्क्वायरमा लगेर भुत्ल्याउने कुरा कमलाले गरेको भनेर गीतालाई सुनाएपछि रिशले चूर भएकि छिन् । न्यूयोर्कको सेरोफेरोलाई अनेसासमा आफ्नो जीत निश्चित ठान्ने यी महीलालाई लन्डनका कृष्ण बजगाईंले अग्र पङ्तीमा रहेर चुनौति दिइरहेकाछन् । अहिलेको निर्वाचनमा कि त बजगाईंको जीत कि त प्रसाईंको जीत हुने कुरा ठोकुवा गरेका छन् मानिसहरुले ।
उता गीता कम्जोर ठानिएपछि उनलाई जिताउन होमनाथ सवेदीले गत ८ मे मंगलबारका दिन उनको निवासमा भोजको आयोजना गरेर अनेसासका सुकिला ठालूहरुलाई बोलाएर गोप्य मन्त्रणा गरेको थाहा हुन आएको छ । सो भोजमा न्यूयोर्कका गीता खत्री र राम खत्री सहित अरुलाई पनि बोलाईएको इमेल अहिले धेरै जनाकोमा फरवार्ड भएको छ । न्यूयोर्क कै कमला प्रसाईं र विशाल शाहलाई भने बोलाइएको थिएन । यो कुरा थाहा पाएकि कमला होमनाथसँग रिशले चूर भएकि छिन् । सहमतिको लागि कमलाले हदैसम्मको लचकता अपनाएर बजगाईंलाई समेत राजी बनाइसकेको अवस्थामा गीतालाई सहमतिमा आउन नदिने होमनाथ भएको ठहर गरेकि छिन् । यस्तो अवस्था उत्पन्न भएपछि अनेसासका केही मानिसहरु गीतालाई तथा होमनाथलाई हराउन भोट कि त बजगाईंलाई कि त प्रसाईंलाई दिनु भन्दै हिँडेको थाहा भएको छ ।

Saturday, May 5, 2012

गीतालाई सुवेदीले च्यापे, गदालले प्रसाईं, सुस्त बजगाईं

बलराम डी सी
अनेसासको आगामी निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार गीता खत्रीलाई ट्रष्टी अध्यक्ष होमनाथ सुवेदीले च्यापेपछि ज्ञानेन्द्र गदालले उनलाई छाडेका छन् । सुवेदीको आर्शिवादले चुनाव जित्ने सपना देखेकी गीताले सुवेदीलाई ठिक लगाउने गदालको सबै गोप्य रणनीति सुवेदीलाई बताएपछि उनी टाढीएका हुन् । त्यसो त गीताको सुवेदीसँग पहिलेदेखिकै हिमचिम हो । दश कक्षा पास नगरेकी गीतालाई सुवेदीले नै महासचिवमा ल्याएका हुन् । तिनै अशिक्षित गीताको नेतृत्वमा बस्ने कोही पनि तयार नभएपछि गीता निराश भएकी छिन् । उम्मेदवारी सार्वजनिक गरेका मध्ये गीता भन्दा कमला अहिले धेरै अगाडि देखिएकी छिन् । उता अघिल्लो कार्यकालको पैसा नबुझाएको भन्दै कमलाको बेइज्जत गर्दै गीताले हिँडेको थाहा पाएपछि कमला रिसले चूर भएकिछिन् । उनी गीतालाई जसरी पनि हराउन लागेकि छिन् । यो सब थाहा पाएका  गदालले होमनाथको आर्शिवाद प्राप्त गीतालाई साथ छोडेर कमला प्रसाईंलाई सहयोग गर्ने भएका छन् । आफूलाई असफल पार्ने होमनाथ सुवेदीलाई अघिल्लो पटक पराजित कमला प्रसाईंले मात्र ठिक लगाउन सक्ने ठानेर यसो गरेका हुन् । प्रसाईंले उसबेला सुवेदीलाई पुरै नङ्ग्याएकी थिइन ।

    दश कक्षा उत्तिर्ण नगरेकि गीतालाई होमनाथले च्याप्नुको अर्थ चुनावको बेला आजिवन सदस्य बढाउलिन भन्ने हो पनि हो । इमेलबाट भोट हाल्ने अचम्मको ब्यबस्था भएको यो अनेसासको मतदाता नामावली   गीताको श्रीमान् राम खत्रीले गदालको निर्देशनमा नक्कली नाम राखेर तयार गरेको  मतदाता नामावलीमा कार्यसमितिका हुतिहाराहरुले सहिछाप ठोकेपछि आफूले जित्ने मनग्गे भोट भएको ठानेकी  गीताले यसपटक सदस्यता बढाउन खासै चासो नदेखाएपछि सुवेदी चिन्तित भएका छन् । अरुबेला नबढ्ने सदस्यता चुनावको बेला बढेर सुवेदीलाई दोहोरो फाईदा हुने गर्दथ्यो । उता आजिवन सदस्य बढाउन सक्छन् कि भनेर लन्डनका पैसा भएका,कमिटिमा उठ्ने योग्यता नभएका  बिकुल आचार्यलाई अध्यक्षमा उठ्न सुवेदीले उकासेपछि चम्केका उनी गदालको निर्णयले अहिले चित खाएर लडेका छन् । आजिवन सदस्य बापतको पैसा उठाएर केन्द्रमा पैसै नबुझाई सबै लन्डन सम्मेलनमा खर्च भयो भनेर लन्डनकाले  ४००० डलर चप्काएपछि अध्यक्ष गदालले कुनै हालतमा सदस्यता नदिने भएका हुन् ।  आजिवन सदस्य माँगेका लन्डनका ४० जनाको सदस्यता नहुने भएपछि बिकुल  आचार्य बेपत्ता भएका छन् ।

   उता यसपटक निर्वाचन समितिले आजिवन सदस्य बनाउने म्याद थोरै राखेका कारणले पैसा जम्मा नहुने भएपछि निर्वाचन समितिसँग सुवेदी रुष्ट भएका छन् । आजिवन सदस्य बढाएर सुवेदीको कोष भर्ने काममा रुची नदेखाएका गदाल कार्यकाल  भरि फेल खाए पनि अन्तिम समयमा आएर पाएको सफलताले दंग परेका छन् ।

  उता अध्यक्षका अर्का प्रत्यासी ठानिएका बेल्जियम निवासी बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईं चुपचाप बस्नुलाई रहस्यको रुपमा हेरिँदै छ । नेतृत्व क्षमता भएका, सबै भन्दा बढीसँग सम्पर्क भएका, हल्ला गर्न माहिर र घमण्डी   यीनी अनेसासमा सबै भन्दा चिनिएका साहित्यिक ब्यक्ति हुन् । पत्रपत्रिकामा प्रचार प्रसार नगरीकन त्यसै चुनाव जित्छु भन्ने घमण्ड लिएका छन् ।  यीनको लहडले हावा खायो भने सबै भन्दा पहिले गदाल खुशी हुनेछन् ।

न्यूयोर्क तिर केही मानिसहरु कमला र गीतालाई मिलाउन लागेका छन् । कमला गीता  भन्दा मुनिको पदमा  नबस्ने गीता कमला भन्दा मुनि नबस्ने भनेपछि मिल्ने सम्भावना नभएको बताईएको छ । तर दुबै जना बजगाईंको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष पद पाए जाने भन्दै हिँडेका छन् । बजगाईंले यी दुबैलाई मिलाउन नसकेका हुन, मिलाउन नचाहेर लडाउन-भिडाउन खोजेका हुन् वा अर्कै उम्मेदवारको खोजीमा लागेका हुन् शंकाको रुपमा हेरिएको छ । अध्यक्षका प्रत्यासी प्रसाई, खत्री तथा बज्गाईं भन्दा चौथो उम्मेद्वारको खोजीमा अनेसासका केही मानिसहरु लागेको थाहा हुन आएको छ । अर्को तिर कुनै पनि बेला गदालले पुनः उम्मेद्वारी घोषणा गर्ने सम्भावना पनि उत्तिकै छ ।

Monday, April 30, 2012

अनेसासको अध्यक्ष पदमा ‘नानीमैया दाहाल’


पटमूर्ख गीता खत्री ‘नानीमैया दाहाल’ अनेसासको अध्यक्ष पदमा उठ्ने घोषणा गरे देखि उनकै निँद हराम छ । दश कक्षा पास नगरेकी खत्रीको नेतृत्वको पदमा बस्ने कोही मानिस नपाएपछि न्यूयोर्कबाट मानिस खोज्न वासिङ्टन डिसी पुग्दा त्यहाँ कोही राजी नभएपछि उनी चिन्तित भएकी छिन् । 
उता न्यूयोर्क कै कमला प्रसाईंले भकाभक आफ्नो उम्मेदवारी अनलाईन पत्रिकामा छपाएपछि गीतालाईं औडाहा भएको छ । खत्री जसरी पनि प्रसाईंलाई हराउन लागेकि छिन् । प्रसाईं जसरी पनि खत्रीलाई ‘साईज’ मा ल्याउन चाहन्छिन् । उति बेला आफूलाई हराउने गीतालाई यसपटक कमिटिमै पाईला टेक्न नदिने गोप्य रणनितिमा लागेकि छिन् । गीता खत्रीले न्यूयोर्क कै एकजना पत्रकारलाईं पत्रपत्रिकामा आफ्नोे प्रचार प्रसार गराउन भनि ५०० डलर दिएको र चुनाव जिते बाँकी ५०० डलर दिने सम्झौता भएको थाहा लागेको छ । त्यसरी नै अस्ति डि सी आएको बेला एक जना पत्रकारलाई चुनाव खर्च दिन लाग्दा पत्रकारले गीताको सातो लिएपछि उनको होस हवास उँडेको छ ।
न्यूयोर्कमा गीताका समर्थकहरुले पहिल्यै नै गीतालाई छाडिसकेका थिए । अहिले नेतृत्व क्षमता भएकी शिक्षित नारी प्रसाईंलाई जिताउन न्यूयोर्कवासीहरु लागि परेका छन् । गीता भन्दा कमला अहिले तगडा उम्मेदवारको रुपमा प्रस्तुत भएकि छिन् । न्यूयोर्कमै आफू यति कम्जोर भइएला भन्ने खत्रीले कहिलै सोचेकि थिइनन् । मतदाता नामावली तयार गर्ने गीताका श्रीमान् राम खत्री  चुनावमा धाँधली गरेर भए पनि जितिएला कि भनेर सोचिरहेकोमा यो अवस्था देखेपछि अहिले उनको चैन हराएको छ । कमलाको ‘बोल्ड’ पर्शानालिटिको अगाडि गीता मणी हराएको सर्प जस्तो भएकी छिन् ।












Sunday, April 29, 2012

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, आइ एन एल एस्- INLS- जरुरी सुचना

-विनोद कुमार नेपाल
तपाईंलाई थाह छ, अनेसास रुपी होम नाथ चिया पसलमा "मुस्किलले दशम कक्षाम पारंगतम स्वघोषितम महा-वरिष्ठम साहित्यकारम गीता देवी खत्री पटमुर्खम"लाई महामहिम श्री श्री श्री होम नाथ सुबेदी उर्फ छल-कपटम बेशरणम रावणमले काखी च्यापेर आफ्नो चिया-पसलमा अर्हौटे कान्छी बनाउन कोशीश गर्दै छन् । यसको कारण घमण्डी विवेकहीन अन्धो गोरु कृष्ण बज्गाईं र झगडा गर्न सक्ने कलालाई आफ्नो नेतृत्वको क्षमता ठान्ने कमला प्रसाईलाई धेरै रुष्ट बनाएको छ । यसै कारणले लडाकु कमला प्रसाईले मैदान छोडेर बस्ने निर्णयमा पुगेकी छीन् । 

पटमुर्खम दशम कक्षाम स्वघोषितम महा-वरिष्ठम साहित्यकारम गीता देवी खत्री जो फ्रन्सेली भाषामा समेत स्वघोशित पि एच डी छिन उनलाई अनेसास चिया-पसलको अर्हौटे कान्छी बनाउनको निमित्त निर्वाचन समिती चयन गर्ने शिलशिलामा अनेसास चिया पसलका आजिवन कुलपती होम नाथ सुबेदीका कछाड भित्रका जुम्राहरुलाई थोपारिएको छ । 

जतिबेला अनेसास कुलपती होम नाथ सुबेदीले कछाड फुकाल्छन्, त्यतिखेर ती जुम्राहरुले अँग्रेजी, फ्रन्सेली र नेपाली गरी तीन भाषाका महा-डक्टोरेट स्वघोषित बडा-महा-वरिष्ठ साहित्यकार उही गीता देवी सुब्बोको खत्रीनीलाई त्यो डण्डो पुरस्कार समाउन लगाउने योजना बनिसकेको जानकारमा आएको छ । यस्तो समाचारले रिसमा ब्रेक नभएको कमला प्रसाईको दिमागको पारो तातेको झोंकमा आफ्नै हातमा आउन सक्ने होमेको डण्डो फुस्किएर गीता खत्रीनीको मुखमा जाने संभावना बढेकोले बरु गोरु बज्गाईंलाई नै समर्थन र सम्पुर्ण नभएको शक्ति खर्चने सोच बनेको कुरा स्वयं मेरो कानले सुनेको उल्लेख गर्दछु ।

जे जे भए पनि जो जिता वही सिकन्दर, होम नाथको ठगी खाने भाँडो अनेसास रुपी चिया पसल ।


Sunday, April 22, 2012

किताब नजन्मिँदै दिइएको 'नं. १

-केदार शर्मा
प्रभावशाली आख्यानकार र मेरा सम्मानित मित्र  Nayan Raj Pandey को लू पक्कै राम्रो छ। आफूले गतिलो ठानेको किताब पढन मलाई गतिलै मनस्थिति चाहिने हुँदा पढिहालेको छैन। तर लाग्दैछ, यो किताब कतै अति प्रचारको शिकार त भइरहेको छैन?

फराकिलो मित्रमण्डली भएका लेखकका कृतिहरूले राम्रो प्रचार पाउँछन्, त्यसमाथि नयनजी जस्ता लेखकका किताबको चर्चा हुने नै भयो। तर Yangesh जस्ता सम्पादकले किताब सार्वजनिक हुने दिन (हुन बाँकी छँदै) वर्षका ५ किताबमा '१ नम्बर' भनेको छाप्नु र त्यसको सातादिन पछि त्यही दैनिकमा त्यही किताबका बारेमा तिनै लेखक (गोविन्द वर्तमान) को समीक्षा छाप्नु, अलि अति त हैन?

गुनासो यसपटक समीक्षा छापिएकोमा हुँदै हैन। त्यसमा त खुसी नै छ। तर त्यसले अघिल्लो साता, किताब नजन्मिँदै दिइएको 'नं. १' सम्झायो।

लू लाई शुभकामना। यो पाठकका आँखामा पनि नं. १ ठहरियोस् र मानिसले यस्तो आक्रामक प्रचारबाजी बिर्सिऊन्।



साभार : केदार शर्माको फेसबुक स्टाटस् बाट 

हरि अधिकारीको निर्लज्जता


-कृष्ण अविरल 
“किशोर (नेपाल)को त्यो नयाँ उपन्यास यति रद्दी, यति झूर छ कि सब बकवास लेखन । साहित्यमा त्यस्तो रद्दी लेखाइको के अर्थ ?” समीक्षक तथा ‘वरिष्ठ’ पत्रकार हरि अधिकारीले करिव दुई साताअघिको एउटा जमघटमा भने, “मैले त्यो किशोरलाई साफ पारेर नेपाल -साप्ताहिक) मा लेख्नु पर्‍यो भनेर रमण -घिमिरे)सँग कुरा गरेको, काँ दाई, विष्णु निष्ठुरीले लेखिसक्यो भन्यो । मैले लेख्छु भनेर किशोरले आफ्नो त्यो विष्णु निष्ठुरी भन्ने हनुमानलाई हतारहतार लेखाइहालेछ । साहित्य नै नबुझेको दुई कौडीको त्यो विष्णु निष्ठुरीको लेखाइको के अर्थ ? कमसेकम लेखिसकेपछि त्यसको साहित्यिक मूल्य होस् न….।”
नयाँ बानेश्वरस्थित साहित्यकार परशु प्रधानपुत्रको स्वामित्वको ट्रेन्डी क्याफेको त्यो सानो साहित्यिक जमघटमा प्रधानकै सामुन्नेमा अधिकारीले ‘शहरको कथा’ उपन्यासलाई लिएर नेपालका बारे त्यो आक्रोश ओकलिरहँदा पत्रकार अच्युत कोइराला हट्टाहास छाडेर हाँसिरहेका थिए भने कवयित्री तारा सुवेदी मुसुमुसु । किनकि सबैलाई थाहा थियो, आफूले दुई कौडीको आख्यान लेख्न नसक्ने अधिकारीले ओकलिरहेको त्यो आक्रोशको चूरो के हो भनेर । ०३९ सालमा निस्केको उनको ‘रामलालको आकाश’ कथासङ्ग्रहले पानी पनि पिउन पाएको थिएन । केही महिनाअघि नागरिकमा छापिएको ‘झ्यालकी केटी’ शीर्षकको कथा त गोविन्द गोठालेको बहुचर्चित उपन्यास ‘पल्लोघरको झ्याल’को नेपाली सिनेमा स्तरको चोरी थियो भन्ने कुराबाट पछिल्लो पुस्ताका कोही अनभिज्ञ नहोला । तिनै अधिकारी अरुलाई अर्ती दिँदै हिँड्छन्, ‘आख्यान यस्तो हुनुपर्छ, कविता उस्तो हुनुपर्छ… ।’
त्यसो त हरि अधिकारीले कस्ता किताबलाई, के कारणले प्रशंसा गर्छन् र कस्ता सिर्जनालाई गाली गर्छन् भन्ने कुरा ‘जिरो कटेज’ उपन्यासका सर्जक टंक चौलागाई, ‘सान्नानी’ र ‘संयोग’ उपन्यासका सर्जक किरण रिमाल, झापाका उदीयमान प्रतिभा मिलन सङ्ग्रौला अकृत, मार्टिन चौतारीसम्बद्ध बिमल आरोहीहरुलाई जस्तै पंक्तिकारलाई पनि प्रष्ट भइसकेको छ । “हरि अधिकारीले प्रशंसा गरेर लेखे भने त्यो किताब झूर रैछ भनेर प्रष्ट हुन्छ ।” ‘चक्रवात’ उपन्यासका श्रष्टा दीपकिरण शर्माले त मुखै खोलेर भनेको पनि सुनेको थिएँ, “अधिकारीले गर्ने प्रशंसाका पछाडि रक्सी वा खामवन्दी नगदको गन्ध हुन्छ भन्ने कुरा कसलाई थाहा छैन र ?” त्यसपछि आँखामा झल्झली आएका थिए, अधिकारीले महान् भनेर लेखेका केही नामहरु…..। ‘हरिले झूर भनेर गाली लेख्यो भने त्यो किताब उत्कृष्ट रैछ भनेर बुझ्नु पर्छ ।’ झापातिर घर भएका एकजना श्रष्टाले भनेका थिए, ‘अहिलेसम्मको लेखाई हेर्दा हरिले उभयलिंगी स्तरका किताबहरुको मात्रै प्रशंसा गर्दै आएको छ ।’
यसकारण पनि अधिकारीले किशोर नेपाललाई गर्ने गालीमा कुन्ठा र आरिस आधा बढी मिसिनु अनौठो होइन । किनकि नेपाल र अधिकारी उमेरले पाँच-सात वर्ष जेठा-कान्छा भए पनि उनीहरुको पत्रकारिताको स्कुलिङ एउटै हो । दुवैले देशान्तर साप्ताहिकबाटै आफूहरुलाई पत्रकारितामा स्थापित गरेका हुन् । सत्य हो, अहिले देशमा क्रियाशिल पत्रकारमध्ये सय बढी किशोर नेपालका चेला छन्, जो गुरुका रुपमा नेपालको नाम गर्वले लिन मन पराउँछन् । तर हरि अधिकारीको चेला हुँ भन्ने एकजना पनि छैनन् । अधिकारीका जेठी पत्नी पुत्र हिमाल खबरपत्रिकामा सम्बद्ध अनुराग स्वयम् पनि चेला बन्न सकेनन् भने अरु त…..। त्यसैले अधिकारीको बोलीमा त्यसबेलाको तुस र कुन्ठाको लेपन लाग्नु अस्वाभाविक होइन पनि । “शहरको कथा” पढिसकेपछि दिमागले यस्तै निष्कर्ष निकाल्यो ।
छुद्र बानीका कारण साहित्य वृत्तका आममानिसहरु हरि अधिकारीसँग रुष्ट हुन थालेका छन् । उनको लेखनबाट चिढिएका दर्जन बढी कृति लेखिसकेका एकजना बिकाउ स्रष्टा भन्छन्, “अरुका किताबमा यस्तो भएन र उस्तो भएन भनेर जथाभावी कमेन्ट लेख्नेले आफूले चाहिँ बेष्टसेलर हुने गरी अरुभन्दा उत्कृष्ट लेख्न सक्नु पर्‍यो नि । आफूचाहिँ ६ महिनामा दुईसयप्रति बिक्ने स्तरको किताब पनि लेख्न नसक्ने, अरुलाई चैँ आत्मसम्मानमै ठेस पुग्ने गरी होच्याएर समीक्षा लेख्दै हिँडेपछि उसका कुरा पाठकले कतिन्जेल पत्याउँछ ? त्यस्ता मान्छेको किताब अरुले किन पढ्ने ?” त्यही भएर होला उनका ०६३ मा निस्केको ‘संसदमा एक दिन’लगायतका कुनै पनि किताबले पाँच सय प्रति बिक्रीको रेकर्ड बनाउन सकेका छैनन् ।
हुन पनि हरि अधिकारीले समीक्षा लेख्ने नाममा आफूलाई स्थान दिने पत्रिकाको शाख र मर्यादाको समेत ख्याल नगरी जथाभावी लेख्ने गरेको आरोप लगाउनेहरु साहित्य वृत्तमा बग्रेल्ती छन् । यतिसम्म कि आनी छोइङको आत्मकथा “फूलको आँखामा” पढ्न नभ्याएपछि उनले त्यसका बारेमा लेखे, “वाहियान्तर सुन्दरीको सुन्दर कृति….।” जवकि त्यो कृति दर्दनाक पीडाजन्य सन्दर्भ समेटिएको अब्बल कृति हो भन्ने कुरामा सायदै कसैको विमति होला । पढेर भावुक नहुने पनि विरलै पाइएलान् । तर पूरै पढ्न नभ्याएपछि हरिले हचुवा टिप्पणी लेखिदिए । उनको यस्तो प्रवृत्ति किशोर नेपालकै अघिल्लो उपन्यास “पाताल”, हरियाली पार्टी हुँदै माओवादी पार्टीमा प्रवेश गरेका कुनै लुइटेलको “राजनीतिको छ दशक” आदिका सन्दर्भमा निकृष्ट ढंगले सार्वजनिक भएको बताउनेहरु स्रष्टाहरु बजारमा बग्रेल्ती छन् । घिमिरे थरका एकजना स्थापित श्रष्टा त हरिलाई लठुवा समीक्षकको उपमा दिन्छन् । “दैनिक पाँच घन्टाभन्दा बढी जाँडपानीको ह्याङओभरमा रहने हरिले हप्तैपिच्छे दुईटा किताब कसरी पढिभ्याउँछ र समीक्षा लेख्छ ?” एक भेटमा उनले भने, “उसले लेख्ने भनेको आवरण हेरेको र भूमिका पढेको भरमा व्यक्तिका बारेमा हो । जो आफैँ राम्रो आख्यान सिर्जना गर्न सक्तैन उसैलाई समीक्षा लेखाउनु र पत्रिकाले छाप्नु नै गलत प्रवृत्ति हो ।”

पीडितहरु अनेक छन्
गएको असारतिर आचार्य थरकी एकजना महिला श्रष्टाका श्रीमानले ओकलेको पीडाले मन चसक्क पारेको थियो । कथा विधामा अक्षर खेलाउने ती स्रष्टाको तेस्रो कथासङ्ग्रह गत वैशाखतिर निस्केपछि स्वनामधन्य समीक्षक अधिकारी आफैँले फोन गरेर भेट्न बोलाएछन् । तर उनी भेटी-भेटी के समीक्षा लेखाउनु भनेर बोलाएको ठाउँमा गइनछिन् । त्यसपछि त के थियो, नेपाल साप्ताहिकमा भरमार गाली आइहाल्यो । “भेट्न नगएको, यस्तो गाली लेखिदिए, हेर्नोस् न ।” पत्रिका देखाउँदै उनले भनेका थिए, “त्यति वरिष्ठ भएर पनि कस्तो घटिया मानसिकता भएको मान्छे रैछन् ।”
“बोलाएपछि भेट्न गएको भए हुन्थ्यो नि त ।” मन चोर्ने हिसाबले पंक्तिकार बोल्यो । किनकि अधिकारीको चरित्र स्त्रीका मामलामा कस्तो हो भनेर अग्रज श्रष्टा परशु प्रधानले पंक्तिकारलाई पहिल्यै पाठ पढाइसक्नु भएको थियो । देउराली दैनिक निकाल्दाताका अधिकारीले आर्थिक एवम् शारीरिक शोषणको शिकार बनाएका बिराटनगरकी दुर्गा भाउजू आमा-छोरीको पीडाको कहानी, धरानबाट फिर्दा ताका एउटा रेष्टुरेन्टमा देखाएको हर्कतका बारेमा उहाँकै मुखबाट बारम्बार सुनेको थियो । २०५८ सालमा नयाँबानेश्वरको रेष्टुरेन्टबाट प्रहरीद्धारा रगेहात पक्राउ परेर एक रात हिरासतमा बिताएपछि उनका भान्जाभाइ अच्युत वाग्लेले तात्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष सोर्स लगाएर छुटाएको कुरा एकजना प्रहरी अधिकारीका माध्यमबाट पंक्तिकारका कानमा परेका थिए । अनि गौशालातिर बसोबास गर्ने पतिसँग कटुसम्बन्ध भएकी एउटी रुपवती कवयित्रीलाई अधिकारी आफैँले फोन सम्पर्क गरी निवासमै पुगेर गरेको अस्वाभाविक आग्रहका बारेमा पनि पंक्तिकार वेखबर थिएन ।
“तिनको बानी अलि ठीक छैन भन्ने थाहा पाएर भेट्न गइएन तर… ।” गएको महिना मात्रै अमेरिका भासिएका तिनले अनुहारका छाला मुजा पारेर भनेका थिए ।
“गाली गरेर समीक्षा लेखेर के भयो त, झन् बिक्री बढ्यो नि । त्यसपछि मैले सान्त्वना दिएँ, “हरि अधिकारीले राम्रो भनेर प्रशंसा गरेको किताब त आमपाठकले किनेर पढ्नै छाडिसके ।” तर उनले मेरो सान्त्वनाले चित्त बुझाएनन् । भने, “त्यो कुरा जन्दाजान्दै नाम चलेका पत्रिकाले यस्तो घटिया मान्छेलाई किन स्थान दिएका होलान् ?” तर त्यसको जवाफ दिनसक्ने हैसियत पंक्तिकारसँग हुने कुरै भएन ।
हरि अधिकारीबाट भिक्टिम हुने दर्जनौं श्रष्टामध्ये ‘कथाकी पात्र’का लेखक सुविन भट्टराई पनि एक हुन् । कथासङ्ग्रह निस्केपछि उनले अधिकारीबाट समीक्षा लेखाउन रहर गरे, जो उनका कलेज पढ्दाकी घनिष्ठतम् सहपाठीका पितासमेत हुन् । मन नमाने पनि पंक्तिकारले भन्यो, “कोशिस गर्नु नि त ।” पहिलेको खोटाङ्गे र हजुरबुबाको साथीसमेत भएको नाताले स्रष्टा परशु प्रधानसँग निकटता बढ्दै गएपछि अधिकारीबाट समीक्षा लेखाउने सुविनको चाह अरु बढ्दै गयो । त्यसक्रममा पंक्तिकार र प्रधानलाई साक्षी राखेर दुईपटक ट्रेन्डी क्याफेमा उगाल आउने गरी मदिरा खुवाए । तर ६ महिना बित्दा पनि उनको समीक्षा आएन । आफ्नी सहपाठीको सोर्स लगाए तर पनि अधिकारीको कलम चलेन । बरु भने, “दोस्रो संस्करण निस्केपछि लेखौला नि ।”
स्थापित श्रष्टाहरु नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्यामल, ध्रुव सापकोटा, डा. रवीन्द्र समिर आदि समेतले प्रशंसा गरेको सुविनको कथासङ्ग्रह समीक्षा लेख्नै नमिल्ने स्तरको पत्रु र कमजोर थिएन । सात महिनापछि दोस्रो संस्करण निस्क्यो । त्यसपछि फेरि ट्रेन्डीमा अर्को जाँडपानीको कार्यक्रम बन्यो, परशु प्रधानलाई साक्षी राखेर । हिँड्ने बेलामा प्रधानकै आग्रहमा सुविनले हरि अधिकारीलाई उनको घर नालिन्चोकसम्म पुग्नका लागि एक हजार रुपैयाँ ट्याक्सी खर्च पनि दिए । त्यसपछि पनि समीक्षा नआएपछि गएको अंग्रेजी नयाँ बर्षको अवसरमा पंक्तिकारकै सामुन्नेमा सुविनले फोन गरे । अधिकारीले निर्लज्ज जवाफ दिए, “दोस्रो संस्करणको समीक्षा नागरिकले नछाप्ने भो ।” जवकि नागरिक दैनिकको त्यही दिनको अंकमा अरु कसैको दोस्रो संस्करणकै समीक्षा छापिएको थियो ।
खासमा सुविनले कान्तिपुर वा नेपाल साप्ताहिकमा समीक्षा लेखाउनैका लागि अधिकारीको पिछा गरेका थिए । तर अधिकारीबाट उनमाथि जुन शोषण भयो, त्यो छोरीको साथी र अधिकारीकै शब्द पैचो लिएर भन्दा ‘उदीयमान प्रतिभाशाली श्रष्टा’ माथि गर्ने ब्यवहार भन्न सुहाउने थिएन । सुविन अहिले भन्न थालेका छन्, “अब म समीक्षा लेखाउने रहर नै गर्दिन । हरि अधिकारी कतिसम्म निर्लज्ज हुन्छन् भइरहून् ।”

निकृष्टताको हद
माइलोमा क्यान्सरजस्तो गम्भीर रोगले ग्रस्त भएर चिकित्सकले मृत्युको डेटसमेत दिइसकेको अवस्थामा जगदिश घिमिरेले ‘अन्र्तमनको यात्रा’ जस्तो सशक्त कृति लेख्नु आफैँमा सह्रानीय काम हो । तर त्यो कृतिका बारेमा अधिकारीको समीक्षा आयो, ‘एनजिओको रिपोर्ट हाल्यो…। आत्मप्रशंसा गर्‍यो…. आदि ।’ हुन पनि कुनै व्यक्तिले पच्चीस वर्ष एनजिओमा बिताउँछ भने उसले एनजिओका बारेमा नलेखेर के लेखोस् ? अझ रामेछाप पुगेर तामाकोशी सेवा समितिका कामलाई नजिकबाट नियालेर फर्केका एकजना श्रष्टाले कुरैकुरामा भनेका थिए, “जगदिश घिमिरेले गरेजस्तो सेवा १० प्रतिशत पनि गर्न नसक्ने अधिकारीजस्ता आरिसेहरुले त्यति तुच्छ गाली गर्नु निकृष्टताबाहेक अरु केही होइन ।”
तर घिमिरेसँगको अधिकारीको तुस भने ताजा होइन रहेछ । कुरा २०३३ सालतिरको थियो, जतिखेर घिमिरेको उपन्यास ‘साविति’ भर्खरै बजारमा आएर बौद्धिक दिमागहरुलाई तताइरहेको थियो । एकतन्त्रीय जगजगीका बेला त्यति कडा कृति लेख्नु नै साहसिक काम थियो । यस्तैमा एक दिन रोचक घिमिरे, विनोद दीक्षित, कृष्णभक्त श्रेष्ठ र जगदिश घिमिरे नयाँसडकको पिपलबोटमा बसेर गफिरहेका बेला हरि अधिकारी र त्यो बेला सिआइडी भनेर चिनिने नेपालभूषण न्यौपाने आइपुगे । “ए जगदिश त्यस्तो झूर किताब के लेख्या ?” नशाले टिल्ल भएका हरिले हप्काउने शैलीमा भने, “त्यस्तो वाहियात किताव लेखेर पनि फुर्ती लगाउँदै हिँड्ने ?” त्यसअघि चिनजान भए पनि अधिकारी र घिमिरेबीच तँ-तँको व्यवहार थिएन । एकैचोटि तँको दर्जामा ओर्लेर गाली गरेपछि घिमिरे राँकिए, “बढ्ता हुन्छस् ? तँ पुड्केलाई अहिले खुट्टा भाँचिदिन्छु…।” त्यसपछि अधिकारी सिआइडीसँगै लुरुक्क परेर सुइकुच्चा ठोकेका थिए ।
भद्र मानिने अर्का कवि गोपाल पराजुलीसँगको सन्दर्भ झनै मार्मिक छ । २०६० सालको मदन पुरस्कार प्राप्त कृति ‘नयाँ ईश्वरको घोषणा’को भूमिका लेखनका लागि पराजुलीले सुरुमा अधिकारीलाई राजेका थिए । तर अधिकारीले कविता पढ्दै नपढी यति अन्टसन्ट गाली लेखेकी त्यसलाई आफ्नो किताबमा स्थान दिने साहस पराजुलीले गर्न सकेनन् । बदलामा पराजुलीका विरुद्ध अधिकारीले बीष बमन गर्दै हिँड्न थालेपछि उनीहरुबीच सम्बन्ध चिसिँदै गयो । पराजुली सम्पादक रहेको गरिमामा अधिकारीले कविता पठाउने हिम्मत नै गर्न सकेनन् । तर अधिकारीका अनन्य मित्र राजेन्द्र पराजुलीले कविता मागेर गरिमामा जर्बजस्ती छपाए । ‘बलात्कार’ शीर्षकको त्यो कवितामा २०६२ सालको गरिमा पुरस्कार पनि दिलाए । साझा प्रकाशनको बोर्ड सदस्य रहेका पराजुलीले अर्को वर्ष अध्यक्ष विष्णुविभू घिमिरे र महाप्रवन्धक ध्रुवचन्द्र गौतमका अगाडिसमेत बलमिच्याईँ गर्दै अधिकारीको कवितासंग्रह निकालिदिए । ‘हरि अधिकारीका कविताहरु’ नामको त्यो किताबलाई २०६३ सालको साझा पुरस्कार दिलाउन पराजुलीले गरेको कसरत एउटा मित्रका लागि गर्ने सद्भावभन्दा माथि छ । तर पराजुलीले दुई वर्षअघि सम्पादन गरेको ‘राजनीतिक कथाहरु’ पुस्तकमा आफ्नो कथा समावेश नगरेको देखेपछि अधिकारी यसरी बाउँठिए र पराजुलीविरुद्ध आक्रोश ओकल्न थाले कि जसलाई निकृष्टताको पराकाष्ठा नै मान्न सकिन्छ । तर पराजुली यसबारेमा कुनै कमेन्ट नै गर्न चाहँदैनन् ।
आफूलाई सबैभन्दा विद्धान र अरु सबै लठुवा देख्ने रतन्धोबाट ग्रस्त अधिकारी आफू भने अलिकति पनि आलोचना पचाउन सक्तैनन् । यसको प्रमाण फाइनपि्रन्टले गत वर्ष निकालेको लगौंटी आकारको उनको कवितासङ्ग्रह ‘गार्मेटकी गायत्री’ पनि हो । त्यसको भूमिकाका लागि अधिकारीले कवि विप्लव ढकाललाई आग्रह गरेका थिए । ढकालले पनि एक अनुच्छेदमा सुझावात्मक टिप्पणी लेखे । तर पुस्तक छापिँदा त्यो अंश राखिएन । फोन गरेर ढकालले केही सोध्नुभन्दा पहिल्यै अधिकारीले त्यसको दोष अजित बरालहरुको टाउकोमा थोपरेर साखुल्ले बने । “त्यो घटना हरि अधिकारी कुन हदसम्मको प्रशंसा मन पराउँछन् भन्ने कुराको पराकाष्ठा हो ।” ढकालले लेखेको टिप्पणी पढेका एकजना श्रष्टा भन्छन् । त्यति मात्र होइन, करिब ६ महिनाअघि आफ्नो चरित्र र गैरजिम्मेवार लेखनका विषयमा नागरिक दैनिक, फेसबुक आदिमा टिप्पणी आएपछि आत्तिएका अधिकारीले पंक्तिकार स्वयम्लाई फोन गरेर जनआस्थामा आफ्नो अन्तर्वार्ता लिइदिन आग्रह नै गरेका थिए ।
२०४२ सालमा नेपालगन्जको साहित्यिक कार्यक्रमबाट र्फकने क्रममा कपिलवस्तुको गोरुसिगेमा शालीन कवि श्यामललाई हदैसम्म अपमान गरेको र उनले कुट्न झम्टिएपछि लुरुक्क परेको घटना होस् या आठ वर्षअघि विराटनगरमा बाणी प्रकाशनले आयोजना गरेको एउटा जमघटमा जाँडले मातेर भद्र कवि विष्णुविभू घिमिरेको हातको औंला भाँचिदिएको प्रसंग होस् या हरि अधिकारीले मन नकुँड्याइदिएका श्रष्टा नेपाली साहित्य वृत्तमा भेट्टाउन मुस्किल पर्छ । उपन्यासकार डा. धु्रवचन्द्र गौतमलाई त उनले “वाहियात उपन्यासका डंगुर थुपारेर नेपाली साहित्यलाई विकृत बनाउने धु्रवचन्द्र गौतमलाई थानकोटको डाँडो कटाउनु पर्छ” समेत भनेर लेखेका छन् । प्रगतिशील कवि अमर गिरीलाई उनले “यति झूर कविता लेख्ने अमर गिरीलाई कविता लेख्ने अधिकारै छैन ।” भनेर गत वर्षको नयाँपत्रिकामा लेखेका छन् । प्रश्न उठ्छ, के कविता लेखन हरि अधिकारीको मौजा हो ? कि उनी लेखनका लागि अनुमति दिने साहित्य क्षेत्रका डन दीपक मनाङ्गे हुन् ? यस्तो नगर्न सुझाव दिँदा अधिकारीले दम्भ प्रकट गर्दै भने, “त्यो नाथे कम्निष्टलाई मैले ठोकिदिएँ । त्यसले के गर्न सक्छ ?”
साहित्य क्षेत्रका उन्मत्त साँढे
अरुलाई अर्ती दिँदै हिँड्ने तर आलोचना पटक्कै पचाउन नसक्ने अधिकारीको बानीका बारेमा राम्ररी थाहा पाएका उनका एक पुराना मित्रका भनाईमा अधिकारी यतिखेर साहित्य क्षेत्रको उन्मत्त साँढे भएका छन् । मानौं, उनलाई जोकोहीको सिर्जनात्मक बारीमा पनि चर्ने र कोरली देख्नासाथ मनमौजी गर्ने छुट छ । आफूले जे लेखे पनि चल्तीका दैनिकहरुले आँखा चिम्लेर छापिदिने भएपछि उनको मात चढ्नु अस्वभाविक पनि होइन । “डा. गोविन्दराज भट्टराईले जसलाई महान् भने पनि र हरि अधिकारीले जसलाई झूर भने पनि पाठकले पत्याउन छाडिसक्यो ।” कथा र कविता विधामा समर्पित ती श्रष्टा भन्छन्, “यिनले जे भने पनि बाँच्ने भनेको कृति हो । यिनको दादागिरी कतिन्जेलसम्म चल्छ, हेर्दै गरुँ….।”
सुन्दासमेत च्वास्स मुटुमा लाग्ने एउटा घटना । २०६२ सालमा साझा प्रकाशनले आफ्ना कविताहरुको संग्रह छापिदिएको खुसीयालीमा उनले आफ्नो निवासमा आफ्ना निकटका साहित्यकारहरुलाई बोलाएका थिए । त्यही बेला कथाकार पद्मावती सिंहले अधिकारीलाई सोधेकी थिइन्, “हरिजी तपाईंका छोराछोरी कतिजना ?” स्त्रीका मामलामा अत्यन्तै कमजोर अधिकारीले भने, “तीन जना ।” त्यो सुनेपछि अधिकारीकी जेठी पत्नीतर्फका जेठा छोरा अनुरागको अनुहारमा एकाएक कालो वादल छाएको थियो । “हरिका बैध सन्तान नै आधा दर्जन बढी छन् । अवैध त झन् कति होलान् । तर उसले आफ्नै छोराको सामुन्नेमा सार्वजनिक रुपमा जेठीपटि्टका चार सन्तानलाई सन्तान मान्नै अस्वीकार गर्‍यो ।” त्यो घटनाका साक्षी रहेका अधिकारीका एक सहकर्मीले पंक्तिकारसँग भने, “हेर्दै गर्नु होला बुढेसकालमा त्यो हरिले कुकुरले नपाएको दुःख पाउँछ । अनि त्यही अनुरागले लगेर पाल्नु पर्छ ।”
अर्को एउटा रोचक कुरा, अनुरागले आफ्ना बाबुको चरित्रका विषयलाई लिएर आफ्ना मित्रहरुसँग भन्ने गरेको सुनिएको छ, “हाम्रो बुबाको लिंग काटेर …….को चोकमा राखिदिने हो भने ६० प्रतिशत महिलाले चिन्छन्, यो हरि अधिकारीको लिंग हो भनेर….।” त्यो ठाउँ काठमाडौं शहरका मुख्यमध्येको एक हो, जहाँ अधिकारी लामो समयसम्म डेरा बसेका थिए । अनुराग रोमान्टिक खालका छन् त्यो बेग्लै पक्ष हो । जे भए पनि एउटा छोराले बाबुका बारेमा गर्ने कटाक्ष योभन्दा कडा अरु के होला र ?