Thursday, August 2, 2012

होमनाथ सुवेदीलाई घोक्रेठ्याक लगार्इने ! भ्रष्टचारी गदाल र खत्रीलाई कठघरामा उभ्याइने


अनेसासमा पहिलेदेखि नै भ्रष्टचार गर्दै संस्थालाई पारिवारिक रुपमा नीजी कम्पनी सरह चलाउँदै आएका होमनाथ सुवेदीले संस्थामा हरेक कार्य मनोमानीपूर्ण गरी विवाद निम्त्याएपछि गत जुनमा भएको विवादित निर्वाचन पछि उनलाई अनेसासको बोर्ड अफ ट्रष्टीबाट घोक्रेठ्याक लगाएर निकालिने भएको छ ।   अनेसासको हित चाहाने केही आजीवन सदस्यहरु, सिमित ट्रष्टी सदस्यहरुको पहलमा सुवेदीको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी  बोर्ड अफ ट्रष्टीको अध्यक्षबाट हटाउन लागिएको छ ।  तर केही सदस्यहरुले यस्तो कार्य गर्नु हुन्न भनेर फरक मत राखेका थिए । सुवेदी कै कारण अनेसास विभाजित भएको र यस्तो अवस्थामा बोर्ड अफ ट्रष्टीले कुनै बैठक नराखेको र विभाजनको र सम्भाब्य एकताको बारेमा केही नबोलेकोले आफूले रगत, पसिना, श्रम,समय र पैसा बगाएको अनेसासको बर्वादी टुलुटुलु हेरेर बस्नु भन्दा अनेसास जोगाउन उपयुक्त लागेको र यसका लागि होमनाथ सुवेदीलाई घोक्रेठ्याक नलगाई अनेसासको बर्वादी नरोकिने भएकोले यस्तो गम्भीर कदम चाल्न बाध्य हुनलागेको कुरा छलफलमा चलेको थियो । सोही अनुसार अगष्टको दोस्रो सातासम्ममा सुवेदीलाई ट्रष्टी अध्यक्षबाट घोक्रेठ्याक लगाइने भएको छ ।
      उता चुनावमा धाँधली गरेर पराजित गराइएपछि  केही दिन इमेलमा आगो भएर सेलाएका कृष्ण बजगाईं र अध्यक्ष पद पाएर कमला प्रसाई चुपचाप लागेपछि गदाल, होमनाथ र खत्रीको मनोवल उच्च भएको छ । कमलाले अध्यक्ष पद पाएर मख्ख परि हालिन बजगाई आफै पाखा लागे भन्दै भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको मनोवल र चलखेल बढेको थाहा पाएपछि कमला प्रसाईंको श्रीमान विशाल शाहको पारो तातेको छ । यही महिना भित्रै उनीहरुको चुनावको धाँधली र भ्रष्टचारका विरुद्ध अदालतमा जाने कुरा आफ्ना निकटलाई बताएका छन् । स्मरण रहोस तत्कालीन अध्यक्ष ज्ञानेन्द्र गदाल र महासचिव गीता खत्रीले करिव पन्ध्रहजार डलर भ्रष्टचार गरेको भन्दै तत्कालीन कार्यसमितिका बहुमत सदस्यहरुले उनीहरुलाई अध्यक्ष र महासचिव पदबाट निष्कासित गरेका थिए ।
बोष्टनमा अनेसास छाडियो !
बोष्टनका वरिष्ठ साहित्यकार शिवप्रकाश र गोबद्र्धन पूजाको सक्रियतामा बोष्टन साहित्य समाज बनेको छ । गत जुन महिनाको धाँधली युक्त निर्वाचन, संस्थामा गैर साहित्यकारहरुको हालमुहाली, अनेसासको कोषमा हुने गरेको भ्रष्टचार र ठूला पदमा भ्रष्टचारीहरु आसिन हुन थालेपछि अब संसारभर अनेसासको पुच्छर हुन छाडेर क्रमशः स्थानिय स्तरमा साहित्यिक संघ संस्था गठन हुन थालेको छ ।

No comments:

Post a Comment