Saturday, July 28, 2012
अनेसासको पतन सुरू भयो ! च्याप्टरहरुले नाम फेरे
पूर्व अनुमान अनुसार अनेसासको विभाजन भैसकेको छ । अब अनेसासको पतनको दिन सुरु भएको छ । अनेसासमा अरुलाई लडाएर, भिडाएर आफू न्यायधिश बन्न खोज्ने होमनाथ सुवेदी, अनेसासको कोषको रकम चप्काउने भ्रष्टचारीहरु ज्ञानेन्द्र गदाल र गीता खत्रीको कारणले अनेसास प्रतिको बितृष्णा बढेर अब संस्था नै धरासायी भएको छ । जसको प्रमाण पनि हो अनेसासको च्याप्टरहरुले हरेक वर्ष स्वस्फूर्त रुपमा मनाउने भानुजयन्ती यसपटक धेरै च्याप्टहरुले मनाएन ।
कमला प्रसाईंले नेतृत्व गरेको अनेसास र गीता खत्रीले नेतृत्व गरेको दुइवटा अनेसास अस्तित्वमा छ । दुवैले आफूलाई आधिकारिक भएको दावी गरिरहेका छन् । दुवैको अस्त्विलाई अस्विकार गर्ने कसैको पनि हिम्मत छैन । यहाँ सम्मकी निर्वाचित कार्यसमितिलाई विघटन गराउन सक्ने सुपर पावर भएको अनेसासको बोर्ड अफ ट्रष्टी र आफूमा अनेसासको सबै पावर भएको ठान्ने( संहारकर्ता, सम्भारकर्ता) र कार्यसमितिका पदाधिकारी र आजीवन सदस्यहरुलाई आफ्नो खेताला भन्ने होमनाथ सुवेदीले पनि केही गर्न सक्ने स्थिति छैन । यही परिस्थितिका बाबजुद च्याप्टरहरु विभाजित भएर प्रसाईं र खत्रीका पक्षमा लागेका छन् । त्यस मध्ये धेरै जसो च्याप्टरको समर्थन प्रसाईंलाई रहेको बुझिएको छ । केही च्याप्टरहरु कसैको पक्षमा नलागि पर्ख अनि हेर भन्ने निति लिएर निष्क्रिय भएका छन् । अमेरिकाका केही च्याप्टरहरुले प्रसाई र खत्री कसैको पक्षमा नलागी च्याप्टर शब्द हटाएर अनेसास र स्थानको नाम मात्र लेख्ने भन्ने निर्णय पनि गरेका छन् । उता अनेसासको झगडा, अनेसासमा असाहित्यिक ब्यक्तिहरुको हावी, यसको गलत निती र अनेसासको कोषमा भएको भ्रष्टचार जस्ता कारणले अनेसास बेलायत च्याप्टरले अनेसासलाई त्यागी अर्कै नाममा अगष्टको पहिलो साता भित्रमा नयाँ संस्था घोषणा गर्ने भएको छ । यस्तो गर्नेमा अष्ट्रेलिया च्याप्टर, क्यानडा च्याप्टर र अमेरिकाका दुइवटा च्याप्टरहरु रहेको थाहा लागेको छ ।
अनेसासमा ब्यापार नहुने भो !
अनेसासलाई पहिलेदेखि नै कमाई खाने भाँडो बनाउँदै आएका होमनाथ सुवेदी, आफ्नो कार्यकालमा भ्रष्टचार गरेर पैसा खान पल्किएका गीता खत्री र गदालको ब्यापार बन्द हुने भएको छ । अदृष्यरुपमा पैसा कमाउन राधेश्याम लेकालीलाई कार्यसमितिमा भित्र्याई नेपालको एजेन्ट रुपमा ल्याएको योजना प्रसाईले लेकालीलाई टक्कर दिन साहित्यकार तथा पत्रकार अस्मिता भण्डारीलाई लेकालीले पाएको वरिष्ठ उपाध्यक्ष पद जिम्मा लगाएपछि सबैको निँद हराम भएको छ । योजना अनुसार अमेरिकाबाट सबै आवश्यक कागजात र प्रक्रिया गदाल र खत्रीले मिलाउने, नेपालबाट अमेरिका पैसा तिरेर जाने मानिस खोज्ने कामको लागि नेपालको एजेन्टको रुपमा लेकालीलाई ल्याइएको थियो । आफू भन्दा सशक्त भण्डारी सोही पदमा आएपछि उनीहरुको उक्त धन्दा नचल्ने भएको छ । आजकाल लेकालीले दिनरात अस्मिता भण्डारीलाई सो पद मलाई नै छाडीदिनु पर्यो, तपाई जस्तोले विवादमा आउनु हुँदैन , बरु म जे पनि सहयोग गर्दछु भनेर फकाइरहेका छन् ।
अनेसासमा संगठक हराए ?
अनेसास हुने गरेको गलत क्रियाकलाप, निर्वाचनमा होमनाथ सुवेदीको अनावश्यक हस्तक्षेप र निर्वाचनको नाममा हुने अस्वस्थ चलखेलका कारण राम्रा संगठक तथा लेखन र नाम भएका ब्यक्तिहरुलाई मानमर्दन गरेपछि अनेसास छाडेका छन् । अध्यक्ष पदमा हराइएपछि नून खाएको कुखुरा जस्तो भएर बेपत्ता भएका कृष्ण बजगाई, घरका र साथी भाइले संगठनमा लागेको मन पराएनन्, अब संगठन गर्दिन लेखनमा ध्यान दिन्छु भन्दै हिँडेका छन् । थाहा भए अनुसार उनकी कथाकार श्रीमतीले 'अब संगठन होइन लेखन र घरपरिवारमा ध्यान दिनू' भनेर उनको झाँको झारेपछि संगठनमा निष्कृय भएका हुन् । त्यस्तै शेखर ढुंगेल, गोपीकृष्ण काफ्ले, भारती गौतम, दीपक भेटवाल, मधु माधुर्य, खेमनाथ पौडेल, शागर श्रेष्ठ, डा. हरिराज भट्टराई जस्ता इमान्दार संगठक अनेसासले सदाका लागि गुमाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment