Saturday, August 4, 2012

अनेसासका भ्रष्टचारी सुवेदी, गदाल र खत्रीको कथा


अनेसास स्थापना गर्दा संस्थापकहरुले पछि होमनाथ सुवेदीले पैसा चप्काउलान भनेर कसैले सोचेको थिएन । म्याग्दीमा आफ्नै पौरखको ढिँडो खाएको सुवेदी बाहुनले अमेरिकामा आएर यसरी चन्दा बटुलेर  खालान र जात फाल्लान् भन्ने थाहा पाएको भए अनेसासमा चन्दा र सदस्यता शुल्कको नाममा कसैले पैसा बुझाउने थिएनन् ।
     साहित्यको नाममा पैसा उठाएर खान सजिलो होस भन्नाका लागि केही वर्षसम्म सुवेदीले अनेसासमा छोरी, छोरा, आफू र छोरी ज्वाई बाहेक अरुलाई मुख्य पद कोषमा ढिम्किन दिएनन् । र कोषमा हिसाब किताव कसैलाई नदेखाई वर्षौ पैसा हजम गरिरहे । अलिक पछि विदेशमा केही साहित्यिक ब्यक्तिको आगमन भएपछि उनिहरुले अनेसासमा प्रवेश चाहेपछि कोष लगायत अन्य मुख्य पद छाड्नु पर्यो । र उक्त पदमा आफ्ना हनुमान र पैसा उठाएर उनलाई बुझाउन सक्ने उनका एजेन्टहरु मात्र नियुक्त गर्दथे । उनलाई पैसा बुझाउन अस्विकार गर्नेहरुलाई अनेसासबाट झिकेर सिधै सडकमै पुर्यादिन्थे । त्यसैको परिणाम हो डा. मधु माधुर्य, भारती गौतम, शागर श्रेष्ठ, कृष्ण बजगाई, कमला प्रसाई, बासु श्रेष्ठ, गोविन्द गिरी प्रेरणा आदि जो अहिले उनको नीजी कम्पनी जस्तो अनेसासबाट बाहिरिएका छन् ।
     कोषको रकम भ्रष्टचार गरेपछि अध्यक्ष पदबाट निष्कासित तत्कालिन अध्यक्ष ज्ञानेन्द्र गदाल सुवेदीको लागि पैसा उठाउने ठूलो एजेन्ट थिए । २००६–०८ मा अन्तर्दृष्टिको प्रधान सम्पादक बनाइएका गदालले उक्त समयमा ५००० डलर रकम हिनामिना गरेका थिए । ०८–१० को कार्यकालका डा. कुमार बस्नेतको पालामा अघिल्लो कार्यकालको  अन्तर्दृष्टिको रकम भन्दै गदाल ८०० डलर भुक्तानी मागेका थिए । अर्को कार्यकालको पैसाको बारेमा कार्यसमितिमा छलफल हुँदा कसैले पनि उक्त रकम तिर्न नमिल्ने भनेपछि होमनाथ सुवेदीले सिधै बिओटीबाट उक्त रकम भुक्तानी दिलाए । त्यसको ठिक एक वर्षपछि काठमाण्डौंमा अनेसास एनआरएन सम्मेलनको लागि भनि सुवेदी कै करकापले गदाललाई संयोजक बनाईयो । जम्मा ४ घण्टाको साहित्यिक कार्यक्रमको १६०० डलर बजेट निकाशा गरियो । पछि पैसा पुगेन भनेपछि थप ६०० डलर थपियो र  २२०० डलर निकाशा दिइयो । कार्यक्रम सकिएपछि जम्मा ३२०० डलर खर्च भो भनेर थप रकम कार्यसमितिमा मागियो । कार्यसमितिले नेपाल जस्तो देशमा नाथे ४ घण्टाको साहित्यिक कार्यक्रम गर्न  तिनलाख नेपाली रुपैयाँ लाग्नै नसक्ने, अघिल्लो पटक आधा रकममा सोही स्तरको कार्यक्रम भएको, कार्यक्रमको खर्चको कुनै पनि बिल भरपाई नभएको र आफू खुशी खर्च देखाएको भनेर उक्त भुक्तानी दिन नमानेपछि होमनाथले फेरि पनि बिओटीबाट थप १००० डलर निकाशा दिलाए ।  यी दुबैपटक होमनाथ र गदालले पैसा आधा आधा बाँडेर खाएको कुरा तत्कालिन अध्यक्ष र बिओटीका केही सदस्यहरुले उतिखेरै भनेका थिए ।
    पैसा मिलाएर खुवाउन सिपालु साहित्यिक योगदान र ब्यक्तित्व नभएका गदाललाई पालो मिचेर सुवेदीले जालझेल गरि अध्यक्षको कुर्सीमा बसाएपछि गदालले आफ्नो असली चरित्र देखाउन थाले । सोही क्रममा सुवेदीलाई भागबण्डा नलगाई एक्लै पैसा चप्काउन बैंक खाता हस्तान्तरणको नाममा केही महिना लडाई गरेपछि हार खाएर सुवेदीले खाता हस्तान्तरण गरेपछि गदाललको मनोवल बढ्यो । विधान संशोधनको नाम गरि कार्यसमितिलाई अधिकार भन्दै ट्रष्टिको ठूलो रकम भएको खाता कार्यसमितिमा सारी सो रकम चप्काउन दुई वर्ष भरि लडाइ गरेपनि त्यसपटक भने गदालले हार खाए । तर ट्रष्टिको ठूलो रकम चप्काउन नसके पनि तत्कालिन महासचिव तथा कोष संचालन गरिरहेकी गीता खत्रीसँग मिलेर कोषबाट सिधै १५ हजार डलर झिकेर खत्री र गदालले हजम गरे । आजीवन सदस्यता बापतको रकम कोषमा बुझाइएन । सो को हिसाव किताव र बैंक स्टेटमेन्ट कार्यसमितिले माग्दा पनि हिसाब नबुझाई सबैलाई निर्वाचनको झमेला र झगडामा फसाई सजिलै अरुको ध्यान त्यता मोडेर आफूले उक्त रकम पचाउन सफल भए । खत्री र उनको समूहलाई चुनावमा जिताउन, आजिजन सदस्य बनाउने, प्रचार प्रसार गर्ने भनेर मात्र कोषको ५ हजार डलर रकम हिनामिना गरिएको थियो ।
   द्रब्यपिशाच गदालले गतसाल भएको लन्डन सम्मेलनको नाममा मान्छे भित्र्याउने र सो को लागि नेपालमा एजेन्टको रुपमा राधेश्याम लेकालीलाई नियुक्त गर्न संयोजक राईलाई मनाए पनि पैसा चाही गदाल, गीता खत्री र लेकाली मात्र चप्काउने भएपछि भाँडिएको सम्मेलन पछि गदाल र लेकालीले बक्तब्य निकालेर अनेसासको लन्डन सम्मेलन बहिष्कार गरेका थिए । गदालले अनेसासको ब्यानरमा कोलोराडोको अध्यक्ष हुँदा पटक पटक नेपालबाटबाट आएका कलाकार बोलाएर कार्यक्रम गरेर हजारौं डलर रकम उठाएर सबै पैसा पचाएका थिए । उनी केन्द्रीय अध्यक्षमा जितेपछि नौ वर्षपछि कोलोराडोको अध्यक्ष पद छाड्दा बैंक खाता समेत नभएको रित्तो कोष मात्र बुझाएका थिए । गदालले कार्यक्रमको नाममा अनेसासको ब्यानर र लेटरप्याड दुरुपयोग गरि नेपालबाट अमेरिका मानिस भित्र्याएको हिसाब कितावको त लेखाजोखा नै छैन ।

No comments:

Post a Comment