-बलराम डी सी
अनेसास फुटेर अब तीनवटा हुने भएको छ । होमनाथ सुवेदीको योजना अनुसार अर्को अनेसास खोल्न कमला प्रसाईं र कृष्ण बजगाईंलाई सुवेदीले उकासेपछि कमलाले विधान अनुसार अनेसास खोलेर आधिकारिकता प्राप्त गरेकि छिन् । तत्कालिन कार्यसमितिले ज्ञानेन्द्र गदाल र गीता खत्रीलाई कोषको रकम हिनामिना गरी भ्रष्टचार गरेको र निर्वाचनको नाममा अनियमितता गरेकोमा निष्कासित गरिसकेको थियो । सोही समितिले निर्वाचनलाई बदर गरेको थियो । तर गीता खत्री समूहले सोही निर्वाचनमा आफ्नो समूह निर्वाचित भएको भन्दै गत १४ जुलाईमा सपथ खाएको र साधारण शभा फ्लोरिडामा गरेको भन्दै फेसबुकमा प्रचार गरेपछि अनेसासका आधिकारिक अध्यक्ष कमला प्रसाईं आक्रोशित भएकि छिन् । वर्तमान विधान अनुसार अनेसासको साधारण शभा डी सी मा मात्र हुन सक्ने स्पष्ट लेखिएको छ ।
किन खोल्दैछन् होमनाथले अर्को अनेसास ?
बिओटीको खातामा रहेको ५०,००० डलर भन्दा बढी बैकमा रहेको रकम गदाल अध्यक्ष हुने कार्यसमितिमा हस्तान्तरण गर्नु पर्दछ भनेर रँडाको निकालेका थिए । उक्त रकममा आँखा लगाई गदालले चप्काउन खोजेपछि सशंकित बनेका थिए होमनाथ सुवेदी । तर पछि विधान संशोधन गरेर सोही रकम हडपेर गदालले हजम गर्ने दाउ गरेपछि सुवेदीले गत डिसेम्बरमा आफूले अर्को अनेसास खोल्न सक्ने कुरालाई इशारा गर्दै कार्यसमिति र बिओटीलाई इमेल लेखेका थिए– ‘अर्को अनेसास खुल्न सक्छ । यहाँ नअटाउनेले अर्कै अनेसास खोले हुन्छ ।’ यस्तै अभिब्यक्ति गत जुन महिनामा भएको निर्वाचनमा भएको धाँधली र गदाल र गीता खत्रीलाई कार्यसमितिले निष्कासित गरेपछि धमिलो पानीमा माछा मार्दै सुवेदीले ४ जुलाईमा बिओटी र निवर्तमान कार्यसमितिलाई इमलेमा लेखेका थिए– ‘बोर्ड अफ ट्रष्टी अनेसास कार्यसमितिबाट अलग हुनसक्छ । यो अर्कै स्वतन्त्र संस्था हुन सक्छ ।’ स्मरण रहोस् ट्रष्टीको रकम कसैले चप्काउन नपाओस् मौका परे आफैं चप्काउन त्यसको कोषाध्यक्ष आफ्नै छोरीज्वाई बासु सत्याललाई बनाएका छन् । ज्वाई ससुराको हस्ताक्षरले मात्र बैकमा रहेको सो रकम निस्कन सक्छ । होमनाथ सुवेदीको नीजी नाममा अमेरिकी कानून अनुसार नाफा रहित संस्थाको रुपमा अनेसास दर्ता भएको छ । यदि अनेसासको रकम होमनाथले एक्लै चप्काए पनि उनलाई कुनै कानूनले नछुने कुरा अनेसासका धेरैलाई थाहा छैन । त्यसैले साहित्यिक गतिविधी भन्दा पनि आजीवन सदस्य बनाऔ, ट्रष्टी बढाऔ भनेर मात्र सुवेदीले जोड दिनुको कारण अनेसासको नाममा उनको नीजी ढुकटीमा पैसा थुपार्नु हो ।
निष्कासित अध्यक्ष गदालको आँखा अब बोर्ड अफ ट्रष्टिको अध्यक्ष हुने दाउमा छ । आफूलाई बजगाईंले निष्कासित गरेको फमुर्ला प्रयोग गरी सुवेदीलाई विभिन्न आरोप लगाएर सुवेदीलाई अध्यक्षबाट हटाइ आफू ट्रष्टि अध्यक्ष हुन कुराकानी बढाएको र समर्थनको लागि सहयोग मागेको कुरा ट्रष्टिका एक सदस्यले चुहाए पछि गदाललको अर्को षड्यन्त्र बाहिर आएको हो । अनेसास दुइवटा भयो झगडामा लाग्नु भन्दा अर्कै खोल्नु पर्दछ भनेर केही ट्रष्टी सदस्यहरुलाई मनाउन सुवेदी लागेका छन् । दोष जति गदाल, बजगाई, खत्री र प्रसाईंलार्इ दिएर आफू पानी माथिको ओभानो बन्ने प्रयास सुवेदीले गरिरहेका छन् ।
कामीलाई भित्र्याउँदा अनेसास बिटुल्यो
कुनै साहित्यिक उचाई नभएका ज्ञानेन्द्र गदाललाई होमनाथको चाकडी गरेकै भरमा अध्यक्ष सम्म बनाए पछि सुवेदी अहिले पछुताउँदै आफ्ना नजिकलाई भन्न थालेका छन् –‘कामीलाई भित्र्याएर मेरो अनेसास बिटुल्यो ।’ हुन पनि हो, मोहन सिटौंला अध्यक्ष हुने बेलामा अध्यक्ष बन्न सुवेदीले गदाललाई उकासे पनि पछि सिटौलाले उनलाई अन्तर्दृष्टिको प्रधान सम्पादक बनाउने भनेर मनाए । गदालले निकालेको अन्तर्दृष्टिमा भएको भाषिक अशुद्धता र रचना छनौटको स्तर देखेका राम्रा साहित्यकारहरुले जति माग्दा पनि कहिल्यै रचना छपाउन अन्तर्दृष्टिमा दिएनन् । हो गदालद्धारा सम्पादित अन्तर्दृष्टि पत्रिका उतिबेलै झापामा जलाइयो । अनेसासलाई ठूलो कलंक लाग्यो ।
पछि गदाल अध्यक्ष बन्ने बेला सन् २०१० मा उनकै हठ र अहंमका कारण अनेसासका राम्रा साहित्यकारहरुले अर्कै अन्तर्राष्ट्रिय संस्था खोले । अध्यक्ष भएपछि गदालले कार्यसमितिमा आफैले नियुक्त गरेको संयोजकको विरोध गर्दै अनेसासकै साहित्यिक लन्डन सम्मेलन बहिष्कार गरे । विधान संशोधनको नाममा संस्था झण्डै विघटनको संघारमा पुर्याए । आफ्नै संस्थाको विरुद्धमा पत्रपत्रिकामा अन्तर्वार्ता दिँदै हिँडे । निर्वाचनको समयमा मतदाता नामावलीमा धाँधली, आजीवन सदस्ता शुल्कको रकम खातामा नराखि खाएको र संस्थाको पैसा झिकी हजम गरे पछि कार्यसमितिले उनलाई निष्कासित गरेको थियो । उनले गराएको निर्वाचनलाई खारेज गरिदिएको थियो । अनि अनेसास पुर्नगठन गरेको थियो । तर फ्लोरिडमा गएर विधान विपरित गैर कानुनिरुपमा साधारण शभाको नाम दिँदै अर्कै अनेसास खोलेर आए । गदालकै कारणले अनेसास दुइपटक फुट्यो । अहिले दुइवटा अनेसास अस्तित्वमा देखा परे पनि निकट भविष्यमै होमनाथको अर्कै अनेसास खुल्ने र सो को लागि होमनाथले केही ट्रष्टीहरु सँग कुरा बढाएका थाहा भएको छ ।
कार्की, रोहिणी र तिमल्सिनाले अनेसासको पुरस्कार झिक्ने
अनेसासका सम्मानित ब्यक्तित्व तथा आर्थिक चन्दादाता डा. श्याम कार्की, रोहिणी शर्मा र सुमन तिमल्सिनाले अनेसासको नाममा लामो समयदेखि चलाई राखेको पुरस्कार यसपटकदेखि बन्द गर्ने भएका छन् । होमनाथको ब्यक्तिवादी प्रवृत्ति, गदालको झगडा र अनेसासको फुटका कारण पुरस्कार झिक्न लागेका हुन ।
No comments:
Post a Comment