अनेसासको आगामी निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार गीता खत्रीलाई ट्रष्टी अध्यक्ष होमनाथ सुवेदीले च्यापेपछि ज्ञानेन्द्र गदालले उनलाई छाडेका छन् । सुवेदीको आर्शिवादले चुनाव जित्ने सपना देखेकी गीताले सुवेदीलाई ठिक लगाउने गदालको सबै गोप्य रणनीति सुवेदीलाई बताएपछि उनी टाढीएका हुन् । त्यसो त गीताको सुवेदीसँग पहिलेदेखिकै हिमचिम हो । दश कक्षा पास नगरेकी गीतालाई सुवेदीले नै महासचिवमा ल्याएका हुन् । तिनै अशिक्षित गीताको नेतृत्वमा बस्ने कोही पनि तयार नभएपछि गीता निराश भएकी छिन् । उम्मेदवारी सार्वजनिक गरेका मध्ये गीता भन्दा कमला अहिले धेरै अगाडि देखिएकी छिन् । उता अघिल्लो कार्यकालको पैसा नबुझाएको भन्दै कमलाको बेइज्जत गर्दै गीताले हिँडेको थाहा पाएपछि कमला रिसले चूर भएकिछिन् । उनी गीतालाई जसरी पनि हराउन लागेकि छिन् । यो सब थाहा पाएका गदालले होमनाथको आर्शिवाद प्राप्त गीतालाई साथ छोडेर कमला प्रसाईंलाई सहयोग गर्ने भएका छन् । आफूलाई असफल पार्ने होमनाथ सुवेदीलाई अघिल्लो पटक पराजित कमला प्रसाईंले मात्र ठिक लगाउन सक्ने ठानेर यसो गरेका हुन् । प्रसाईंले उसबेला सुवेदीलाई पुरै नङ्ग्याएकी थिइन ।
दश कक्षा उत्तिर्ण नगरेकि गीतालाई होमनाथले च्याप्नुको अर्थ चुनावको बेला आजिवन सदस्य बढाउलिन भन्ने हो पनि हो । इमेलबाट भोट हाल्ने अचम्मको ब्यबस्था भएको यो अनेसासको मतदाता नामावली गीताको श्रीमान् राम खत्रीले गदालको निर्देशनमा नक्कली नाम राखेर तयार गरेको मतदाता नामावलीमा कार्यसमितिका हुतिहाराहरुले सहिछाप ठोकेपछि आफूले जित्ने मनग्गे भोट भएको ठानेकी गीताले यसपटक सदस्यता बढाउन खासै चासो नदेखाएपछि सुवेदी चिन्तित भएका छन् । अरुबेला नबढ्ने सदस्यता चुनावको बेला बढेर सुवेदीलाई दोहोरो फाईदा हुने गर्दथ्यो । उता आजिवन सदस्य बढाउन सक्छन् कि भनेर लन्डनका पैसा भएका,कमिटिमा उठ्ने योग्यता नभएका बिकुल आचार्यलाई अध्यक्षमा उठ्न सुवेदीले उकासेपछि चम्केका उनी गदालको निर्णयले अहिले चित खाएर लडेका छन् । आजिवन सदस्य बापतको पैसा उठाएर केन्द्रमा पैसै नबुझाई सबै लन्डन सम्मेलनमा खर्च भयो भनेर लन्डनकाले ४००० डलर चप्काएपछि अध्यक्ष गदालले कुनै हालतमा सदस्यता नदिने भएका हुन् । आजिवन सदस्य माँगेका लन्डनका ४० जनाको सदस्यता नहुने भएपछि बिकुल आचार्य बेपत्ता भएका छन् ।
उता यसपटक निर्वाचन समितिले आजिवन सदस्य बनाउने म्याद थोरै राखेका कारणले पैसा जम्मा नहुने भएपछि निर्वाचन समितिसँग सुवेदी रुष्ट भएका छन् । आजिवन सदस्य बढाएर सुवेदीको कोष भर्ने काममा रुची नदेखाएका गदाल कार्यकाल भरि फेल खाए पनि अन्तिम समयमा आएर पाएको सफलताले दंग परेका छन् ।
उता अध्यक्षका अर्का प्रत्यासी ठानिएका बेल्जियम निवासी बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईं चुपचाप बस्नुलाई रहस्यको रुपमा हेरिँदै छ । नेतृत्व क्षमता भएका, सबै भन्दा बढीसँग सम्पर्क भएका, हल्ला गर्न माहिर र घमण्डी यीनी अनेसासमा सबै भन्दा चिनिएका साहित्यिक ब्यक्ति हुन् । पत्रपत्रिकामा प्रचार प्रसार नगरीकन त्यसै चुनाव जित्छु भन्ने घमण्ड लिएका छन् । यीनको लहडले हावा खायो भने सबै भन्दा पहिले गदाल खुशी हुनेछन् ।
न्यूयोर्क तिर केही मानिसहरु कमला र गीतालाई मिलाउन लागेका छन् । कमला गीता भन्दा मुनिको पदमा नबस्ने गीता कमला भन्दा मुनि नबस्ने भनेपछि मिल्ने सम्भावना नभएको बताईएको छ । तर दुबै जना बजगाईंको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष पद पाए जाने भन्दै हिँडेका छन् । बजगाईंले यी दुबैलाई मिलाउन नसकेका हुन, मिलाउन नचाहेर लडाउन-भिडाउन खोजेका हुन् वा अर्कै उम्मेदवारको खोजीमा लागेका हुन् शंकाको रुपमा हेरिएको छ । अध्यक्षका प्रत्यासी प्रसाई, खत्री तथा बज्गाईं भन्दा चौथो उम्मेद्वारको खोजीमा अनेसासका केही मानिसहरु लागेको थाहा हुन आएको छ । अर्को तिर कुनै पनि बेला गदालले पुनः उम्मेद्वारी घोषणा गर्ने सम्भावना पनि उत्तिकै छ ।
No comments:
Post a Comment