अनेसासको निर्वाचन अध्यक्ष पदका दुइ महिला उम्मेद्वार बीचको वाक युद्ध अब हातहालाहालको स्थितिमा पुगेको छ । कमला प्रसाईं गीता खत्री भन्दा अगाडि देखिए पछि गीताले कमलालाई रोक्न अघिल्लो पटकको हरहिसाब नबुझाएको कारण देखाएर मुद्या हाल्ने कुरा गरेकोमा कमलाले एक बक्तब्य प्रकाशित गरि घोर निन्दा गरेकि छिन् । यदि गीताले मुद्या हाले गीतालाई टाइम स्क्वायरमा लगेर भुत्ल्याउने कुरा कमलाले गरेको भनेर गीतालाई सुनाएपछि रिशले चूर भएकि छिन् । न्यूयोर्कको सेरोफेरोलाई अनेसासमा आफ्नो जीत निश्चित ठान्ने यी महीलालाई लन्डनका कृष्ण बजगाईंले अग्र पङ्तीमा रहेर चुनौति दिइरहेकाछन् । अहिलेको निर्वाचनमा कि त बजगाईंको जीत कि त प्रसाईंको जीत हुने कुरा ठोकुवा गरेका छन् मानिसहरुले ।
उता गीता कम्जोर ठानिएपछि उनलाई जिताउन होमनाथ सवेदीले गत ८ मे मंगलबारका दिन उनको निवासमा भोजको आयोजना गरेर अनेसासका सुकिला ठालूहरुलाई बोलाएर गोप्य मन्त्रणा गरेको थाहा हुन आएको छ । सो भोजमा न्यूयोर्कका गीता खत्री र राम खत्री सहित अरुलाई पनि बोलाईएको इमेल अहिले धेरै जनाकोमा फरवार्ड भएको छ । न्यूयोर्क कै कमला प्रसाईं र विशाल शाहलाई भने बोलाइएको थिएन । यो कुरा थाहा पाएकि कमला होमनाथसँग रिशले चूर भएकि छिन् । सहमतिको लागि कमलाले हदैसम्मको लचकता अपनाएर बजगाईंलाई समेत राजी बनाइसकेको अवस्थामा गीतालाई सहमतिमा आउन नदिने होमनाथ भएको ठहर गरेकि छिन् । यस्तो अवस्था उत्पन्न भएपछि अनेसासका केही मानिसहरु गीतालाई तथा होमनाथलाई हराउन भोट कि त बजगाईंलाई कि त प्रसाईंलाई दिनु भन्दै हिँडेको थाहा भएको छ ।
No comments:
Post a Comment