झापा चारआलीका सालको मुडा जलाएर
खली थाप्ने जस्तै आगोको भुंग्रोमा नचाउछन भन्ने ज्ञानेन्द्र गदाललाई पूर्ब जानकारी
थियो तर जानाजान गदाल आफै आगोको भुंग्रोमा हाम फालेका हुन् । भर्जिनिया साउथ राइडिंगका
संरक्षक सुबु प्रताप केसी मार्फत सन् १९९१ मा दान स्वरूप दिएको १ हजार डलरको
साहित्यिक पुस्तक पसल ''अन्तररास्ट्रिय नेपाली साहित्य समाज
(अनेसास)'' बाट सन् २००४ मा उनको प्रिय पुस्तक ''मलाई छुने मन'' लाई आजिबन कूलपति महामहिम होमनाथ
सुबेदीले सम्मान स्वरूप पुरस्कार टक्य्राउंदा सुबेदीको आगोको भुंग्रोमा खली खाने
योजनाभित्र फसिसकेका थिए गदाल तर ११ जूलाई २०१० मा ५८ प्रतिशत मतले आफ्ना
प्रतिद्वन्दी कमला प्रसाईलाई पराजित गर्दा कोलोराडोको आकाशमा थिए गदाल पातालमा
होइनन । चुनाव हुनु अघि भर्जिनियाको अलेक्जेंड्रियाबाट
हानिएको क्षेप्यास्त्रले कमला प्रसाइको पराजय भएको न की गदालको विजय भएको भन्ने
जान्ने मान्छेहरु अहिले गदाललाई मुर्गा बनाइएका बारे कति हास्दा हुन्?
सबै
त नभनौ ६५ वटा जति मुलुकमा रहेका नेपालीहरुलाई ज्ञात भएकै बिषय हो विद्वान कूलपति
सुबेदीले हजार डलरमा थापेको साहित्यिक पसलको अहिले सालाखाला १ सयजति स्वदेशी र
बिदेशी शाखा प्रसाखा छन । पिएचडी प्रमाणपत्रदेखि कुल्ली
सम्मानपत्रधारी नेपालीहरुको नाउ कमाउने ठाउ बनाई दिएका हुन् सुबेदीले तर दाम
कमाउने र जम्मा हुने ठाउ हो उनको पसलको बोर्ड अफ ट्रस्टी (बोट), जसबाट सुबेदी र उनको भान्छा मन्त्रिपरिषद त्यसैबाट खाई जीवित छ, अर्को २ दशक जीवित रहने छ । दुनियालाई
प्रत्यक्ष निर्बाचन देखाई पसलको किताब बिक्रि समिति अर्थात केन्द्रिय कमिटिबाट
किताब बेच्ने काम गराउने र उठेको पैसो दैनिक बोटमा दाखिला गर्न लगाउने सुबेदीको
मनोकांक्षा ज्ञानेन्द्र गदाल मात्र होइनन उनि पूर्वका एक दर्जन लेखापाल सापहरुले
शान्तिपूर्बक सम्पन्न गरेकै हुन्, मोहन सिटौला र कुमार
बस्नेत जस्ता लेखापाल सापहरु त् सुबेदीले सायदै भेट्लान । सुबेदीका पुस्तक बेच्दा बेच्दा धैर्यताको बाँध टुटेको छ अहिले
ज्ञानेन्द्र गदालको, याकी झन्डै डेढ बर्ष किताब बेच्यो पैसो
जति बोटमा दाखिला गर्दा गर्दा उनि हैरान भए । उनलाई
जस्तै हैरानी भएको थियो किताब बेच्ने केन्द्रिय कमिटिका अर्का मनुवा बशन्त
श्रेष्ठलाई झन्डै १ दशक अघि तर उनी नेपाली शाहित्य प्रतिस्ठान खोलेर सुबेदीको
धतुरो झार्ने र भर्जिनियामा कोठे कबिगोष्ठी गर्दा उनै सुबेदीलाई कुल्ली बनाई
छाड्ने मनोआकांक्षाले सुबेदीको पसल चुपचाप छाडी बाहिरिएका थिए र अहिले भर्जिनियामा
दैनिक कबि गोष्ठी हुन्छ बशन्तको आतिथ्यमा, अनि सुबेदी हुन्छन
कबिता वाचन गर्ने कुल्ली । गदालले बुद्दी जाने भने
बषन्तको कूटनीतिको सिको गर्नु जस्तोमा जति भलाई सायद अर्कोमा हुन्न होला तर गदाल
त्यति सहजै कहा छाड्न सक्छन? उनमा जोश छ, जाँगर छ अनि यो समय जातजाति, सम्प्रदाय बिशेस अनि
तिनको उपल्ला जाति बाहुनहरुको साम्राज्य तोड्नु पर्ने बिस्वब्यापी मान्यता स्थापित
गर्नु पर्ने समय भएकाले गदाललाई उनको अन्तररास्ट्रिय नेटवर्किंगले पनि बषन्तको
जस्तो कूटनीति गर्न दिदैंन । फेरी अर्को कुरो गदाललाई
कसैले चिन्तित बनायो भने बेलायतका अरुण चन्ददेखि नर्थ क्यारोलाइनाका रमेश
सुनारसम्मको हृदयाघात हुने समय यो भएकाले शालीन कूटनीति भन्दा आक्रामक बौदिकताले
गदाललाई छोड्दैन ।आजभन्दा झन्डै ३ सय ६२ दिन अघि नै
गदाल सर्बमान्य पुरुस सुबेदिबाट हार खाएर भर्जिनियाका साहित्यकार हेमन्त श्रेष्ठ
मार्फत मिडिया खोज्दै कोलोराडोबाट भौतारीरहेका थिए, उनमा यता
जाउ की उता जाउ भैरहेथ्यो । सुबेदी तिर जाउ मिडियाले
खेद्ने, मिडियाका तिर जाउ सुबेदीले पसलबाट निकाल्ने गदालको
यो दुबिधा अन्तत सुबेदीले थाहा पाईहाले । सुबेदी यति
बाठा मान्छे हुन् की कसैको जुँगा चल्दा उनको मुटुमा कम्पन हुन्छ । सुबेदीका घोर महा सत्रु उनकै बोलीमा भन्दा पनि हुने बिनोद नेपाल भन्ने
जन्तुकहा जाउ जस्तो पनि गदालले नगरेका होइनन तर कोलोराडोको पसलका उनका मित्र
सिटौलाले गदाललाई रोके । आखिर रोकेर ठिकै गरेछन,
कम्तिमा सुबेदीको भान्छाघरको हाँडीमा पकाउने भात, फलामको कराइमा पकाउने तिउन, घैटोमा खादिने सिन्कीको
अचार र बोतामा बाडिने घिउ सर्बमान्य पुरुस सुबेदी, सुबेदीका
दाता सुमन तिम्सिना र डाक्टर स्याम कार्की, पुरु सुबेदी,
ओशाकाका देवमान हिराचन, मस्कोका जिबा लामिछाने,
योकोहामाका कुमार बस्नेत, मानाससका भिम रेग्मी,
काठमान्डूका सिब सत्याल, डेल सिटीका बासु
सत्याल, लेसोथोका भिम उदास र सिता पाण्डे जस्ता भान्छा
मन्त्रिपरिषद्का प्राय सबैले चोखो नितो गरेर खाने पद्दतिको जानकारी लिनु त् परेन । जूलाई २०१० मै सुबेदीको सपथ खान कोलोराडोदेखि भर्जिनिया झर्दा गदालले
थाहा पाउलान भनि भान्छाघरको ढोका सुबेदीले सम्साझै बन्द गरेपछि गदाल ख्यास्ख्यास
डट कमका ख्वासख्वास श्रेष्ठको घरमा शरण लिन पुगेको तितो यथार्थ नबिर्सने हो भने
गदालले सुबेदिसंग त्वमशरणम गर्नु पर्ने थियो तर उनको युवा जोसजागर त्यतिखेर मरेन ।गदालमा बिस्वास थियो मिडियाबाट
सुबेदीको केहि झार्न सकिन्छ र पसलबाट मिडियालाई केहि बाँड्न सकिन्छ अनि बिचमा आफु
होइन्छ भन्ने । झन्डै डेढ बर्ष सुबेदी र मिडियालाई दायाबाया पारि गदाल बिचमा रमाए । डेढबर्षको अबधिमा न उनले मिडियालाई केहि दिन सके न सुबेदीलाई अनि समय
घर्किनै लाग्दा आफु नै खुइलिने अबस्था आई परेपछि सुबेदीका कन्दानी चुडाउन खोज्ने
सुन्दर जोशी र टुपी समाउन खोज्ने भारती गौतमको सहारामा सर्बमान्य पुरुस सुबेदीलाई
पत्तै नदिइ गदालले पसलको बिधान संसोधन गर्न प्लानोका चामल चिउरा पसले भिम कार्कीको
सल्लाहामा च्याखे थापे । बिस्वब्यापी साहित्यिक किताब
पसलको साचो लिई बसेका त्यत्रा महापुरुस सुबेदीसंग जोरी खोज्न चाहने कार्की,
गौतम र जोशीले भान्छा मन्त्रिपरिषद्को जानकारी बिना एकतर्फी ''चामल कटाउ घैटो फुटाउ'' बिधान संसोधन अगाडी ल्याएपछि
सुबेदी पछाडिबाट सुमन तिम्सिना र डाक्टर स्याम कार्की अगाडिबाट गदालको सिगौरी
खेलाई संग जुध्न आए । अब परे गदाल फन्दामा बोटको साचो
लिएर बसेका तिम्सिना र कार्की अगाडी सरेपछि गदालको दाल नगल्ने भयो, अनि उनी मिडिया चाहार्न आए । उनलाई अहिले
भर्जिनियाकै उनै सुबेदीका कोठे कबिता बाचनका सहयात्री, कुनैबेला
सुबेदीका आज्ञाले डिसी मेट्रो च्याप्टरका पगरी थाप्ने अनि पुरानो त्रिभुवन बिस्व
विद्यालयको लेखापाल जागिर फिर्ता भए नेपाल फर्किन्छु भनि नेपालीपोस्टमा कबिता
लेख्ने कबि, साहित्यकार, लेखक, पत्रकार, गैआनेसंघका मिडिया सदस्य, अनेसासका चल्तापूर्जा, नेपालहोराइजन्सका
क्यामेराम्यान, डिभाइडेड नेपाली एसोसिसनका मिडिया कोअर्डीनेटर
अनि ५० वटै राज्यमा छ्यापछ्याप्ती बिक्ने छापा पत्रिकाका प्रकाशक अनि प्रधान
सम्पादकको शरण मार्फत सुबेदी अनि कार्की र तिम्सिनासंग जोरी खोज्न आउदा गदाललाई
बिजयोंमुख अनुभव त् भयो होलान नै तर सुबेदीको मुखबाट निस्कने १५० माइल प्रति
मिनेटको स्वासले गदाललाई भर्जिनियाबाट कोलोराडो २० मिनेटमै फिर्ता गराउँदा र
अनेसास नाउको पसलमा बेल्जिएमका सिनिएर भाइस प्रेसिडेन्ट कृष्ण बजगाईलाई थमाउदा
गदालको होस् उडेको कमला प्रसाइले न्युयोर्कबाट चाल पाइन् । डेढ बर्ष अघि प्रसाइको मुखमै आएको प्रेसिडेन्ट पद गदाललाई कसैले गुथाई
दिएकोमा डाक्टर कार्की र सुमन तिम्सिना जति बेखुसी त् ज्वाई नारायण बासु सत्याल
पनि थिएनन ।यो सब गाईजात्रा अनेसास भित्र हुन्छ नै
भन्ने ठोकुवा बशन्त श्रेष्ठ र हरि घिमिरेको तालमा नारायण अधिकारि र गीता खत्रीले
उहिले अनुमान गरेकै हुन् तर लन्डन सम्मेलनमा गदालले सम्मेलनले कमाउने नाफा बोटमा
होइन, केन्द्रिय कमिटि नाउको पसलको खातामा दाखिला गर्नु पर्छ
भन्ने अडान लिए बापत युरोपकी रिजनल भाइस प्रेसिडेन्ट जया लक्ष्मी राइले गदालबाट
काम नहुने रहेछ भन्ने आंकलन पहिल्यै गरेकी थिइन् । यहि
कारण थियो सुबेदी, कार्की र तिम्सिनाले गदाललाई मुर्गा
बनाउने रणनीति । सुबेदीको बोट जो ताक्छ उ मुर्गा बनाइने
अनेसासको विधानको प्रस्तावनामा उल्लेखित कुरो नबुझ्नु गदाललाई अहिले मिडियातिर
दौडिनुको कारण हो, भलै गदाल मात्र एक्लिनु सिबाय उनको तागत र
समय सुबेदी भान्छाघरको हाडीमा पकाएको खाने जमातको लागि केहि फरक पर्दैन, न त गदालको शक्तिले फरकै पार्ला? अनेसास र यिनका
च्याप्टरका सुबेदीका मानिसहरुको मन र मस्तिस्क गदालको लागि सर्पबिष हो भन्ने गौतम,
जोशी र कार्कीले बेलैमा बुझेनन् भने कहिल्यै ननिभ्ने चारआलिको
अग्राखको खली थाप्ने भुंग्रोमा सुबेदी, डाक्टर कार्की र तिम्सिनाले
गदाललाई सुकुटी बनाउछन भन्ने डर अब अनेसासका कसैले पाल्ने छैनन् ।
No comments:
Post a Comment