Saturday, October 20, 2012
अनेसास बिओटी उपाध्यक्ष तथा पुरस्कार समितिका अध्यक्षको राजिनामा, अनेसासको ८ वटा पुरस्कार बन्द
-बलराम डी सी
पुरस्कारकै लागि भएपनि मेरो अनेसास छाड्दैनन् भन्ने होमनाथ सुवेदीका प्रमुख पुरस्कारदाताहरुले अनेसास मार्फत प्रदान गरिने ८ वटा पुरस्कार बन्द गरेका छन् । सुमन तिम्सिना, डा. श्याम कार्की तथा रोहिणी शर्माले प्रदान गर्ने गरेको ठूलो राशीको ५ वटा पुरस्कार यस पटक देखि सदाको लागि बन्द गरेको कुरा होमनाथ सुवेदीलाई इमेल पठाई जानकारी गराएका हुन् । उनीहरुले पुरस्कार बन्द गरेपछि डा. उपेन्द्र महतो र जीवा लामिछानेले प्रदान गर्ने गरेको पुरस्कार पनि बन्द गरेको जानकारी गराएका छन् । हुँदा हुँदा आफ्नै साला गोपाल रेग्मीले पनि अनेसास मार्फत बाँडिने पुरस्कार बन्द गरेको जानकारी साथीभाइ लगायत अनेसासमा गराएका छन् ।
किन यस्तो भयो ?
गत जुन महिनामा चुनावमा भएको धाँधली, कोषमा भएको भ्रष्टचार र मनोमानी ढंगले संस्था चलाई अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गरेको र जथाभावी आफ्ना आसेपासे र सुवेदी थरका ( http://ramkosansar.blogspot.ca/2012/06/blog-post_03.html ) लागि खोजी खोजी पुरस्कार दिएको भन्दै उनीहरुले पुरस्कार बन्द गरेका हुन । निर्वाचनको सम्बन्धमा उठेका धाँधलीका कुरा, कोषमा भएको भ्रष्टचारका सम्बन्धमा बिओटीमा परेको उजुरीको सम्बोधन गर्न बारम्बार भन्दा पनि सुवेदी चुप बसेपछि समस्याले खतरनाक मोड लिन पुगेको हो । पुरस्कार समितिका अध्यक्ष सुमन तिम्सिनाले त पुरस्कार समितिको अध्यक्ष पद तथा अनेसासको सबै भन्दा पावरफूल निकाय बिओटीको उपाध्यक्ष पदबाटै राजिनामा दिएका छन् । स्थापना कालदेखिका अनेसासका मुख्य दाता डा. कार्की, शर्मा र तिम्सिना जसलाई अनेसासको मुख्य तीन खम्बा भनिन्छ उनीहरुले नै पुरस्कार बन्द गरेपछि होमनाथ सुवेदीको ओठमुख सुकेको छ । नेपालका केही लोभीपापी लेखकहरुलाई लोभ्याउँदै आफ्नो प्रचार प्रसार र फाइदाको ब्यापार गरिरहेका सुवेदीको धन्दा अबदेखि बन्द हुने भएको छ ।
अनेसासको पुरस्कार नबाँड्दै विवादित
उता बन्द भैसकेपछि पनि हुँदै नभएको पुरस्कार दिलाईदिने भन्दै अनेसास(खत्री समूह) उपाध्यक्ष राधेश्याम लेकाली नेपालका केही लेखकहरुलाई आश्वासन बाँडेको भन्ने कुरा सुवेदीको कानमा कसैले पारिदिएपछि सुवेदी लेकालीसँग रिशले आगो भएका छन् । उनले इमेल तथा फेसबुकमार्फत उक्त कुरा प्रति असन्तोष ब्यक्त गर्दै लेकालीले पुरस्कार दिने होइन भन्ने कुरा लेखिदिएपछि नेपालमा लेकालीले पुरस्कार दिलाएर अमेरिका जान पाइने सपना देखेकाहरु चित खाएका छन् । अझ मुख्य कुरा, अघिल्लो पटक अनेसासको पुरस्कार वितरण समारोह नेपालमा लेकालीको संयोजकत्वमा बाँडिएको थियो । त्यो कार्यक्रममा ठूलो रकम तत्कालिन कार्यसमितिका निष्काशित अध्यक्ष गदाल र लेकाली मिलेर चप्काई पुरस्कृत स्रष्टालाई अपमानित गर्ने गरि ‘झूर’ कार्यक्रम गरेको कुरा उतै बेला उठेको बेला चूप रहेका सुवेदीले सो इमेलमा यतिबेला आएर उक्त कार्यक्रम र लेकालीको विरोध गर्नुलाई अनेसास भित्रको झगडा र पैसाको भागबण्डा नमिलेको भनेर बुझ्नु पर्दछ ।
खत्री साहित्यिक दूतबाट फिर्ता ?
कुनै लेखकिय हैसियत, शैक्षिक योग्यता र सांगठानिक क्षमता नभएकि खत्री समूहकी अध्यक्ष गीता खत्रीको पिपलपाते बानीबेहोराले नइलाई अप्ठ्यारोमा पर्ने भएको छ । नइले त्रिमूर्ति निकेतनको ब्यानरमा २०७० मा गर्ने विश्व नारी साहित्य सम्मेलनमा खत्रीलाई अमेरिकाको लागि साहित्यिक दूतमा मनोनित गरेपछि त्रिमूर्ति निकेतनलाई सहयोग गर्नुको साटो उनलाई नाम फिर्ता लिन लगाउन पूर्व निष्कासित अध्यक्ष ज्ञानेन्द्र गदाल र राधेश्याम लेकालीले अमेरिका भरि कुरा फैलाएका छन् । उनीहरुका अनुसार ‘त्रिमूर्ति निकेतन नेपालमा भएको एक स्थानिय संस्था हो । अनेसास संसार भर ८० देशमा फैलिएको अन्र्तराष्ट्रिय संस्था हो । जसका ७०० भन्दा बढी आजीवन सदस्यहरु संसारभर छन । यस्तो गरिमा बोकेको अन्तर्राष्ट्रिय संस्थाको अध्यक्ष जस्तो पदमा बसेको ब्यक्तिले एउटा सानो संस्थाको दूत बन्नु भनेको आफ्नो पदको महत्व नबुझ्नु र कसैको खेतला बनेर अनेसासको शाख गिराउनु हो’ भनेर अमेरिकामा दवाब र जनमत तयार पार्दैछन् । कुनै बेला खत्रीले साहित्यिक दूतबाट नाम फिर्ता लिए आश्चर्य नमाने हुन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment