Tuesday, October 9, 2012
गीता खत्रीको शैक्षिक योग्यता नक्कली
अनेसास (खत्री समूह)का अध्यक्ष गीता खत्रीले निर्वाचन ताका बि. ए. पास भन्ने शैक्षिक योग्यता बायोडाटामा राखेकोमा त्यो झुट भएको कुरा निर्वाचनको समयमा उठेको थियो । उनलाई चिन्ने जान्ने र छिमेकीले भने अनुसार उनी कलेज जाँदै नगएको थाहा लागेको छ । उनको यो झुट नै अहिले उनको लागि हानी पुर्याई रहेको छ । कुनै साहित्यिक योगदान नभएकी र आठ कक्षा पास खत्रीलाई अनेसासको कुर्सीमा बसाएपछि अनेसास(खत्री समूह) ओरालो लागेको छ । उनको वास्तविक हैसियत थाहा पाएपछि अनेसास(खत्री समूह)मा मनोनित सदस्य र सल्लाहाकार हुन कोही पनि नमानेपछि होमनाथ सुवेदीलाई पर्नु पीर परेको छ । हुँदै नभएको शैक्षिक योग्यता देखाएर मतदातालाई ढाँटेपछि उनलाई कार्यवाही गर्नु पर्ने कुरा उठेको छ । तुरुन्त उनले बिए पास भनिएको शैक्षिक योग्यताको प्रमाणपत्रको कपी सबै आजीवन सदस्यहरुलाई नपठाए उनले आठ कक्षा मात्र पास गरेको प्रमाणित हुनेछ ।
सुवेदी एक्लिदै
उसो त अघिल्लो पटकको चुनाव र यसपटकको चुनावमा आफ्नै कारणले सुवेदी नांगिएका छन् । यसपटकको निर्वाचनमा सुवेदी र गदालको घटिया हर्कतका कारण अनेसास बदनाम भएर यसको नाम कसैले लिन चाहाँदैनन् । सुवेदीलाई त झन् उनलाई साथ दिने बिओटीका सदस्यहरु र आजीवन सदस्यहरुले सम्पर्कै गर्न छाडेका छन् । उनको इमेलको जवाफ पाउन छाडेपछि आजकाल नयाँ मानिससँग सम्पर्क बढाउन सुवेदी फेसबुकमा दिनहुँ आफ्नो इमेल आइडी स्टाटस्मा पोष्ट गरिरहन्छन् ।
गदालले नयाँ साहित्यिक संस्था खोल्ने
आफ्नो विवादास्पद कार्यकालमा भ्रष्टचारको आरोप लागेर निष्काशित अध्यक्ष ज्ञानेन्द्र गदालले नयाँ साहित्यिक संस्था खोल्न भनि एकदम थोरै नजीकका ब्यक्तिहरुमाझ सम्पर्क बढाएका छन् । आफ्नो कार्यकालमा विधान शंसोधन गरे पावरफूल भै दोस्रो पटक अध्यक्ष हुने दाउ कार्यसमितिले विधान फेल गरिदिएपछि रन्थनिएका गदालले यस्तो कदम उठाएका हुन् । संस्था त्यो पनि अध्यक्ष नभै बाँच्नै नसक्ने विदेशका नेपालीहरुको यस्तो रोगले कालान्तारमा विदेशमा थुप्रै साहित्यिक संस्था जन्मने निश्चित छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment